तरकारीकाे भाउ बढ्दा महँगियो भान्छा, उपभोक्ता मारमा
०५ असार २०८३
•
३ मिनेट पाठ
तरकारीकाे भाउ बढ्दा महँगियो भान्छा, उपभोक्ता मारमा
तीन महिनाको अवधिमा  काठमाडौं उपत्यकामा तरकारीको थोक मूल्यमा ठुलो उतारचढाव देखिएको छ। गत चैत १ गतेदेखि असार ४ गतेसम्म आइपुग्दा बजारमा तरकारीको मूल्यमा निकै फेरबदल भएकोे पाइएको हो। यस अवधिमा अधिकांश तरकारीको थोक मूल्य बढेको छ। जसको प्रत्यक्ष असर खुद्रा बजारमा पनि परेको छ। आलु, प्याज, बन्दा, गाजर, काउली, मटरकोसा जस्ता दैनिक भान्छामा उपभोग हुने तरकारीको मूल्य बढेको छ।




कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार चैत १ गते उच्च मूल्यमा कारोबार भएका केही तरकारी असार ४ गतेसम्म आइपुग्दा ५० प्रतिशत बढीले सस्तिएका पनि छन्। गोलभेंडा, भान्टा, ताने बोडी, तितोकरेला, लौका, घिरौंला, फर्सी, तराई परवललगायतका मौसमी तरकारीको मूल्यमा भने भारी रुपमा गिरावट आएको छ।

तथ्यांकले गोलभेंडा, भान्टा, बोडी,  तितेकरेलाको मूल्यमा गिरावट आएको देखाएको छ। हिउँदे मौसममा सीमित उत्पादन हुने यी तरकारीको आपूर्ति असारमा बढ्दा मूल्य घटेको हो। तर खुद्रा बजारमा भने उपभोक्ता महँगोमै तरकारी किन्न बाध्य छन्। काठमाडौं यट्खा निवासी जमुना श्रेष्ठले खुद्रामा तरकारी किन्दा सधैं महँगो मूल्य तिर्नुपरेको सुनाइन्। ‘हामी सधैं कालीमाटी तरकारी बजारमा जान सक्दैनौं। नजिकैको तरकारी पसलबाट दैनिक महँगो मूल्यमा तरकारी किन्नुपर्छ’, ७५ वर्षीया उनले गुनासो गरिन्, ‘आज (बिहीबार) मात्र एक किलो आलु ६० रुपैयाँ र एक किलो भान्टा ८० रुपैयाँ तिरेर ल्याएँ। तरकारीको मूल्य घटेको भन्छन् तर हाम्रा लागि भने घटेको छैन।’ उनले काठमाडौंमा पर्याप्त खेतीपाती नगरिँदा पनि तरकारी महँगोमा किन्नुपरेको अनुभव सुनाइन्।

यट्खामा केही सस्तो भए पनि बसुन्धरामा भने त्यही तरकारी महँगो रहेको गृहिणी रीना श्रेष्ठको भनाइ छ। उनले बसुन्धरामा बिहीबार आलु एक किलोका लागि ६५ र प्याज एक किलोका लागि ६५ रुपैयाँ तिरेर किनेको सुनाइन्। ‘पसलपिच्छे तरकारीको मूल्य फरक छ’, ४५ वर्षीया  उनले भनिन्, ‘पछिलो समय तरकारी निकै महँगो हुँदै गएकाले भान्छा पनि महँगिएको छ। साग पनि उस्तै महँगो छ। सरकारले खुद्रा पसल पनि अनुगमन गरेर एउटा निश्चित मूल्य तोकिदिनुपर्छ।’

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. प्रधुम्नराज पाण्डेका अनुसार उपत्यकावरिपरि पनि केही तरकारीको उत्पादन राम्रो हुँदै गएकाले मूल्यमा कमी आएको हो। ‘तरकारीको थोक मूल्य मौसन, वस्तु , ढुवानी र समयका आधारमा फरक पर्छ। बजारमा बेलुका तरकारी सस्तो हुन्छ तर राम्रो पाउँदैन’, पाण्डेले भने, ‘खुद्रा पसलमा भने तरकारीको मूल्य बढी नै छ। हामीले अनुगमन गर्न मिल्दैन। खुद्रा पसलेले थोकमा किन्दा छान्न मिल्दैन। क्यारेट वा बोरा नै किन्नुपर्छ। क्यारेट वा बोरामा बिग्रिएको परे खुद्रा पसलले त्यसको क्षति जोडेर मूल्य तोक्छ। १० देखि २० प्रतिशत नाफा राख्नुपर्नेमा ५० प्रतिशतसम्म राखेको हामीले पाएका छौं।’

खुद्रा बजारमा कस्तो प्रभाव?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका योजना अधिकृत रमेश डंगोलका अनुसार थोक मूल्य घटे पनि उपभोक्ताले त्यसको पूर्ण लाभ पाएका छैनन्। काठमाडौंका खुद्रा पसल, डिपार्टमेन्ट स्टोर तथा स्थानीय बजारमा थोक मूल्यभन्दा २५ देखि ६० प्रतिशतसम्म बढी मूल्य छ।

चैत १ गतेदेखि असार ४ गतेसम्मको अवधिमा कालीमाटी बजारको मूल्य प्रवृत्ति हेर्दा तरकारी बजार मौसमी उत्पादनमा अत्यधिक निर्भर रहेको स्पष्ट हुन्छ। अधिकांश तरकारी सस्तिँदा उपभोक्ताले राहत पाए पनि किसानको आम्दानीमा दबाब परेको छ। आगामी साउन–भदौमा वर्षाको तीव्रता बढ्दै जाँदा आपूर्ति प्रभावित भए पुनः मूल्यवृद्धिको सम्भावना रहेको अधिकृत डंगोलको  विश्लेष्ण छ।

‘समितिले तरकारीको मूल्य तोक्ने होइन। बजारको मूल्य दैनिक संकलन गरेर औसत मूल्य समितिले प्रकाशित गरिदिने मात्र हो’, अधिकृत डंगोल भन्छन्, ‘खुद्राको रेकर्ड हामीसँग हुँदैन। आफ्नो अनुकूल खुद्रा व्यवसायीले तरकारीको मूल्य तोकेर बेच्छन्। धादिङ, काभ्रे, मकवानपुर, चितवनलगायत जिल्लाबाट आपूर्ति बढ्नुले पनि केही तरकारीको थोक मूल्य घट्न गएको हो।’ उनले भने, ‘हिउँदे बाली उत्पादन बजारमा एकैपटक आउनु र वर्षायामअघि किसानले खेत खाली गर्न उत्पादन छिटो बिक्री गर्नुले पनि केही तरकारीको मूल्य सस्तिएको हो।’ आयातित तरकारीको उपलब्धता कायम रहनुले पनि तरकाीको थोक मूल्य सस्तिनुको अर्को कारण हो।  

खुद्रा व्यापारीहरूका अनुसार ढुवानी, भण्डारण, श्रमिक तथा नोक्सानी लागतका कारण थोक मूल्य घटे पनि सोही अनुपातमा खुद्रा मूल्य घट्न नसकेको हो।
अर्को समाचार
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
२१ मिनेट अघि
•
१ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँके, बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 

केही दिनयता प्रेमको दिनचर्या बदलिएको छ। उनी हिजोआज बिहानै ताउमा सिंगाडा टिप्न पुग्ने र दिनभर बिक्री वितरण गर्ने कार्यमा व्यस्त छन्। परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएर कश्यपले एकै सिजनमा करिब रु चार लाख आम्दानी गर्दै उदाहरणीय किसानको पहिचानसमेत बनाएका छन्।

वार्षिक रु २० हजार तिर्ने गरी गाउँपालिकासँग १५ कट्ठाभन्दा बढी क्षेत्रफलको तलाउ भाडामा लिएर कश्यपले वर्षौंदेखि सिंगाडाखेती गर्दै आएका छन्। अन्य अन्नबालीको तुलनामा कम लगानी र थोरै मिहिनेतमा राम्रो प्रतिफल पाइने भएकाले यस पेसाप्रति आकर्षित भएको प्रेमले बताए।

“अहिले सिंगाडाको सिजन हो, सिजनभर ६० क्विन्टलभन्दा बढी सिंगाडा बिक्री गर्छु,” कश्यपले भने, “प्रतिक्विन्टल रु छ हजारका दरले गाउँबाटै बिक्री भइरहेको छ, व्यापारीहरू खोज्दै गाउँमै आउने भएकाले बजारको कुनै चिन्ता छैन।”

कश्यपका लागि सिंगाडाखेती केवल व्यवसाय मात्र होइन, पुख्र्यौली विरासत पनि हो। बाउबाजेका पालादेखि चल्दै आएको यही पेशाले उनको आठ जनाको परिवारको जीविकोपार्जन धानेको छ।

सिजन सुरु भएसँगै कश्यप परिवारलाई बिहानदेखि साँझसम्म तलाउबाट सिंगाडा टिप्न, सफा गर्न र तौलेर व्यापारीलाई बुझाउन भ्याइनभ्याइ हुन्छ। माग अत्यधिक भएका बेला उहाँले चार–पाँच जना ज्यालादारी मजदुरसमेत लगाएर सिंगाडा टिप्ने गरेका छन्।

असार महिनामा तलाउको पानीमा बीउ रोपेपछि कात्तिक र मङ्सिर महिनामा सिंगाडा टिप्न तयार 

हुन्छ। एकपटक रोपेपछि सिजनभर तीन पटकसम्म फल टिप्न मिल्ने कश्यपको अनुभव छ। “सिंगाडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ, कात्तिक–मङ्सिर महिनामा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन”, कश्यपले भने, “रोपेपछि दुई/तीन पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ।”

चाडपर्व र मेलामा अत्यधिक माग

बाँकेका विभिन्न तलाउ तथा पोखरीहरूमा सिंगाडाखेती हुने गर्छ। बाह्रै महिना नपाइने भएकाले कात्तिक–मङ्सिरको सिजनमा यसको माग उच्च रहन्छ। विशेषगरी चाडपर्व, व्रत र स्थानीय मेलाहरूमा सिंगाडाको खपत ह्वात्तै बढ्ने गर्छ। व्रत बस्नेहरूले सिंगाडालाई उसिनेर, पिसेर हलुवा बनाई खाने तथा तरकारीका रूपमा समेत प्रयोग गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। यस वर्षको कार्तिक पूर्णिमा मेलामा मात्रै ठूलो परिमाणमा सिंगाडा खपत भएको कश्यपले बताए। नेपालगञ्जका खुद्रा व्यापारीहरू ताजा सिंगाडा किन्न सिधै नेवाजीगाउँ पुग्ने गरेका छन्।

उत्पादन र स्थानीय बजार राम्रो भए पनि भारतबाट अवैध रूपमा भित्रिने सिंगाडाले कहिलेकाहीँ स्थानीय किसानलाई मर्कामा पार्ने गरेको छ। भन्सार छली चोरीको बाटो हुँदै भित्रिने भारतीय सिंगाडा नेपालगञ्ज बजारमा सस्तो दरमा बिक्री हुन थालेपछि आफूहरूले पनि बाध्य भएर मूल्य घटाउनुपर्ने अवस्था आउने गरेको कश्यपको गुनासो छ। सीमा नाकामा कडाइ गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके गाउँकै तलाउबाट अझै बढी आम्दानी गर्न सकिने उनको विश्वास छ।



सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले  समन्वय गर्ने
राजनीति
Clock १७ सेकेन्ड अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले  समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस