पोखरा सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म
१८ मंसिर २०८२
•
३ मिनेट पाठ
पोखरा सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म
पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना हुँदै आएको सडक महोत्सव यस वर्ष पनि हुने भएको छ।




पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा आगामी पुष १३ गतेदेखि १७ गतेसम्म अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ २७ औं संस्करणको पोखरा सडक महोत्सव आयोजना हुने बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको हो।

महोत्सव क्षेत्रमा व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरूप सडकमा खानाका परिकारहरू पस्कनेछन्।

महोत्सवको तयारी सुरु गरिएको रेवान पोखराले जनाएको छ। महोत्सव सम्पन्न गर्न रेवान पोखराका उपाध्यक्ष विश्वराज पौडेलको संयोजकत्वमा महोत्सव मूल आयोजक समिति बनाएको र सो समितिले महोत्सवको तयारी सुरु गरेको रेवानले जनाएको छ।

‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थलका रुपमा विकास गरेको अध्यक्ष पौडेलले बताए।

महोत्सव लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा आयोजना हुने उनले जानकारी दिए। कला संस्कृति प्रवर्द्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीको बजारीकरणमा सघाउन, पोखरा र लेकसाईडको प्रचारप्रसार, व्यापार बढाउन, पोखराको ब्राण्डिङ गर्न महोत्सव आयोजना गर्न लागिएको कार्यक्रम संयोजक तथा रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमले जानकारी दिए।

उनका अनुसार महोत्सवमा मुख्य आकर्षणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ डुङ्गा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने छुट्टाछुट्टै प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहनेछन्।

त्यस्तै, महोत्सव अवधिभरमा पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीका विषय केन्द्रित अन्तरक्रिया कार्यक्रम पनि हुने संयोजक गौतमले बताए। महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पति लगायतका कृषि उपजहरूलाई प्राथमिकता साथ प्रदर्शनी गरिने उनले जानकारी दिए।

महोत्सवको अवसरमा पोखराका विभिन्न साहसिक गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन, पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिने उनको भनाई छ।

रेवान पोखराका निवर्तमान अध्यक्ष नरेशबहादुर भट्टराईले प्रशासनको सहयोग मिले महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको आतसबाजी यस वर्ष पनि गरिने बताए।

‘यसले महोत्सवको रौनकता थप्छ, आम सर्वसाधारण र पर्यटकको चासो पनि छ, तर हाम्रो कानुनले यसलाई निषेध गरेको छ। त्यसैले प्रशासनको सहयोग भए यस वर्ष पनि आतसबाजी हुन्छ, सहयोग नभए हुँदैन।’

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा सडक महोत्सवको आयोजना रेवान पोखराले गरेपनि यो महोत्सव सबैको साझा महोत्सव भएको बताए।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले महोत्सव अवधिभर खानामा गुणस्तर कायम गर्दै बस्ने र खाने कुराको मूल्य आकासिने गरेको गुनासो हरेक वर्ष आउने गरेकाले यस वर्ष विशेष निगरानी राख्न सुझाव दिए।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले महोत्सवलाई सफल बनाउन पोखरेली पत्रकारको सहयोग रहने प्रतिबद्धता जनाए।
अर्को समाचार
आन्तरिक पाहुना भित्र्याउन सडक महोत्सव
१३ पौष २०७९
•
२ मिनेट पाठ
आन्तरिक पाहुना भित्र्याउन सडक महोत्सव
पोखरामा बुधबार सुरु भएको पोखरा सडक महोत्सव। तस्बिरः नागरिक
आन्तरिक पाहुना आकर्षण गर्न पोखरामा बुधबारदेखि पोखरा सडक महोत्सव सुरु भएको छ। महोत्सवको २४ औं संस्करण हो। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले आयोजना गर्दै आएको यो महोत्सव पुस १७ गतेसम्म लेकसाइड क्षेत्रमा संचालन हुनेछ।  




महोत्सवको बुधबार पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गरे। पोखरामा पाँचदिनसम्म चल्ने यो महोत्सवले ठुलो संख्यामा आन्तरिक पाहुना भिœयाउने अपेक्षा गरेको महोत्सव संयोजक तथा रेबान अध्यक्ष नरेश भट्टराईले बताए। ‘पोखराको यो महोत्सवले कम्तिमा तीनलाख आन्तरिक पाहुना भिœयाउने अपेक्षा छ,’ उनले भने, ‘पोखरामा आन्तरिक पाहुना भिœयाउन यो महोत्सवको ठुलो योगदान रहेको छ।’  

व्यवसायीका अनुसार कोरोनाकालमा पनि यो महोत्सवले निरन्तरता पाएको थियो। एकै समय र अवधिका लागि हुने गरेको यो महोत्सव अघिल्ला दुइवर्ष कोरोना त्रासका कारण तिनदिनमा झारिएको थियो। अहिले भने पाँचैदिन महोत्सव आयोजना गर्ने तयारीमा आयोजक भट्टराईले बताए। अध्यक्ष भट्टराईले पोखराको यो महोत्सवको सबैभन्दा बढी लाभ मझौला र साना आकारका होटललाई हुने गरेको बताए।  

महोत्सवका लागि अहिले पोखराको पर्यटकीय क्षेत्र लेकसाइड पुरै रंगीएको छ। पोखरालाई  आन्तरिक तथा बाह्य पर्यटकको ‘अंग्रेजी नयाँवर्षको गन्तव्यस्थल’ बनाउनको उद्देश्यले पनि यो महोत्सव हुँदै आएको मेला संयोजक भट्टराईले बताए। लेकसाइड क्षेत्रको करिव ३ किमि क्षेत्रमा महोत्सव चल्नेछ। यो बेला विदेशी पाहुना अभाव हुने भएकोले पनि आन्तरिक पाहुना आउँदा व्यवसायीलाई सहज हुने गरेको उनले बताए।

‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने उद्देश्यका साथ आयोजना गर्न गइरहेको यस महोत्सव ५ दिनसम्म फिस्टेल गेटदेखि खहरेचोक हुदै जरेवर लेकसाइडसम्म संचालन हुनेछ। ‘कोरोना महामारीबाट सुस्ताएको पर्यटन बिस्तारै लयमा फर्किन थालेको अवस्था छ। पर्यटक लोभ्याउने यो मौसममा हामी पनि पर्यटनमैत्री वातावरण तयार पार्न जुटिरहेका छौं,’ उनले भने।  

कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यले महोत्सवमा आन्तरिक पाहुना भित्र्याउन सबैको सहयोग जरुरी रहेको बताए पोखराको यो महोत्सवले पर्यटन प्रवद्र्धनमा ठुलो भूमिका निभाउने उनले बताए। महोत्सव सुरु हुनुअघि लेकसाइडमा विभिन्न व्यवसायिक संघ संस्था,समुह, क्लव लगायतले झाँकी प्रस्तुत गरेका थिए। महोत्सवका लागि अहिले लेकसाइडको मुख्य सडकमै रेस्टुरेन्ट संचालन गरिएको छ। कोरोना संक्रमणले महोत्सवका अघिल्ला संस्करण अलि खल्लो अनुभूति भएकोमा यो पटक भने केही सहज हुँदा पाहुना आगमन अझै बढ्ने व्यवसायीको भनाई छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस