आर्थिक मुद्दामा राजनीतिक दलको कमजोर भूमिका
२३ कार्तिक २०७९
•
६ मिनेट पाठ
आर्थिक मुद्दामा राजनीतिक दलको कमजोर भूमिका
पोखरा–मुग्लिन ९० किलोमिटर दूरी हो। यो दूरी पार गर्न अघिल्लो वर्षसम्म बढीमा तीनघण्टा लाग्दथ्यो। अहिले यो मध्ये पोखरा–आँबुखैरेनी (८२ किलोमिटर) खण्ड बिस्तार हुँदैछ। अहिलेसम्म पूर्वीखण्ड (जामुने–आँबुखैरेनी) मा मात्र काम भईरहेको छ। पश्चिम खण्ड (जामुने–पोखरा) मा अझै काम सुरु भएको छैन।  




एशियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुईलेन सडकलाई विस्तार गरी चारलेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो। १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार हुँदैछ। राजमार्ग बिस्तार सुरु भएसँगै यो खण्डको सडक यात्रा निकै नै झन्झटिलो बनेको छ। तीनवर्षमा काम सक्ने भनिएपनि एक वर्ष अघि सुरु भएको राजमार्ग बिस्तारले अहिलेसम्म ठोस गति लिएको छैन। यतिसम्मकी पश्चिमखण्डमा अहिलेसम्म कामै सुरु नभएपछि बेलैमा काम सकिनेमा गण्डकीबासीको विश्वास छैन। बेलैमा सकिने संकेत नदेखाएको यो राजमार्गको तीनवर्षभित्र बिस्तार सक्न कुनैपनि दलले दवाव दिएका छैनन्। यतिसम्मकी चुनावी नारा समेत राजमार्गलाई बनाएका छैनन्।  

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी एकदेखि संचालन गर्ने नेपालको हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भनिसकेको छ। तोकिएको समयमा विमानस्थल संचालनमा ल्याउने हो भने अबको डेढ महिनामा सबै तयारी सक्नुपर्छ। तर, यो विमानस्थल संचालनका अवरोध अझै हटेका छैनन्। ती अवरोध नहटे विमानस्थल संचालनमा आउँदैन। तर, बेलैमा विमानस्थल संचालनमा ल्याउन कुनैपनि दलले यो पटक चुनावी नारा बनाएका छैनन्। पोखराकै दवावमा बनेको यो विमानस्थल बेलैमा संचालनमा ल्याउन अहिलेसम्म दवाव नपुगेको क्यान पदाधिकारी नै बताउँदै आएका छन्।  

चुनावी माहोल तात्दै जाँदा सिंगो व्यवसायिक क्षेत्र आन्दोलनमा छ। हत्तपत्ति व्यवसायिक क्षेत्र आन्दोलनमा उत्रन चाहँदैन। कुनैपनि खाले आन्दोलन गर्न नहुने भनेर व्यवसायीले बेलाबेला भन्ने पनि गरेका छन्। तर, अहिले चुनावी माहोल नजिकिँदै जाँदा देशैभरका व्यवसायी आन्दोलनमा छन्। व्यवसायी आन्दोलनमा उत्रनुको मुल कारण हो–बैंक तथा वित्तीय संस्थाले ऋणको किस्ताको ब्याजदर अधिक वृद्धि गर्नु। एकल अंकमा लिएको ऋणको ब्याजदर अहिले बढेर दुइअंकमा उक्लेको छ। व्यवसायी भन्छन्, ‘ऋण लिँदा सातप्रतिशत ब्याजदरमा लिएका हौ। अहिले ब्याजदर १५ प्रतिशतसम्म उक्लेको छ। यो दर अझै बढ्ने आँकलन छ।’ देशैभरका व्यवसायी आन्दोलनमा उत्रदा चुनावी दौडमा रहेका दलका नेताहरु व्यवसायीको यी आन्दोलनप्रति मौन रहे। कसैले पनि व्यवसायिका समस्या आगामि दिनमा दोहोरिन नदिन पहल थाल्ने सम्मको आश्वासन समेत नदिएको व्यवसायीले गुनासो गरिरहेका छन्।

गण्डकी प्रदेश पर्यटनमा अब्बल छ। ठूलो लगानी पर्यटनमा छ। कोरोना भाइरस संक्रमणले गर्दा पर्यटन क्षेत्र करिब दुइवर्ष ठप्प भयो। अहिले पर्यटन क्षेत्र खुला त छ तर, पर्यटनले विदेशी पाहुना नआउँदा व्यसायबाट लाभ पाउन नसकेको गुनासो गरिरहेका छन्। राज्यले पर्यटन क्षेत्रको राहतका लागि खासै कदम नचालेको व्यवसायीको गुनासो छ। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मुखमा दलका नेताहरुले विभिन्न चुनावी नारा बनाउँदै जाँदा व्यवसायीको आन्दोलन, महत्वपूर्ण भौतिक पूर्वाधार बेलैमा सक्ने र संचालन गर्नेजस्ता मुद्दा उठान गर्न नसकेको व्यवसायीले बताएका छन्।

आर्थिक गतिविधि उकास्ने खालका गतिविधिलाई दलहरुले समेट्न नसकेको व्यवसायीको गुनासो छ। व्यवसायीका अनुसार विकासे पूर्वाधारका धेरै योजनाबारे दलका नेताले चुनावी नारा समेत बनाउन सकेका छैनन्। व्यवसायी भन्छन्, गण्डकी प्रदेशलाई समृद्ध बनाउने राजमार्ग, विमानस्थल जस्ता ठुला आयोजनाको काम बेलैमा सक्न दवाव दिनेगरि कुनै पनि उम्मेदवारले चुनावी नारा समेत बनाएका छैनन्। आर्थिक समृद्धिको कुरा गर्दा नथाक्ने दलका नेताहरु आर्थिक गतिविधि बढाउन आवश्यक पुर्वाधार बेलैमा सक्न दवाव दिन पनि चुकेका छन्। कम्तिमा निर्माणाधिन पूर्वाधार बेलैमा सक्न दवाव दिन्छौ समेत भनेर भन्न सकेनन्।’  
पोखरा पर्यटन परिषद (पिटिसी)का अध्यक्ष पोमनाराण श्रेष्ठ भन्छन्, ‘राजनीतिक दलको विकासप्रतिको उत्तरदायित्व नदेखिएको भन्ने चुनावी नाराले पनि पुष्टि हुन्छ।’ उनका अनुसार गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन हो। तर, पर्यटनका लागि काम गर्न कोही तयार छैनन्। अहिले राजमार्गको झन्झटिलो यात्रा, तयार भईसकेको विमानस्थल बेलैमा संचालन गर्ने कुरा, आन्दोलनरत व्यवसायीका मुद्दा चुनावी नारा बन्न सकेनन्। ‘खानेपानी, विजुली, गाउँको बाटो, विद्यालय भनेर मात्र हुँदैन, प्रदेशकै समृद्धिका आधारलाई चुनावी नारामा समेट्न नसक्नु कमजोरी हो,’ उनले भने।  

अहिले पृथ्वी राजमार्गको यात्रा निकै नै झन्झटिलो बनेको छ। राजमार्ग बिस्तार सुरु हुनुअघि पोखरा–काठमाडौं (२०० किलोमिटर) दूरी ६ घण्टामा पार गर्न सकिन्थ्यो। तर, अहिले यो खण्ड पार गर्न १२–१३ घण्टासम्म लाग्ने गरेको छ। स्थलमार्गको यात्रा झन्झटिलो हुँदा पर्यटकको हिडडुल प्रभावित भएको छ। बेलैमा राजमार्ग पुरा गर्न दवाव दिनेगरि कुनैपनि दलले चुनावी नारा समेत उनले बताए। त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुचारु गर्नका लागि अहिलेसम्म दवाव कतैबाट पुगेको छैन। चुनावी नारामा समेत विमानस्थल संचालन गर्न दवाव दिने भनेर कसैले नसमेटेको उनले बताए। ‘अर्थतन्त्र सुधारपट्टि दलहरु पटक्कै लाग्न सकेनन। सिंगो व्यवसायिक क्षेत्र आन्दोलनमा उत्रदा पनि व्यवसायीलाई मनाउने सामथ्र्य दलहरुले राखेनन,’ उनले भने, ‘आर्थिक गतिविधि उकास्नका लागि दलहरुले मुद्दा बनाउन नसक्दा व्यवसायीले आश गर्ने ठाउँ पाएनन्।’

जनतालाई आर्थिक रुपमा कसरी समृद्ध बनाउन सकिन्छ भनेर दलहरुले चाँसो नदिएको उनले बताए। ‘चुनावी नारामा अािर्थक समृद्धिका कुरा उठाएपनि निकटका समस्या समाधानमा दलहरु उदासिन देखिएको अध्यक्ष श्रेष्ठले बताए। ‘आफ्नो निर्वाचन क्षेत्रमा परे मात्र समस्या देख्ने, नत्र नदेख्ने गर्दा यो अवस्था आएको हो। राजमार्ग, विमानस्थल जस्ता ठुला आयोजना बेलैमा सम्पन्न गर्नेगरि दवाव दिन आफ्नै निर्वाचन क्षेत्रमा मात्र पर्नुपर्छ भन्ने छैन,’ उनले भने।

नेताहरु भने आर्थिक समृद्धिमा आफुहरुको जोडबल सधैं रहेको बताउँछन्। कास्की २(२) का कांग्रेस उम्मेदवार बिन्दुकुमार थापा प्रदेशलाई समृद्ध बनाउन उर्जा, कृषि, उद्यमशिलता, पर्यटन र पूर्वाधारमा जोड दिएको बताउँछन्। ‘कोरला–त्रिवेणी गण्डकी प्रदेशको लाइफलाइन हो। नवलपुरबाट भारतको सीमा जोडिने यो सडकलाई उच्च प्राथमिकतामा राखेका छौ,’ थापाले भने, ‘कोरला–त्रिवेणी सडकलाई प्राथमिकतामा राख्दै चीन र भारत दुबै मुलुकसँग व्यापार बिस्तार गर्न सकिन्छ। यसलाई गण्डकी मुकाम पोखरासँग जोड्न सके प्रदेशको समृद्धिमा सघाउ पुग्छ।’ 

उनले गण्डकी प्रदेशलाई जलविद्युत उत्पादनको केन्द्र बनाउने योजनासहित यस क्षेत्रमा भएका जलप्रवाहलाई उच्चतम रुपमा सदुपयोग तथा सौर्यउर्जा र उपल्लो हिमाली भेगमा वायुऊर्जा उत्पादन गर्नका निमित्त आवश्यक नीति निर्माणमा जोड दिन पहल गर्ने पनि बताए।  

थापाले प्रदेशको एकीकृत पर्यटन विकासका लागि ग्रेटर पोखराको अवधारणालाई अघि सारेका छन्। उनले त्रिवेणीदेखि मुक्तिनाथ, कालिगण्डकीदेखि बुढीगण्डकी र यस बीचमा पर्ने सबै धार्मिक तथा ऐतिहासिक गन्तब्यको प्रबद्र्धन गर्ने योजना पनि सुनाए। उनले गण्डकीमा बाह्य लगानी भित्रयाउन र निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न आवश्यक पर्ने कानुन निर्माण र लगानीको सुरक्षामा विशेष जोड दिने बताए। ‘आर्थिक समृद्धिमा हाम्रो जोड छ। कुनैपनि पूर्वाधार निर्माणमा ढिलाई हुन नदिन हामीले होसियारीपूर्वक हेरिरहेका छौ,’ उनले भने।
पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल हरेक विषयलाई राजनीतिकरण गर्ने क्रममा आर्थिक, वातावरण लगायतका मुद्दा चुनावी नारामा लुक्ने गरेको बताउँछन्। ‘विज्ञविहीन अवस्थामा दलहरुले प्रतिवद्धतापत्र बनाउँछन्। कम्तिमा विज्ञसँग सुझाव लिएर काम गर्ने हो भने चुनावी नारा आकर्षक हुन्छन,’ उनले भने, ‘कहाँ के महत्व छ भनेर दलले नबुझ्दा कतिपय महत्वपूर्ण विषय ओझेलमा पर्ने गरेका छन्।’  

दलहरु निर्वाचनमा जाँदा जनताले चिनेको विषय मात्र उठान गर्ने उनको भनाई छ। ‘जनताले चिनेको विषयभित्र बाटोघाटो, पुलपुलेसा, विद्युत, स्वास्थ्यचौकी जस्ता पूर्वाधार पर्छन, ठूला आयोजना पर्दैनन,’ उनले भने, ‘सबैजसो दलका उस्तै नारा छन्। नयाँ नारा बनाउनमा ध्यान दिन सकेनन्।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस