कच्चा बिजुली निर्यात गर्नुभन्दा डाटा सेन्टर खोलेर ‘कम्प्युटिङ पावर’ बेचौं: अध्यक्ष अग्रवाल
२४ असार २०८३
•
२ मिनेट पाठ
कच्चा बिजुली निर्यात गर्नुभन्दा डाटा सेन्टर खोलेर ‘कम्प्युटिङ पावर’ बेचौं: अध्यक्ष अग्रवाल
वर्ल्डलिङ्क कम्युनिकेशन्सका अध्यक्ष दिलीप अग्रवालले नेपालले छिमेकी देशहरूलाई सस्तो दरमा कच्चा बिजुली निर्यात गर्नुभन्दा स्वदेशमै वातावरणमैत्री ग्रीन डाटा सेन्टर स्थापना गरी ‘कम्प्युटिङ पावर’ निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन्।




बुधबार नेपाल रिपब्लिक लिमिटेडद्वारा आयोजित ‘पावर नेपाल कन्कलेभ २०८३’ मा बोल्दै अध्यक्ष अग्रवालले आधुनिक प्रविधिको उपयोग मार्फत डिजिटल अर्थतन्त्रमा ठुलो फड्को मार्न सकिने बताए।

अहिले विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (AI) को लहर चलेकाले ठुला डाटा सेन्टरहरूका लागि अथाह ऊर्जाको माग रहेको उनले उल्लेख गरे । नेपालको चिसो जलवायु डाटा सेन्टरका लागि बरदान सावित हुने दाबी गर्दै अग्रवालले भने, ‘डाटा सेन्टर चिस्याउन (कुलिङ) धेरै बिजुली खर्च हुन्छ । नेपालको प्राकृतिक रूपमै चिसो मौसम भएकाले यहाँ कुलुङ खर्च १५ प्रतिशत सस्तो पर्छ । हाम्रो हरियो र स्वच्छ ऊर्जा प्रयोग गरेर नेपाललाई संसारकै उत्कृष्ट डाटा हब बनाउन सकिन्छ ।’

प्रसारण लाइन निर्माणको झन्झट र छिमेकी मुलुकहरूसँग हुने भू-राजनीतिक तनावलाई छल्नका लागि पनि ‘कम्प्युटिङ पावर’ निर्यात सबैभन्दा उत्तम विकल्प भएको उनको तर्क थियो । भुटानले यसअघि नै करिब १ हजार मेगावाट क्षमताको डाटा सेन्टर विकास गरिसकेको उदाहरण दिँदै उनले नेपालले पनि इन्टरनेट फाइबर मार्फत सिंगापुर, अमेरिका र मध्यपूर्वमा सिधै डाटा सेवा बेचेर ठुलो विदेशी मुद्रा आर्जन गर्न सक्ने स्पष्ट पारे ।

वर्ल्डलिङ्कको भगिनी संस्था ‘डेटा वर्ल्ड’ ले मातातीर्थमा नेपालकै पहिलो अत्याधुनिक ‘टियर-३’ डाटा सेन्टर सञ्चालनमा ल्याएको जानकारी दिँदै उनले यस्ता आयोजनाहरूलाई जलविद्युत गृहहरू नजिकै दुर्गम क्षेत्रमा स्थापना गर्न उपयुक्त हुने सुझाए । यसो गर्दा डाटा सेन्टरको कुलिङ मेसिनबाट आउने मधुरो आवाज (हमिङ नोइज) ले मानव बस्तीलाई असर नगर्ने उनको भनाइ थियो ।

यद्यपि, सरकारी नीतिका कारण यस क्षेत्रले सोचेजस्तो गति लिन नसकेको गुनासो उनले गरे । सरकारले भौतिक रूपमा वस्तु उत्पादन गर्नेलाई मात्र ‘उद्योग’ मान्ने तर डाटा सेन्टर जस्ता सेवालाई उद्योगको दर्जा नदिने संकुचित नीति राखेको उनले टिप्पणी गरे । डाटा सेन्टरलाई उद्योगको दर्जा दिएर नेपाल विद्युत प्राधिकरणले सहुलियतपूर्ण औद्योगिक विद्युत महसुल उपलब्ध गराएमा मात्र मुलुकमा डिजिटल रूपान्तरण सम्भव हुने अग्रवालको दाबी छ ।
अर्को समाचार
कच्चा बिजुली निर्यात गर्नुभन्दा डाटा सेन्टर खोलेर ‘कम्प्युटिङ पावर’ बेचौं: अध्यक्ष अग्रवाल
२४ असार २०८३
•
२ मिनेट पाठ
कच्चा बिजुली निर्यात गर्नुभन्दा डाटा सेन्टर खोलेर ‘कम्प्युटिङ पावर’ बेचौं: अध्यक्ष अग्रवाल
वर्ल्डलिङ्क कम्युनिकेशन्सका अध्यक्ष दिलीप अग्रवालले नेपालले छिमेकी देशहरूलाई सस्तो दरमा कच्चा बिजुली निर्यात गर्नुभन्दा स्वदेशमै वातावरणमैत्री ग्रीन डाटा सेन्टर स्थापना गरी ‘कम्प्युटिङ पावर’ निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन्।




बुधबार नेपाल रिपब्लिक लिमिटेडद्वारा आयोजित ‘पावर नेपाल कन्कलेभ २०८३’ मा बोल्दै अध्यक्ष अग्रवालले आधुनिक प्रविधिको उपयोग मार्फत डिजिटल अर्थतन्त्रमा ठुलो फड्को मार्न सकिने बताए।

अहिले विश्वभर आर्टिफिसियल इन्टेलिजेन्सको लहर चलेकाले ठुला डाटा सेन्टरहरूका लागि अथाह ऊर्जाको माग रहेको उनले उल्लेख गरे।

नेपालको चिसो जलवायु डाटा सेन्टरका लागि बरदान सावित हुने दाबी गर्दै अग्रवालले भने, ‘डाटा सेन्टर चिस्याउन धेरै बिजुली खर्च हुन्छ। नेपालको प्राकृतिक रूपमै चिसो मौसम भएकाले यहाँ कुलुङ खर्च १५ प्रतिशत सस्तो पर्छ। हाम्रो हरियो र स्वच्छ ऊर्जा प्रयोग गरेर नेपाललाई संसारकै उत्कृष्ट डाटा हब बनाउन सकिन्छ।’

प्रसारण लाइन निर्माणको झन्झट र छिमेकी मुलुकहरूसँग हुने भू-राजनीतिक तनावलाई छल्नका लागि पनि ‘कम्प्युटिङ पावर’ निर्यात सबैभन्दा उत्तम विकल्प भएको उनको तर्क थियो।

भुटानले यसअघि नै करिब १ हजार मेगावाट क्षमताको डाटा सेन्टर विकास गरिसकेको उदाहरण दिँदै उनले नेपालले पनि इन्टरनेट फाइबर मार्फत सिंगापुर, अमेरिका र मध्यपूर्वमा सिधै डाटा सेवा बेचेर ठुलो विदेशी मुद्रा आर्जन गर्न सक्ने सुनाए।

वर्ल्डलिङ्कको भगिनी संस्था ‘डेटा वर्ल्ड’ ले मातातीर्थमा नेपालकै पहिलो अत्याधुनिक ‘टियर-३’ डाटा सेन्टर सञ्चालनमा ल्याएको जानकारी दिँदै उनले यस्ता आयोजनाहरूलाई जलविद्युत गृहहरू नजिकै दुर्गम क्षेत्रमा स्थापना गर्न उपयुक्त हुने सुझाए। यसो गर्दा डाटा सेन्टरको कुलिङ मेसिनबाट आउने मधुरो आवाजले मानव बस्तीलाई असर नगर्ने उनको भनाइ थियो।

यद्यपि, सरकारी नीतिका कारण यस क्षेत्रले सोचेजस्तो गति लिन नसकेको गुनासो उनले गरे।

सरकारले भौतिक रूपमा वस्तु उत्पादन गर्नेलाई मात्र ‘उद्योग’ मान्ने तर डाटा सेन्टर जस्ता सेवालाई उद्योगको दर्जा नदिने संकुचित नीति राखेको उनले टिप्पणी गरे।

डाटा सेन्टरलाई उद्योगको दर्जा दिएर नेपाल विद्युत प्राधिकरणले सहुलियतपूर्ण औद्योगिक विद्युत महसुल उपलब्ध गराएमा मात्र मुलुकमा डिजिटल रूपान्तरण सम्भव हुने अग्रवालको दाबी छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस