शिक्षामा नयाँ सोच
२६ चैत्र २०७९
•
४ मिनेट पाठ
शिक्षामा नयाँ सोच
नयाँ वर्ष २०८० सँगै नयाँ शैक्षिक सत्र सुरु हुन्छ। अहिलेदेखि नै नयाँ वर्षको शैक्षिक स्थितिका बारेमा चर्चा सुरु भइसकेको छ। फेरि पनि स्कुलमा किताबको अभाव हुनेछ। कुनै काम पनि समयमा नहुने कस्तो रोग लागेको हो यो देशमा? किसानले खेती गर्ने बेलामा मल पाउँदैनन्। विद्यार्थीले पढ्ने बेलामा किताब पाउँदैनन्। वर्षौको उही रोइलो छ। पढाइको कुरा हुनेबित्तिकै यस क्षेत्रका विकृतिबारे पनि छलफल सुरु भइहाल्छ।




स्कुल शिक्षा यतिबेला स्थानीय सरकार मातहत आइसकेको छ। त्यसैले यसको गुणस्तर र सुव्यवस्थाका निम्ति पालिका सरकारले भूमिका खेल्न सक्छन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले किताब र पोशाक बेच्न नपाउने भन्दै चैत १७ गते परिपत्र जारी गरिसकेका छन्। उनको यो परिपत्रले कति काम गर्ने हो हेर्न बाँकी नै छ। यसैगरी देशैभरि पालिका सरकारले आफ्नो क्षेत्रका स्कुललाई व्यवस्थित बनाउनुपर्ने अवस्था छ।

किताबमा देखिएको एउटा दुःखलाई सजिलै निराकरण गर्न सकिन्छ। प्रत्येक वर्ष किताब परिवर्तन गर्ने परिपाटी देखिन्छ। स्कुल कलेजका किताब केही वर्षका निम्ति तिनै काम लाग्ने हुन सक्छन्। बर्सेनि तिनलाई परिवर्तन गरिरहनुपर्ने आवश्यकता किन परेको हो? केही वर्ष यी किताब काम लाग्ने भए त्यसैलाई जोगाएर नयाँ विद्यार्थीले पढ्न पाउँछन्। प्रत्येक वर्ष किताब छापेर ठाउँमा पुर्‍याउन सकिएन भन्ने गुनासो पनि कम हुन्छ।

आजको दिनमा किताब मात्र ज्ञानको स्रोत हुन सक्दैन। कुनै पनि विषयमा आज इन्टरनेट सूचना र ज्ञानले पूर्ण छ। यस्ता विद्यार्थीलाई विषयअनुसार खोज गर्ने र कक्षाकोठामा छलफल गर्ने बानी लगाउन सकिन्छ। यसले किताबमा सीमित ज्ञानभन्दा भिन्न थप जानकारी पाउनबाट विद्यार्थी अग्रसर हुन्छन्। स्कुललाई सिकाइको केन्द्र बनाउन सकिन्छ। विद्यार्थीलाई स्कुल जाऔँ-जाऔँ जस्तो बनाउन अनेकन क्रियाकलाप गराउन सकिन्छ। कैयन् स्कुलले यो विधि अपनाएका पनि छन्।

अहिले आएर सार्वजनिक स्कुलले पनि गुणस्तरमा सुधार गरेको देखिन थालेको छ। ती सुध्रिएका स्कुलमा छात्रछात्राको लाम लाग्न थालिसकेको छ। विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयमा भर्ना पाउन विद्यार्थीले प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। सार्वजनिक स्कुलमा विद्याथीको आकर्षण कम हुँदै गएका बेला केहीले आफ्नो पढाइमा सुधार गरी उम्दा बन्ने अभियान पनि सुरु भएको छ। यस्तो अभ्यास देशभर भइरहेको छ। सँगै बिग्रिएका स्कुलको विवरणपनि ठूलो छ।

सार्वजनिक स्कुल सुधार गरी तिनलाई भरपर्दो बनाउने हो भने विद्यार्थीको शिक्षाको स्तर मात्र राम्रो हुँदैन, त्यसले राज्यको लगानीको समेत सदुपयोग हुन्छ। शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकारको समन्वयात्मक भूमिका हुने हो भने परिवर्तन सम्भव छ। कुनै बेला देशका सार्वजनिक स्कुल अग्रणी रहेका हुन्। कालान्तरमा सार्वजनिक शिक्षा कमजोर पारेर निजी क्षेत्र पोस्ने नीति बनाएको पनि देखिएकै हो। सार्वजनिक शिक्षा निःशुल्क भए पनि अभिभावकले गुणस्तरका निम्ति निजीमा आफ्ना सन्तानलाई पठाउनैपर्ने बाध्यता आइलागेको हो।

देशको भविष्य सुधार गर्ने हो भने शिक्षा सुधार गर्नै पर्छ। विश्वका जुन–जुन मुलुकले सार्वजनिक शिक्षामा ध्यान दिएका छन्, तिनको प्रगति भएको छ। हामीकहाँ भने शिक्षा पनि दाताका अनेकन अजेन्डाको शिकार भएको छ। देशको आवश्यकता र यहाँको परम्पराअनुसार शिक्षादीक्षा दिने भन्दा पनि दाताको चाहनाअनुसार यहाँको नीति चलेको देखिएको छ। आमनागरिकको शिक्षा प्राप्तिको चाहना कतैबाट पनि कुण्ठित नहुने परिपाटी हुनुपर्छ।

देशभित्र मात्र होइन, देशबाहिर गएर पनि राम्रो शिक्षा लिएर आउन सक्ने वातावरण बनाउनुपर्छ। शिक्षाका निम्ति जाँदा यति र उति डलर खर्च भयो भनेर चिन्ता गर्नु भन्दा पनि त्यसबाट सिकेका विद्यार्थी देशमा कति आए भन्ने चिन्ता आवश्यक छ। विदेश अध्ययनमा जान चाहनेलाई ‘नो अब्जेक्सन लेटर’ वा यस्तै अन्य बहानामा रोक्नु आवश्यक छैन। छिमेकी चीनले बर्सेनि पश्चिमा विश्वविद्यालयमा आफ्ना विद्यार्थी पठाएर शिक्षाको प्रबन्ध गर्छ। त्यसैले गर्दा उसलाई अहिलेको आवश्यकताअनुसारको जनशक्ति प्राप्त भइरहन्छ।

हाम्रो मुलुकमा नीतिगत अस्थिरता सबैभन्दा ठूलो समस्याका रूपमा रहेको छ। कुनै एउटा मन्त्री आउँदा एउटा नीति र अर्को आउनासाथ त्यसलाई फेर्ने आवश्यकता हुँदैन। देशले सकेसम्म दीर्घकालीन नीति बनाएर कार्यान्वयनमा जानु उचित हुन्छ। शिक्षा क्षेत्रमा आज विश्वले अग्रणी भूमिका खेलिरहेको छ। कैयन् मुलुकले आफ्ना बालबालिकालाई प्रतिस्पर्धी बनाउन ठूलो लगानी गरेका छन्। हाम्रो शिक्षालाई कसरी बढीभन्दा बढी नागरिकलाई लाभदायी बनाउने भन्ने सोचको सर्वथा अभाव छ।

अहिलेसम्म शिक्षा क्षेत्रमा सुधार हुन नसकेका पक्षमा ध्यान दिँदै नयाँ वर्षदेखि यसमा बढ्ता ध्यान दिनुपर्छ। कुनै पनि मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्र सुधार भयो भने आमनागरिकमा सरकारप्रति बढ्ता आशा जाग्छ। आज आमनागरिकमा रहेको वितृष्णा घटाउन पनि शिक्षा क्षेत्रमा सुधार आवश्यक भएको हो। पढाइ सक्न पाएको छैन, त्यसबाट प्राप्त ज्ञान र सिपको सदुपयोग गर्न नसकी खाडीमा जान तयार हुने जाशक्ति उत्पादन गरेर मात्र पुग्दैन। देशका समस्या समाधान गर्ने जनशक्ति उत्पादन गर्न सक्दा मात्र यसले अपेक्षित परिणाम दिन सक्छ। नयाँ वर्षले यस दिशामा सोच्न प्रेरित गरोस्।
अर्को समाचार
शिक्षामा नयाँ सोच
१० मंसिर २०८३
•
५ मिनेट पाठ
शिक्षामा नयाँ सोच
विद्यार्थीलाई विद्यालयको अति व्यवसायीकरण र अभिभावकको असीमित आकांक्षाबाट मुक्त गरिनु नै आजको आवश्यकता हो। झन्डै १२ घण्टाभन्दा बढी एकै ठाउँमा अलमल्याई थुनेर राख्नु राम्रो कुरा होइन। परीक्षामा राम्रो ग्रेड ल्याउने महत्त्वाकांक्षामा बढी घोकाउने, एउटै कोठामा थुनेर राख्ने कार्यले केटाकेटीको बौद्धिक विकासमा बाधा पुग्ने हुन्छ।




राम्रो ग्रेड र धेरै संख्यामा परीक्षामा उत्तीर्ण गराउने तथा विद्यार्थी र अभिभावकलाई आकर्षित बनाउने सोचबाट विकसित यस किसिमको धारणाले विद्यालयको व्यवसाय प्रवद्र्धन होला तर प्रतिभा प्रस्फुटन हुन कठिन हुन्छ। यस किसिमको चलन प्रायः निजी विद्यालयमा त थियो नै, अहिले आएर कतिपय सामुदायिक विद्यालयमा पनि विद्यार्थी संख्या बढाउन निजी विद्यालयको सिको गर्न थालेका छन्।

आज पनि हाम्रा कतिपय शिक्षक वा अभिभावक केटाकेटीलाई आफूले चाहेजस्तो बनाउन खोज्छन्। शिक्षामा यो सोच असान्दर्भिक भइसकेको छ। केटाकेटीले चाहेजस्तो बन्न सहयोग पुर्‍याउनु अभिभावक र शिक्षकको कर्तव्य हुन आउँछ। यस्ता कुरामा अभिभावक, शिक्षक, विद्यालय र समग्र शिक्षण प्रक्रियामै बदलाव नआई सम्भव हुँदैन। विद्यालयको शैक्षिक र व्यवस्थापकीय सुधार एक पक्षको मात्र भूमिकाले हुँदैन। यसका लागि प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी, देशको शिक्षा नीति निर्माणमा प्रभाव पार्ने शिक्षाविद्, कर्मचारी र राजनीतिकर्मीहरूको ठुलो भूमिका हुन्छ।

अहिलेको शिक्षा प्रणालीमा विद्यालयको भूमिका ठुलो छ तर जसका निम्ति विद्यालय स्थापित भए, तिनका निम्ति आकर्षित हुने वातावरण बनाइएको छैन। विद्यालयमा केटाकेटीका लागि मनोरञ्जनात्मक ढंगले कक्षाकोठा आनन्ददायी बन्न नसक्दा र त्यहाँ केटाकेटीको इच्छा, विचार, जिज्ञासा र प्रयोगलाई कम वास्ता गरिँदा विद्यालय जानु नपरे हुन्थ्यो भन्ने मनोविज्ञानमा केटाकेटी देखिन्छन्।

केटाकेटी उच्छृंखल पनि बन्न जाने हुन्छन्। कतिपय शिक्षकले नियन्त्रणका लागि कडाइ पनि गर्न चाहन्छन्। तर, केटाकेटीलाई तह लगाउन जति प्रयत्न गरे पनि सम्भव नहुँदा शिक्षक असन्तुष्ट हुन्छन्। उता परीक्षामा केटाकेटीले राम्रो ग्रेड ल्याउन नसक्ने हुन्छन् र अभिभावक विद्यालय र शिक्षकसँग असन्तुष्ट बन्न पुग्दछन्।

विद्यालयका कक्षाकोठामा लामो समय बस्नुपर्ने हुँदा त्यहाँ मनोरम वातावरण र शिक्षकको आकर्षक व्यवहारको जरुरी छ। विद्यार्थीअनुकूल कक्षाकोठा नहुँदा विद्यार्थीलाई छटपटी हुन्छ। अनि तिनलाई रिस उठ्नु, दिक्क लाग्नु अस्वाभाविक हुँदैन। उपयुक्त वातावरण नभएका कक्षाकोठामा पढ्ने केटाकेटी यस्ता कुरा सहन बाध्य छन्। बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म एउटै कक्षाकोठाभित्र बस्न कम कठिन कुरा भएन। तर, मन नपर्दा नपर्दै पनि केटाकेटी सहेरै बस्ने गरेकै छन्।

शिक्षाका आजका चुनौती हिजोका जस्ता छैनन्। हिजो विद्यार्थी जसरी पनि शिक्षाको अवसरको खोजीमा सीमित थिए र केटाकेटीलाई विद्यालयमा सरिक गराउन बढी मिहिनेत गरिन्थ्यो तर आजको पुस्ता शिक्षाको गुणस्तरको खोजीमा छ। हाम्राजस्ता मुलुकमा शिक्षाको स्तर वृद्धिका लागि सरकारी अनुदानमा मात्र निर्भर नरही निजी स्रोतको सहभागिता पनि त्यत्तिकै जरुरी छ।

सुधार र समाज रूपान्तरणका जति कुरा गरे तापनि लामो समयदेखि शिक्षाक्षेत्र संक्रमणकालमै जेलिँदै आएको छ। यसरी विगतदेखि समस्या बल्झँदै आउँदै गरेको अवस्थामा वर्तमानमा समस्या थपिँदा झन् पेचिलो हुँदै आउन थालेको आभास दिलाउँछ। यसले गर्दा वर्तमान सरकार आएको त धेरै समय भएको छैन। यो अल्प अवधिमा शिक्षाको गति र मति भएन भन्न त मिल्दैन तर पनि अवस्था गम्भीर छ, सजग हुन भने जरुरी छ। सुरुवात राम्रो हुन सके भविष्य सकारात्मक बन्ने आशा राख्न सकिन्छ। तर, सुरुवातमै बिराउन थालियो भने त्यसपछिका दिनहरू झन् झन् बिग्रँदै जाने हुन्छन्।

हाम्रो शिक्षा क्षेत्रमा बहुआयामिक जटिलतालाई कसरी चिर्ने भन्ने समस्या यथावत् छन्। मुलुकभित्र विज्ञसँगको परामर्श, अन्य मुलुकका सफल अभ्यास अवलोकन गरी नीति निर्माणमा सहयोग पुर्‍याउन खोज्नुका साथै परिपक्व राजनीतिको नीति निर्माणमा सहयोग पुर्‍याउन खोज्नुका साथै परिपक्व राजनीतिको खाँचोको पनि त्यत्तिकै महसुस गरिएको छ।

आजको पुस्ता भनेको नै साइबर पुस्ता हो। यो पुस्ताअनुकूलको निम्ति नवीनतम प्रविधिको खोजी हुनु जरुरी छ। प्रविधि र एआई एउटा शक्तिशाली औजारको रूपमा देखापरिरहेको छ। यस्ता औजारलाई सञ्चालन गर्ने शिक्षण संस्थाहरूसम्म पुर्‍याउन, तिनलाई यस विषयको स्पष्ट शिक्षण दिन, प्रभावकारिता ल्याउन र व्यक्तिको क्षमता वृद्धि गर्न कसरी सकिन्छ, त्यो पनि एउटा समस्याकै रूपमा विद्यमान छ। बालबालिकासम्म यस किसिमको सूचना प्रवाह गर्न उपयुक्त प्रविधि प्रयोग हुन नसके उनीहरूको भविष्यका लागि प्रत्युत्पादक बन्न सक्दछ। यथार्थमा केटाकेटीको क्षमताभन्दा बढी भारी बोकाउन भने खोजिनु हुँदैन।

हुन त व्यावसायिक शिक्षण संस्थाहरू बढी सेवामूलकभन्दा नाफामूलक बन्दै जानु, कलिला बालबालिकालाई पनि नवीनतम बोझिला सूचना प्रवाह र प्रयोग गराउन खोज्नु र अभिभावकलाई आकर्षित गराई विद्यार्थी संख्या बढाउने काम गर्नु चाहिँ शैक्षिक कार्य मान्न सकिँदैन। अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ र अनिवार्य तथा निःशुल्क शिक्षा नियमावली, २०७७ समेत व्यवस्था भएको सन्दर्भमा निःशुल्क शिक्षा ऐन, २०७५ को दफा ३ मा प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षामा समतामूलक पहुँच हुने व्यवस्था उल्लेख गरिएको छ।

त्यस्तै, दफा ४ ले शिक्षा प्रदान गर्ने दायित्व राज्यको तोकेको छ। शिक्षालाई सेवामूलकका रूपमा स्वीकारिएको छ। यसमा सार्वजनिक होऊन् वा निजी लगानीका वा गुठीअन्तर्गत सञ्चालित किन नहुन्, सबै सेवामूलकअन्तर्गत पर्नुपर्छ।

नेपालमा युवा पुस्ताका लागि सूचना प्रविधि, डिजिटल डिजाइन, भाषिक तथा अनुवाद, लेखन, डेटा विश्लेषण, अनलाइन शिक्षण र उद्यमशीलता सीप विकाससम्बन्धी शिक्षा प्रणाली चाहिन्छ। जुन शिक्षा डिग्रीकेन्द्रित मात्र नभएर व्यावहारिक सिप, सिर्जनात्मक सोच र नवप्रवर्तनउन्मुख हुनु जरुरी छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस