मधेस प्रदेश बजेट : कृषि, स्वास्थ्य र पूर्वाधारमा जोड
०२ असार २०८३
•
४ मिनेट पाठ
मधेस प्रदेश बजेट : कृषि, स्वास्थ्य र पूर्वाधारमा जोड
मधेस प्रदेश सरकारले कृषि, स्वास्थ्य र पूर्वाधारमा जोड दिँदै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएको छ। सोमबार मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले मधेस प्रदेशसभामा ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट विनियोजन गरेका हुन्।




सरकारले सुरुवातमा भौतिक पूर्वाधारलाई प्राथमिकता नदिने बताए पनि सबैभन्दा बढी रकम भौतिक पूर्वाधार, यातायात तथा ऊर्जा क्षेत्र विकासका लागि छुट्याएको छ। सडक, पुल र भवन निर्माण तथा समग्र यस मन्त्रालयको योजना कार्यान्वयनका लागि १२ अर्ब एक करोड रकम विनियोजन गरेको छ। यद्यपि सरकारले पूर्वाधार क्षेत्रमा एक करोडभन्दा कमको योजना ल्याएको छैन। अधुरा, अपुरा तथा टुक्रे योजनालाई निरुत्साहित गर्दै बहुवर्षीय योजनामा जोड दिइएको छ।

संघीय सरकारमार्फत धनुषा–सिरहा जोड्ने कमला पुल समयमा नआउँदा मधेस सरकारले वैकल्पिक पुल बनाउने योजना ल्याएको छ। यातायात कार्यालयमा नागरिकलाई सुलभ सेवा प्रदान गर्न अनलाइन टोकन प्र्रणाली र अनलाइन भुक्तानी प्रणालीमा रूपान्तरण गर्ने सरकारी योजना छ। यसले यातायात कार्यालयमा हुने भीडभाड र बिचौलियसमेत निरुत्साहित हुने सरकारको लक्ष्य छ। ‘एक गाउँ, एक डिप बोरिङ’ र स्वच्छ खानेपानी अभियान सञ्चालन गरी घरघरमा धारा जडान गरिने सरकारले सार्वजनिक गरेको बजेट बक्तव्यमा उल्लेख छ।

प्रादेशिक अस्पताल जनकपुरधामलाई मुटु, मिर्गौला र क्यान्सर रोग उपचार सेवासहित सुविधासम्पन्न शिक्षण अस्पतालमा स्तरोन्नति गरिने योजना समावेश गरिएको छ। स्थानीय तहसँग समन्वय गरी अति विपन्न, सीमान्तकृत तथा दलित समुदायका नागरिकका लागि पूर्ण स्वास्थ्य बिमा कभरेज अभियान सञ्चालन गरिने बजेटमा उल्लेख छ। मधेस पोषण मिसन– २०८३ सञ्चालन गरी मानव पुँजी निर्माणलाई महाअभियानका रूपमा अगाडि बढाइने छ। यस अभियानलाई सार्थक बनाउन गर्भवती आमा पोषण प्याक र मुख्यमन्त्री पोषण कोसेली कार्यक्रम सञ्चालनमा ल्याउने सरकारको योजना छ। स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि पाँच अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

यस्तै कृषि क्षेत्रको विकासका लागि सरकारले तीन अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ। यस क्षेत्रमा ‘उत्पादनशील मधेस, आत्मनिर्भर देश र मधेस क्यान फिड द नेसन अभियान’ लाई सार्थकता दिइने बजेटमा उल्लेख छ। यसबाहेक किसानलाई डिजिटल किसान परिचयपत्र वितरण कार्यलाई निरन्तरता दिइने, उत्पादन र नतिजामा आधारित नगद अनुदान प्रणाली लागु गर्ने बजेटमा समावेश गरिएको छ। मधेसबाट उत्पादन हुने कृषिजन्य सामग्रीको ब्रान्डिङ गर्ने र यहाँको उत्पादन हुने बालीको बिउमा ५० प्रतिशत पुँजीगत अनुदान दिने योजना सरकारले ल्याएको छ। सौर्य ऊर्जामा आधारित भूमिगत सिँचाइ प्रणालीलाई विस्तार, कमान्ड एरिया डेभलपमेन्ट कार्यक्रम सञ्चालन र भूमिगत जलको स्तर बढाउन वाटर रिर्चाजजस्ता योजना पनि ल्याइएको छ।

यस्तै उद्योग वाणिज्य, उद्यमशीलता र रोजगारी क्षेत्रका योजना कार्यान्वयनका लागि दुई अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ। मधेस स्टार्ट–अप फन्ड तथा नवप्रवर्तन मधेस फन्ड स्थापना गरिने सरकारको लक्ष्य छ। मधेसभित्र रहेको बेरोजगार जनशक्ति तथ्यांक संकलन गरी प्रादेशिक श्रम बैंक स्थापना गरिने छ। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै रोजगारी दिन रिर्टनसिप पुँजी परिचालन कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख छ।

यस्तै शिक्षा तथा संस्कृति क्षेत्रको विकासका लागि सरकारले दुई अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ। ‘अपन बच्चा के स्कुल पठाऊ, साक्षरता के दीप जलाऊ’ नारालाई सार्थकता दिन सघन साक्षरता अभियान सञ्चालन गर्ने, ड्रपआउट रोक्न संघीय सरकारले सञ्चालन गरेको दिवा खाजा कार्यक्रममा प्रतिविद्यार्थी थप रकम दिइने तयारी छ। सो रकमबाट पोषणयुक्त स्थानीय उत्पादनमा आधारित खाजा खुवाउनुपर्ने व्यवस्था गरिने छ।

शिक्षक दरबन्दी न्यून रहेको सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक भर्ना गरिने र ‘एक विद्यालय एक नर्स’ कार्यक्रमलाई विस्तार गरिने छ। प्रत्येक जिल्लामा कम्तीमा एउटा मुख्यमन्त्री नमुना विद्यालय घोषणा गरी आवासीय नमुना विद्यालयका रूपमा स्तरोन्नति गरिने सरकारको लक्ष्य छ। श्रम क्षेत्रको व्यवस्थित विकास र सुरक्षित वैदेशिक रोजगारीको सहजीकरणका लागि ३३ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ भने पर्यटन, वन तथा वातावरण क्षेत्रमा एक अर्ब ३३ करोड, युवा तथा खेलकुद क्षेत्रका योजना कार्यान्वयन गर्न एक अर्ब ४० करोड र गृह, सञ्चार, कानुन तथा प्रदेश प्रशासन क्षेत्रको समग्र विकासका लागि ६८ करोड ३४ लाख विनियोजन गरिएको छ।

गृह, सञ्चार तथा कानुन क्षेत्रमा यसपटक सरकारले नयाँ योजना समावेश गरेको छ। मधेस प्रदेश सरकारले प्रदेश प्रहरी भर्नाका लागि बजेट छुट्याएको छ। मधेस प्रदेश प्रहरी ऐन कार्यान्वयनमा ल्याइने र यसै आवदेखि प्रहरी भर्ना सुरु गरिने छ। सरकारले गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गत एकीकृत स्मार्ट सिसिटिभी सञ्चालनमा ल्याउने छ। यस प्रणालीलाई केन्द्रीय प्रहरी कन्ट्रोल रुमसँग कनेक्ट गरिने योजनामा उल्लेख छ।
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
१२ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस