सिन्धुलीमा २० अर्ब चिनियाँ लगानीमा मासु उद्योग
१३ साउन २०८२
•
३ मिनेट पाठ
सिन्धुलीमा २० अर्ब चिनियाँ लगानीमा मासु उद्योग
अबको दुई वर्षभित्र २० अर्ब रुपैयाँँ चिनियाँ लगानीमा सिन्धुलीको मरिण गाउँपालिका–४ मा राँगाभैंसीको मासु उद्योग कम्पनी सञ्चालनमा आउने भएको छ। उद्योग विभागका सूचना अधिकारी पशुपतिबाबु पुरीका अनुसार रागाँभैंसीको मासु उत्पादन तथा बिक्री गर्ने उद्देश्यले उक्त कम्पनी सञ्चालनमा आउन लागेको हो। यही साउन ४ गते लगानी उद्योग विभागबाट उक्त कम्पनीले स्वीकृति पाइसकेको सूचना अधिकारी पुरीले जानकारी दिए।




प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोमबार सामाजिक सञ्जालमार्फत यसबारे केही जानकारी गराएका छन् । उनले फेसबुकमा उद्योगको संकेत गर्ने तस्बिरसमेत सार्वजनिक गरेर लेखेका छन्, ‘गत मंसिरमा मेरो चीन भ्रमणमा भएको सम्झौताअनुसार चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मरिण–४ सिन्धुलीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ। उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको) उत्पादन गर्नेछ।’

विभागका अनुसार उक्त चिनीयाँ कम्पनीले पाँच हजार एक सय ५६ जनालाई रोजगारी दिनेछ भने वार्षिक करिब डेढ खर्ब रुपैयाँको मासु चीनतर्फ निर्यात हुनेछ। निर्यात र रोजगारी सिर्जनाका लागि यो उद्योग महत्वपूर्ण हुने प्रधानमन्त्रीले फेसबुकमा उल्लेख गरेका छन्।  

उद्योग विभागका सूचना अधिकारी पुरीका अनुसार चिनियाँ कम्पनीले अबको १० देखि २० महिनाभित्र निर्माणकार्य पूरा गर्नेछ भने दुई वर्षभित्र उत्पादन थाल्ने जनाएको छ। उक्त कम्पनीले उद्योग स्थापना गर्न सिन्धुलीमा एक सय बिघा जग्गा आवश्यक पर्ने प्रस्ताव सरकारसँग गरेको छ। चिनियाँ कम्पनीलाई एक सय बिघा जग्गा उपलब्ध गराउन मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ। उक्त कम्पनीको मासु उत्पादन क्षमता वार्षिक दुई लाख मेट्रिक टन हुनेछ।  

विभागका अनु्सार चिनियाँ कम्पनीले राँगाभैंसीको मासु उत्पादन गर्न सुरु गर्‍यो भने सुरुमा दैनिक पाँच सय वटा राँगाभैंसी खरिद गरिनेछ। पछि उत्पादन बढाउँदै कम्पनीले दैनिक पाँच हजार वटा राँगाभैंसी खरिद गर्नेछ। राँगाभैंसी नेपालका विभिन्न जिल्लाबाट खरिद गरिने बताइएको छ। यसबाट ठुलो मात्रामा किसानहरूलाई अप्रत्यक्ष आर्थिक लाभ हुने अपेक्षा गरिएको छ। उक्त चिनियाँ कम्पनीले राँगाभैंसीबाट उत्पादित मासुको बजार चीन र नेपाललाई बनाउनेछ। तर नेपालमा भन्दा चीनमै बढी मासु खपत हुने बताइएको छ। सिन्धुलीमा उत्पादन भएको मासु केरुङ नाका हुँदै चीन लगिनेछ।  

सूचना अधिकारी पुरीका अनुसार उक्त उद्योगलाई विभागले कृषि तथा वन पैदावारमा आधारित उद्योगका रूपमा राखेको छ। उक्त उद्योगको लगानी शतप्रतिशत चिनियाँ हुनेछ। त्यसलाई नेपालको निर्यात र रोजगारीका लागि ‘गेम चेन्जर’ उद्योगका रूपमा हेरिएको छ। नेपालमा पर्याप्त मात्रामा राँगाभैंसी उत्पादन भए पनि मासु प्रभावकारी र ठुलो मात्रामा विदेशमा निर्यात हुन सकेको छैन, थोरै परिणाममा मात्र विदेशमा पठाउने गरिएको छ।

‘स्ट्यान्डर्ड प्याकिङ’को अभावले प्रभावकारी रूपमा राँगाभैंसीको मासु विदेशमा निर्यात गर्न सकिएको छैन। चिनियाँ कम्पनीले काम सुरु गर्‍यो भने राँगाभैंसीको मासु व्यवस्थित र वैज्ञानिक किसिमबाट विदेशमा निर्यात हुनेछ।

सूचना अधिकारी पुरीका अनुसार उक्त चिनियाँ कम्पनीले सिन्धुलीमा काम सुरु गर्‍यो भने सुरुका १२ महिनाभित्र ६ अर्ब रुपैयाँ लगानी गरिसक्नेछ। त्यसको २७ महिनाभित्र १० अर्ब रुपैयाँ लगानी गर्नेछ। यसैगरी उद्योग स्थापना भएको ३६ महिनाभित्र अरू चार अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धतासमेत उक्त चिनियाँ कम्पनीले विभागसँग गरेको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस