पर्यटक तान्दै ताथलीको हलालगाउँ सिँढी
१५ मंसिर २०८२
•
२ मिनेट पाठ
पर्यटक तान्दै ताथलीको हलालगाउँ सिँढी
भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ऐतिहासिक ताथली गढी र हलालगाउँ सिढीले पछिल्लो समय आन्तरिक पर्यटकलाई आकर्षित गर्दै आएको छ ।  




मनमोहक प्राकृतिक आकर्षणले भरिएको हलालगाउँ सिँढी आन्तरिक पर्यटकहरुको गन्तव्यका रूपमा परिचित बन्दै गएको हो । स्थानीय इतिहास, प्राकृतिक सुन्दरता र छेउछाउको ग्रामीण जीवनशैली नजिकबाट अवलोकन गर्न चाहने पर्यटकहरू यो क्षेत्रतर्फ आकर्षित हुन थालेका हुन् ।

ताथली गढी क्षेत्र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिएको क्षेत्र हो । स्थानीयका अनुसार गढी क्षेत्र एक समय रणनीतिक निगरानी तथा सुरक्षात्मक दृष्टिले उपयोग हुने गर्दथ्यो । अहिले पनि ताथली गढी क्षेत्रमा ऐतिहासिक र पुरातात्त्विक महत्वका सम्पदाका अवशेष पाइएका छन् ।

ताथलीको आइतबारे वन र ठूलोवाखा वनमा रहेको सो गढीबाट काठमाडौं उपत्यकाका विभिन्न भाग र बनेपा र काभ्रेका विभिन्न भाग देख्न सकिन्छ । सुन्दर प्राकृतिक  हरियाली, दृश्यावलोकन र ग्रामीण सौन्दर्यसँग मिसिएको विश्रामस्थलका रूपमा रहेको यो क्षेत्रमा रहेको सौन्दर्यमा रमाउन दैनिक सयौं संख्यामा आन्तरिक पर्यटक आउने गरेको चाँगुनारायण नगरपालिका-९ का वडा सदस्य विद्यापति थापाले बताए ।  

उनले शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको समेत बताए । उपत्यका हेर्न मिल्ने डाँडामा रहेको हलालगाउँमा ताथली पुल–सुइटी खोला सडक, ताथली नाला सडक– पुजारी पाटी सडक, सुडालको कलमसी हुँदै खावा, सुडाल ठूली ब्रम्हायणी सडक हुँदै खावा– हलालगाउँ पुग्न सकिन्छ ।

यो स्थानमा निर्मित यस्तै हलालगाउँ–ताथली गढी सिँढीले पनि पर्यटकलाई आकर्षण गरेको स्थानीय बताउँछन् । उच्च स्थानबाट देखिने पहाडी भू–दृश्य, चाँगुनारायण–ताथली क्षेत्रको समग्र दृश्य र पहाड–तराई मिश्रित भूभागले यहाँ आउने जोकोहीलाई मोहित बनाउँछ । परिवारसहितको छोटो घुमघाम, पदयात्रा, फोटोग्राफी र स्थानीय संस्कृति अनुभव गर्न उपयुक्त स्थान भएकाले आन्तरिक पर्यटकको चाप दिनानुदिन बढ्दै गएको चाँगुनारायण नगरपालिका-९ का वडा अध्यक्ष गणेश त्यातले बताए ।  

उनले यो स्थानको सल्लाघारी वन, विभिन्न प्रजातिका चराचुरुङ्गीको ध्वनि, मनोरम वातावरणले एकान्तप्रेमी पर्यटकहरूलाई तानिरहेको उल्लेख गर्दै करिब ३०० खुड्किलाको सिँढीले थप सौन्दर्य बढाएको बताए । त्यसले ताथली गढी पुग्न समेत सहज भएको उनको भनाइ छ ।

पर्यटक संख्या बढेसँगै वडा कार्यालय, वन उपभोक्ता समिति र समुदायले, सरसफाइ, विश्रामस्थल जस्ता आधारभूत पूर्वाधार सुधारका पहलसमेत थालेका छन् । नियमित प्रचारप्रसार, सुरक्षित पदयात्रा मार्ग विकास र स्थानीय उत्पादन प्रवद्र्धन गर्न सके ताथली गढी र हलालगाउँ सिँढी निकट भविष्यमा अझ आकर्षक गन्तव्य बन्नसक्ने स्थानीयहरूको अपेक्षा छ ।  

सोही उद्देश्य बमोजिम वडाले नियमित रूपमा उक्त स्थानमा सरसफाइ समेत गरिरहेको छ । सो स्थानमा निर्माण भएको अपुरो भ्यू टावरको निर्माण पूर्णतासँगै थप पर्यटक बढ्ने स्थानीयको भनाइ  छ । वडा कार्यालयले सो स्थानको दीगो विकासका लागि गुरूयोजना समेत तयार गरेको जनाएको छ ।
अर्को समाचार
आन्तरिक पर्यटक तान्दै ताथलीको हलालगाउँ सिँढी
२२ मंसिर २०८२
•
२ मिनेट पाठ
आन्तरिक पर्यटक तान्दै ताथलीको हलालगाउँ सिँढी
भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा अवस्थित ऐतिहासिक ताथली गढी र हलालगाउँं सिँढीले पछिल्लो समय आन्तरिक पर्यटक तान्दै आएको छ । मनमोहक प्राकृतिक आकर्षणले भरिएको हलालगाउँ सिँढी आन्तरिक पर्यटकहरुको गन्तव्यका रूपमा परिचित बन्दै गएको हो । स्थानीय इतिहास, प्राकृतिक सुन्दरता र छेउछाउको ग्रामीण जीवनशैली नजिकबाट अवलोकन गर्न चाहने पर्यटकहरू यो क्षेत्रतर्फ आकर्षित हुन थालेका हुन् ।  




ताथली गढी क्षेत्र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । स्थानीयका अनुसार गढी क्षेत्र एक समय रणनीतिक निगरानी तथा सुरक्षात्मक दृष्टिले उपयोग हुने गर्दथ्यो । अहिले पनि ताथली गढी क्षेत्रमा ऐतिहासिक र पुरातात्त्विक महत्वका सम्पदाका अवशेष पाइएका छन् ।  

ताथलीको आइतबारे वन र ठूलोवाखा वनमा रहेको सो गढीबाट काठमाडौं उपत्यकाका विभिन्न भाग र बनेपा र काभ्रेका विभिन्न भाग देख्न सकिन्छ ।  सुन्दर प्राकृतिक  हरियाली, दृश्यावलोकन र ग्रामीण सौन्दर्यसँग मिसिएको विश्रामस्थलका रूपमा रहेको यो क्षेत्रमा रहेको सौन्दर्यमा रमाउन दैनिक सयौं संख्यामा आन्तरिक पर्यटक आउने गरेको चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा सदस्य विद्यापति थापाले बताए । उनले शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको समेत बताए । उपत्यका हेर्न मिल्ने डाँडामा रहेको हलालगाउँमा ताथली पुल–सुइटी खोला सडक, ताथली नाला सडक– पुजारी पाटी सडक, सुडालको कलमसी हुँदै खावा, सुडाल ठूली ब्रम्हायणी सडक हुँदै खावा– हलालगाउँ पुग्न सकिन्छ ।  

यो स्थानमा निर्मित यस्तै हलालगाउँ–ताथली गढी सिँढीले पनि पर्यटकलाई आकर्षण गरेको स्थानीय बताउँछन् । उच्च स्थानबाट देखिने पहाडी भू–दृश्य, चाँगुनारायण–ताथली क्षेत्रको समग्र दृश्य र पहाड–तराई मिश्रित भूभागले यहाँ आउने जोकोहीलाई मोहित बनाउँछ । परिवारसहितको छोटो घुमघाम, पदयात्रा, फोटोग्राफी र स्थानीय संस्कृति अनुभव गर्न उपयुक्त स्थान भएकाले आन्तरिक पर्यटकको चाप दिनानुदिन बढ्दै गएको चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातले बताए । उनले यो स्थानको सल्लाघारी वन, विभिन्न प्रजातिका चराचुरुङ्गीको ध्वनि, मनोरम वातावरणले एकान्तप्रेमी पर्यटकहरूलाई तानिरहेको उल्लेख गर्दै करिब ३०० खुड्किलाको सिँढीले थप सौन्दर्य बढाएको बताए । त्यसले ताथली गढी पुग्न समेत सहज भएको उनको भनाइ छ ।  

पर्यटक संख्या बढेसँगै वडा कार्यालय, वन उपभोक्ता समिति र समुदायले, सरसफाइ, विश्रामस्थल जस्ता आधारभूत पूर्वाधार सुधारका पहलसमेत थालेका छन् । नियमित प्रचारप्रसार, सुरक्षित पदयात्रा मार्ग विकास र स्थानीय उत्पादन प्रवर्द्धन गर्न सके ताथली गढी र हलालगाउँ सिँढी निकट भविष्यमा अझ आकर्षक गन्तव्य बन्नसक्ने स्थानीयहरूको अपेक्षा छ । सोही उद्देश्य बमोजिम वडाले नियमित रूपमा उक्त स्थानमा सरसफाइ समेत गरिरहेको छ । सो स्थानमा निर्माण भएको अपुरो भ्यू टावरको निर्माण पूर्णतासँगै थप पर्यटक बढ्ने स्थानीयको भनाइ  छ । वडा कार्यालयले सो स्थानको दीगो विकासका लागि गुरूयोजना समेत तयार गरेको जनाएको छ ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस