सामुहिक तथा सहकारी खेती प्रणालीको प्रवर्द्धन गर्ने मादीको नीति
०८ असार २०८३
•
३ मिनेट पाठ
सामुहिक तथा सहकारी खेती प्रणालीको प्रवर्द्धन गर्ने मादीको नीति
सामुहिक तथा सहकारी खेती प्रणालीको प्रवर्द्धन गर्ने नीतिसहित मादी कास्कीको मादी गाउँपालिकाले बजेट ल्याएको छ । गाउँपालिकाको १९ औं गाउँसभामा मादी गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले आर्थिक वर्ष २०८३/८४ का लागि ६५ करोड १२ लाख ५१ हजारको बजेट प्रस्तुत गरेकी हुन् । मादीले चालुतर्फ ४६ करोड ९७ लाख ६१ हजार र पुँजीगततर्फ १८ करोड १४ लाख बजेट विनियोजन गरेको छ ।




विनियोजित बजेटको खर्च बेहोर्ने स्रोतहरुमा संघीय समानिकरण अनुदानबाट १० करोड २६ लाख, संघीय सशर्त अनुदान २८ करोड २९ लाख र संघीय राजश्व बाँडफाँटबाट ११ करोड ८२ लाख ९८ हजार प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष गुरुङले बताईन् । बजेटमा प्रदेश समानिकरण अनुदानतर्फ १ करोड ११ लाख ९९ हजार, प्रदेश समपुरक अनुदान ४५ लाख, प्रदेश विशेष अनुदान ४०, प्रदेश राजश्व बाँडफाँटबाट १ करोड ११ लाख ९६ हजार प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, स्थानिय राजश्व बाँडफाँडबाट ५६ लाख, रोयल्टी २ करोड ६० लाख र आन्तरिक आयबाट १ करोड ११ लाख ९६ हजार प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष गुरुङले बताईन् ।

मादी गाउँपालिकाले ६ करोड ३१ लाख २० हजार घाटा बजेट ल्याएको छ । सो बजेट चालु आर्थिक वर्षको मौज्दातबाट पूर्ति गरिने उनले बताईन् ।

मादीले वडाहरुका लागि ८ करोड ८ लाख २४ हजार बजेट विनियोजन गरेको छ । जुन बजेट वडा तहबाट प्राप्त हुने योजना तथा कार्यक्रमहरु कार्यान्वयन हुने उपाध्यक्ष गुरुङले बताईन् । त्यस्तै, स्वास्थ्य, शिक्षासहित सामाजिक विकास क्षेत्रका लागि ३२ करोड ५४ लाख, पूर्वाधार र पर्यटन क्षेत्रका लागि १३ करोड ५४ लाख ४१ हजार, पूर्वाधार र पर्यटनतर्फ १३ करोड ५४ लाख र कृषितर्फ ३ करोड २९ लाख ५३ हजार विनियोजन गरिएको उनले बताईन् ।

पहाडी र हिमाली ग्रामिण क्षेत्र पर्ने मादी गाउँपालिकाले विद्यालयमा बस खरिद गर्न बजेट विनियोजन गरेको छ । विद्यालयबाट टाढा बस्ने बालबालिकाको सुरक्षित आवतजावत सुनिश्चित गर्न विद्यालयलाई बस खरिदमा अनुदान दिन बजेट विनियोजन गरिएको उपाध्यक्ष गुरुङले बताईन् । साथै विद्यार्थीलाई बस भाडासमेत प्रदान गरिने उनले बताईन् । ‘यसका लागि विद्यालय बस सञ्चालनलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा मापदण्ड तथा नियमित अनुगमन प्रभावकारी रूपमा लागू गरिनेछ’ उनले भनिन् ।

मादी गाउँपालिकाले अबदेखि कुनै पनि कार्यक्रमका लागि पेश्की नदिने भएको छ । उपाध्यक्ष गुरुङले बेरुजुलाई शून्यमा झार्ने रणनीति अन्तर्गत पेश्की बजेट नदिने नीति लिएको स्पष्ट पारिन् । भनिन्,‘हालसम्म रहेको बेरुजु फछर्यौटलाई प्रभावकारी बनाई शून्यमा झार्ने नीति अनुरुप निर्माण सामग्री खरिद गर्नुपनेृ कार्यबाहेक अन्य कार्यमा पेश्की दिने कार्यलाई निरुत्साहित गरिनेछ ।’ महालेखा प्रतिवेदनले पेश्की दिँदा देखाएको बेरुजुलाई असुलउपर गरेर बेरुजु शून्यमा झारिने पनि उनले बताईन् ।

मादीले सामुहिक वा सहकारी खेती प्रणालीको प्रवद्र्धन गर्ने नीति लिएको छ । जस अन्तर्गत ‘एक गाउँ एक उत्पादन’ नीति लिईने भन्दै यसको अध्ययनका लागि बजेट विनियोजन गरिएको उनले बताईन् । कृषितर्फ नै मादीले बाँझो तथा नदी खोला किनाराको खेर गएको जग्गामा बगर खेती कार्यक्रम सञ्चालन गर्ने उनले बताईन् ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४० मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५५ सेकेन्ड अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
यो पनि पढौँ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस