मकवानपुर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाले सरकारी कार्यालयमा आर्थिक वर्षको अन्तयतिर हुने अनियमिता रोक्न सचेतनामूलक कार्यक्रम शुरु गरेको छ।
कार्यालयले मातहतका जिल्लाहरुमा पुगी सरकारी कार्यालयका प्रमुख, नागरिक समाज र सञ्चारकर्मीसँग भ्रष्टाचार नियन्त्रणका लागि सचेतना कार्यक्रम आयोजना गरेको आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाले जनाएको छ। आयोगको मध्यमाञ्चल क्षेत्रीय प्रमुख हरिराज पन्तले जिल्लाका सरकारी कार्यालयलाई प्राप्त हुने बजेट समयमा नियमअनुसार खर्च नगर्ने र वर्षको अन्तयतिर अनियमित तरिकाले खर्च हुन नदिन सचेतना कार्यक्रमको अयोजना गरेको बताए।
क्षेत्रीय प्रमुख पन्तका अनुसार बैशाख, जेठ र असार महिनामा गरिने विकासे काममा बढी अनियमिता हुने गरेकोले ती महिनामा रकम भुक्तानी दिँदा कार्यालय प्रमुख र लेखा फाँटका कर्मचारीले बढी ध्यान दिनुपर्छ। विकास निर्माणको काम समयमा नहुनु, बढी अनियमिता हुने कार्यालयको सम्बन्धित बिभाग र मन्त्रालयले अनुगमन र निरीक्षण नगर्नु, बजेट र अख्तियारी सही रुपमा प्रयोग नहुनु भ्रष्टाचार निवारणमा मुख्य चुनौती रहेको पन्तले बताए। कर्मचारीले अख्तियारले काम गर्न नदिएको भन्ने बहाना बनाएर काम रोक्ने परिपाटीलाई समेत रोक्न कार्यक्रममार्फत सचेत गराइने अख्तियारले जनाएको छ ।
स्थानीय विकास मन्त्रालय, शिक्षा, जनस्वास्थ्य, मालपोतलगायत निकाय र यसअन्तर्गतका कार्यालयहरुमा हुने अनियमितताको बढी उजुरी पर्ने गरेको अख्तियारले जनाएको छ। अख्तियारमा कतिपय उजुरी व्यक्तिगत रिसइबी र कर्मचारीलाई दुःख दिने नियतले पनि पर्ने गरेकोले त्यस्ता उजुरीमाथि छानविन हुँदा कर्मचारीले आत्तिनु नपर्ने उनले बताए। क्षेत्रीय कार्यालयले आफनो मातहतमा पर्ने मध्यमाञ्चलका मकवानपुर, चितवन, बारा, पर्सा लगायतका १६ वटा जिल्ला मध्ये १२ वटा जिल्लामा भ्रष्टाचार नियन्त्रण सम्बन्धि कार्यक्रमको आयोजना गरेको जनाएको छ।