अम्मली सरकार
२७ वैशाख २०८१
•
३ मिनेट पाठ
अम्मली सरकार
चुरोट तथा सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छन्। यसलाई थप पुष्टि गर्नुपर्ने आवश्यकता छैन। त्यसैले मानव स्वास्थ्यका लागि यिनको सेवन र कारोबारबाट जति टाढा रह्यो, त्यति नै फाइदा हुन्छ। विडम्बना, नेपालमा सरकारहरू यिनै चुरोट तथा सुर्तीजन्य कारोबार गर्ने उद्योगीप्रति रहस्यमय तवरबाट सहानुभूति व्यक्त गर्दै आएका देखिन्छ। यसबाट प्राप्त हुने राजस्वको लोभमा सरकार लटपटिएको पनि देखिन्छ। यसको सेवनबाट जनस्वास्थ्यमा परेको गम्भीर असर र राज्यले त्यसका निम्ति गर्नुपर्ने खर्च राजस्वको तुलनामा कैयन गुणा बढी छ।




कुनै पनि कुराको सीमा हुन्छ। अनि तिनलाई नियमन र अनुगमन गर्ने मापदण्ड पनि तयार गरिएका हुन्छन्। सुर्तीजन्य पदार्थमा पनि यस्तो मापदण्ड कायम छ। विश्व स्वास्थ्य संगठनले यस्ता पदार्थको सेवन र कारोबार न्यून गर्ने उद्देश्यले मापदण्ड तोकेको छ। जसअनुसार बिक्री मूल्यमा ७५ प्रतिशत कर लगाउनुपर्छ। जबकि नेपालले प्रत्येक वर्षको बजेटमा यस्ता पदार्थको कर बढाउँदै जाँदा पनि भर्खर ३३ प्रतिशत पुगेको छ। यस्तो गतिविधि विश्व स्थास्थ्य संगठनको नियमको बर्खिलाप त हुँदै हो जनताको स्वास्थ्यप्रति पनि खेलवाड हो।

छिमेकी मुलुककै कुरा गर्ने हो भने श्रीलंकाले यस्ता पदार्थमा ७७ प्रतिशत कर लगाउँदै आएको छ भने बंगलादेशले ७३ प्रतिशत लगाउँदै आएको छ। अनि भारतले भने ५८ प्रतिशत लगाउँदै आएको छ। यसरी हेर्दा अन्य देशको तुलनामा नेपालले सुर्तीजन्य पदार्थमा लगाएको कर आधा भन्दा पनि कम देखिन्छ। सरकारलाई यस्तो बाध्यता किन आइप¥यो ? उत्तर खोज्ने बेला आएको छ।

सुर्तीजन्य पदार्थ मन्द विष भएकामा कुनै शंका छैन। जसबाट बर्सेनि लाखौँ मानिसको मृत्यु हुँदै आएको छ। यो एकप्रकारको लत हो जसलाई ‘पागल रोग’समेत भनिँदै आएको छ। लत भएकै कारण शतप्रतिशत निर्मूल हुन नसके पनि यसलाई न्यून गर्न सकिन्छ। र, जसका लागि सबै भन्दा प्रभावकारी उपाय कर वृद्धि हो। करले मूल्य वृद्धि हुन्छ। मूल्य वृद्धि भएपछि सेवन केही हदसम्म भए पनि घट्छ। जस्तो– अमेरिकी नेसनल क्यान्सर इन्स्टिच्युटका अनुसार पनि मूल्य १० प्रतिशत बढ्दा खपत पाँच प्रतिशतले घट्ने गर्छ। यसबाट पनि थाहा हुन्छ कि यसको सेवन घटाउने मुख्य उपाय नै करमार्फत मूल्य वृद्धि हो।

नेपाल सरकार किन यो वास्तविकता बुझ्न चाहिरहेको छैन ? प्रश्न गम्भीर छ। ठीक छ, राजस्व बढ्छ भन्ने तर्क गर्न सकिन्छ। पहिलो कुरा त आफ्ना नागरिकको स्वास्थ्य भन्दा ठूलो राजस्व ठानिन्छ भने त्यो महाभूल हो। दोस्रो कुरा, नेपालमा कर सस्तो भएकै कारण भारतमा चुरोट र सुर्तीजन्य पदार्थ अवैधरूपमा गइरहेकाले उल्टै नेपालले राजस्व गुमाइरहेको छ। तेस्रो कुरा, यस्ता पदार्थबाट उठ्ने राजस्व भन्दा यस्ता पदार्थका कारण उत्पन्न हुने समस्या निदानका लागि त्यो भन्दा आठ गुणा बढी खर्च लाग्ने अध्ययनको निष्कर्ष छ। जस्तो–नेपालमा चुरोट र सुर्तीजन्य पदार्थबाट बर्सेनि करिब ६ अर्ब राजस्व उठ्छ भने यस्ता पदार्थका कारण लाग्ने रोगको उपचारका लागि ४० अर्ब रुपियाँ भन्दा बढी खर्च हुने गर्छ। यस्तो अवस्थामा हामी गुमाइरहेका छौँ कि कमाइरहेका छौँ ? गम्भीरपूर्वक सोच्न ढिला भइसकेको छ।

उसै पनि हाम्रो सरकार राजस्व भनेपछि मरिहत्ते हाल्न थालेको देखिँदै आएको छ। जसका लागि आमजनताको सुरक्षा, स्वास्थ्य, प्रगति अवरुद्ध भए पनि उसलाई कुनै मतलव हुँदैन। सुर्तीजन्य पदार्थबाट उठाइने राजस्व ‘भुइँको टिप्न खोज्दा पोल्टाको पोखिएको’ हुँदै आएको छ। अहिले चुरोट र सुर्तीजन्य पदार्थप्रति देखिएको ‘रहस्यमय सहानुभूति’ यसको ज्वलन्त प्रमाण हो। आखिर किन केही सीमित व्यापारीप्रति नतमस्तक हुन्छ हाम्रो सरकार ?, के छ उनीहरूसँग डराउनुपर्ने कारण ?, के तीन करोड नेपालीको स्वास्थ्यभन्दा केही सीमित व्यापारीको ‘नाफा’ र ‘प्रगति’ ठूलो हुन सक्छ ? जबसम्म यस्ता प्रश्नमा गम्भीर भएर सोचिँदैन तबसम्म नेपालीले अम्मलप्रेमी सरकारको सामना गर्नुपर्ने दिन सकिने छैनन्। 
अर्को समाचार
सरकारीमा छैन रेबिजविरुद्धको नि:शुल्क खोप, चर्को मूल्यमा निजी मेडिकलबाट खरिद गर्न बाध्य सेवाग्राही
२३ वैशाख २०८२
•
१ मिनेट पाठ
सरकारीमा छैन रेबिजविरुद्धको नि:शुल्क खोप, चर्को मूल्यमा निजी मेडिकलबाट खरिद गर्न बाध्य सेवाग्राही
यहाँको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप (एआरभी) अभाव भएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीबाट अस्पताललाई खोप उपलब्ध नहुँदा अभाव भएको हो।




अस्पतालबाट निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको रेबिजविरुद्धको खोप अभाव भएपछि सेवाग्राही मर्कामा परेका हुन्। 'एक हप्ता अगाडिसम्म अस्पतालमा ६० भाइलसम्म खोप उपलब्ध थियो,' अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले भने, 'अहिले पूरै सकिएको छ, सार्वजनिक सूचनानै जारी गरेर रेबिजविरुद्धको निःशुल्क खोप अभाव भएको जानकारी गराइसकेका छौँ।'

आपूर्ति व्यवस्थापन केन्द्रबाट उपलब्ध हुने निःशुल्क खोप अभाव भएकाले उनले सेवाग्राहीले बाह्य क्षेत्रका मेडिकलबाट खोप खरिद गरेर ल्याएमा अस्पतालका स्वास्थ्यकर्मीले लगाइदिने बताए।

'रेबिजविरुद्धको खोप लगाउने कार्य बन्द गरेका छैनौँ,' उनले भने, 'खोप अभावले निःशुल्क सेवा मात्रै छैन।' उनका अनुसार महिनामा अस्पतालमा रेबिजविरुद्धको ४०० देखि ५०० भाइल खोप खपत हुने गरेको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमै खोप अभाव भएकाले खोप उपलब्ध हुन एक हप्ता लाग्ने जानकारी पाएको उनले बताए।

अस्पतालसँगै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीहरूमा पनि निःशुल्क उपलब्ध हुँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ। पिपलाडी स्वास्थ्य चौकीका प्रमुख दुर्गा भट्टका अनुसार रेबिजविरुद्धको खोप अभाव भएको तीन साता बढी भइसकेको छ। माग गर्दै आए पनि हालसम्म आपूर्ति हुन नसकेको उनले जानकारी दिए।

खोप अभाव भएपछि चर्को मूल्यमा सेवाग्राहीले निजी मेडिकलबाट रेबिजविरुद्धको खोप खरिद गर्न बाध्य छन्। रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस