कर्णाली राजमार्गको कालीकोट खण्ड कालोपत्र र चौडा हुँदै
१४ पौष २०८२
•
२ मिनेट पाठ
कर्णाली राजमार्गको कालीकोट खण्ड कालोपत्र र चौडा हुँदै
कालोपत्रको काम हुँदै मान्म खण्ड। तस्बिर: ललित/कालीकोट
कालीकोट जिल्ला अन्तर्गत कर्णाली राजमार्गको ‘गाल्जे-मान्म खण्ड र हुल्म-मान्म’ सडकको कालोपत्र तथा स्तरवृद्धिको काम द्रुत गतिमा भइरहेको छ। पाँच वटा ठेक्का मार्फत राजमार्गमा कालोपत्र तथा सडक चौडा गर्ने काम भइरहेको हो।




कालीकोटको बाली-मान्म र हुल्म-मान्म खण्डमा ४ किलोमिटरका ३ वटा ठेक्का र डेढ किलोमिटरका दुई वटा ठेक्का गरी ५ वटा ठेक्का मार्फत १५ किलोमिटर चौडा र कालोपत्र गर्ने गरी काम भइरहेको सडक डिभिजन जुम्लाका इन्जिनियर सौरभकुमार सिंहले जानकारी दिए। उनले भने, ‘दहिखोला–खुलालु सडक खण्डमा डबल कटिङ, स्ट्रक्चरसहित पक्की ढलानको काम पनी सुरु हुने भएरहेको छ।’

यस्तै हुल्म-सेरिघाट सडक खण्डको २०७८/७९मा विकास श्रीर्या जेभिले पाएको कामको ढलान र कालोपत्रको काम पनि सुरु भएको सडक भिडिजन जुम्लाले जनाएको छ।

हालै मात्र कालीकोटको खाँडाचक्र नगरपालिकाको जिरोपइन्टमा आरसीसी ढलानको काम समेत सुरु गरिएको छ। यस्तै जुम्लामा २५ किलोमिटर सडक कालोपत्र गरिसकेको सडक डिभिजन जुम्लाले जनाएको छ। अहिले नाग्म–गाल्जे र दहिखोला–खुलालु खण्डमा कालोपत्रका लागि ठेक्का भएर सम्झौता हुन बाँकी रहेको छ।

कालीकोट सडक खण्डअन्तर्गत, हुल्मदेखि मान्म, बालीदेखि, सेराबाडा, पिली, तेस्रो बाजार मौलाकाटिया,गल्ली सडक कालोपत्रसँगै चौडा र स्तरवृद्धिको काम धमाधम भएपछि कालीकोटवासी खुसी भएका छन्।

सडक सुधार भएपछि बिरामीको आवतजावत सहज हुने, बजार गतिविधि बढ्ने र व्यापार-व्यवसायमा समेत सकारात्मक प्रभाव पर्नेछ स्थानीय प्रेमबहादुर मल्लले बताए। समयमै काम सम्पन्न भए कालीकोटको सदरमुकाम मान्मसँगै मुगुको रारा ताल र जुम्लातर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने विश्वास गरिएको छ। 

यसैबीच कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयालले सडक कालोपत्रेको गुणस्तर सुनिश्चित गर्न दुई पटक स्थलगत अनुगमन गरेको बताए।  

लामो समयदेखि अधुरो विकासको प्रतीक बनेको मान्म-हुल्म जाल्जे मान्म सडक खण्डमा कालोपत्र सुरु हुनु कालीकोटका नागरिकका लागि सहज भएको उनकोे भनाइ छ।

सेरिघाटदेखि मान्म अस्पताल खण्डमा कालीकोट विल्डर्सले काम धमाधम गरिरहेको निर्माण कम्पनीका गणेश पाण्डेले जानकारी दिए। उनले पुसको अन्तिममा काम सक्ने गरि भइरहेको बताए। आफ्नो निर्माण कम्पनीले सडकको मापदण्ड अनुसार गुणस्तर कायम गरि काम गरेको उनको भनाइ छ।

यस्तै चौखोलादेखि गल्लीसम्मको ८ किलोमिटर खड्का एण्ड शन कन्स्ट्रक्सनले काम सुरु गरिरहेको छ। यस्तै भैरव मष्ट निर्माण सेवाले बालीघाटको डेढ किलोमिटर र मान्म अस्पतालदेखि बजारसम्मको डेढ किलोमिटर गरी ३ किलोमिटरको काम सुरु गरेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्रकुमार चौधरीले बताए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस