बैंकमा किन थुप्रियो ८ खर्ब ?
०१ मंसिर २०८३
•
७ मिनेट पाठ
बैंकमा किन थुप्रियो ८ खर्ब ?
बैंकमा पैसा थुप्रिएको छ। उद्योगी, व्यवसायी लगानी विस्तार गर्न हच्किएका छन्। लगानी नबढ्दा बैंक तथा वित्तीय संस्थामा करिब आठ खर्ब अधिक तरलता छ। यसले अर्थतन्त्रमा लगानी र कर्जाको माग कमजोर रहेको देखाउँछ।




नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक १८ सम्म बैंक तथा वित्तीय संस्थामा ८५ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। निजी क्षेत्रको लगानी विस्तार सुस्त हुँदा निक्षेप र तरलता बढ्दै गएको हो। रेमिटेन्स र विदेशी मुद्रा आप्रवाहले बैंकिङ प्रणालीमा पैसा थुप्रिँदै गए पनि लगानी विस्तार हुन सकेको छैन। करिब सवा ८५ खर्ब निक्षेप जम्मा हुँदा बैंक तथा वित्तीय संस्थाले ६१ खर्ब ११ अर्ब रुपैयाँ मात्र लगानी गरेका छन्। सात खर्ब ८३ अर्ब रुपैयाँ अधिक तरला छ।

बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह गर्न र अन्य वित्तीय कारोबार सञ्चालन गर्न आवश्यकताभन्दा बढी रकम उपलब्ध हुने अवस्थालाई अधिक तरलता भनिन्छ। बैंकहरूमा निक्षेपका रूपमा धेरै पैसा जम्मा हुने तर सोही अनुपातमा कर्जाको माग नबढ्दा बैंकिङ प्रणालीमा अधिक तरलता सिर्जना हुन्छ।

ब्याजदर न्यून हुँदा पनि कर्जाको माग बढ्न नसक्नु चिन्ताको विषय भएको नेपाल बैंकर एसोसिएसनका प्रमुख कार्यकारी अनिल शर्माले बताए। ‘आर्थिक गतिविधि चलायमान नभएका कारण कर्जा विस्तार हुन सकेको छैन,’ शर्माले भने, ‘सस्तो ब्याजमा पैसा उपलब्ध हुँदा पनि लगानी बढ्न सकेन।’ स्थिर सरकार भए पनि लगानी बढ्न नसकेको उनले बताए। ‘बैंकदेखि राष्ट्र बैंकले यसको उत्तर खोजिरहेका छन्,’ उनले भने, ‘कारण पत्ता लागेको छैन।’

कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर घटेर ४ प्रतिशतभन्दा तल (३.९२ प्रतिशत) आइपुगेको छ। बैंकबाट कर्जा लिँदा सिंगल डिजिटको ब्याजदरमा कर्जा पाउन अवस्था छ।

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिनुको प्रमुख कारण निक्षेपको तुलनामा कर्जा विस्तार हुन नसक्नु हो। पछिल्लो समय रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि र विदेशी मुद्रा सञ्चितिमा आएको सुधारले बैंकिङ प्रणालीमा निक्षेप बढे पनि निजी क्षेत्रको लगानी विस्तार, उद्योग व्यवसायको गतिविधि र नयाँ परियोजनामा कर्जाको माग अपेक्षाअनुसार बढ्न सकेको छैन। निजी क्षेत्रले नयाँ उद्योग स्थापना, व्यवसाय विस्तार र ठुला परियोजनामा लगानी गर्न अपेक्षित चासो नदेखाउँदा कर्जाको माग कमजोर छ। लगानीको वातावरण, व्यावसायिक आत्मविश्वास, बजारको माग र आर्थिक गतिविधिमा आएको सुस्तताले पनि कर्जा विस्तारलाई प्रभावित पारेको छ।

कोभिड महामारीदेखिको समस्या अहिलेसम्म सुल्झन नसकेका कारण व्यवसायी पर्ख र हेरको रणनीतिमा रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ बताउँछन्। कोभिड, जेनजी आन्दोलन, विभिन्न समयका प्राकृतिक विपत्ति, सरकारको खर्च गर्ने क्षमता कमजोरलगायत कारणले बजारमा माग बढ्न नसक्दा त्यसको असर कर्जामा परेको श्रेष्ठले बताए।

‘एकपछि अर्को समस्याका कारण बजार चक्र प्रभावित भएको छ,’ श्रेष्ठले भने, ‘वस्तुको माग नबढ्दा भएका उद्योगले पनि पूर्ण क्षमतामा चलाउन सकेका छैनन्। माग नबढेका कारण नयाँ उद्योग खुलेनन्। नयाँ उद्योग नखुल्दा लगानी विस्तार हुन सकेन।’ जेनजी आन्दोलनमा निजी क्षेत्रमाथिको आक्रमणले पनि निजी क्षेत्र पूर्ण विश्वस्त हुन नसकेको श्रेष्ठ बताउँछन्। नयाँ स्थिर सरकार आएपछि नीतिगत सुधारका प्रयास भइरहेकाले निजी क्षेत्रको मनोबल बढ्नेमा आफूहरू आशावादी रहेको श्रेष्ठले बताए। सरकारले ५९ वटा ऐन संशोधन गरेर निजी क्षेत्रको विश्वास आर्जन गर्न खोजेको उनले बताए।

बैंकिङ प्रणालीमा पर्याप्त रकम उपलब्ध हुँदाहुँदै उद्योग, व्यापार तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसक्नु अर्थतन्त्रका लागि चुनौतीको अवस्था हो। सरकारको राजस्व संकलन र खर्चबिचको अन्तरले पनि बैंकिङ प्रणालीको तरलता प्रभावित गर्छ। सरकारले राजस्व संकलन गरेअनुसार विकास तथा पुँजीगत खर्च गर्न नसक्दा सरकारी खातामा रकम थुप्रिन्छ। सरकारी खर्च कम हुँदा निजी क्षेत्र र बजारमा जाने रकमको प्रवाह प्रभावित हुन्छ। पुँजीगत खर्च कमजोर हुँदा निर्माण व्यवसाय, उद्योग, आपूर्ति शृंखला र रोजगारीमा अपेक्षित आर्थिक गतिविधि सिर्जना हुन सकेको छैन।

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप तथा कर्जा प्रवाहमा सामान्य वृद्धि भने देखिएको छ। २०२६ नोभेम्बर ४ (कात्तिक १८) सम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ८५ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। कुल निक्षेपमध्ये सबैभन्दा ठुलो हिस्सा वाणिज्य बैंकहरूको छ। कात्तिक १८ गतेसम्म वाणिज्य बैंकहरूमा मात्रै ७७ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। अघिल्लो दिन अर्थात् कात्तिक १७ गतेसम्म वाणिज्य बैंकहरूमा ७७ खर्ब आठ अर्ब रुपैयाँ निक्षेप थियो। एक दिनमा वाणिज्य बैंकहरूको निक्षेप सात अर्ब रुपैयाँले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

वाणिज्य बैंकहरूको निक्षेपमा भएको वृद्धिले समग्र बैंकिङ प्रणालीको निक्षेप विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपमध्ये अधिकांश हिस्सा वाणिज्य बैंकहरूमा केन्द्रित रहेको तथ्यांकले देखाउँछ। अन्य बैंक तथा वित्तीय संस्थामा भने निक्षेप सामान्य घटेको छ। कात्तिक १८ सम्म अन्य बैंक तथा वित्तीय संस्थामा आठ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप थियो। अघिल्लो दिन यस्तो निक्षेप आठ खर्ब १८ अर्ब रुपैयाँ थियो।

समग्रमा हेर्दा अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेपमा सामान्य गिरावट आए पनि वाणिज्य बैंकहरूको निक्षेपमा भएको वृद्धिका कारण बैंकिङ प्रणालीको कुल निक्षेप बढेको देखिन्छ। निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा समेत सामान्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक १८ सम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ६१ खर्ब १८ अर्ब रुपैयाँ पुगेको थियो। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ६१ खर्ब १४ अर्ब रुपैयाँ थियो। यसअनुसार एक दिनमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी चार अर्ब रुपैयाँले बढेको थियो।

कुल कर्जा लगानीमध्ये वाणिज्य बैंकहरूको हिस्सा सबैभन्दा बढी छ। कात्तिक १८ सम्म वाणिज्य बैंकहरूले ५४ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। अघिल्लो दिन यस्तो कर्जा लगानी ५४ खर्ब ३५ अर्ब रुपैयाँ थियो। एक दिनमा वाणिज्य बैंकहरूको कर्जा लगानी ३ अर्ब रुपैयाँले वृद्धि भएको थियो। त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी भने ६ खर्ब ८० अर्ब रुपैयाँमा स्थिर छ। वाणिज्य बैंकहरूको कर्जा लगानी सामान्य बढे पनि अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा कुनै परिवर्तन देखिएको छैन। बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जा विस्तार कम भएपछि कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) पनि घटेको छ। राष्ट्र बैंकका अनुसार कात्तिक १८ गतेसम्म बैंक तथा वित्तीय संस्थाको सिडी रेसियो ७०.९६ प्रतिशत कायम छ। निक्षेपको तुलनामा कर्जा विस्तार कम छ।

६ वटा बैंकले घटाए ब्याजदर
मंसिर महिनाका लागि ६ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन्। १४ वटा बैंकले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। कुनै पनि बैंकले ब्याजदर वृद्धि नगरेपछि वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ। २० वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर कात्तिकको ४.०१३ प्रतिशतबाट ०.११ प्रतिशत विन्दुले घटेर मंसिरमा ३.९२ प्रतिशत कायम भएको छ। त्यस्तै संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि ३.००३ प्रतिशतबाट घटेर २.९९०५ प्रतिशतमा झरेको छ।

ब्याजदर घटाउनेमध्ये माछापुच्छ्रे बैंकले व्यक्तिगत निक्षेपमा सबैभन्दा धेरै १ प्रतिशत विन्दुले कटौती गरेको छ। यो बैंकले कात्तिकमा ४.५ प्रतिशत रहेको ब्याजदर घटाएर ३.५ प्रतिशत कायम गरेको हो। कृषि विकास बैंकले ब्याजदर ०.५ प्रतिशत विन्दुले घटाएर ३.६५ प्रतिशतमा झारेको छ।

एनएमबि बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपमा ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। लक्ष्मी सनराइज, कुमारी र स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदरमा कटौती गरेका छन्। बैंकहरूबिच ब्याजदर घटाउने क्रम जारी रहँदा निक्षेपकर्ताले मुद्दती निक्षेपबाट पाउने प्रतिफल थप घट्ने देखिएको छ।
अर्को समाचार
बैंकमा थुप्रियो पैसा
२९ असोज २०८३
•
४ मिनेट पाठ
बैंकमा थुप्रियो पैसा
बैंक तथा वित्तीय संस्थामा १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता छ । वार्षिक २३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ । कर्जाको औसत ब्याजदरसमेत घटेर ६.५५ प्रतिशतमा झरेको छ । तर, पर्याप्त पूँजी र सस्तो ब्याजदर हुँदाहुँदै पनि उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन सकेको छैन । यसको असर उद्योग सञ्चालन, बजारको माग र रोजगारी सिर्जनामा परेको छ ।




नेपाल उद्योग वाणिज्य महासङ्घका अनुसार अर्थतन्त्रमा लगानीयोग्य पूँजीको उपलब्धता भए पनि त्यसलाई उत्पादन र व्यावसायिक गतिविधिमा परिचालन गर्न नसक्नु प्रमुख चुनौती बनेको छ । बजारमा माग कमजोर हुनु, निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षाअनुसार नबढ्नु र नीतिगत तथा प्रशासनिक झन्झट कायम रहनुले आर्थिक गतिविधि सुस्त बनाएको महासङ्घको निष्कर्ष छ ।

उद्योगहरूको सञ्चालन अवस्थाले पनि अर्थतन्त्रको सुस्त गति देखाउँछ । महासङ्घका अनुसार नेपालका उद्योगहरू औसतमा ४४.५ प्रतिशत क्षमतामा मात्रै सञ्चालन भइरहेका छन् । व्यावसायिक आत्मविश्वाससमेत पछिल्ला ३६ वर्षयताकै न्यून स्तरमा रहेको महासङ्घले जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित भएको छ । सरकारले सो अवधिमा सात प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । लक्ष्यअनुसार आर्थिक गतिविधि विस्तार हुन नसक्नुमा कमजोर माग, न्यून लगानी र उद्योग व्यवसायको सुस्ततालाई महत्त्वपूर्ण कारणका रूपमा हेरिएको छ ।

विश्व बैंकको सन् २०२६ को तथ्याङ्क उद्धृत गर्दै महासङ्घले नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहँदा दक्षिण एसियाको औसत वृद्धिदर ६.९ प्रतिशत, भारतको ७.१ प्रतिशत र चीनको ४.५ प्रतिशत रहेको उल्लेख गरेको छ । यसले नेपालको आर्थिक विस्तार छिमेकी तथा क्षेत्रीय अर्थतन्त्रको तुलनामा सुस्त रहेको देखाउँछ ।

निक्षेप बढ्यो, कर्जा विस्तार लक्ष्यभन्दा झन्डै आधा

बैंक तथा वित्तीय संस्थामा निक्षेप बढे पनि त्यसअनुसार निजी क्षेत्रमा कर्जा विस्तार हुन सकेको छैन । आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप १३.९ प्रतिशतले बढेको थियो । तर, निजी क्षेत्रतर्फको कर्जा प्रवाह ६.६ प्रतिशतले मात्रै वृद्धि भयो । नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत राखेको अवस्थामा वास्तविक वृद्धिदर लक्ष्यको तुलनामा निकै कम हो ।

मूल्यवृद्धिको प्रभाव समायोजन गर्दा कर्जा विस्तार ३.४ प्रतिशतमा सीमित भएको छ । पर्याप्त तरलता र कर्जाको औसत ब्याजदर ६.५५ प्रतिशतमा झरेको अवस्थामा पनि निजी क्षेत्रमा कर्जाको माग बढ्न नसक्नुले बजारको कमजोर अवस्थालाई सङ्केत गर्ने महासङ्घको विश्लेषण छ ।

कर्जा लिन सक्ने वातावरण र लगानी गर्ने व्यावसायिक आत्मविश्वासबीच तालमेल नहुँदा बैंकमा उपलब्ध रकम उत्पादन तथा रोजगारी सिर्जनामा अपेक्षित रूपमा परिचालित हुन नसकेको देखिन्छ । लगानी विस्तार नहुँदा नयाँ उद्योग स्थापना, उत्पादन क्षमता वृद्धि र रोजगारीका अवसर सिर्जनामा समेत अवरोध पुगिरहेको छ ।

उपभोग कर्जामा वृद्धि, उद्योग र कृषिमा सुस्तता

कर्जा प्रवाहको क्षेत्रगत अवस्था हेर्दा उत्पादनमूलक क्षेत्रमा भन्दा उपभोगतर्फ कर्जाको विस्तार बढी देखिएको छ । महासङ्घका अनुसार गत आर्थिक वर्षको पहिलो नौ महिनामा उपभोग कर्जा ११.७ प्रतिशतले बढेको थियो । सोही अवधिमा औद्योगिक उत्पादन कर्जा ६.५ प्रतिशतले मात्रै वृद्धि हुँदा कृषि कर्जा भने २.३ प्रतिशतले घटेको थियो ।

यी तथ्याङ्कले उत्पादन, कृषि र रोजगारी विस्तारसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा कर्जा परिचालन कमजोर रहेको देखाउँछन् । उपभोग कर्जा बढे पनि त्यसले औद्योगिक उत्पादन तथा कृषि क्षेत्रको लगानीमा समान रूपमा विस्तार ल्याउन सकेको छैन ।

महासङ्घका अनुसार कुल कर्जाको ६३ प्रतिशत घरजग्गा धितोमा प्रवाह भएको छ । घरजग्गा धितोमा आधारित कर्जा प्रणालीका कारण पर्याप्त कारोबार सम्भावना र व्यावसायिक योजना भएका तर धितो राख्न पर्याप्त सम्पत्ति नभएका साना तथा मझौला उद्यमले कर्जा प्राप्त गर्न कठिनाइ भोगिरहेका छन् ।

उत्पादनमूलक उद्योग तथा व्यवसायमा लगानी विस्तार गर्न कर्जा पहुँच सहज बनाउनु आवश्यक रहेको महासङ्घको निष्कर्ष छ । विशेषगरी साना तथा मझौला उद्यमलाई वित्तीय स्रोतमा पहुँच पुर्‍याउन नसक्दा उनीहरूको व्यावसायिक विस्तार र रोजगारी सिर्जनाको सम्भावना सीमित भइरहेको छ ।

पूँजी परिचालन नहुँदा अर्थतन्त्रमा दबाब

बैंकमा पर्याप्त तरलता, रेमिट्यान्सको ठूलो प्रवाह र तुलनात्मक रूपमा कम ब्याजदर हुँदाहुँदै पनि लगानी नबढ्नुले अर्थतन्त्रको समस्या केवल पूँजीको अभावमा सीमित नरहेको देखाउँछ । बजारमा वस्तु तथा सेवाको माग कमजोर हुनु, लगानीकर्ताको विश्वास घट्नु र नीतिगत तथा प्रशासनिक जटिलता कायम रहनुले उपलब्ध स्रोतको उपयोगमा अवरोध पुर्‍याएको छ ।

उद्योगको क्षमता उपयोग न्यून रहँदा उत्पादन लागत, प्रतिस्पर्धात्मक क्षमता र रोजगारी विस्तारमा समेत असर पर्न सक्छ । उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउन नसकिए उपलब्ध पूँजीले अर्थतन्त्रमा अपेक्षित योगदान दिन नसक्ने जोखिम रहन्छ ।

महासङ्घको विश्लेषणले बैंकमा पैसा थुप्रिनु मात्रै आर्थिक गतिविधि विस्तारको आधार नहुने देखाएको छ । उपलब्ध पूँजीलाई उद्योग, कृषि तथा अन्य उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने वातावरण निर्माण, लगानीसम्बन्धी अवरोध हटाउने र बजारको माग विस्तार गर्ने उपाय प्रभावकारी बनाउन सके मात्रै आर्थिक वृद्धिलाई गति दिन सकिने देखिन्छ ।
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस