महिला उद्यमी महासंघको मधेस प्रदेश कमिटी गठन
३० साउन २०८२
•
१ मिनेट पाठ
महिला उद्यमी महासंघको मधेस प्रदेश कमिटी गठन
महिला उद्यमी महासंघ नेपालको मधेस प्रदेश कमिटी गठन भएको छ। शुक्रबार महोत्तरी बर्दिबासमा एक  कार्यक्रमबिच प्रदेश कमिटी गठन गरेको हो ।




प्रदेशका आठ वटै जिल्लाबाट उपस्थित महिला उद्यमी महासंघका सदस्यहरूले नौ सदस्य प्रदेश कमिटी गठन गरेका छन् ।

अध्यक्षमा देव कुमारी (सविना) उपाध्यक्षमा चन्चला दास, सचिवमा सुनैना ठाकुर र कोषाध्यक्षमा जानुका चौलागाई छनौट भएकी हुन् ।

त्यस्तै प्रतिमा कोइराला, संगम कुमारी गोले, लिला ठाकुर, पार्वती चौधरी र निभा दास रहेकी छिन् । शुक्रबार छनौट भएकी प्रदेश कमिटीलाई महिला उद्यमी महासंघ नेपालको केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले पद तथा गोप्यनियताको शपथ ग्रहण गराइएकी छिन् ।

उक्त कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य शारदा थापा र विशिष्ट अतिथि महोत्तरी बर्दिबास नगरपालिकाका प्रमुख पहलाद क्षेत्री रहेका थिए।

महिला उद्यमी महासंघ नेपालले ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गर्दै प्रदेश कमिटी गठन गरेको छ। महासंघले यसअघि बागमती कोशी, लुम्बिनी र कर्णालीमा प्रदेश शाखा गठन गरेको थियो ।

कार्यभार सम्हाल्दै नवनिर्वाचित कार्यसमिति सदस्यहरूले महिलालाई आर्थिक तथा सामाजिक रुपमा बलियो बनाउन आफूहरूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए । 
अर्को समाचार
महिला उद्यमी महासंघको छैठौं प्रदेश कमिटी गठन, गण्डकीको अध्यक्षमा पार्वती पौडेल
०२ भदौ २०८२
•
२ मिनेट पाठ
महिला उद्यमी महासंघको छैठौं प्रदेश कमिटी गठन, गण्डकीको अध्यक्षमा पार्वती पौडेल
महिला उद्यमी महासंघ नेपालको गण्डकी प्रदेश कमिटी गठन भएको छ। सोमबार पोखरामा एक कार्यक्रम गरी प्रदेश कमिटी गठन गरेको हो । 




प्रदेशका सबै जिल्लाका प्रतिनिधि उपस्थित उक्त कार्यक्रममा महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले कास्की पोखराकी पार्वती पौडेल रेग्मीको अध्यक्षतामा प्रदेश कमिटी घोषणा गरेकी हुन् । 

नौं सदस्यीय कार्यसमितिको उपाध्यक्षमा निर्मला मल्ल (तनहुँ), सचिवमा रिता रेग्मी अर्याल (गोरखा) र कोषाध्यक्षमा खगिसरा लामिछाने पुनम (नवलपुर) चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा चन्द्रकला राना (स्याङजा), शारदा बराल (कास्की), भिमा कोइराला (पर्वत), विनिता अधिकारी (लमजुङ) र सुकुन रसाइली (मुस्ताङ) निर्वाचित भएका छन् ।

महिला उद्यमी महासंघ नेपालले ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गर्दै प्रदेश कमिटी गठन गरेको छ। महासंघले यसअघि मधेश, बागमती, कोशी, लुम्बिनी र कर्णालीमा प्रदेश शाखा गठन गरेको थियो ।

कार्यभार सम्हाल्दै नवनिर्वाचित कार्यसमिति सदस्यहरूले महिलालाई आर्थिक तथा सामाजिक रुपमा बलियो बनाउन आफूहरूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशैभरका महिलाहरुलाई एकै ठाउँमा ल्याएर उनीहरुको कामलाई प्रोत्साहन गर्दै आर्थिक तथा सामाजिकरुपमा सवल बनाउन महासंघले गरेको कामको प्रशंसा गरे । महिला उद्यमी जन्माउन महासंघ सक्रिय रहेको चर्चा गर्दै उनले देशमा केही छैन भन्दै विदेशिरहेकाहरुलाई देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताए । सीमित स्रोत र साधनका बाबजुद नीतिगतरुपमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न गण्डकी सरकार गम्भीर रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नेगरी विभिन्न कार्यक्रम ल्याएको बताए । सरकारले ल्याएका कार्यक्रमको फाइदा लिन उनको आग्रह थियो । 

महासंघ अध्यक्ष ज्ञवालीले प्रदेश कमिटी गठन सामूहिक यात्राको नयाँ सुरुवात भएको बताउँदै गण्डकी प्रदेशका महिला तथा युवा उद्यमीहरूले आफ्नो सीप, श्रम, नवप्रवर्तन र साहसलाई एउटा साझा मञ्चमा जोड्ने अवसरको रुपमा लिन आग्रह गरिन् । उद्यमशीलताको बाटो समात्दै नयाँ सोच, नयाँ प्रविधि र नयाँ दृष्टिकोण लिएर अर्थतन्त्रलाई गतिशील बनाउन युवाहरु अग्रपंक्तिमा उभिएको चर्चा गर्दै उनले प्रदेश कमिटी आगामी दिनमा महिला र युवा उद्यमीहरूको साझा आवाज बन्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, 'नयाँ सम्भावनाको ढोका खोल्नेछ र प्रदेशलाई मात्र होइन, राष्ट्रलाई नै समृद्धि र विकासतर्फ डोर्याउनेछ ।'

मुख्यमन्त्री पाण्डेको उपस्थितिमा नवनिर्वाचित कार्यसमिति सदस्यहरुलाई महासंघ अध्यक्ष ज्ञवालीले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । 
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस