गण्डकीको नीति : फेवामा ‘सेल्फी ब्रिज’, गाउँ फर्किनेलाई अनुदान
१९ जेष्ठ २०८३
•
५ मिनेट पाठ
गण्डकीको नीति : फेवामा ‘सेल्फी ब्रिज’, गाउँ फर्किनेलाई अनुदान
गण्डकी प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम ल्याएको छ।




गण्डकी प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार ल्याएको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको हो।

गण्डकी प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा युवालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउन सक्षम बनाउने महत्त्वाकाङ्क्षी नीति लिइएको छ।

गण्डकी प्रदेश सरकारले युवालाई हाल रोजगारी नपाएर बेरोजगार भइरहेको तथा कयौं युवाहरू वैदेशिक रोजगारीका लागि विदेश पलायन भइरहेका बेला गण्डकी सरकारले ती युवालाई स्वदेशमै रोक्नका लागि यस्तो महत्त्वाकाङ्क्षी योजना ल्याएको हो।

प्रदेश प्रमुख भट्टले भने,‘अबको निकास युवाको विकास अभियान अन्तर्गत युवामा सकारात्मक सोच, नेतृत्व विकास, उद्यमशीलता, सीप तथा क्षमता विकास गरि युवालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउन सक्षम बनाइनेछ।’

त्यस्तै, विकास तथा नीतिगत निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण र प्रभावकारी सहभागिता पनि सुनिश्चित गरिने उनले बताए।

साथै, प्रदेश नमुना युवा संघसंस्था, युवामैत्री स्थानीय शासन कार्यक्रम सञ्चालन गरिने पनि उनले उल्लेख गरे। उनले ‘मेरो प्रदेश: मेरो दायित्व’ अभियान अन्तर्गत लगानीका सम्भाव्य क्षेत्रमा निजी लगानी आकर्षित गर्न ईन्भेष्ट गण्डकी कार्यक्रम सञ्चालन गरिने बताए।

तर यो कार्यक्रम विगत चार/पाँच वर्षदेखि निरन्तर परिरहे पनि कार्यान्वयनमा भने आएको छैन।

गण्डकी सरकारले कृषिलाई सम्मानजनक पेशाका रुपमा स्थापित गरि ग्रामीण अर्थतन्त्र सुदृढीकरण गर्ने जनाएको छ।

त्यसका लागि कृषिको आधुनिकीकरण, यान्त्रीकीकरण, विविधीकरण र व्यवसायीकरण गर्दै बजारीकरणको उचित प्रबन्ध गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

गण्डकीले विदेश तथा नेपालकै सहरबाट गाउँ फर्किने युवालाई प्रोत्साहन गर्न व्यवसाय कर्जामा व्याज अनुदान दिँदै ‘रिटर्न टु भिलेज’ अभियान सञ्चालन गर्ने जनाएको छ।

साथै, स्थानीय उत्पादनको बजारमा पहुँच र न्यायोचित मूल्यका लागि कृषि एप सञ्चालन र कृषि एम्बुलेन्सको प्रभावकारी सञ्चालन गरिने पनि भट्टले बताए।

गण्डकी सरकारले खेतीयोग्य जमिनको संरक्षण र उपयोग सुनिश्चित गर्न स्थानीय तहसँगको समन्वयमा भूमि बैंक ऐन तर्जुमा एवम् कार्यान्वयनलाई निरन्तरता दिएको छ। यद्वपी यो कार्यक्रम विगतदेखि नै नीति तथा कार्यक्रम र बजेटमा परे पनि कार्यान्वयनमा भने आएको छैन।

गण्डकीले ५ वर्ष भित्रमा भारत र चीनबाट आगमन हुने पर्यटकको संख्या दोब्बर बनाउने जनाएको छ। त्यसका लागि पर्यटन वोर्ड र निजी क्षेत्रसँगको साझेदारीमा ‘गण्डकी जाऔं, संस्कृतिसँग रमाऔं’ अभियान सञ्चालन गरिने उनले बताए।

पोखरालाई अन्तर्राष्ट्रिय सभा सम्मेलन र माईस टुरिजम, स्वास्थ्य तथा आरोग्य एवम् खेल पर्यटन केन्द्रका रुपमा स्थापित गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। ‘हरित पूर्वाधार तथा वातावरणमैत्री यातायात प्रवर्द्धनमार्फत दिगो पर्यटन सुनिश्चित गरिनेछ’ उनले भने।

प्रदेश सरकारले गण्डकीलाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने नीति पहिलो पटक स्पष्ट रूपमा लिएको छ। साहसिक तथा उच्च उचाइका खेलकुदको विकास र विस्तारमार्फत खेल पर्यटन प्रवर्द्धन गरिने भट्टले उल्लेख गरे।

गण्डकी सरकारले एकीकृत पर्यटन विकास अवधारणा कार्यान्वयन गरिने जनाएको छ। यसका लागि दोस्रो पञ्चवर्षीय योजना र पर्यटकीय राजधानी घोषणा अध्ययन प्रतिवेदनले पहिचान गरेका रणनीतिक तथा रूपान्तरणकारी कार्यक्रमलाई विशेष प्राथमिकताका आधारमा कार्यान्वयन गरिने भट्टले बताए।

गण्डकी सरकारले दामोदारकुण्ड, मुक्तिनाथ, गलेश्वर, पञ्चकोट, देवघाट र त्रिवेणीधामजस्ता महत्त्वपूर्ण धार्मिक स्थल जोड्ने गरि धार्मिक पर्यटन परिपथ विकास गर्ने, राउण्ड फेवा: भ्यू फेवा कार्यक्रम आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने पनि जनाएको छ।

पोखराको फेवातालको सिरान क्षेत्रमा पर्ने चंखपुरदेखि मुग्रे बगरसम्म पर्यटकीय आकर्षणका रुपमा फेवा होराईजन पेडिस्टेरियन ब्रिज (सेल्फी ब्रिज) निर्माण गर्ने पनि जनाइएको छ।

साथै, पोखराकै अर्को सुन्दर ताल रुपातालमा शिसाको पुल निर्माणको सम्भाव्यता अध्ययन गरेर निर्माण कार्य अगाडि बढाइने भट्टले बताए।

त्यस्तै, लिगलिगकोटदेखि गोरखा दरबार मनकामना पदमार्गलाई नेपाली सभ्यताको चिनारी तथा नेपाल एकीकरण मार्गको रुपमा विकास गर्ने पनि जनाइएको छ।

गण्डकी सरकारले गोरखा दरबारदेखि हनुमान ढोकासम्म फूलपाती पदमार्ग निर्माणका लागि बागमती प्रदेशसँग समन्वय गर्ने भन्दै नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

पोखरालाई अन्तर्राष्ट्रिय सभा सम्मेलन र माईस टुरिजम, स्वास्थ्य तथा आरोग्य एवम् खेल पर्यटन केन्द्रका रुपमा स्थापित गर्न हरित पूर्वाधार तथा वातावरणमैत्री यातायात प्रवर्द्धनमार्फत दिगो पर्यटन सुनिश्चित गरिने पनि उनले जनाए।

गण्डकी सरकारले शिक्षातर्फ ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रमलाई निरन्तरता दिएको छ, भने उज्यालो गण्डकी अभियानलाई पूर्णता दिने जनाएको छ।

गण्डकी प्रदेश र पोखराका सार्वजनिक सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्ने नीति पनि सरकारले लिएको छ। त्यसका लागि सो क्षेत्रलाई प्रोत्साहन गरिने भट्टले बताए।

साथै, राईड सेयरिङ सेवा नियमन र व्यवस्थापन नियमावली कार्यान्वयन गर्ने उनले बताए।

गण्डकी सरकारले भूमिहीन सुकुमबासीको व्यवस्थापनबारे ठोस नीति लिएको छैन। बरु वैज्ञानिक भूमि सुधार र सुकुमबासी समस्या समाधानमा संघ र स्थानीय तहसँग समन्वय गर्नेमात्रै उल्लेख गरेको छ।

खेलतर्फ गण्डकी गौरव कार्यक्रममार्फत खेलाडीको प्रोफाइल तयार गर्ने, खेल्छ गण्डकी कार्यक्रमलाई निरन्तरतालगायतका कार्यक्रम परेको छ। भने स्काई डाईभिङ, हेली स्कीईङ, बञ्जी जम्प, उच्च उचाई साईक्लिङजस्ता साहसिक गतिविधिको प्रवर्द्धन तथा नयाँ स्थल पहिचान कार्यक्रमलाई थपेको छ।

प्रदेश सरकारले खेल पूर्वाधार विस्तारलाई पनि प्राथमिकतामा राख्दै प्रत्येक जिल्लामा बहुउद्देश्यीय कभर्ड हल, रङ्गशाला वा क्रिकेट मैदान निर्माणलाई अघि बढाउने जनाएको छ।

प्रदेश, स्थानीय तह र निजी क्षेत्रबीच साझेदारी बढाएर खेलकुद क्षेत्रको संस्थागत विकास गर्ने तथा पूर्वाधार संरक्षण र स्तरोन्नति गर्ने नीति पनि सरकारले लिएको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
यो पनि पढौँ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस