मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु
२२ माघ २०८२
•
३ मिनेट पाठ
मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु
मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्रमा सेताम्मे हिउँमा खेलिने स्की प्रतियोगिताको तयारी सुरु गरिएको छ। नेपाल स्की सङ्घको आयोजनामा यही माघ २४ गते मुक्तिनाथमा पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता हुन लागेको हो।




हिउँमा खेलिने स्की खेलको विकास तथा प्रवर्द्धन गर्दै पर्यटन विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्की सङ्घले सन् २०१६ देखि स्की प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

पहिलो पटक रसुवाको क्यान्जेन भ्यालीबाट सुरु भएको प्रथम राष्ट्रिय स्की प्रतियोगित त्यसपछिका संस्करण मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुँदै आइरहेको छ। मुस्ताङमा सन् २०१९, सन् २०२० र सन् २०२२ मा स्की प्रतियोगिता सम्पन्न भएको थियो।

पाचौँ राष्ट्रिय स्की प्रतियोगिताका लागि काठमाडौंबाट खेलाडी तथा अफिसिय टोली मुस्ताङ आइसकेका छन्। टोलीले बुधबार मुक्तिनाथ क्षेत्रमा स्की खेल खेलाउनका लागि ‘ग्राउन्डलुप’ निर्माण गरिसकेका छन्।

मुस्ताङ स्की सङ्घका अध्यक्ष सुरज गुरुङले स्की खेल तथा प्रतियोगिताका लागि आजदेखि तालिम प्रशिक्षण सुरु भइसकेको जानकारी दिए। आज जुनियर स्की खेलाडीका लागि प्रशिक्षण दिइँदै छ भने शुक्रबार सिनियर खेलाडीलाई तालिम दिने कार्यक्रम रहेको उनले बताए।

अध्यक्ष गुरुङका अनुसार माघ २४ गते (शनिबार) राष्ट्रिय स्की प्रतियोगिता आयोजना गर्ने कार्यतालिका रहे पनि मौसमको अवस्था हेहरे यसको कार्यतालिका तय गरिने छ।

हिउँमा खेलिने साहसिक खेल स्की प्रतियोगिताका लागि १४ पुरुष र १० जना महिला खेलाडी सहभागी हुनेछन्। यसैगरी मुस्ताङबाट पनि नेपाली सेनाबाट केही खेलाडीले भाग लिने आयोजकले जनाएको छ।

पाँचाैँ स्की राष्ट्रिय स्की प्रतियोगिताका लागि नेपाल ओलम्पिक कमिटी एवं नेपाल स्की सङ्घका अध्यक्ष जिवनराम श्रेष्ठ र नेपाल स्की सङ्घका महासचिव  विजय श्रेष्ठलगायत टोली मुस्ताङ आउँदै छन्।

सिनियर प्रशिक्षक स्वराज श्रेष्ठ, सहायक प्रशिक्षक दिनेश बोहरा, समिप लामिछाने, लक्ष्मी राई, आयुसी महर्जन र शारीरिक प्रशिक्षक बिमन्थ अधिकारीलगायतले खेलाडीलाई प्रशिक्षण दिनुहुने सङ्घका अध्यक्ष गुरुङले जानकारी दिए।

यसपटकको प्रतियोगितामा अल्पाइन स्कीअन्तर्गत स्लालोम स्की र ज्यान स्लालोम स्की विधि समेटिएको नेपाल स्की सङ्घका महासचिव श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताका विजेतालाई स्वर्ण, रजत र कास्य पदकसहित पुरस्कृत गरिने उनले बताए। प्रतियोगिताका लागि मुस्ताङ आएका खेलाडी तथा अफिसियलको सम्पूर्ण आवास, खाजाखाना र यातायाता खर्च नेपाल स्की सङ्घले व्यहोर्ने महासचिव श्रेष्ठले जनाए।

सन् २०२२ पछि आयोजना हुन नसकेको स्की प्रतियोगिता जारी याममा मुक्तिनाथ क्षेत्रमा हिमपात भएपछि आयोजना गर्न सम्भव भएको हो। जारी याममा मुक्तिनाथ क्षेत्रमा चार पटक हिमपात भएको छ।

बन्दोबस्तीका पोसाक र उपकरण प्रयोग गरी हिउँमा चिप्लेटी खेलिने खेललाई स्की प्रतियोगिता भन्ने गरिएको छ। विकसित मुलुकमा कृतिम हिउँमा यसप्रकारको खेल खेलाइने भए पनि नेपालमा स्रोतसाधन नहुँदा प्रतियोगिता सञ्चालन गर्न समस्या हुँदै आएको सङ्घले जनाएको छ।

नेपाल स्की सङ्घले हिउँदयामको मौसममा प्राकृतिमा हिउँ परेको समय पारी स्की प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

मुक्तिनाथ क्षेत्रको सेताम्मे हिउँमा स्की खेलको रौनक सुरु भएपछि पर्यटक तथा स्थानीय नागरिकमा उत्साह छाएको छ। हिउँमा खेलिने स्की खेलको माध्यमबाट बेमौसमको पर्यटन घाटालाई कम गर्ने विश्वास गरिएको छ।

यस प्रकारका हिउँमा खेलिने खेललाई राज्य पक्षले उच्च प्राथमिकता राख्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस