अर्थतन्त्रमा थपियो संकट
२३ असोज २०८२
•
४ मिनेट पाठ
अर्थतन्त्रमा थपियो संकट
कोभिडपछि लयमा फर्किन थालेको मुलुकको अर्थतन्त्रमा एकपछि अर्को चुनौती थपिएका छन्। जेनजी आन्दोलनले जनधनको क्षति भएको अवस्थामा प्राकृतिक विपत्तीले फेरि थप क्षति पुर्‍याएको छ। बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचनाको पुनर्निर्माणका लागि मात्र करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।




जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको आगजनी तथा तोडफोडमा करिब पौने दुई खर्ब रुपैयाँबराबरको क्षति भएको अनुमान छ। आन्दोलनबाट सरकारी संरचनाको करिब एक खर्ब र निजी क्षेत्रको करिब ८० अर्ब रुपैयाँबराबरको सम्पत्ति क्षति भएको अनुमान गरिएको छ।

मुलुकमा भएका पछिल्ला घटनाले अर्थतन्त्र संकुचनमा जाने देखिएको छ। चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण विश्व बैंकले मंगलबार गरेको छ। यसमा अहिलेको प्राकृतिक विपत्तिले पर्ने असरलाई समावेश छैन। आन्दोलन र प्राकृतिक विपद्ले निम्त्याएको क्षतिले मुलुकको अर्थतन्त्र थप जटिल मोडमा गएको छ। मुलुकमा सिर्जित अप्रत्याशित समस्याले अर्थतन्त्रमा चुनौती थपिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए। ‘मुलुकमा अप्रत्याशित घटना हुँदा ठुलो क्षति बेहोर्नुपर्‍यो,’ पाण्डेले भने, ‘अर्थतन्त्र थप अप्ठेरोमा परेको छ।’

विश्व बैंकले सार्वजनिक गरेको साउथ एसिया डेभलपमेन्ट अपडेट अनुसार जेनजी आन्दोलनबाट भएको क्षति र मुलुकमा सिर्जना भएको राजनीतिक अस्थिरताले आर्थिक वृद्धि ३.१ प्रतिशतले खुम्चिने प्रक्षेपण विश्व बैंकले गरेको छ। विश्व बैंकले यसअघि गत अप्रिलमा गरेको प्रक्षेपण अनुसार यो वर्ष ५.२ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो।

विश्व बैंकका अनुसार पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेख्य गिरावट आउने, सम्पत्तिमा भएको क्षतिले बिमा उद्योगलाई प्रत्यक्ष असर पर्ने, लगानीकर्ताको मनोबल घट्दा निजी लगानी र जलविद्युत् बाहेकका निर्माण कार्यमा अवरोध आउने देखिएको छ। यो वर्ष ढिला वर्ष भएका कारण अन्नको भण्डार मानिने तराईमा धान उत्पादनमा पनि कमी हुने अनुमान छ।

चालु आर्थिक वर्षका लागि बजेट अघिल्ले सरकारले ल्याइसकेकाले यो सरकारलाई जेनजी आन्दोलनमा क्षति भएको भौतिक संरचनाको पुनर्निर्माण, दैवी प्रकोपले क्षति पुगेका सडक पूर्वाधार निर्माण, फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनका लागि स्रोत जुटाउनुपर्ने चुनौती छ। घटनाक्रमले स्रोत व्यवस्थापनमा पनि चुनौती थपिएको छ। निजी क्षेत्रका व्यापारिक प्रतिष्ठान भाटभटेनी, चौधरी ग्रुप, चन्द्रागिरि केबलकार, गोल्छा ग्रुपलगायत निजी क्षेत्रमा गरिएको तोडफोड र आक्रमणको असर राजस्वमा पर्नेछ। लगानी विस्तार नहुँदा रोजगारीमा पनि असर पर्नेछ।

अर्थतन्त्रमा संकुचन आउँदा राजस्व संकलनमा पनि असर पर्ने भएको छ। आन्दोलन र दैवी प्रकोपले पर्यटन क्षेत्रमा असर पुगेको छ। ‘अर्थतन्त्रमा समस्या परेपछि राजस्वमा असर पर्छ,’ प्रवक्ता पाण्डेयले भने, ‘राजस्व चुहावट नियन्त्रण गर्ने प्रयास गर्छौं।’

विश्व बैंकले नेपालमा देखिएका संरचनागत कमजोरीहरू समेत औंल्याएको छ। जटिल र अनिश्चित व्यापारिक वातावरण, व्याप्त भ्रष्टाचार, उच्च व्यापार र यातायात खर्च र अपर्याप्त पूर्वाधार जस्ता समस्याहरूले निजी उद्यमलाई अवरुद्ध गरिरहेको उसले जनाएको छ। बेरोजगारीको अवस्था पनि चिन्ताजनक रहेको छ। लगानीकर्ताको मनोबल खसकिएकाले लगानी बिस्तार हुने सम्भावना कम छ। दसैंमा पनि अपेक्षाकृत रुपमा बजार चलायमान भएन।

जेनजी आन्दोलनबाट क्षति बेहोरेको निजी क्षेत्रको मनोबल बढाउन सरकारले एकीकृत आर्थिक प्याकेज ल्याएको थियो। अर्थमन्त्री रामेश्वर खनालले आर्थिक गतिविधि तत्काल सुचारु गर्न सरकार, राष्ट्र बैंक र बिमा कम्पनीमार्फत राहत सुविधा दिने घोषणा गरेका छन्।

आन्दोलनमा ध्वस्त भएका संरचनाको पुनर्निर्माण गर्न आवश्यक सामान आयातमा ५० प्रतिशत छुट दिने घोषणा उनले गरेका छन्। बन्द भएका व्यवसाय वा प्रतिष्ठानले कर्मचारीको तलबका लागि आवश्यक रकम ऋण लिएर तिर्न सक्ने क्षमता भए सहुलियत ब्याजमा ऋण दिने निर्णय पनि अर्थ मन्त्रालयले गरेको थियो। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब रुपैयाँ निकासा गरिसकेको छ। उसले ऋण तिर्ने समय पनि सारेको छ। त्यसैगरी निजी क्षेत्रले बिमा गरेबापतको भुक्तानी बिमाबाट अग्रिम ५० प्रतिशत दिने र त्यसका लागि नेपाल बिमा प्राधिकरणले सहजीकरण गर्ने निर्णय पनि अर्थ मन्त्रालयले गरेको थियो।

चालु आवका लागि बजेट आइसकेको अवस्थामा आन्दोलनमा तोडफोड र आगजनीमा परेका भौतिक संरचनाको पुनर्निर्माण, दैवी प्रकोपले क्षति पुगेका सडकको निर्माण र निर्वाचनका लागि स्रोत खोज्नुपर्ने दबाबमा सरकार छ। स्रोत व्यवस्थापनका लागि चुनौती भए पनि चालु आवको बजेटमार्फत आयोजना बैंकमा प्रविष्ट नगरेका एक हजार तीन सयभन्दा बढी आयोजनालाई स्थगन गरेर बजेट व्यवस्थापन गर्ने अर्थ मन्त्रालयले जनाएको छ।

आयोजना बैंकमा प्रविष्ट नभएका आयोजनाका लागि विनियोजित गरेको र अन्य खर्च कटौती गरेर एक खर्ब २० अर्ब रुपैयाँ बजेट व्यवस्थापन गरिएको प्रवक्ता पाण्डेले बताए। ‘चालु आवका लागि बजेट तयार भइसकेकाले नयाँ बजेट ल्याउने सम्भावना छैन,’ पाण्डेले भने, ‘आयोजना बैंकमा नभएका योजना स्थगन गरेर बजेट व्यवस्थापन गरेका छौं।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४० मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस