ढुकुटी डेढ खर्ब घाटामा: अर्थतन्त्रका अवयव चापमा
०२ पौष २०८२
•
३ मिनेट पाठ
ढुकुटी डेढ खर्ब घाटामा: अर्थतन्त्रका अवयव चापमा
लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा सरकारको ढुकुटी करिब डेढ खर्ब रुपैयाँ घाटामा गएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्म आम्दानीभन्दा खर्च एक खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँले बढी भएर ढुकुटी घाटामा गएको हो। चालु आवका पाँच महिनासम्म सरकारले राजस्व, वैदेशिक अनुदानलगायतबाट चार खर्ब ११ अर्ब ४५ करोड रुपैयाँ प्राप्त गरेको छ। चालु, पुँजीगत, वित्तीय व्यवस्थापनसहित पाँच खर्ब ५९ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ।




आर्थिक गतिविधि संकुचित हुँदा सरकारी ढुकुटीमा दबाब बढेको अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालले बताए। ‘ढुकुटी घाटामा हुँदा अर्थतन्त्रका अवयवमा चाप पर्छ’? उनले भने, ‘विगतका वर्षदेखिनै ढुकुटी घाटामा थियो।’

ढुकुटी घाटामा हुँदा सरकारसँग लगानी गर्ने पैसाको हभाव हुने, सार्वजनिक वित्तमा दबाब पर्ने, योजनाअनुसार खर्च गर्न नसकिने, सार्वजनिक ऋणमा चाप पर्ने सचिव बरालले बताए।

सरकारले चालु आवमा राजस्व संकलनमा महत्त्वाकांक्षी लक्ष्य राखेको छ। चालु आवका पाँच महिनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न  सरकारले सकेको छैन। चालु आर्थिक वर्षमा १५ खर्ब ३३ अर्ब ४४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य छ। पाँच महिनामा चार खर्ब दुई अर्ब राजस्व संकलन भएको छ। यो वार्षिक लक्ष्यको २७.६ प्रतिशत हो। कर राजस्वतर्फ वार्षिक लक्ष्यको २८ दशमलव ८३ प्रतिशत अर्थात् तीन खर्ब ७९ अर्ब २६ करोड संकलन भएको छ।

त्यसैगरी गैरकर राजस्वतर्फ १५ दशमलव ५९ प्रतिशत अर्थात् २३ अर्ब ६० करोड रुपैयाँ संकलन भएको छ। चालु आवमा ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने वार्षिक लक्ष्य राखेको सरकारले हालसम्म नौ दशमलव ५८ प्रतिशत अर्थात् पाँच अर्ब ११ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ।

सरकारले महत्त्वाकांक्षी राजस्व संकलनको लक्ष्य राखेको सचिव वरालले स्वीकार गरे। ‘जेनजी आन्दोनलले राजस्वको लक्ष्य पूरा गर्न कठिन छ,’ उनले भने, ‘राजस्व संकलन गत वर्षकै लयमा छ। जेनजी आन्दोलनले व्यावसायिक क्षेत्र त्रसित छ। बैंकमा पैसा थुप्रिएको छ। लगानी बढेको छैन। यसको असर आर्थिक क्षेत्रमा परेको छ’, उनले भने।

आर्थिक वर्षको पाँच महिना पुग्दा पनि सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन। सरकारको विकास खर्च निकै कमजोर देखिएको छ। आर्थिक वर्ष सुरु भएको पाँच महिनामा सवा आठ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ।

चालु आवका लागि पुँजीगततर्फ चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँबराबर विनियोजन भएकोमा पाँच महिनामा ३२ अर्ब ९५ करोड रुपैयाँ मात्र खर्च भएको छ। यसले सरकारको खर्च गर्ने क्षमतामा प्रश्न उठेको छ।

त्यसैगरी चालुगततर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकोमा अहिलेसम्म ३३ दशमलव सात प्रतिशत खर्च भएको छ। चालुगततर्फ यो अवधिमा तीन खर्ब ९४ अर्ब ३६ करोड रुपैयाँ खर्च भएको छ।

पाँच महिनामा सरकारको कुल खर्च वार्षिक विनियोजन बजेटको २८ दशमलव ७४ प्रतिशत भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। सरकारले चालु आवका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँबराबरको बजेट ल्याएको थियो। अहिलेसम्म पाँच खर्ब ५९ अर्ब ८५ करोड रुपैयाँ मात्र खर्च भएको छ।

अर्थतन्त्रका आन्तरिक सूचक कमजोर देखिए पनि बाह्य सूचक भने राम्रा छन्। कुल विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तसम्म ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब ५२ करोड छ। यो सञ्चिति १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। चालु खाता दुई खर्ब ७९ अर्ब ६५ करोड र शोधनान्तर तीन खर्ब १८ अर्ब ४० करोड रुपैयाँ बचतमा छ।

त्यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३१.४ प्रतिशतले र अमेरिकी डलरमा २५.३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको कात्तिक महिनाको विप्रेषण आप्रवाह एक खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ छ। त्यसैगरी निर्यात ७७.५ प्रतिशतले र आयात १८.७ प्रतिशतले बढेको छ।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस