विद्युतीय शवदाह
२१ वैशाख २०८१
•
४ मिनेट पाठ
विद्युतीय शवदाह
पशुपति क्षेत्र विकास कोषले आगामी साउनदेखि विद्युतीय शवदाहलाई निःशुल्क बनाउने भएको छ। अहिले यसरी शवदाह गर्दा चार हजार पाँच सय रुपियाँ शुल्क लाग्थ्यो। यो नियम कार्यान्वयनमा आएपछि विद्युतीय मेसिनबाट शवदाह गर्न चाहनेले एक पैसा पनि तिर्नुपर्दैन। शुल्क मात्र हैन, वातावरण र अन्य पक्षबाट हेर्दा पनि कोषको यो पहल सकारात्मक मान्नुपर्छ।




कोषका अनुसार हाल प्रतिदिन सरदर १५ देखि २० वटासम्म शव विद्युतीय मेसिनबाट दाह गरिन्छ। त्यसैगरी ४० देखि ५० वटा शव दाहको माध्यमचाहिँ दाउरा हुने गरेको छ। यसरी विद्युतीय मेसिनबाट दाह गर्दा निःशुल्क बनाउनुका धेरै राम्रा पक्ष छन्। जस्तो– यतिबेला संघीय राजधानी काठमाडौँ विश्वकै प्रदूषित शहरको सूचीमा सूचीकृत हुन पुगेको छ। जसको मुख्य कारण धुवाँ पनि हो। प्रत्येक दिन ५० को हाराहारीमा शव जलाउँदा निस्कने धुवाँले अन्ततोगत्वा प्रदूषणलाई नै साथ दिने हो। यो कार्यले धेरै मानिस दाउराभन्दा विद्युतीय मेसिनतर्फ आकर्षित हुने निश्चित छ। त्यसैले विद्युतीय शवदाहलाई प्राथमिकता दिने कोषको नीति सराहनीय छ।

अर्कोतर्फ नेपाल सरकार जनतासँग अधिक कर उठाउने राष्ट्रमा विश्वमाझ दरिएको छ। उदाहरणका लागि पेट्रोलियम पदार्थ र सवारी साधनमा लिइने करले सर्वसाधारणको ढाडै सेक्ने गरेको छ। कर तिर्न एक दिन मात्र ढिला भएमा पनि दोब्बर/तेब्बर असुल्ने प्रक्रिया मुलुकले अंगालेको छ। यस्तो अवस्थामा बाँचुन्जेल करै कर, जरिवानै जरिवाना तिर्दा तिर्दा हैरान एउटा नेपाली मरिसकेपछि पनि शुल्क तिर्न बाध्य हुन्थ्यो। यसको अन्त्य हुनु निश्चय नै सुखद कुरा हो । तर, विद्युतीय शवदाह गृहको व्यवस्था राजधानीमा मात्र हुँदा यो  सुविधाबाट बाँकी देश विमुख हुनु उचित हुनसक्तैन।

पशुपतिनाथका नाममा १८ हजार रोपनीभन्दा बढी जग्गा छ । यस अर्थमा  आराध्य देवता पशुपतिनाथ नेपालका सबैभन्दा ठूला ‘जमिनदार’ हुन्। उनका अन्य सम्पत्ति पनि धेरै छन्। जसलाई पहुँचवालाले ‘लुटको धन, फुपूको श्राद्ध’ बनाइरहेका छन्। तर पशुपति क्षेत्रभित्र शौच गरेको र अन्य धार्मिक कार्यका लागिसमेत शुल्क तिर्नुपर्ने अवस्था थियो। एकातिर दैनिक लाखौँ रुपियाँ भेटी उठ्ने अर्कोतिर जे गर्न पनि सर्वसाधारणबाट पैसा उठाउने कार्य गलत हो। पूजाआजाका नाममा भक्तजनले चढाउने/स्वस्फूर्त दान गर्ने रकमले नै धेरै ठूलो खर्च धान्न सक्छ, परिसरलाई व्यवस्थित तुल्याउन। भारतको तिरूपति बालाजीमा यस्तै आर्जनबाट दैनिक हजारौँ मानिसले निःशुल्क भोजन गर्न पाउँछन्। अन्य मन्दिरमा पनि यस्ता दृश्य देख्न सकिन्छ। तीभन्दा कम हैसियत नेपाल निवासी हाम्रा भोले बाबाको पनि हैन। यस अर्थमा पशुपति क्षेत्रमा हुने कुनै पनि कामका लागि आर्थिक बोझ सर्वसाधारणलाई बोकाउन जरुरी छैन। कोषले ढिलै भए पनि यो वास्तविकता महसुस गर्नु राम्रो पक्ष हो।

धार्मिक मान्यता र आस्थाका कारण अझै पनि धेरै हिन्दु आफन्तलाई विद्युतीय मेसिनमार्फत दाह गराउन रुचाउँदैनन्। धार्मिक आस्थासँग जोडिएको यो विषयलाई जबर्जस्ती गराउन नमिले पनि विद्युतीय मेसिनद्वारा दाह गराउन आकर्षित गराउने यस्तै परिपाटी अपनाएर हो। अब शव जलाउन दाउरा प्रयोग न्यून गर्दै विद्युतीय मेसिनप्रति आकर्षण बढाउन विशेषगरी धार्मिक गुरुहरूलाई परिचालन गर्ने रणनीति अपनाउनु वेश हुनेछ। यसका राम्रा पक्ष सञ्चार माध्यममार्फत प्रचारप्रसार गर्न सक्दा विद्युतीय दाहसंस्कार झनै प्रभावकारी हुन सक्छ।

खासमा नेपाल कतिपय कुरामा नभएरभन्दा पनि व्यवस्थापन गर्न नजानेर पछाडि परिरहेको छ। खानपिनको कुरा होस् या मन्दिरको आम्दानी सदुपयोग गर्ने कुरा, हामीले ‘माल पाएर पनि चाल नपाएको’ अनुभव भइरहेको छ। एकातिर देवताका नाममा चढाइएको वा पहिल्यै भएको सम्पत्ति टाठाबाठा वा मन्दिरसँग विभिन्न साइनो लगाउनेले खाइदिने अर्कोतर्फ त्यही मन्दिर र परिसरको हालत भने नाजुक हुने यथार्थ सबैतिर देखिँदै आएको हो। यस्तो अवस्थामा कोषले विद्युतीय शवदाहप्रति आकर्षण वृद्धि गर्न लिएको पहलकदमी सबैतर्फबाट सही मान्नुपर्छ।

कोषले आफ्नै विशेषगरी अचल सम्पत्तिको लेखाजोखा गर्न सकेको छैन। उठ्नुपर्ने करोडौँ वक्यौता उठाउन सकेको छैन। कुत उठ्न उत्तिकै बाँकी छ। यसको दर पनि समयसापेक्ष हुन सकेको छैन। नाम मात्रको भाडा तिरेर बस्नेहरूले नै कोषको सम्पत्ति कब्जा गरेका अवस्था छ। यस्तो अवस्थामा अब कोषले यी सम्पूर्ण समस्या समाधान गरी आफ्नो सम्पत्ति संरक्षण गर्ने र त्यसको अधिकतम सदुपयोग गर्ने दृढ संकल्प गर्न जरुरी छ। यस्तो अवस्थामा कोषको सर्वत्र प्रशंसा त्यसरी नै हुनेछ, जसरी अहिले विद्युतीय शवदाहलाई निःशुल्क बनाउने भन्दा भयो।  
अर्को समाचार
दुई करोड ३० लाखको लागतमा कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण
०१ भदौ २०८२
•
२ मिनेट पाठ
दुई करोड ३० लाखको लागतमा कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण
झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ।




कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो। विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु २० लाख र विभिन्न दाताको रु १० लाख लगानी रहेको छ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिए। 'शवदाह गृह सञ्चालनका लागि कार्यविधि नै बनाएका छौँ,' उनले भने, 'एक साताभित्रै विधिवत रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ।'

कन्काई घाट व्यवस्थापन समितिका महासचिव एवं विद्युतीय शवदाह गृह पूर्वाधार निर्माण समितिका संयोजक गोपाल खरेलले भारतीय प्राविधिक टोलीले विद्युतीय शवदाह गृह निर्माणको काम सम्पन्न गरेर फर्किसकेको जानकारी दिए।

गत साउन २७ गते परीक्षणका क्रममा झापा गाउँपालिका पन्थापाडाकी ८० वर्षीया हेमती राजवंशीको शव दहन गरिएको उनले बताइन्। विद्युतीय शवदाह गृहबाट एउटा शव दहन हुन करिब ५० मिनेट लाग्ने उनले बताइन्। दाउराको प्रयोग गरेर शव दहन गर्दा तीनदेखि साढे तीन घण्टा लाग्ने उनले बताइन्।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा ल्याएको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेको थियो।

निर्माण सम्पन्न भएसँगै कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीयस्तरबाट उठेको माग सम्बोधन भएको छ। विसं २०६७ मा स्थापना भएको कनकाई घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा छ। विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि दाहसंस्कारमा प्रयोग गरिने दाउरा र समयको बचत हुने छ भने वातावरण संरक्षणमा पनि मद्दत मिल्ने जनाइएको छ। रासस
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस