तिलौराकोटमा ५१ देशका पर्यटक, एक वर्षमा एक लाख बढीले गरे भ्रमण
०२ माघ २०८२
•
४ मिनेट पाठ
तिलौराकोटमा ५१ देशका पर्यटक, एक वर्षमा एक लाख बढीले गरे भ्रमण
बिश्व संपदामा सुचीकृतकालागि प्रस्तावित प्राचिन कपिलवस्तुको बुद्धको क्रिडास्थल स्थल तिलौराकोटमा ५१ देशका बिदेशी पर्यटकले भ्रमण गरेका छन् । अमेरिका, बेलायत जापान, जर्मन, फान्स अमेरिाका रुस, साउथ कोरिया, स्पेन, भियातनाम न्युुजील्याण्ड, लगायत देखि ठुलो चीन सम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका छन् ।  




तिलाराकोटमा सुरु गरिएको उत्खनन पछि बिदेशी पर्यटक निरन्तर बढेका छन । सन् २०१४ देखि तिलौराकोटमा बेलायतको दुर्हम बिश्व बिद्यालयको प्राबिधिक सहयोगमा पुरातत्व बिभागले उत्खनन गर्दै आएको सन् २०२४ सम्म उत्खनन गरेको थियो । कोरानाकाल पछि भने सन् २०२०, २०२१ र २०२२ मा भने तिलौराकोटमा एकैदमै न्युन पर्यटक आएका थिए । सन् २०२५ मा तिलौराकोटमा १ लाख ७ हजार ९५८ पर्यटकले भ्रमण गरेको लुम्बिनी विकास कोषको तिलौराकोट संपर्क कार्यालयका प्रमुख माधव आचार्यले बताए ।  

सन् २०२५ मा ५० देशका ४६ हजार ३०७, भारतीय १९ हजार २१ र ४२ हजार ६३० नेपाली तिलौराकोट आएको उनले बताए । सन् २०२४ मा भने कुल १ लाख ५२ हजा ११४ जना पर्यटक आएका थिए । कपिलवस्तु बाहेकका जिल्ला, भारतीय र ५० देशका पर्यटक गरी सन् २०२५ मा १ लाख ७ हजार ९५८ आएको उनले बताए । सन् २०२३ मा कुल ८१ हजार ८१९ पर्यटकले तिलौराकोटको अवलोकन गरेका छन ।  

सबैभन्दा बढी म्यानमार, थाईल्यान्ड, कोम्बोडिया, श्रीलंकाका बौद्धमार्गी यहा आएका थिए । सन् २०२५ मा सबैभन्दा बढी म्यानमारबाट १३ हजार ७७३ र थाईल्डनडबाट ८ हजार १५ जना तिलौराकोट आएका हुन । सेम्टेम्बर देखि मार्च महिनालाई पर्यटक आउने सिजन मानिएको छ । अक्टोबर, नाभेम्बर र डिसेम्बरलाई पर्यटक आउने सिजन मानिन्छ । डिसेम्बरमा १८ हजार ६२२ र नाभेम्बरमा २२ हजार ६४१ जना तिलौराकोट आएका छन । तिलौराकोट भगवान गौतम बुद्धले २९ वर्षको युवा अबस्था बिताएको तथा उनका पिता राजा शुद्धोदनको राजप्रासादका रुपमा परिचित छ । ९० प्रतिशत बढी विदेशी विश्व शान्ति, सद्भाबको कामना र तीर्थाटन गर्न आउने गरेको तिलौराकोट स्थित लुम्बिनी विकास कोष तिलौराकोट संपर्क कार्यालयका प्रमुख माधव आचार्यले बताए ।

तिलौराकोटमा गरिएको उत्खनन र बिश्व संपदा सुचीमा सुचिकृतकालागि प्रस्तावित गरिए पछि लगातार बिदेशी पर्यटक बढनु राम्रो संकेत भएको लुम्बिनी विकास कोषका परिषद सदस्य गोपीकृष्ण शर्मा किरनले बताए । ‘तिलौरोटमा उत्खनन र विश्व संपदा सुचीकृतकालागि प्रस्तावित गरिए पछि बिदेशीहरु आउनेक्रम समेत बढेको हो ’ उनले भने । प्रस्तावित गरिए पनि बिश्व संपदामा भने तिलौराकोट सुचीकृत हुने सकेन । यसले आम नेपाली भने दुःखी भएको कपिलवस्तुबासीको भनाई छ । खास गरि यहाँ म्यानमार, श्रीलङ्का, बर्मा, भियतनाम, चीन, थाइल्याण्ड, कोरीया, जापान लगायतका पर्यटक अत्याधिक मात्रामा आउने गरेका छन् ।  

तिलौराकोटमा पर्यटकको संख्या बढनु सकारात्मक कुरा भएको कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले बताए । तिलौराकोटलाई बिश्व संपदासुचीमा सुचीकृत गर्न सरकारले नै बिशेष पहल गर्नु पर्ने उनले बताए । स्थानीय युवा अगुवा प्रकाश घिमिरेले ठोस योजना र भौतक पुर्वाधारको अभाव भएकाले प्राय भारतको बाटो हुदै लुम्बिनीको भ्रमण पछि मात्र यहाँ आउने गरेका बताए  । बुद्धको क्रिडास्थल तिलौराकोटमा पाईला टेके पुण्य प्राप्ति हुने भएकाले पबित्र स्थल मानेर आउने गरेका छन् । यहाको मुख्य दरबार भग्नावषेशमा आई सुत्रपाठ, पुर्बी र पश्चिमी गेटमा भगबान गौतम बुद्धको बाल्यकालको जीबन लीला पाठ गरे पछि मात्र शान्ति प्राप्त भई आत्म सन्तुष्टि हुने हुदा यहा बौद्ध धर्मावलमबीहरु आउने बौद्धमार्गी बताउछन । 

बुद्धको जीबनसंग संबन्धित धेरै पुरातातिवक स्थल यहा हुदा बिदेशी पर्यटक आउने गदर्छन् । तिलौराकोट पछि निग्रमोधराम कुदान, धमनिया स्तुप, सगरहवा, निगालीकोट, गोटिहहवा, सिसहनियाकोट समेत पर्यटकहरु जाने गरेका छन ।  बिदेशी पर्यटक बढे पनि होटल तथा पर्यकटन ब्यवसायी भने निराश छन । तिलौराकोटमा आएका पर्यटकहरु सरदर ३९ मिनेट मात्र बिताएर फर्कने गरेका छन । तिलौराकोट आएका पर्यटकको बसाई र ब्यतित गर्ने सयम बढाउने किसिमले पुर्वाधार र सुन्दरीकरण गर्नु पर्ने तिलौराकोट होटलका संचालक किरणभुसालले बताए ।  

तिलौराकोटको विकासकालागि लुम्बिनी विकास कोषले हरसंभव प्रयास गरेको ल्ुम्बिनी बिकास कोषका परिषद सदस्य गोपीकृष्ण शर्माले बताए ।  पुरात्व बिभागले तिलौराकोट दरबार क्षेत्रमा जग्गा अधिग्रहणको काम समेत तीब्ररुपमा अघिबढाएको पुरातत्व बिभागमा बरिष्ठ पुरातत्व अधिकृत राम बहादुर कुवरले बताए । उनले चालु आर्थिक बर्षमा जग्गा अधिकरणकालागि ५ करोड बजेट बिनियोजन भएको र जग्गा अधिग्रण कार्य जारी रहेको बताए । 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४० मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५४ सेकेन्ड अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
यो पनि पढौँ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस