तुइन विस्थापित गर्न दुई सय झोलुंगे पुल बनाउने
२९ असार २०८२
•
३ मिनेट पाठ
तुइन विस्थापित गर्न दुई सय झोलुंगे पुल बनाउने
सरकारले करिब दुई सय वटा झोलुंगे पुल बनाउने भएको छ। सहरी विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विभाग (डोली) ले आगामी आर्थिक वर्ष २०८२/८३ मा थप दुई सय वटा झोलुंगे बनाउने कार्यक्रम सार्वजनिक गरेको छ।




सरकारले देशभरि तुइन पूर्ण रूपमा विस्थापन गर्ने र तुइनको ठाउँमा झोलुंगे पुल बनाउने नीति बनाएको छ। तुइन नभएको ठाउँमा पनि झोलुंगे पुलको माग हुने गरेको छ। अझै पनि पूर्ण रूपमा तुइन विस्थापन हुन भने सकेको छैन। झोलुंगे पुल बनाउने कार्यक्रमलाई भने सहरी विकास मन्त्रालयले प्रमाथिमकताका साथ अघि सारेको छ।

विशेष गरी पहाडी र हिमाली क्षेत्रमा झोलुंगे पुलको अत्यधिक माग हुने गरेको छ। पक्की पुल बनाउनेभन्दा झोलुंगे पुल बनाउन निकै सस्तो पर्ने र समय पनि कम लाग्ने भएकाले झोलुंगे पुलको माग एकदमै बढेको छ।

डोलीका एक कर्मचारीका अनु्सार आगामी आर्थिक वर्षमा देशभरि पाँच हजार पाँच सय वटा नयाँ झोलुंगे पुल बनाउन विभिन्न ठाउँबाट माग आएको थियो । ‘तीमध्ये आवश्यकताको आधारमा दुई सय वटा नयाँ झोलुंगे पुल बनाउने कार्यक्रम अघि सारेका छौं’, ती कर्मचारीले भने।

मन्त्रालयले अघि सारेको कार्यक्रममा आगामी आव २०८२/८३ मा एक सय वटा पुराना झोलुंगे पुल मर्मत गर्ने लक्ष्य राखिएको छ। डोलीका अनुसार हाल देशभर ११ हजार चार सयवटा झोलुंगे पुल छन्।

सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रममा पनि तुइन विस्थापनलाई प्राथमिकता दिइएको छ।

तुइन विस्थापनका लागि एक सय २० मिटिरभन्दा लामो झोलुंगे पुल डोली मातहतको डिभिजन कार्यालयले बनाउने गर्छ भने एक सय २० मिटरभन्दा छोटा झोलुंगे पुल बनाउन डोलीले प्रदेश सरकार मातहत गठन गरिएको प्राविधिक सहयोग एकाइसँग समन्वय गर्छ। २०८१ साल अघिसम्म डोलीले सम्बन्धित जिल्ला समन्वय समितिसँग समन्वय गरी टेल ब्रिज सपोर्ट युनिट (टिबिएसयु) ले झोलुंगे पुल बनाउने गर्थ्याे।

२०८१ मा भने टिबिएसयु खारेज भइसकेको छ। डिभिजन कार्यालयका अनुसार झोलुंगे पुल बनाउन सुगम क्षेत्रभन्दा दुर्गममा झन्डै दोब्बर बढी खर्च लाग्छ। पुलको प्रकृति हेरेर टावरसहितको झोलुंगे पुल बनाउँदा प्रतिमिटर एक लाखदेखि तीन लाख रूपैयाँसम्म खर्च हुने गरेको डोलीका कर्मचारीहरू बताउँछन्।

केपी शर्माओलीले २०७२ असोज २५ गते पहिलो पटक प्रधानमन्त्री सम्हालेपछि मन्त्रिपरिषद्को पहिलो बैठकले गरेको पहिलो निर्णय थियो– दुई वर्षभित्र देशभरिबाटै तुइन विस्थापन गर्ने।’ निर्णय गरेकै १० वर्ष बित्न लाग्दासमेत उक्त निर्णयअनुरूप काम भएको छैन। न त सरकारले तुइन विस्थापनलाई कागजी रूपमा प्राथमिकतामा राख्न छाडेको छ।

देशभरि तुइन विस्थापन गर्ने जिम्मा संघीय सरकारले सहरी विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विभाग (डोली) लाई दिएको छ भने प्रदेश र स्थानीय तहमा पनि प्रदेश सरकार र स्थानीय सरकारले चाहे भने आफ्नै बजेटमा तुइन विस्थापित गर्न सक्छन्। तीन तहका सरकारले देशभरिबाट तुइन विस्थापन गर्न सकेका छैनन्।

डोलीका अनुसार २०७२ सालमा देशभर भएका तुइनको संख्या यकिन गरिएको थियो। त्यतिबेला एक सय ४३ वटा तुइन थिए। तीमध्ये विस्थापित हुन नसकेका तुइनमा एउटा कर्णाली नदीमाथि बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्छ र अर्को महाकाली नदीमाथि पञ्चेश्वर घाटमा पर्ने तुइन हो।

पञ्चेश्वर घाटमा तुइन हटाएर पुल बनाउन नेपाल–भारत दुवै देशको सहमति चाहिन्छ। डोलीका अनुसार उक्त ठाउँमा तुइन विस्थापन गर्न भारतको सहमति लिन परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको थियो। भारतबाट सहमति नपाएपछि उक्त ठाउँमा तुइन विस्थापन गर्ने कार्यक्रम रद्द गरिएको डोलीको भनाइ छ।

कर्णाली नदीमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्जमा भने तुइन विस्थापन गर्न डोलीले प्रक्रिया अघि बढाएको छ। हाल त्यसका लागि वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको बताइएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज र पञ्चेश्वर घाटबाहेक अन्य ठाउँमा पनि खासगरी २०७२ साल पछि स्थानीयबासीले तुइन राखेको हुन सक्ने डोलीका कर्मचारीहरूको भनाइ छ तर त्यस्ता तुइनको संख्या भने एकीन हुन सकेको छैन।

२०७२ सालमा ओली सरकारले देशभरका तुइन विस्थापित गर्ने निर्णय गरेपछि सरकारले तुइनको अध्ययन तथा गणना गरेको थियो। त्यसबेला गरिएको अध्ययनमा देशभरि एकसय ४३ वटा तुइन भएको पहिचान गरिएको थियो। त्यसपछि स्थानीय विकास पूर्वाधार कार्यक्रमअन्तर्गत ससपेन्सन ब्रिज डिभिजन कार्यालय गठन गरिएको थियो।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस