व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला
२५ असार २०८३
•
४ मिनेट पाठ
व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला
रौतहटको चन्द्रपुर नगरपालिका-७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र बेच्न भ्याइनभ्याइ छ। करिब पाचँ कट्ठा जमिनमा व्यावसायिक रूपमा लगाइएको तरकारीखेतीले उनको व्यस्तता बढाउनुका साथै आर्थिक रूपमा पनि सबल बनाएको छ।




लौका, करेला, घिरौलालगायत तरकारी अहिले थरुनीको बारीमा लटरम्म फलेका छन्। दैनिक एक हजार ५०० देखि दुई हजारसम्मको तरकारी बिक्री हुने उनले जानकारी दिइन्। उनले आफना ग्राहकलाई बारीबाट ताजा तरकारी बेच्नुका साथै बाँकी तरकारी स्थानीय हाटबजारमा लैजाने गरेकी छन्।

आफैंले आम्दानी गर्न थालेपछि थरुनीले आफ्नो परिवार सुखी र सम्पन्न हुँदै गएको प्रतिक्रिया दिइन्। साथै, अहिले महिला हिंसा र आफ्नो हकअधिकारको बारेमा सक्षम भएको उनको भनाइ छ।

चन्द्रपुर नगरपालिका-७ की दिलकुमारी काफ्लेले पनि व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेपछि आर्थिक रूपमा सबल बन्दै गएको बताइन्।

बाख्रापालनबाट आफूले आर्थिक आम्दानीका साथै जीविकोपार्जन सहज भएको उनको भनाइ छ। चन्द्रपुर-७ की सुनिता माझीले किराना पसल सञ्चालन गरेर जीविकोर्पाजन गर्दै आइरहेका छिन्।

राजपुर नगरपालिका-९ बैरियाकी मिना देवीले पनि व्यावसायिक रूपमा तरकारीखेती गरेर मनग्य आम्दानी गरिरहेका छिन्। तरकारीखेतीबाट आएको आम्दानीले छोराछोरी पढाउने, अन्य घर खर्च चलाउनेलगायत खर्च गर्न सबल भएको उनले बताइन्।

त्यस्तै राजपुर-९ की गुलसन खातुनले घरमा टेलर सञ्चालन गरी स्वरोजगार बनेकी छन्। अहिले आफ्नो घर खर्च चलाउन कसैसँग भर पर्नु नपर्ने उनको भनाइ छ।

त्यस्तै राजपुर-५ स्कुलटोलकी जरिमा खातुनले टेलर चलाएर तीन छोरा र तीन छोरीको पढाइ खर्च जुटाएकी छिन्। आफू आर्थिक रूपमा सबल हुनुका साथ-साथै तथा समाजमा लैगिङ्क हिंसा न्यूनीकरणका लागि सचेतना फैलाउँदै आएको उनले बताइन्।

यी महिला एउटा उदाहरणको पात्र मात्रै हुन्। यस्ता महिला रौतहटमा एक हजारभन्दा बढी छन्। ग्रामिण विकास केन्द्र नेपालले सञ्चालन गरेको लैङ्गिक हिंसा न्यूनीकरण परियोजनामा आबद्ध एक हजार महिला अहिले स्वरोजगारका माध्यमबाट आर्थिक रूपमा सबल बनिरहेका सोही संस्थाका कार्यक्रम संयोजक धर्मेन्द्र साहले जानकारी दिए।

राजपुर र चन्द्रपुर नगरपालिकाका १२ वटा वडामा लैङ्गिक हिंसालाई सम्बोधन गर्दै लक्षित समुदायको सामाजिक तथा आर्थिक सवलीकरण गर्न विभिन्न क्रियाकलाप सञ्चालन गरी स्वस्थ्यमा सुधारको सुनिश्चिता गर्ने किसिमका कार्यक्रम सञ्चालन भइरहेका संयोजक साहले बताए।

राजपुर-१, २, ३, ४, ५, ६, ९ र चन्द्रपुर-१, २, ५, ७ र ८ वडामा आर्थिक सवलीकरणमार्फत लैङ्गिक हिंसाबाट प्रभावित वा जोखिममा रहेका महिलालाई समाजमा पुनःस्थापना गर्ने, उनीहरूको जोखिमस्तर कम गराउन सचेतना फैलाउने, स्वरोजगार बनाउनेलगायत काम गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको उनले जानकारी दिए।

चन्द्रपुर नगरपालिकामा १७ वटा समूहमा ४३० र राजपुर नगरपालिकामा २३ वटा समूहमा ५८० जना महिलालाई प्रतिव्यक्ति ६५ हजारका दरले व्यवसाय सञ्चालन गर्नका लागि आर्थिक सहयोग गर्दै आएको उनले जानकारी दिए। उनीहरूको रोजाइ अनुरुपका कार्यक्रम सञ्चालनमा सहयोग गर्दै आइएको उनले बताए।

यसैबीच सोही परियोजनाअन्तर्गत सामाजिक सशक्तीकरणका लागि सामुदायिक सिकाइ तथा संरक्षण केन्द्र स्थापना गरेर लैङ्गिक हिंसा न्यूनीकरणका कामहरू भइरहेका कार्यक्रम संयोजक साहले बताए।

किशोरीलाई लक्षित गरी चन्द्रपुर नगरपालिकाभित्र परियोजना सञ्चालित पाँच वटा वडामा १० वटा सामुदायिक सिकाइ केन्द्र तथा संरक्षण केन्द्र सञ्चालनमा रहेका जनाउँदै उनले राजपुर नगरपालिकाभित्रका सात वडामा १४ वटा केन्द्र सञ्चालन भइरहेका उल्लेख गरे।

हालसम्म दुई हजार चार सय बालबालिकाले केन्द्रबाट रुपान्तरण पाठ्यांश (कोर्स) पूरा गरिसकेका साहले जानकारी दिए।

विद्यालय वा मदरसाबाट बाहिर भएका किशोरीलाई रुपान्तर विधिबाट जीवनोपयोगी सीप सिकाउँदै सामाजिक अभियानमा सहभागी गराउने र नेतृत्व विकासमा सहयोग गर्ने लक्ष्य राखिएको उनले सुनाए। सिकाइ केन्द्रहरू एक दिन बिराएर तीन घण्टाका दरले सञ्चालन गरिँदै आइएको जानकारी दिए।

महिलालाई व्यवसायसँगै आवश्यक तालिम, वित्तीय साक्षरता, समय समयमा प्रशिक्षण दिने र घरका पुरुषलाई समूहमा आबद्ध गराउँदै लैङ्गिक हिंसा तथा महिला अधिकारका बारेमा प्रशिक्षण दिँदै आइएको ग्रामीण विकास केन्द्रका अध्यक्ष पारस हुसेनले बताए।

समूहका महिलालाई वित्तीय साक्षरता, अन्तरपुस्ता संवाद, नेतृत्व विकासलगायत विविध पक्षका बारेमा नेतृत्व विकास गरी क्षमता बढाउन मद्दत पुग्ने विषयमा प्रशिक्षण दिइरहेको उनले बताए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
७ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस