'बालेन सरकार गरिबी हटाउनु पर्नेमा गरिब हटाउँदैछ'
१७ वैशाख २०८३
•
४ मिनेट पाठ
'बालेन सरकार गरिबी हटाउनु पर्नेमा गरिब हटाउँदैछ'
अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशले बालेन्द्र शाह सरकार उल्टो बाटो हिँडिरहेको टिप्पणी गरेको छ।




महासंघ गण्डकीले १३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस (मई दिवस)को अवसरमा बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर बालेन सरकारले गरिबी हटाउनुपर्नेमा गरिब हटाएर उल्टो बाटोमा हिँडिरहेको आरोप लगाएको हो। पुराना दलहरूले केही गरेन भनेर त्यसको जगमा जनअनुमोदित भएर आएको सरकारले संविधानले ग्यारेन्टी गर्दै मौलिक हकका रूपमा राखेको गाँस, बास र कपासको व्यवस्था गर्नुपर्नेमा उल्टै उनीहरूको उठीबास लगाउनु दुर्भाग्य भएको महासंघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र गौतमले बताए।

उनले भने, ‘हटाउनुपर्ने गरिबी थियो तर बालेन सरकारले अहिले गरिब हटाइरहेको छ। पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्य वृद्धि र त्यसका कारण बढेको महङ्गीले जनता बाँच्न नसक्ने अवस्थामा पुगेको बेला श्रमिकहरूको दैनिक जीवन सहज बनाउनुको सट्टा उल्टै सुकुम्बासी हटाउने नाममा गरिब जनताको घर टहरामा डोजर लगाएर जनतालाई सडकमा मर्न बाध्य बनाइनू दुर्भाग्य हो।’

महासंघ गण्डकीले सरकारलाई आफ्नो प्राथमिकता स्पष्ट पार्न पनि आग्रह गरेको छ। महंगीका कारण जनता आहत भएको तर सरकार आहत जनतालाई राहत दिनुको सट्टा उल्टो सुकुम्बासी बस्ती खाली गर्ने नाममा आहत दिने काममा लागेको उसको आरोप छ। सरकारको प्राथमिकता महंगी नियन्त्रणमा हुनुपर्ने भए पनि त्यसतर्फ ध्यान नगएको अध्यक्ष गौतमको टिप्पणी छ। सरकार आहत जनतालाई राहतको सट्टा उठीबास लगाउँदैछ,उनले सरकारलाई प्राथमिकता स्पष्ट पार्न आग्रह गर्दै भने, ‘गरिब, मजदुरको रोजीरोटीको व्यवस्था गर्ने कि घर भत्काएर लखेट्ने? सामाजिक सुरक्षा कोषलाई अनिवार्य गरेर मजदुरको हक सुरक्षित गर्ने कि घरबारविहीन बनाउने?’

महासंघ गण्डकीले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी नहटाउन आग्रह गरेको छ। काठमाडौंमा वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्तीमा डोजर लगाइएको घटनाको घोर भर्त्सना गर्दै उसले आगामी दिनमा त्यस्तो कार्य नदोहोर्‍याउन चेतावनी दिएको छ। सुकुम्बासी विकासको बाधक कहिल्यै नबन्ने अध्यक्ष गौतमले बताए। हिजो जसले हजारौं विघा जमिन सत्ता र शक्तिको दुरुपयोग गरेर हडपेर धनी बन्यो आज त्यसैले गरिबलाई विकासको बाधक भन्दै डोजर चलाएको उनको आरोप छ। ‘सुकुम्बासी विकासको बाधक हिजो पनि थिएन, आज पनि होइन र भोलि पनि हुँदैन,’ उनले भने।

महासंघ गण्डकीले पोखरा बसपार्कमा रहेका सुकुम्बासी बस्तीबारे पनि आफ्नो धारणा स्पष्ट पारेको छ। पोखरा बसपार्क निर्माणमा सुकुम्बासी बाधक नबन्ने बताउँदै उसले त्यसका लागि पोखरा महानगरपालिकाले बसपार्क निर्माणको ग्यारेन्टी गर्नुपर्ने तथा सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने जनाएको छ। महासंघ गण्डकीका अध्यक्ष गौतमले बसपार्क पूर्व निर्धारित २०५ रोपनी क्षेत्रफलमै बन्नुपर्ने र त्यसको ज्ञारेन्टी पोखरा महानगरले गर्नुपर्ने बताए।

बसपार्क निर्माणका लागि सरकारले २०३२ सालमा २०५ रोपनी क्षेत्रफल छुट्याएको थियो। त्यसबेला पोखराको पृथ्वीचोकको करिब दुई सय मिटर पूर्वपट्टी रहेको सेती डिल किनारबाट पश्चिमतर्फ, पृथ्वी राजमार्ग हाईवेबाट दक्षिणतर्फ, पुरानो एयरपोर्टबाट उत्तरतर्फ र पुरानो ट्राफिक कार्यालयबाट पूर्व तर्फको भाग बसपार्क बनाउनका लागि भनेर छुट्याएकाले त्यो सबै क्षेत्र खाली गरेर बसपार्क बनाउनुपर्नेमा महासंघ गण्डकी रहेको अध्यक्ष गौतमले बताए।

सो २०५ रोपनी जमिनमध्ये हाल करिब १९ रोपनीमा मात्रै बसपार्क छ। सत्ता र शक्तिको आडमा त्यहाँको अधिकांश जमिन हडपेर व्यक्तिको नाममा लालपूर्जा बनेको गौतमको दाबी छ। पहिला सो जग्गामा डोजर चलाउनुपर्नेमा महासंघ गण्डकी रहेको उनले प्रष्ट्याए। गरिबको उठीबास लगाउने र धनीले हडपेको चाहिं छाड्ने कदापी स्वीकार्य नहुने बताउँदै उनले भने,‘हामी बसपार्क बनाउनुपर्छ भन्नेमै छौं। तर बसपार्क कति क्षेत्रफलमा बन्छ र घरटहरा भत्काउन कहाँबाट सुरु गरिन्छ भन्ने हामी हेरिरहेका छौं।’

महासंघ गण्डकीले सुकुम्बासी बस्ती खाली गर्ने नाममा आतंक सिर्जना गर्ने कार्य बन्द गर्न आग्रह गरेको छ। वैकल्पिक व्यवस्था नगरी पोखरा बसपार्क क्षेत्रमा बसेको सुकुम्बासी बस्ती खाली गर्नेबारे पोखरा महानगरपालिकाको ३५ दिने सूचनाले स्थानीयमा आतंक सिर्जना गरेको उनको भनाई छ। वास्तविक सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गरेर मात्रै त्यहाँ डोजर चलाउन उनको आग्रह छ। अन्यथा महानगरले निकालेको ३५ दिने सूचनाको हदम्याद सकिएको भोलिपल्ट ३६ औं दिनमा आफूहरू पनि दश हजार मजदुर र सुकुम्बासी डोजर लिएर सडकमा निस्किने उनले चेतावनी दिए। 'तपाईंहरू डोजर देखाएर गरिब, निमुखा जनतालाई देखाएर डर, त्रास देखाउने काम बन्द गर्नूस्,' उनले भने, ‘डोजर हामीसँग पनि छ, हामीसँग डोजर चलाउने पनि छन् र डोजर पनि छन्। कहाँकहाँ डोजर चलाउनुपर्छ हामीलाई पनि थाहा छ।’

महासंघ गण्डकीका वरिष्ठ उपाध्यक्ष भोजराज खत्रीले आफूहरू पनि पोखरा बसपार्क बनाउनुपर्ने पक्षमा रहेको बताए। ‘तर त्यहाँ बस्दै आएका भूमिहीन सुकुम्बासीलाई बेहाल र बेघर बनाएर होइन, वैकल्पिक व्यवस्था गरेर बसपार्क बनाइनुपर्छ,’ उनले भने।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस