वैशाखमा ८८ प्रतिशत मात्रै राजस्व संकलन
०३ जेष्ठ २०८३
•
३ मिनेट पाठ
वैशाखमा ८८ प्रतिशत मात्रै राजस्व संकलन
विराटनगर भन्सार कार्यालयले वैशाख महिनामा लक्षको ८८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । विराटनगर भन्सार कार्यालयको तथ्यांक अनुसार वैशाख महिनामा लक्षको ८८ दशमलव ०४ प्रतिशत राजस्व संकलन भएको हो ।  




वैशाख महिनाका लागि विराटनगर भन्सार कार्यालयले ३ अर्ब ५३ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा ३ अर्ब ११ करोड रुपैयाँ मात्रै राजश्व असुली भएको हो । चैत महिनामा भने कार्यालयले लक्ष अनुसार राजस्व संकलन गरेको  थियो । चैत महिनामा कार्यालयलाई ३ अर्ब ५३ करोड २३ लाख रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएकोमा कार्यालयले ३ अर्ब ५६ करोड १५ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।  

यो लक्ष्यभन्दा थोरै बढी हो । विराटनगर भन्सार कार्यालयले विगत दुई वर्ष देखि लक्ष अनुसार राजस्व संकलन गर्न सकिरहेको थिएन । त्यहीकारण चालु आर्थिक वर्ष गतबर्षको भन्दा राजस्व संकलनको लक्षसमेत घटाइएको थियो ।  

विराटनगर भन्सार कार्यालयले फागुन महिनामा ३ अर्ब ४ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो  । जुन लक्षको ९५.६३ प्रतिशत हो ।  कार्यालयलाई फागुन महिनामा ३ अर्ब १८ करोड ७९ लाख रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएको थियो । यस्तै माघ महिनामा भने ३ अर्ब २३ करोड ६१ लख रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएकोमा विराटनगर भन्सार कार्यालयले ३ अर्ब २९ करोड ८६ लाख रुपैयाँ संकलन गरेको थियो । विराटनगर नाकाबाट मुख्यत औद्योगिक कच्चा पदार्थ आयात हुने गरेको छ ।  

चालु आर्थिक वर्षको १० महिनामा सबै भन्दा कम कार्तिक महिनामा लक्षको ५५ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो । कार्तिक महिनामा ३ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ राजस्व असुलीको लक्ष तोकिएकोमा १ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । विराटनगर भन्सार कार्यालयले साउन महिनामा ७८.१४ प्रतिशत राजस्व संकलन गरेको थियो ।  

साउनका लागि ३ अर्ब ३८ करोड ७ लाख राजस्व संकलनको लक्ष तोकिएकोमा २ अर्ब ६४ करोड ६८ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । यस्तै भदौ महिनामा लक्षको ८०.२६ प्रतिशत राजस्व संकलन भएको थियो । उक्त महिनाका लागि ३ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलनका लक्ष तोकिएकोमा २ अर्ब ८० करोड ११ लाख रुपैयाँ संकलन भएको थियो ।  

असोज महिनामा ८२.२४ प्रतिशत राजस्व संकलन भएको थियो । उक्त महिनाका लागि ३ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ लक्ष तोकिएकोमा २ अर्ब ८७ करोड ११ लाख रुपैयाँ संकलन भएको थियो ।  

यस्तै मंसिरमा  लक्षको ८२.९९ प्रतिशत राजस्व संकलन भएको थियो । उक्त महिनाका लागि ३ अर्ब १४ करोड ३४ लाख रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएकामा २ अर्ब ६० करोड ८७ लाख रुपैयाँ संकलन भएको थियो । पुस महिनामा ९२. ७३ प्रतिशत राजस्व संकलन भएको थियो ।  

उक्त महिनाका लागि ३ अर्ब २४ करोड ३१ लाख रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएकोमा ३ अर्ब ७४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।  विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ३३ अर्ब ८१ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा २८ अर्ब ९४ करोड रुपैयाँ राजश्व असुली गरेको छ ।  

जुन लक्ष्यको तुलनामा ८५ दशमलव ५९  प्रतिशत मात्रै  हो । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा ४१ अर्ब ३४ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेको छ ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
७ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस