यातायातलाई राष्ट्रिय उद्योगको रूपमा विकास गर्नुपर्छ : अध्यक्ष स्वाँर
२७ कार्तिक २०८२
•
३ मिनेट पाठ
यातायातलाई राष्ट्रिय उद्योगको रूपमा विकास गर्नुपर्छ : अध्यक्ष स्वाँर
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँरले यातायात क्षेत्रलाई राष्ट्रिय उद्योगको रुपमा विकास गर्नुपर्ने बताएका छन् । 




पोखरेली ट्याक्सी सेवा प्रालिको आज आयोजित सातौं वार्षिक साधारण सभामा बोल्दै उनले यातायात क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर यसमा भएको लगानी सुरक्षित गर्नुपर्ने बताएका हुन् । १३ खर्बको लगानी रहेको यातायात क्षेत्रमा १५ लाख मानिस प्रत्यक्ष रोजगारीमा संलग्न भएको र तीनका ४० लाख परिवार यसै पेशामा आश्रित रहेकाले यसलाई उद्योगको रुपमा विकास गर्नु अपरिहार्य रहेको उनको भनाइ थियो ।  

अध्यक्ष स्वाँरले सरकारले यातायात क्षेत्रलाई पेलिरहे दुर्घटना निम्तिने चेतावनी दिए । यातायात क्षेत्र सरकारको सहयोगीको रुपमा रुपमा व्याख्या गर्दै उनले भने,‘सरकार मिलेर गयो भने हामी सहयात्री हौं, सहयोग गर्छौं, होईन पेलेर गएमा दुर्घटना हुन्छ ।’ उनले आफूहरुले अवैध भएकै कारणले राईड सेयरिङको विरोध गरेको बताए । नेपालीको लगानी भएको र नेपालमा दर्ता नभई सञ्चालनमा रहेका विदेशी एपको विरोध गर्दा आफूहरुलाई प्रविधि विरोधीको ट्याग लगाइएकोप्रति उनले आपत्ति जनाए । भने,‘हामी प्रविधिको विरोधी होईनौं, नेपालीले नै विकास गरेको, नेपालको कानून अनुसार दर्ता भएर सञ्चालनमा आएको राईडसेयरिङ हामीलाई मान्य छ ।  

महासंघका बरिष्ठ उपाध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज)ले सरकारले सिण्डिकेटको नाममा यातायात क्षेत्र धरासायी बनाएको आरोप लगाए । २०७४ सालमा सिण्डिकेटको नाममा यातायात क्षेत्र धरासायी बनाएको सरकार आफै भने २०८२ सालमा आएर जेनजी आन्दोलनले बढारिएको उनले टिप्पणी गरे । सिण्डिकेट तोड्ने नाममा यातायात क्षेत्र तहसनहस पारियो,उनले भने,‘अहिले तीनैलाई जेनजीले बढारेका छन् ।’ उनले भारतीय गाडी खुलेआम नेपालमा चल्न दिदा यातायात क्षेत्रमा मारमा परेको भन्दै उनले यस्तै अवस्था अझै केहि वर्ष भए नेपालको यातायात क्षेत्र ध्वस्त हुने उनले चेतावनी दिए ।  

महासंघका अर्का बरिष्ठ उपाध्यक्ष तथा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले आफूहरु प्रविधिको विरोधी नभएको बताए । नेपालको सवारी ऐनले रातो प्लेटले यात्रु बोक्न नपाउने भनेको र राईड सेयरिङ एप पनि विदेशीको भएकाले विरोध गरेको तर अहिले पोखरेली आफैले मुभईन एप बनाएर सञ्चालनमा आएपछि त्यसको प्रयोग गर्न थालेको बताए । उनले यातायात व्यवसायीको पक्षमा आफूहरु लडिरहेको भन्दै आफ्नो अधिकार प्राप्त नभएसम्म यो लडाई जारी रहने बताए ।  

महासंघका सचिव भानुभक्त बरालले यातायात क्षेत्र अहिले समस्यामा रहेकाले यसको समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए ।  

महासंघ ट्याक्सी वर्गीय संयोजक प्रकाशमणी तिवारीले महासंघ कमजोर बन्दा सरकारले यातायात क्षेत्रमा हस्तक्षेप गरेको गुनासो गरे । व्यवसायीको पक्षमा लड्नूस र यातायात क्षेत्र बचाउनूस्,उनले भने,‘होईन भने यातायात क्षेत्र ध्वस्त हुन्छ र तपाईंहरु पनि नेता बन्न पाउनुहुन्न ।’ उनले सञ्चार जगतले पनि व्यवसायीमाथि ठग र लुटेरा हो भनेर आरोपित गरेको तर कहिल्यै व्यवसायीको पीडा नलेखेको÷नबोलेको गुनासो गरे । उनले भने, ‘हामी पीडामा छौं, हामी अन्यायमा छौं, हामीमाथि पनि न्याय गरियोस्, हाम्रा आवाजहरु पनि सुनियोस्, लेखियोस् र बोलियोस् ।’  

महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले यातायातको समस्या समाधान गर्न सवारी ऐन संसोधन गर्नुपर्ने बताए । उनले सिण्डिकेट तोड्ने नाममा आफूहरुलाई प्रालिमा लगिएको र अहिले पनि समितिको पैसा प्रालिमा ल्याउन नसक्दा पीडा महशुष भएको बताए ।  

पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले आफूहरु प्रविधिमैत्री हुँदै गएको बताए । सो अन्तर्गत पोखरेली ट्याक्सी सेवा प्रालिको संलग्नतामा मुभईन राईडसेयरिङ एप्स विकास गरी प्रयोगमा ल्याइएको उल्लेख गरे ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस