बजेटबिनाको ‘विकासे गफ’
१९ असार २०८१
•
४ मिनेट पाठ
बजेटबिनाको ‘विकासे गफ’
सरकारले हरेक वर्ष बजेट जारी गर्छ। आगामी वर्षका लागि गरिएको स्रोतको अनुमान र व्ययको क्षेत्र निर्धारण गरेको हुन्छ बजेटले। त्यसैले बजेट सम्पूर्ण जनतासँग प्रत्यक्ष/अप्रत्यक्षरूपमा जोडिएको हुन्छ। एउटा व्यक्ति, घर/परिवारदेखि कुनै संगठित निकाय हुँदै राष्ट्रसम्म सुव्यवस्थितवरले सञ्चालन गर्न खर्च आवश्यक पर्छ। यही खर्चको जोहो र स्रोत/साधन पहिचान गर्ने कार्य नै बजेटको मुख्य पक्ष हो।




यसर्थ बजेटको आकार आफैँमा महŒवपूर्ण है। विशेषगरी बजेटमा चालु र पुँजीगत गरी दुईखाले शीर्षकमा विनियोजन गरिएको हुन्छ भए जति स्रोतलाई । मुलुकको दैनिक प्रशासनिक कार्यहरू, सामाजिक सुरक्षा कार्यक्रमहरू, कर्मचारीको तलब तथा सुविधा, ऋणको सावा ब्याजलगायत दैनन्दिन आवश्यक पर्ने खर्च चालुअन्तर्गत राखिएको हुन्छ। जुन रकम जसरी पनि मुलुकले जोहो गर्नैपर्छ। नत्र मुलुकको ‘लाइफ लाइन’ नै रोकिन पुग्छ।

अर्कोतर्फ पुँजीगत खर्च हुन्छ बजेटमा। जसले विकास निर्माणसँग सम्बन्धित योजना समेटेको हुन्छ। विशेषगरी विकास निर्माणसँग जोडिएका भौतिक पूर्वाधारका कामलाई विकासको अर्थमा लिँदै आएका छौँ हामीले। यसरी हेर्दा चालुगत खर्च जसरी पनि नगरिनहुने खर्च हो भने पुँजीगत खर्चचाहिँ बाँकी रह्यो भने गरिने खर्चका रूपमा लिइँदै आएको छ। त्यसैले राजस्व अर्थात् अन्य आम्दानीको हिस्सा पहिले चालु खर्चका लागि प्रयोग गरिन्छ भने बाँकी मात्र पूर्वाधारलगायत क्षेत्रमा।

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को कुल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँमध्ये पुँजीगत खर्चअन्तर्गत मात्र तीन खर्ब सात अर्ब ४५ करोड रुपियाँ विनियोजन गरेको थियो। जुन १७.२५ प्रतिशत हुन आउँछ। यो प्रतिशत पनि मध्यावधि समीक्षामार्फत अझै घटेको छ। यो यस्तो दरिलो प्रमाण हो जसले नेपालको बजेट विकासमुखी हैन, निर्वाहमुखी छ भन्ने पुष्टि हुन्छ। जबकि विज्ञहरूले पुँजीगत खर्च हाम्रो जस्तो देशका लागि कम्तीमा पनि ३५ प्रतिशत हुनुपर्ने बताउँदै आएका छन्।

सरकारले बजेटमार्फत नै वर्षभरको राजस्व यति उठाउने भनेर पनि अनुमान गरेको हुन्छ। तर बढी महŒवाकांक्षी भएर धेरै अनुमान गरेर होस् या विविध कमजोरीका कारण, अनुमानित राजस्व उठ्ने गरेको छैन। भ्रष्टाचारी कर्मचारी, राजस्व ठग्न हरदम प्रयासरत उद्योगी/व्यापारी अनि राजस्व बुझाउने र बुझ्नेबीच जुकाको भूमिका निर्वाह गर्ने बिचौलिया र यी सबैलाई आशीर्वाद प्रदान गर्ने राजनीतिक नेतृत्वका कारण राजस्व उठ्नुपर्ने जति उठ्दैन । यस्तो अवस्थामा कार्यक्रमहरू स्वतः कटौतीमा पर्ने नै भए । र, यसरी कटौती गर्नुपर्दा पालो आउने भनेको पुँजीगत खर्चकै हो किनकि चालु खर्च कटौती गर्ने ठाउँ नै हुँदैन।

एकातिर ‘समृद्ध नेपाल : सुखी नेपाली’ को नारा हामीले घन्काइरहेका छौँ। अनि समाजवादोन्मुख यात्रा पनि घोषणा गरेका छौँ। मुलुक समृद्ध हुनका लागि विकास, त्यो पनि हाम्रो जस्तो मुलुकमा तीव्रतर गतिमा हुनुपर्छ। यसका लागि स्रोत/साधन र बजेट आवश्यक पर्छ। तर छुट्याउने बेलामा आवश्यक बजेट पनि छुट्याउँदैनौँ विकासका लागि। यस्तो अवस्थामा हामीले कल्पना गरेको समृद्धि ‘वीरबलको खिचडी’ भन्दा पृथक नहुने निश्चित छ। विडम्बनाचाहिँ यो छ कि अझै पनि हामी समृद्ध नेपालको नारा लगाएर जनतालाई भ्रमित तुल्याउन भने छाडिरहेका छैनौँ।

खासमा हामीले पुँजी निर्माण गर्नै सकेनौँ। प्रत्येक दिन भित्रने अर्बौं रेमिटेन्सलाई उत्पादनमूलक काममा लगाउनै सकेनौँ। अनुत्पादक क्षेत्रमा बढ्दो लगानी नियन्त्रण गर्न सकेनौँ। आफ्नै रछ्यानमा उम्रने धनियाका लागिसमेत छिमेकी मुलुकमा पैसा पठायौँ । सारी नलगाउने जापानीहरूले बनाएका सारीका लागि उतै पैसो पठायौँ। जनै नलगाउने चिनियाँहरूले बाटिदिएका जनैका लागि पैसो उतै खन्यायौँ। उद्योगका नाममा व्यापारलाई जोड दियौँ। यहीँ उत्पादन गर्नुको सट्टा बाहिरबाट ल्याएर बेच्ने कामलाई प्राथमिकता दियौँ। आयातमार्फत राजस्व वृद्धि गरेर समृद्ध बन्ने सपना संगालिरह्यौँ। यी यस्ता केही कारण हुन् जसले पुँजी निर्माणमा अवरोध सिर्जना गरिरहेका छन्। हामीले चालु खर्चको दबाबका कारण पुँजीगत खर्चमा स्रोत छुट्याउन नसक्नुको मुख्य कारण यिनै हुन् भन्दा फरक नपर्ला।

एकातिर पुँजीगत खर्च विनियोजन नै दयनीय छ। अर्कोतर्फ यही बजेटमाथि पनि राजनीतिकर्मीदेखि कर्मचारी हुँदै बिचौलियासम्मको ‘गिद्धेनजर’ पर्ने गरेको छ। पाँच लाख विनियोजन भएको काममा एक लाख पनि खर्च नहुने अवस्था छ। जुन काम स्तरहीन हुने र दिगो नहुने समस्या उत्तिकै छ। यसरी हेर्दा भएकै थोरै स्रोत पनि दुरूपयोग हुने गरेको देखिन्छ।

आगामी आर्थिक वर्ष २०८१/८२ देखि लागु हुने गरी १६औँ पञ्चवर्षीय योजना लागु हुँदैछ। जसले योजना अवधिभर ७.१ औसत आर्थिक वृद्धिको लक्ष्य लिएको छ। यदि यो लक्ष्य पूरा गर्ने हो भने पुँजीगततर्फ ५० प्रतिशत बजेट छुट्याउनुपर्ने विज्ञहरूको सुझाव छ। जहाँसम्म यो सम्भव छ त भन्ने प्रश्न छ, यसका लागि राजस्व चुहावट र दुरूपयोग रोक्नुपर्छ। फजुल खर्च कटौती गर्नुपर्छ। परजीवी तŒवहरूलाई सखाप पार्नुपर्छ। यसका साथै भ्रष्टाचार नियन्त्रण गर्न सकियो भने यो सम्भव छ। 
अर्को समाचार
कर्णालीमा आर्थिक वृद्धिको मार्ग : कृषि, पर्यटन र जडीबुटी क्षेत्रमा नयाँ पहलको आवश्यकता
११ मंसिर २०८१
•
२ मिनेट पाठ
कर्णालीमा आर्थिक वृद्धिको मार्ग : कृषि, पर्यटन र जडीबुटी क्षेत्रमा नयाँ पहलको आवश्यकता
तस्विर : कर्णाली प्रदेश पोर्टल
कर्णाली प्रदेशको आर्थिक वृद्धिका प्रमुख क्षेत्र पर्यटन, कृषि र जडीबुटी हुन्। इन्टरनेशनल आइडिया नेपालद्वारा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बहुसरोकारवालासँगको छलफलमा कर्णालीको आर्थिक वृद्धि र यसका सम्भावनाबारे अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो।  




उक्त छलफलमा आइडिया नेपालका प्रादेशिक कार्यक्रम अधिकृत खगेन्द्र चाम्लिङ राईले प्रतिवेदन प्रस्तुत गर्दै यो अनुसन्धानमा आवधिक योजना, आर्थिक सर्वेक्षण, मुख्य व्यक्तिहरूसँगको साक्षात्कार, सरोकार भएकाहरूको विश्लेषण र अवलोकनबाट प्रदेशको आर्थिक सम्भावनाको विश्लेषण गरिएको बताए।  

उनले भने, “हामीले अनुसन्धान प्रतिवेदन निर्माणपश्चात् विषयगत बहुसरोकारवालाहरू जस्तो विकास साझेदार, महिला सरोकारवाला, उद्योग, व्यवसायी, नागरिक अगुवा, राजनीतिकर्मी, कर्मचारीहरूसँग छलफल गरेका छौँ।” जिल्लासहित प्रदेशस्तरीय बहुसरोकारवालासँग बसेर नीतिगत र कार्यान्वयन तहमा भएका समस्याको खोजगरी निष्कर्ष पुग्ने लक्ष्यसहितको योजना बनाइएको अधिकृत राईले जानकारी गराए।  

आइडिया नेपालका कार्यक्रम अधिकृत प्रमोद भगतले प्रदेश सरकारको अर्गानिक कर्णाली निर्माणको लक्ष्य, गोल्डेन ट्रयाङ्गल रुट, पर्यटन, भेरी तथा तल्लो कर्णाली क्षेत्रको कृषिको दीगो उत्पादन र पूर्वाधारलगायत विषय समेटिको प्रतिवेदनमाथि प्रस्तुति राखे।  

उक्त संस्थाका प्रादेशिक कार्यक्रम व्यवस्थापक प्रकाश झाले कर्णालीमा उपज वस्तुको मूल्य शृङ्खलालाई सरकारले ध्यान दिनुपर्नेमा जोड दिए। उत्पादित वस्तुहरूको बजारीकरण हुनसके यहाँका नागरिकको आयआर्जनमा वृद्धि हुने उनको विश्वास छ।  

छलफलमा आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता महेन्द्रजङ्ग शाहीले कणालीको पुँजी निर्माण गर्न वन क्षेत्रको उपयोग, सेवाको प्रभावकारिताका लागि सडक सञ्जाल र एकीकृत बस्ती विकास हुनुपर्नेमा जोड दिए।  

कार्यक्रममा सहभागी गाउँपालिका राष्ट्रिय महासङ्घका प्रदेश सदस्य तथा चौकुने गाउँपालिका सुर्खेतका अध्यक्ष खड्ग विकले कार्य प्रकृतिका आधारले सबै क्षेत्र र पेसा व्यवसायको पहिचान हुनुपर्ने, कार्यक्रमलाई वास्तविक किसानकहाँ पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।  

छलफलमा सहभागी सरोकार भएकाहरूले कर्णालीको आर्थिक वृद्धिका लागि वास्तविक तथ्याङ्कको अभिलेखीकरण, पूर्वाधार विकास, रैथानेबालीको ‘ग्रेडिङ’, ‘प्याकेजिङ’ तथा बजारीकरण हुनुपर्ने, सरकारले लघुउद्यम, कृषि, पर्यटन र जडीबुटीमा लगानीमैत्री वातारण सिर्जना गर्नुपर्नेलगायत सुझाव दिए। रासस
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस