शारीरिक समस्या भएका पाइलटलाई उडानमा रोक
०२ मंसिर २०७९
•
५ मिनेट पाठ
शारीरिक समस्या भएका पाइलटलाई उडानमा रोक
पोखराको आकाशमा प्याराग्लाइडिङ गर्दै। फाइल तस्बिर: नागरिक
स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि कतिपय पाइलटले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्ने गरेको पाइएको छ। परीक्षणका क्रममा गम्भीर स्वास्थ्य समस्या रहेका केही पाइलटलाई प्याराग्लाइडिङ उडानमा रोक लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्वास्थ्य समस्या रहेका पाइलटलाई कम्तिमा ६ महिनासम्मका लागि उडानमा रोक लगाएको हो।




प्राधिकरणका प्रबन्धक मुकेशराज दाहालका अनुसार स्वास्थ्य परीक्षण गराउँदा केही पाइलटको स्वास्थ्य समस्या रहेको पाइएको छ। ‘प्याराग्लाइडिङ उडानलाई व्यवस्थित र सुरक्षित बनाउन पाइलटको स्वास्थ्य परीक्षण गर्दा केही पाइलटमा समस्या भेटिएको र उनीहरूको स्वास्थ्यमा सुधार नआएसम्म उडान नगर्न भनिएको छ,’ दाहालले भने, ‘कुनै समस्या नहुने पाइलटले भने उडान गर्न सक्नेछन्।’

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ प्रतियोगिता दौरान प्रतिष्पर्धा गर्दा खेलाडी निसिम थापामगरको दुर्घटनामा परेर ज्यान गएपछि प्राधिकरणले पोखराको आकाशमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो। छानविनपछि व्यवसायिक (टेण्डम) उडान गर्न प्राधिकरणले अनुमति दिए पनि पोखराको आकाशमा हुने एकल (सोलो) उडान अझै सुरू भएको छैन। दुर्घटनापछि रोकिएको उडान सुचारू गर्दा प्राधिकरणले प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था हवाई खेलकुद संस्था(ना) सँग सर्त राख्दै प्याराग्लाइडिङ उडान गर्ने सबै पाइलटको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएको थियो। त्यसपछि पाइलटले स्वास्थ्य परीक्षण गराएका थिए।  

प्राधिकरणका प्रबन्धक दाहालका अनुसार २७० जना पाइलटले प्राधिकरणकै चिकित्सकसँग स्वास्थ्य परीक्षण गराएका थिए। ती मध्ये २४० जनामा कुनै समस्या देखिएको थिएन। बाँकी पाइलटमा स्वास्थ्य समस्या देखिएको थियो। सामान्य स्वास्थ्य समस्या देखिएका पाइलटलाई एकमहिना समय दिइएको उनले बताए। दाहालकै संयोजकत्वमा चिकित्सकसहितको टिमले पाइलटको स्वास्थ्य परीक्षण गराइएको थियो।  

अहिले सामान्य समस्या देखिएका पाइलटले एकमहिनापछि पुनः स्वास्थ्य परीक्षण गराउने र उनीहरूमा समस्या नदेखिए उडान गर्न दिइने उनले बताए। १५ दिनभित्र पनि स्वास्थ्य परीक्षण नगराउने पाइलटलाई उडान अयोग्य ठहर्‍याउने निर्णय पनि प्राधिकरणले गरेको छ। प्राधिकरणले तोकेको स्वास्थ्यकर्मीसँग परीक्षण नगराए ती पाइलटले उडान गर्न नपाउने उनले बताए।

स्रोतका अनुसार कतिपय पाइलटको मुटुमा समस्या देखिएको छ। मुटुमा समस्या देखिएका पाइलटलाई मुटुरोग विशेषज्ञसँग परीक्षण गराउन निर्देशन दिइएको छ। त्यसैगरी १२ जना पाइलटको आँखामा कमजोरी रहेको पाइएको छ। उनीहरूलाई एकमहिनापछि फलोअप गरी स्वास्थ्य परीक्षण गर्न लगाइएको छ। त्यसैगरी कपितय पाइलटको स्वास्थ्य परीक्षण गर्दा लागुऔषध प्रयोग गरेको रिपोर्ट आएको छ। लागुऔषध प्रयोग गरेको भेटिएका ती पाइलटलाई ६ महिनासम्म उडानमा सरिक हुन नपाउने गरी निलम्बन गर्ने र ६ महिनापछि ती पाइलटको पुनः स्वास्थ्य परीक्षण हुनेछ। स्वास्थ्य परीक्षणको रिपोर्टपछि मात्र उडान गर्न दिइने स्रोतले बतायो।  

‘स्वास्थ्य परीक्षण गर्दा लागु पदार्थ प्रयोग गरेको पुष्टि भएको छ। उनीहरूलाई ६ महिनाका लागि उडानमा रोक लगाइएको हो,’ स्रोतले भन्यो, ‘स्वास्थ्यमा सुधार आएपछि कुनै समस्या नदेखिए ६ महिनापछि उनीहरूले पनि उडान गर्न पाउनेछन्।’ उडानमा उत्तेजना जगाउने गरी लागुऔषध प्रयोग गरेको रिपोर्ट पाइलटको स्वास्थ्य परीक्षण गराउँदा पुष्टि भएको थियो।

त्यसैगरी चारजना पाइलटमा कान नसुन्ने समस्या फेला परेको छ। उनीहरूलाई पनि ६ महिनासम्म उडान गर्नमा रोक लगाइएको छ। त्यस्तै आँखाले ‘कलर’ फरक छुट्याउन नसक्ने ७ जना पाइलटलाई पनि ६ महिनासम्म उडान गर्न नपाउने गरी निलम्बन गरिएको छ। ६ महिनापछि पुनः परीक्षण गर्दा स्वास्थ्यमा सुधार देखिएमा ती पाइलटले पनि उडान गर्न पाउनेछन्। ‘तत्कालका लागि केही पाइलट उडान गर्नबाट रोकिन्छन्। उनीहरूको स्वास्थ्यमा सुधार आएपछि उड्न पाउँछन्,’ स्रोतले भन्यो। प्राधिकरणले पाइलटमा स्वास्थ्य समस्या रहेको फेला पारेपछि अब छड्के गर्दै परीक्षण गर्ने तयारी पनि गरेको छ।  

नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराइले पनि केही पाइलटको स्वास्थ्यमा समस्या रहेको परीक्षणका क्रममा फेला परेको बताए। उनका अनुसार पाइलटको आँखा, कान, मुटुमा समस्या देखिएको छ। त्यस्तै केही पाइलटले लागु पदार्थ प्रयोग गरेको पनि पुष्टि भएको छ। स्वास्थ्यमा समस्या हुने पाइलटलाई केही महिना उडानमा रोक लगाउने गरी प्राधिकरणले निर्णय गरेको भट्टराईले बताए। उनका अनुसार अब स्वास्थ्य परीक्षणमा असफल हुने पाइलटले उडान गर्न पाउने छैनन।  

‘पहिलो चरणमा छुट्ने पाइलटका लागि कारण देखाएर परीक्षणमा सहभागी हुन पाउने गरी समय दिएको छ। पहिलो चरणमा छुट्नुको उचित कारण देखाउन नसक्ने पाइलटले अब दोश्रो पटकका लागि पर्खनुपर्छ। त्यो बेलासम्म उडान गर्न पाइँदैन,’ स्वास्थ्य परीक्षणमा सफल हुनैपर्छ।’ अध्यक्ष भट्टराईका अनुसार अहिलेसम्म हवाई खेलकुद संस्था ना को सिफारिसमा ३७५ जना पाइलटले प्याराग्लाइडिङ उडानका लागि लाइसेन्स पाएका छन् तर स्वास्थ्य परीक्षणमा सबै जना सहभागी भएका थिएनन्। केहीले नियमित उडान गर्न छाडेका छन् भने कतिपयले स्वास्थ्य परीक्षण गराएका छैनन्। स्वास्थ्य परीक्षण नगराएका पाइलटले उडान गर्न पाउने छैनन्।

प्याराग्लाइडिङ व्यवसायीले पोखराको गहनाको रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र व्यवस्थित बनाउनका प्राधिकरणले कदम चालेको बताएका छन्। ‘चारपांग्राले भुँइमा गुड्ने गाडी त ब्रेक लगाउन खोज्दा तोकिएको ठाउँमा रोकिन्न। प्याराग्लाइडिङ त आकाशमा उड्ने हो,’ एक जना व्यवसायीले भने, ‘स्वास्थ्यमा समस्या हुँदाहुँदै उडान गर्नु जोखिम मोल्नु हो। त्यसबाहेक लागुपदार्थको प्रयोग गर्ने गरेको भनेर बेलाबेला गुनासा आउने गरेका थिए। बल्ल शुद्धीकरणको अभियान सुरू भएको छ। यो सकारात्मक पक्ष हो।’

स्वास्थ्यको हिसाबमा लापरबाही गर्न नपाइने उनले बताए। ‘पाइलटले गरेको गल्तिको मारमा निर्दाेष पर्यटकको ज्यान जानु हुँदैन,’ ती व्यवसायीले भने, ‘यसबारेमा सचेत हुनु आवश्यक छ। पोखराको प्याराग्लाइडिङ उडानमा सुधारको सुरूवात भएको मान्नुपर्छ।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस