प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बढ्दै
१९ भदौ २०८३
•
२ मिनेट पाठ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बढ्दै
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरुको सङ्ख्या बढ्दै गएको छ।




भोटेकोशी बाढीपीडितलाई  राहत, उद्धार तथा पुनःस्थापना गर्न दाताहरुले राहत कोषमा रकम दाखिला गर्ने क्रम बढ्दै गएको हो।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि गुल्मीका स्थानीय तहले रु एक करोड ४७ लाख ४३ हजार ४३ सहयोग गर्ने निर्णय गरेका छन्।

जिल्लाका १० स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेका हुन्। बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै स्थानीय तहले आफ्ना कोष तथा जनप्रतिनिधि, कर्मचारी र शिक्षकको पारिश्रमिकबाट रकम जुटाएर सहयोग गर्ने निर्णय गरेको बताएका छन्।

सत्यवती गाउँपालिकाले रु ३० लाख ६८ हजार ३९१, इस्मा गाउँपालिकाले रु २१ लाख एक हजार ६९६, रुरु क्षेत्र गाउँपालिकाले रु २६ लाख ७५ हजार र कालीगण्डकी गाउँपालिकाले रु १९ लाख ५५ हजार १५६ सहयोग गर्ने भएका हुन्।

चन्द्रकोट गाउँपालिकाले रु १४ लाख, धुर्कोट गाउँपालिकाले रु १३ लाख ३७ हजार, रेसुङ्गा नगरपालिकाले रु १० लाख, गुल्मी दरबार गाउँपालिकाले रु पाँच लाख, मदाने गाउँपालिकाले रु चार लाख पाँच हजार ८०० र मालिका गाउँपालिकाले रु तीन लाख  सहयोग गर्ने निर्णय गरेका हुन्।

त्यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले भोटेकोशी बाढीपीडितका लागि रु ३७ लाख दुई हजार सहयोग गरेको छ।

प्रतिष्ठानका पदाधिकारी, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा पूर्वकर्मचारी (पेन्सनर) ले एक दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन सहयोग स्वरूप रकम उपलब्ध गराएको प्रमुख मोहनकुमार राईले बताए।

बाढीपीडितको लागि विराट ग्रुप, विराट नगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ७२ लाख दाखिला गरेको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम राहत कोषमा दाखिला गरिएको विराट ग्रुपका अध्यक्ष प्रा डा ज्ञानेन्द्र मानसिंह कार्कीले बताए।

कोषमा ग्रुपमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक दिनको तलब सङ्कलन गरिएको थियो।

भक्तपुरका दुई वटा विद्यालयले रु नौ लाख पाँच हजार ३०४ राहत सङ्कलन गरेका छन्। रसुवामा गएको बाढी पीडितको राहतका लागि एभरेस्ट इङ्लिस स्कुल र एभरेस्ट भक्तपुर स्कुलले उक्त रकम सङ्कलन गरेका हुन्।

एभरेस्ट इङ्लिस स्कुलबाट रु छ लाख २३ हजार ४४ र एभरेस्ट भक्तपुर स्कुलबाट रु दुई लाख ८२ हजार २६० आज प्रधानमन्त्री राहत कोषमा दाखिला भएको छ।
अर्को समाचार
मधेशमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै
१९ भदौ २०८३
•
२ मिनेट पाठ
मधेशमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै
भोटेकोशी बाढीपीडितका लागि राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै गएको छ।




सर्लाहीः सर्लाहीको बागमती नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकले मासिक पारिश्रमिकबाट सङ्कलन भएको दुई लाख ४७ हजार ६४० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।

बाढीबाट सर्वस्व गुमाएका परिवारको राहतका लागि उक्त रकम राहत कोषमा दाखिला गरिएको जनता माध्यमिक विद्यालय बागमती नगरपालिका-५, सोल्टी बजारका प्रधानाध्यापक लोकनाथ दाहालले जानकारी दिए।

त्यसैगरी, विभिन्न विद्यालयका छात्राछात्रले खाजा खर्च कटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गरेका छन्।

जनबालकल्याण माध्यामिक विद्यालयका छात्रछात्राले  १८ हजार ४५०, नव जनजागरण माध्यमिक विद्यालय बागमती-८, का छात्रछात्राले ११ हजार ७५०, महेन्द्र जनता माध्यमिक विद्यालय, बागमती-११, का छात्रछात्राले पाँच हजार २६० रुपैयाँ सङ्कलन गरी दाखिला गरेका छन्।

पर्साः वीरगञ्ज उपमहानगर पालिकाले एक करोड ११ लाख रुपैयाँ दाखिला गरेको छ।

पर्सा जिल्लाका अन्य क्रमशः पर्सागढी नगरपालिकाले तीन लाख तथा सोही नगरपालिकाका नगरप्रमुखले व्यक्तिगत १० हजार, उप्रमुखले सात हजार, वडाध्यक्षहरुले जनही रु पाँच हजार, सखुवा प्रसौनी गाउँपालिकाले पाँच लाख, पटेर्वा सुगौली गाउँपालिकाले पाँच लाख, जगन्नाथपुर गाउँपालिकाले १५ लाख, ठोरी गाउँपालिकाले ११ लाख धोबनी गाउँपालिकाले पाँच लाख र मैनपुर गाउँपालिकाले पाँच लाख रुपैयाँ जम्मा गरेका छन्।  

चितवनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), चितवनको तर्फबाट एक लाख ७० हजार ६९८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि उक्त रकम दाखिला गरिएको जिल्ला सभापति ई. मिनीमाधव खनालले जानकारी दिए।

नवलपुरः नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज  पाँच लाख पाँच हजार रकम कोषमा दाखिला गरेको छ।  

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी, शिक्षक एवं कर्मचारीले स्वेच्छिक सङ्कलन गरेको उक्त रकम सङ्घीय सांसद राजन गौतममार्फत कोषमा जम्मा गरिएको कलेजका प्रिन्सिपल प्राध्यापक डा इन्जिनियर हरि भण्डारीले जानकारी दिए।

धनुषाःधनुषा जिल्लाबाट ६६ लाख रुपैयाँ दाखिला गरिएको छ।  

धनुषाको हंसुर नगरपालिकाबाट ३६ लाख, मिथिला विहारी नगरपालिकाबाट रु ३० लाख सङ्कलन गरिएको हो।

उक्त रकम नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक एवं स्वास्थ्य कर्मचारीको मासिक पारिश्रमिकबाट जम्मा गरिएको थियो।  

मकवानपुरः नेपाल प्रेस युनियन, मकवानपुर शाखाले भोटेकोशी बाढीपीडितका लागि रु ५० हजार सहयोग उपलव्ध गराएको छ। उक्त रकम मकवानपुर जिल्लाका पत्रकारहरुले जम्मा गरेको अध्यक्ष सुवास विडारीले जानकारी दिए।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ११ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस