चितवनमा बर्ड फ्लू पुष्टि, करिब १९ हजार कुखुरा नष्ट
१६ चैत्र २०८२
•
३ मिनेट पाठ
चितवनमा बर्ड फ्लू पुष्टि, करिब १९ हजार कुखुरा नष्ट
चितवनमा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान) संक्रमण देखिएपछि करिब १९ हजार कुखुरा नष्ट गरिएको छ । भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक कुखुरा फार्ममा संक्रमण पुष्टि भएपछि नियन्त्रणका लागि दाना सहित कुखुरा नष्ट गरिएको हो ।




पशु सेवा कार्यालय चितवनका अनुसार संक्रमित फार्मबाट १७ हजार ८७० लेयर्स कुखुरा र नजिकैको अर्को फार्मबाट ९३५ स्थानीय कुखुरा नष्ट गरिएको छ । चैत १२ गते कुखुरा नष्ट गर्ने कार्य सुरु गरिएको र त्यसपछि आज (सोमबार) फार्म पूर्ण रूपमा सरसफाइ गरी सिल गरिएको कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेले जानकारी दिए । उनका अनुसार फार्ममा रहेका ४८ बोरा दाना, १८० बोरा मकै र ७ बोरा सोयाबिनसमेत नष्ट गरिएको छ ।

नेपालमा कुखुरामा लाग्ने बर्ड फ्लू ‘एच फाइभ एन वान’ प्रकारको हो, जसको हालसम्म प्रभावकारी उपचार विधि छैन । रोग तीव्र गतिमा अन्यत्र फैलिन सक्ने भएकाले नियन्त्रणका लागि कुखुरा र त्यसले प्रयोग गर्ने दानासमेत नष्ट गरिएको उनले बताए ।

सरकारले क्षति न्यूनीकरणका लागि प्रभावित किसानलाई ७५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरेको छ । यसअघि चितवनमा २०७८ सालमा बर्ड फ्लूको महामारी फैलिँदा करिब ८ लाख कुखुरा नष्ट गरिएको थियो । त्यसपछि पहिलोपटक यस वर्ष पुनः संक्रमण देखिएको हो । नेपालमा पहिलोपटक सन् २००९ मा झापामा बर्ड फ्लू पुष्टि भएको थियो ।

हाल झापा, सुनसरी, मोरङलगायतका जिल्लामा पनि बर्ड फ्लू देखिएको छ भने काठमाडौंको कीर्तिपुर क्षेत्रमा कागमा समेत संक्रमण पुष्टि भएको राष्ट्रिय पक्षी रोग अनुसन्धान प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका प्रमुख डा. विजय श्रेष्ठका अनुसार बर्ड फ्लू मुख्यतः कुखुरा, हाँस तथा जंगली चरामा लाग्ने गर्दछ । चराचुरुङ्गीको दिसाबाट समेत सर्ने भएकाले जैविक सुरक्षा उपाय अपनाउन अत्यावश्यक रहेको उनले बताए ।

चराचुरुङ्गी, मानिस तथा खोरमा काम गर्ने व्यक्ति, कुखुराजन्य पदार्थ बोक्ने सवारी साधनबाट खोरमा संक्रमण फैलिन सक्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।

“व्यावसायिक फार्मको नेटवर्किङ धेरै हुन्छ । दाना र कुखुरा एउटैमा व्यवसाय गरिएको हुन्छ,” उनले भने, “यस्तो अवस्थामा दाना उद्योगसहित कुखुरा पाल्ने किसानले जैविक सुरक्षाका उपाय अपनाउन जरुरी छ।” उनले फार्ममा नियमित सरसफाइ, औषधि प्रयोग, जंगली चराको प्रवेश रोकथाम तथा कुनै असामान्य अवस्था देखिए तत्काल नजिकको पशु शाखामा जानकारी गराउन आग्रह गरेका छन् ।

हाल संक्रमण सानो समूहमा सीमित रहेको र अन्य क्षेत्रमा फैलिएको पुष्टि नभएको जनाइएको छ । चितवनमा कुखुरा पालन व्यवसाय उद्योगका रूपमा विस्तार भइरहेको अवस्थामा उच्च सतर्कता अपनाउन सरोकारवालाले बताएका छन् ।

उनले उपभोगका लागि प्रयोग गरिने मासु र अण्डा राम्रोसँग पकाएर मात्र खान आग्रह गरेका छन् । पछिल्लो समय जाडो मौसमसँगै मात्र होइन, चैतदेखि जेठसम्म पनि बर्ड फ्लू देखिन थालेकाले थप सतर्कता आवश्यक रहेको उनको भनाइ छ ।

राष्ट्रिय पक्षी रोग अनुसन्धान प्रयोगशालाका अनुसार चितवनसहित गोरखा, नवलपरासी, धादिङ र मकवानपुरबाट बढी नमुना परीक्षणका लागि आउने गरेका छन् । यस वर्ष चितवनबाट एक नमुनामा मात्र संक्रमण पुष्टि भएको छ भने दैनिक करिब २० वटा नमुना परीक्षण हुने गरेको छ । कुखुराजन्य क्षेत्रमा नेपालमा ७० अर्ब रुपैयाँभन्दा बढी लगानी छ, जसको आधाभन्दा बढी लगानी चितवनमा रहेको छ ।

पशु सेवा कार्यालय चितवनको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा चितवनमा एक करोड आठ लाख कुखुरा छन् । चितवनमा साना–ठूला गरी हजारौं पोल्ट्री फार्म र सयभन्दा बढी ह्याचरी रहेका छन् ।
अर्को समाचार
चितवनमा बर्ड फ्लू पुष्टि, ३८ हजार बढी कुखुरा नष्ट
२७ जेष्ठ २०८३
•
३ मिनेट पाठ
चितवनमा बर्ड फ्लू पुष्टि, ३८ हजार बढी कुखुरा नष्ट
चितवनमा ‘बर्ड फ्लू’ संक्रमण देखिएपछि ३८ हजार बढी कुखुरा नष्ट गरिएको छ। खैरहनी नगरापालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा संक्रमण पुष्टि भएपछि नियन्त्रणका लागि दाना सहित कुखुरा नष्ट गरिएको हो।




पशु सेवा कार्यालय चितवनका अनुसार संक्रमित फार्मबाट ३८ हजार २०० लेयर्स कुखुरा नष्ट गरिएको छ। जेठ २३ गते कुखुरामा बर्ड फ्लू संक्रमण भएको पुष्टि भएपछि जेठ २४ गते (आइतबार) बाट कुखुरा नष्ट गर्न सुरु गरिएको कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेले जानकारी दिए।

उनका अनुसार लगातार तीनदिनसम्म कुखुरा नष्ट गरेपछि मंगलबार फार्म पूर्ण रुपमा सरसफाईगरी ‘सिल’ गरिएको हो। यस्तै सो फार्मबाट १ हजार ४ सय ५ पेटी अण्डा, १२ टन दाना समेत नष्ट गरिएको उनले जानकारी दिए।

‘पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा नमुना पठाएका थियौं। त्यहाँबाट एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान देखिएपछि हामीले तीन दिन लगाएर कुखुरा, अण्डा र दाना नष्ट गरेका हौं’, उनले भने। उनका अनुसार अन्य स्थानमा नमुना सङ्कलन गर्ने काम समेत भइरहेको छ।

यसअघि चैत्र १२ गते भरतपुर महानगरपालिका-४ स्थित एक व्यावसायिक कुखुरा फार्ममा संक्रमण पुष्टि भएपछि १७ हजार ८७० लेयर्स कुखुरा र नजिकैको अर्को फार्मबाट ९३५ स्थानीय कुखुरा नष्ट गरिएको थियो।

नेपालमा कुखुरामा लाग्ने बर्ड फ्लू ‘एच फाइभ एन वान’ प्रकारको हो। जसको हालसम्म प्रभावकारी उपचार विधि छैन। रोग तीव्र गतिमा अन्यत्र फैलिन सक्ने भएकाले नियन्त्रणका लागि कुखुरा र त्यसले प्रयोग गर्ने दानासमेत नष्ट गरिएको उनले बताए।

सरकारले क्षति न्यूनीकरणका लागि प्रभावित किसानलाई ७५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरेको छ। यसअघि चितवनमा २०७८ सालमा बर्ड फ्लूको महामारी फैलिँदा करिब ८ लाख कुखुरा नष्ट गरिएको थियो। त्यसपछि पहिलोपटक यस वर्ष पुनः संक्रमण देखिएको हो। नेपालमा पहिलोपटक सन् २००९ मा झापामा बर्ड फ्लू पुष्टि भएको थियो।

हाल झापा, सुनसरी, मोरङलगायतका जिल्लामा पनि बर्ड फ्लू देखिएको छ भने काठमाडौंको कीर्तिपुर क्षेत्रमा कागमा समेत संक्रमण पुष्टि भएको राष्ट्रिय पक्षी रोग अनुसन्धान प्रयोगशालाले जनाएको छ।

यी जिल्लामा हालसम्म पाँच लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएको पशु सेवा विभागको तथ्यांकमा उल्लेख छ।

प्रयोगशालाका प्रमुख डा. विजय श्रेष्ठका अनुसार बर्ड फ्लू मुख्यतः कुखुरा, हाँस तथा जंगली चरामा लाग्ने गर्दछ। चराचुरुङ्गीको दिसाबाट समेत सर्ने भएकाले जैविक सुरक्षा उपाय अपनाउन अत्यावश्यक रहेको उनले बताए।

चराचुरुङ्गी, मानिस तथा खोरमा काम गर्ने व्यक्ति, कुखुराजन्य पदार्थ बोक्ने सवारी साधनबाट खोरमा संक्रमण फैलिन सक्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ।

‘व्यावसायिक फार्मको नेटवर्किङ धेरै हुन्छ। दाना र कुखुरा एउटैमा व्यवसाय गरिएको हुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा दाना उद्योगसहित कुखुरा पाल्ने किसानले जैविक सुरक्षाका उपाय अपनाउन जरुरी छ।’

उनले फार्ममा नियमित सरसफाइ, औषधि प्रयोग, जंगली चराको प्रवेश रोकथाम तथा कुनै असामान्य अवस्था देखिए तत्काल नजिकको पशु शाखामा जानकारी गराउन आग्रह गरेका छन्।

हाल संक्रमण सानो समूहमा सीमित रहेको र अन्य क्षेत्रमा फैलिएको पुष्टि नभएको जनाइएको छ। चितवनमा कुखुरा पालन व्यवसाय उद्योगका रूपमा विस्तार भइरहेको अवस्थामा उच्च सतर्कता अपनाउन सरोकारवालाले बताएका छन्।

उनले उपभोगका लागि प्रयोग गरिने मासु र अण्डा राम्रोसँग पकाएर मात्र खान आग्रह गरेका छन्। पछिल्लो समय जाडो मौसमसँगै मात्र होइन, चैतदेखि जेठसम्म पनि बर्ड फ्लू देखिन थालेकाले थप सतर्कता आवश्यक रहेको पशु सेवा कार्यालयका प्राविधिक दिपचन्द्र घिमिरेले जानकारी दिए।

कुखुराजन्य क्षेत्रमा नेपालमा ७० अर्ब रुपैयाँभन्दा बढी लगानी छ। जसको आधाभन्दा बढी लगानी चितवनमा रहेको छ। पशु सेवा कार्यालय चितवनको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा चितवनमा एक करोड आठ लाख कुखुरा छन्।

चितवनमा साना–ठूला गरी हजारौं पोल्ट्री फार्म र सयभन्दा बढी ह्याचरी रहेका छन्।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस