चीनसँगको पारवाहन सम्झौता एक दशकदेखि अलपत्र
१७ भदौ २०८२
•
४ मिनेट पाठ
चीनसँगको पारवाहन सम्झौता एक दशकदेखि अलपत्र
चीनसँग पारवाहन सम्झौता भएको एक दशक पुग्न लाग्दा पनि अझै कार्यान्वयनमा आउन सकेको छैन । २०७२ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला चीनसँग पारवाहन सम्झौता भएको भए पनि नेपालले अहिलेसम्म सुविधा लिन सकेको छैन । चीनसँगको पारवाहन सम्झौता र यातायात तथा पारवहन  प्रोटोकलमा हस्ताक्षर कागजमा मात्र सिमित छ ।




तेस्रो मुलुकसँगको वैदेशिक व्यापारमा नेपाल भारतसँग मात्र निर्भरता छ । नेपाल भूपरिवेष्ठित मुलुक भएकाले भारतको कोलकत्ता बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकसँग व्यापारमा आयात निर्यात हुँदै आएको छ ।  नेपालको भारतीय भूमि प्रयोग नगरी समुद्रसम्म पहुँच नभएकाले भारतीय परनिर्भरता कम गर्न पारवाहन सुविधाका लागि चीन हुँदै तेस्रो मुलुकसँग सामान आयात निर्यात गर्नका लागि सामुन्द्रिक किनारमा पहुँच पुर्‍याउन यो सम्झौता गरिएको थियो । २०७२ मा भारतसँगको नाकाबन्दीका बेला सम्झौता गरे पनि त्यसयता सञ्चालनका लागि कुनै प्रक्रिया अघि बढेको छैन ।

चीनसँगको पारवाहन सम्झौता राजनीतिक नारामा सिमित रहेको पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा बताउँछन् । ‘भारतको नाकाबन्दी पछि पारवाहन सम्झौता गरेर राजनीतिक प्रचारबाजी भयो,’ पूर्व सचिव ओझा भन्छन्, ‘सञ्चालनको प्रक्रियाका लागि त्यसपछि कुनै काम हुन सकेको छैन ।’ नेपालले पूर्व एसिया जापान,  भियतनाम, दक्षिण कोरिया, ताइवान लगायतका मुलुकसँगको व्यापारमा चिनियाँ बन्दरगाह प्रयोग गर्न सक्ने ओझा बताउँछन् । ती मुलुकसँग नेपालको अर्बौं रुपैयाँको आयात, निर्यात व्यापार रहेको छ । पूर्व एसियाका मुलुकसँग आयात निर्यात व्यापार गर्दा भारतको कोलकत्ता बन्दरगाहको प्रयोग हुँदै आएको छ । सम्झौता भए पछि नेपालबाट पटक पटक राजनीतिक नेतृत्वले प्रधानमन्त्री तहमा भ्रमण गरे पनि सञ्चालनका लागि पूर्वाधार तयार गर्नका लागि कुनै पहल भएको छैन ।

गत आर्थिक वर्ष २०८१/८१मा नेपालको चीनसँग तीन खर्ब ४१ अर्ब १० करोड रुपैयाँको आयात र दुई अर्ब ६३ करोडको निर्यात व्यापार छ । त्यसैगरी, जापानसँग ६ अर्ब ५९ करोड रुपैयाँको आयात र एक अर्ब ९१ करोड रुपैयाँको निर्यात व्यापार छ । ताइवानसँग नेपालको दुई अर्ब ४३ करोडको आयात र २० करोडको रुपैयाँको व्यापार छ । त्यसैगरी, दक्षिण कोरियासँग ६ अर्ब ८३ करोड ८७ लाखको आयात र ४७ करोड ६५ लाख रुपैयाँको निर्यात व्यापार रहेको छ ।

पारवाहन सुविधा दिने प्रक्रिया, कहाँबाट ढुवानी गर्ने, कहाँ बुझ्ने लगायतका विषयमा प्रोटोकल अधुरो रहेको छ । कुन प्रक्रियाबाट पारवाहन ढुवानी हुन्छ भन्ने विषयमा दुई देशबीच सहमति गरेर प्रष्टता हुनुपर्ने सरोकारवाला बताउँछन् । सरकारले निजी क्षेत्रका कम्पनीलाई सामान ढुवानी गरेर ल्याउने वातावरण बनाउनु आवश्यक छ । ‘लागत, समय कति लाग्छ भन्ने विषयमा पनि अध्ययन भएको देखिँदैन,’ ओझाले भने, ‘सम्झौता गरेर बस्नुको कुनै अर्थ छैन ।’ 

चीनसँगको पारवाहन सम्झौता राजनीतिक नारामा सिमित रह्यो । कार्यान्वयनमा आए नेपालले पूर्व एसिया जापान,  भियतनाम, दक्षिण कोरिया, ताइवान लगायतका मुलुकसँगको व्यापारमा चिनियाँ बन्दरगाह प्रयोग गर्न सक्छ । 
पुरुषोत्तम ओझा, पूर्व वाणिज्य सचिव
नेपाली बजारमा छ्यापछ्याप्ती चिनियाँ सामान रहेका छन् । तर, चीनसँग सञ्चालनमा रहेका तातोपानी र केरुङ नाकाबाट पनि नियमित सामान आउन सकेका छैनन् । सडक पूर्वाधार लगायतका समस्याका कारण समय समयमा अवरोध आउने गरेका छन् । चीनबाट ल्याउने सामान पनि भारतको कोलकत्ता बन्दरगाहबाट ल्याउनुपर्ने बाध्यता छ । चीनबाट रेल ल्याउने हल्ला गरे पनि सडक स्तरोन्नतीमा समेत ध्यान दिइएको पाइँदैन ।

चीन हुँदै नेपालले सामुन्द्रिक पहुँच पाउँदा व्यापारिक क्षेत्रमा फड्को आउने अपेक्षा गरिएको थियो । चीनको नेपालसँग नगन्य व्यापार भएकाले उसले प्राथमिकता नदिएको सरकारी अधिकारी बताउँछन् । ‘विश्व बजार कब्जा गरेको चीनका लागि नेपालको बजार गौण विषय हो,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, ‘नेपालका लागि आवश्यक भए पनि हामीले पनि पहल गर्न सकेका छैनौं ।’ चीनसँगका प्रमुख दुई नाका तातोपानी र रसुवागढी नाका त नियमित सञ्चालन गर्न नसकेको सरकारले तेस्रो मुलुकबाट चीन हुँदै सामान आयातको वातावरण बनाउला भन्ने आश नभएको व्यापारी बताउँछन् ।

तत्कालीन समयमा चीनसँग भएको सत्र बुँदे प्रोटोकलमा नेपाल र चीनबीच ६ नाकाबाट व्यापार हुने उल्लेख गरिएको थियो । तातोपानी, केरुङ, किमाथांका, कोराला, यारी र ओलाङचुङगोला नाका प्रयोगमा ल्याउने सहमति भए पनि कार्यान्वयनमा आएको छैन । सञ्चालनमा रहेका तातोपानी र केरुङ नाका पनि बीच–बीचमा बन्द हुने खुल्ने गरेका छन् । 

ओलाङगुङगोला, किमाथांका र कोरालाचाहिँ औपचारिक रुपमा खुलेका छैनन् । सन् १९८२ मा जारी संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुन सम्बन्धी महासन्धिले भूपरिवेष्टित मुलुकहरुको पनि समुद्रसम्म पहुँच दिनुपर्ने उल्लेख थियो । यस्तो पहुँचका लागि जुन मुलुकको जमिन हुँदै समुद्रसम्म पुगिन्छ सम्बन्धित मुलुकसँग यातायात तथा पारवहन सम्झौता भए पनि मात्र प्रयोगमा ल्याउने पाइने अन्तर्राष्ट्रिय मान्यता रहेको छ ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५५ सेकेन्ड अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
यो पनि पढौँ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस