पेट्रोलमा इथानोल मिश्रणको बाटो खुल्यो: करिब ६ अर्बको पेट्रोल आयात घटाउन सकिने
२३ पौष २०८२
•
४ मिनेट पाठ
पेट्रोलमा इथानोल मिश्रणको बाटो खुल्यो:
करिब ६ अर्बको पेट्रोल आयात घटाउन सकिने
पेट्रोलको आयात प्रतिस्थापन गर्दै वातावरणमैत्री इन्धन वितरण गर्नका लागि सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्न स्वीकृत प्रदान गरेको छ।




मन्त्रिपरिषद्बाट ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ स्वीकृतिसँगै अब नेपाल आयल निगमलाई पेट्रोलमा इथानोल मिश्रण गरेर बिक्री गर्ने बाटो खुलेको छ।

दुई दशक अघिदेखि पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने योजना बनाए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको थिएन । पेट्रोलमा इथानोल मिश्रण गर्न सके करिब सात करोड लिटर पेट्रोल आयात घटाउन सकिने अनुमान गरिएको छ ।

पेट्रोलमा इथानोल मिसाएर बिक्री गर्ने प्रक्रिया अघि बढ्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले बताए । मन्त्रिपरिषद्बाट स्वीकृत भएको कार्यविधि प्राप्त गरेपछि इथानोल उत्पादन, खरिद लगायतका लागि अन्य आवश्यक आधार तयार गर्न निगमले प्रक्रिया अघि बढाउने छ। ‘स्वदेशमै इथानोल उत्पादन गरी पेट्रोलमा मिश्रण गरेर बिक्री गर्ने कानुनी आधार तयार भएको छ,’ कार्यकारी भट्टले भने, ‘इथानोलको प्रयोगले पेट्रोल आयात घटाउन सहयोग पुग्छ।’

इथानोल प्रयोग वातावरण मैत्री पनि हुने उनले बताए। इथानोलको उत्पादन, गुणस्तरको मापदण्ड निर्धारण लगायतका कामका लागि केही समय लाग्नेछ। ‘इथानोल विदेशबाट ल्याउन पाइँदैन,’ भट्टले भने, ‘यसले रोजगार सिर्जना गर्न पनि सघाउ पुग्नेछ।’

नेपालले भारतबाट इन्धन ल्याएर बिक्री गरे पनि भारतले धेरै वर्ष पहिलेदेखिनै इन्धनमा इथानोल मिश्रण गरेर बिक्री गर्दै आएको छ। पेट्रोलमा इथानोल मिसाउन सके वार्षिक करिब सवा ६ अर्र्ब रूपैयाँको पेट्रोल आयात घट्ने अनुमान गरिएको छ।

इथानोल बर्निङ पावरयुक्त प्रज्ज्वलनशील पदार्थ हो। इथानोलले इन्जिनबाट हुने उत्सर्जन कम गराएर प्रदूषण घटाउन सहयोग पुग्छ। ‘इथानोल वातावरण मैत्री भएकाले कार्वनडाइअक्साइड निस्किँदैन,’ भट्टले भने, ‘वातावरण मैत्री भएकाले प्रयोग आवश्यक छ।’

इथानोल कृषिजन्य वस्तुबाट उत्पादन हुने भएकाले सरकारले प्रोत्साहन गर्नुपर्ने कार्यकारी निर्देशक भट्ट बताउँछन्। ‘किसानलाई आयआर्जनको माध्यम पनि हुन्छ’, भट्टले भने।

इथानोल उखु, पराल, सुकेका घाँसलगायतका वस्तुबाट उत्पादन गर्न सकिन्छ। नेपालमा भारतबाट पेट्रोल आयात गर्नुपर्ने भएकाले विदेशी मुद्राको समेत बचत हुन्छ। २०६० सालमै पेट्रोलमा इथानोल मिसाउने योजना बनाएको भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। उत्पादन र प्रयोगबारे कार्यविधि बनेर कार्यान्वयनमा नआउँदा पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने नीति लिएर पनि कार्यान्वयनमा ल्याउन सकेको थिएन।

इथानोल उत्पादन गरेर गुणस्तर कायम भएपछि आयल निगमले डिपोमा रहेको भण्डारगृहमै सोझै १० प्रतिशत इथानोल मिश्रण गरेर बिक्री गर्न सक्नेछ। आयल निगमको अध्ययनमा पेट्रोलमा इथानोल मिश्रण गरेर बिक्री गरे मुलुकमा दैनिक चार लाख लिटर पेट्रोल खपत घट्ने अनुमान छ।

नेपालमा अहिले दैनिक सरदर करिब २० लाख लिटर पेट्रोल खपत हुन्छ। यसलाई आधार मान्दा वार्षिक ७३ करोड लिटर पेट्रोल खपत हुन्छ। पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिन्छ।

यसरी हेर्दा एक वर्षमा सात करोड ३० लाख लिटर पेट्रोलको आयात कम गर्न सकिन्छ। आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोल आयात गरेर बिक्री गर्दै आएको छ। निगमले प्रतिलिटर पेट्रोल खरिद गर्न आइओसीलाई अहिले करिब ८५.११ रूपैयाँ भुक्तानी गर्छ। पेट्रोलमा इथानोल मिश्रण गर्न सके वार्षिक सात करोड ३० लाख लिटर पेट्रोल आयात घट्छ। पेट्रोलको खरिद मूल्यलाई आधार मान्दा वार्षिक करिब ६ अर्ब २० करोड रुपैयाँको पेट्रोल आयात घटाउन सकिने देखिन्छ।

सरकारल चालु  वर्ष पेट्रोलको आयात घटाउनका लागि पेट्रोलमा वायोइथानोला मिश्रण गर्ने घोषणा गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३को बजेटमा प्रदूषण नियन्त्रण र पेट्रोलको आयात न्यूनीकरण गर्न वायोइथानोल मिश्रण गर्ने योजना राखिएको छ।

नेपालमा अहिले १० प्रतिशत मिश्रण गर्न सरकारले स्वीकृत दिए पनि भारतले सन् २०३० सम्ममा इथानोलको प्रयोग कम्तीमा ३० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ। भारत सरकारले इथानोल उत्पादनलाई प्रोत्साहित गर्ने नीति लिएको छ। इथानोलको मिश्रणलाई वातावरण मैत्री पनि मानिन्छ। भारतमा बिक्री हुने पेट्रोलमा ठाउँ अनुसार १२ देखि २० प्रतिशतसम्म इथानोल मिसाउने गरिएको छ।

सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिरहेको अवस्थामा इथानोलको प्रयोगका विषयमा गहन छलफल गर्नुपर्ने पेट्रोलियम व्यवसायी बताउँछन्। पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्न सकिने भए पनि उपभोक्ता र वातावरणमैत्री हुनुपर्छ। इथानोल मिश्रण गर्दा वातावरण र उपभोक्तालाई ध्यान दिनुपर्छ।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस