कपिलवस्तुमा एक वर्ष भित्र विकास बजेटका रुपमा रहेको पुँजीगत खर्च ७८ दशमलव ३३ प्रतिशत खर्च भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा संघ, प्रदेश र १० वटै स्थानीय तहमा विनियोजित बजेटको त्यति प्रतिशत बजेट खर्च भएको हो ।
यस्तै ३ वटै तहको गरी चालु बजेट भने ८४ दशमलव ६ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कार्यालय कपिलवस्तुले जनाएको छ । संघ, प्रदेश र १० पालिकामा गरी जिल्लाका लागि ५ अर्ब ९४ करोड १ लाख ९२ हजार ४ सय ६८ रुपैयाँ बजेट विनियोजन भएकोमा ४ अर्ब ५९ करोड १६ लाख ६ हजार ८ सय ६५ रुपैयाँ खर्च भएको छ । चालुमा तीन वटै तहमा कुल २५ अर्ब ४७ करोड ३९ लाख ९३ हजार १ सय २० रुपैयाँ बजेट निकासा भएकाको मध्ये १५ अर्ब १३ करोड ५ लाख ६९ हजार ४ रुपैयाँ खर्च भएको छ ।
राष्ट्रिय स्तरमा तीन वटै तहको पुँजीगत खर्च ५४ दशमलव ६१ र चालु खर्च ८७ दशमलव १८ प्रतिशत रहेको प्रमुख कोष नियन्त्रक रुकमांगत आर्यालले बताए । संघ तर्फ कपिलवस्तुमा विनियोजित बजेको पुँजीगत र चालु खर्चको प्रतिशत राम्रो देखिएको छ । संघ तर्फ पुँजीगत ८९ दशमलव ४३ प्रतिशत र चालु ९३ दशमलव ५१ प्रतिशत खर्च भएको छ । संघ तर्फ पुँजीगत बजेट १ अर्ब ५६ करोड १९ लाख १२ हजार ७ सय ९५ बजेट विनियोजन भएकोमा १ अर्ब ३९ करोड ६८ लाख ३२ हजार १ सय ३४ रुपैयाँ खर्च भएको छ ।
यस्तै चालु तर्फ १० अर्ब ६० करोड ७९ लाख १७हजार ८ सय ८५ रुपैयाँ बजेट विनियोजन गरिएकोमा ९ अर्ब ९२ करोड ४ लाख ८० हजार ७ सय ५० रुपैयाँ खर्च भएका छ । असार महिनामा बढी खर्च गर्ने परिपटी भने कायम रहेको देखिएको छ । असार महिनामा मात्रै पुँजीगत खर्च ५२ करोड ३१ लाख २३ हजार २ सय ३२ रुपैयाँ ९२ पैसा खर्च भएका कोलेनिकाको तथ्याङ्कमा छ । संघ भन्दा प्रदेशको खर्च प्रतिशत भने कम रहेको छ । लुम्बिनी प्रदेश अन्तर्गत कुल निकासा भएको पुँजीगत बजेटको ७४ दशमलव ९९ प्रतिशत र चालु बजेटको ७९ दशमलव शून्य चार प्रतिशत मात्र बजेट खर्च भएको छ । प्रदेशको १ अर्ब २७ करोड ९२ लाख २ सय ६६ रुपैयाँ विनियोजित पुँजीगत बजेटमा कुल ९५ करोड ९४ लाख ३६ हजार ४ सय ६६ रुपैयाँ ६१ पैसा खर्च भएको छ ।
यस्तै प्रदेश तर्फ चालुमा ९४ करोड ८१ लाख ८५ हजार ५ सय बजेट विनियोजन गरिएकोमा ७४ करोड ९५ लाख २१ हजार ६ सय ८४ रुपैयाँ ९६ पैसा खर्च भएका छ । असार महिनामा मात्र पुँजीगत खर्च १७ करोड १६ लाख ७८ हजार ६ सय ३१ रुपैयाँ खर्च भएको थियो । कपिलवस्तुका १० पालिकाको समग्र पुँजीगत खर्च ७२ दशमलव १३ र चालुको ८२ दशमलव ८४ प्रतिशत छ । ३ अर्ब ९९ लाख १३ हजार ६ सय ७३ रुपैयाँ पुजिगत बजेट मध्ये २ अर्ब २३ करोड ५३ लाख ३८ हजार २ सय ६५ रुपैयाँ तथा चालु तर्फ ५अर्ब ३८ करोड ४२ लाख २० हजार २ सय ३५ बजेट मध्ये ४ अर्ब ४६ करोड ५ लाख ६६ हजार ५ सय ७० रुपैयाँ खर्च भएको छ ।
कपिलवस्तुका १० पालिका मध्ये सबै भन्दा बढी मायादेबी गाउँपालिकाले बजेट खर्च गरेको छ । यस्तै सबै भन्दा कम खर्च कपिलवस्तु नगरपालिकाले गरेको छ । मायादेबी गाउँपालिकाले पुँजीगत खर्च ८५ दशमलव ५ प्रतिशत र चालु खर्च ८३ दशमलव ३२ प्रतिशत खर्च गरेको छ । बिजयनगर गाउँपालिकाले पुँजीगत खर्च ८० दशमलव ३९ प्रतिशत र चालु तर्फ ८२ दशमलव ५७ प्रतिशत, महाराजगश्ंज नगरपालिकाले पुँजीगत ७७ दशमलव ७१ र चालु ८० दशमलव ४२ प्रतिशत र कृष्णनगर नगरपालिकाले पुँजीगत ७५ दशमलव शून्य ५ र चालु ७६ दशमलव ८१ प्रतिशत बजेट खर्च गरेको छ।
बाणगंगा नगरपालिकाले पुँजीगत खर्च ७२ दशमलव २७ र चालु ८५ दशमलव शून्य ८ प्रतिशत, शिवराज नगरपालिकाले पुँजीगत ७२ दशमलव २१ र चालु ८९ दशमलव ३६ प्रतिशत, सुद्धोदन गाउँपालिकाले पुँजीगत ६८ प्रतिशत र चालु ८३ दशमलव शून्य ७ प्रतिशत, यशोधरा गाउँपालिकाले ६७ दशमलव १२ र चालुमा ७९ दशमलव प्रतिशत बजेट खर्च गरेको छ । कपिलवस्तु नगरपालिकाले पुँजीगत ५८ दशमलव ९६ र चालु ८१ दशमलव ५५ प्रतिशत बजेट खर्च गरेको कोलेनिकाले जनाएको छ । प्रमुख कोष नियन्त्रक अर्यालले कपिलवस्तुमा राष्ट्रिय स्तरको पुजीगत खर्च भन्दा २४ प्रतिशत बढी खर्च हुनुलाई राम्रै मान्नु पर्ने बताए । बिकास निर्माणको काममा अनुगमन तथा अन्य विभिन्न प्रकृया मिलाउनु पर्ने भएकाले असार मै बढी भुक्तानी जाने परम्परा यस बर्ष पनि कायम रहेको देखिएको उनले बताए ।
कपिलवस्तुमा एक वर्षमा ९ अर्ब बढी राजस्व संकलन
कपिलवस्तुमा गत आर्थिक बर्ष २०८१/०८२ मा कुल ९ अर्ब १० करोड ७६ लाख ६५ हजार ७ सय ६५ रुपैयाँ राजस्व संकलन भएको छ । संघ र प्रदेश र स्थानीय पालिकाबाट सो राजस्व संकलन भएको हो । कोलेनिकाको प्रारम्भिक प्रतिवेदन अनुसार संघ र १० पालिका गरी ८ अर्ब ६३ करोड २२ लाख १८ हजार २ सय ९५ रुपैयाँ तथा प्रदेश अन्तर्गत कार्यालयबाट ४७ करोड ५४ लाख ४७ हजार ४ सय ७० रुपैयाँ राजस्व संकलन भएको हो । सबै भन्दा बढी कृष्णनगर भन्सारले ५ अर्ब २३ करोड ३० लाख १ हजार ८१७ रुपैयाँ उठाएको छ । यस्तै आन्तरिक राजस्व कार्यालयले १ अर्ब २९ करोड १७ लाख १७ हजार ९१४ रुपैयाँ तथा सुठौली भन्सारले १ अर्ब ३ करोड ६६ लाख ६२ हजार ३ सय ५४ रुपैयाँ राजस्व उठाएको छ ।