दुर्घटनाको देश !
०९ भदौ २०८१
•
४ मिनेट पाठ
दुर्घटनाको देश !
नेपालमा फेरि ठुलो सडक दुर्घटना भएको छ। तनहुँको आबुखैरेनीमा शुक्रबार भएको दुर्घटनामा भारत, महाराष्ट्रका २७ भारतीय पर्यटकको मृत्यु भएको छ। दुई महिना मात्र अघिको सिमलताल दुर्घटनाको पीडा आलो छँदै घटित यो दुर्घटनाले मुलुकलाई नराम्ररी झस्काएको छ। मुग्लिन–नारायणगढ सडक खण्डमा रहेको सिमलतालमा पहिरोका परेर दुईवटा बस त्रिशूली नदीमा खसेका ३५ यात्रु अझै हराइरहेका छन्। आफन्तहरू शवसमेत नपाएको शोकमा छन्। दुर्घटनाको यो सिलसिला सडकमा मात्र रहेन। गत साउन ९ गते सौर्य एयरलायन्सको विमान त्रिभुवन विमानस्थलमै दुर्घटनाग्रस्त हुँदा विमानचालकबाहेक सबै १८ जनाको मृत्यु भयो। गएको साउन २३ गते मात्र एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटको शिवपुरी गाउँपालिकामा दुर्घटनाग्रस्त भेटियो, जसमा नेपाली चालक र चार चिनियाँ नागरिकले ज्यान गुमाए।




सडक होस् या आकाश, नेपाली भूमिमा भएका शृंखलाबद्ध यी दुर्घटनाले देशभित्र र बाहिर कस्तो सन्देश गइरहेको छ। यसबारे खासै छलफल, बहस भएको देखिन्न। तर, स्वाभाविक रूपमा आकलन के गर्न सकिन्छ भने खासगरी विदेशी पर्यटकहरूलाई नेपालका सडक मात्र होइन, आकाशसमेत असुरक्षित रहेको निष्कर्षमा पुग्न बल पुग्दैछ। यसको प्रमाण पोखरामा २०७९ माघ १ गते ७२ जनाको ज्यान जानेगरी भएको यति एयरलायन्सको दुर्घटनापछि देशले र सबैभन्दा बढी पोखराको पर्यटन क्षेत्रले भोगेको क्षतिलाई पनि लिन सकिन्छ। दुर्घटना सिलसिलाले देशभित्रकै नागरिकमा पनि यात्रा भनेकै जोखिमको पर्याय बनिरहेको छ। तर विकल्प नहुँदा ज्यान माया मारेरै भए पनि यात्रा गर्नुपर्ने बाध्यता जो छ।

यी त भए मानवीय दुर्घटना। यस वर्षका वर्षाका यी महिनाहरूले हामीलाई खतराको अर्को कारकसँग पनि साक्षात्कार गराएको छ, जसको चर्चा बढी तर प्रमाण कम देखिएको थियो। जलवायु परिवर्तनलाई धेरै समय पश्चिमा भाष्य भन्दै बेवास्ता गरिरहेका कतिपय हामी नेपालीलाई गत साउन ३२ को थामे बाढीले त्रसित बनाएको छ। बढ्दो तापक्रम र वर्षाले हिमनदी विस्फोट भएकै कारण थामेमा विनाश भएको बताइएपछि अब जुनसुकै बेला बाढी, पहिरो र यसका संकटहरूसँग संघर्ष गर्न देशवासी तयार भएर बस्नुपर्ने अवस्था उत्पन्न भएको छ। किनकि, हिमालको देश नेपालमा यस्ता थुप्रै हिमनदी छन्, जसको हलचलले ठुल्ठुला बाढी र पहिरो निम्त्याउन सक्छन्। र, यसले हामीले आफ्नो जीवनकालमै नदेखेको विपत्हरू सामना गर्नुपर्ने हुन सक्छ। थामेले हामीलाई भविष्यको सम्भावित क्षतिलाई थाम्न गर्नुपर्ने तयारीबारे पाठ सिकाएको छ।

यसै पनि प्राकृतिक रूपमा संवदेनशील भूगोल मानिने नेपालले २०७२ सालमा ठुलो भूकम्पसँग पनि जुध्नुप¥यो । नेपालमा ठुलो भूकम्प जान सक्छ भन्ने वैज्ञानिक चेतावनीका बाबजुद हाम्रो कमजोर तयारीले झन्डै नौ हजार मानिसको मृत्युसँगै लाखौं घाइते, अकल्पनिय भौतिक सम्पत्ति र सम्पदाको क्षति मुलुकले बेहोर्नुप¥यो । भूकम्पले परिवारजन गुमाउनेहरूको क्षतिको परिपूरणमा लामो समय लाग्ने नै भयो, यहाँ त भौतिक क्षतिको पुनर्निर्माणसमेत सकिएको छैन । भूकम्पबाट पाठ सिक्छौं र यसलाई मुलुक पुनर्निर्माणको अवसर बनाउँछौं भन्ने हाम्रा नीतिनिर्माता, राजनीतिकर्मी अहिले केमा व्यस्त छन् भन्ने हेर्ने मात्र हो भने पनि उनीहरू कति झुट बोलिरहेका थिए भन्ने प्रमाणित हुन्छ।

कुनै पनि प्रकोप प्राकृतिक हुँदैन, त्यसको कारण मानवीय क्रियाकलाप नै हुन्छ भन्ने पछिल्लो ज्ञानलाई मान्ने हो भने हाम्रा दुर्घटना, विपत्हरूमा हामी स्वयं नै जिम्मेवार छौं। भलै जलवायु संकटमा हामी हाम्रा कारणभन्दा पनि पश्चिमा विकसित देशहरूको गल्तीको सजाय पाइरहेका छौं तर आफूलाई जोगाउने जिम्माबाट हामी पन्छिरहेका छौं अर्थात् विगतबाट चेतिरहेका छैनौं। सडक तथा हवाई दसर्घटना, बाढीपहिरो, भूकम्प वा अन्य आपत्, हामीसँग यसलाई रोकथाम, नियन्त्रण गर्ने न पर्याप्त समझ देखिन्छ न भइसकेपछिको उद्धार र राहतमा प्रभावकारी पहल।

लाग्दैछ, प्राकृतिक रूपमा अतुल्य सुन्दर र उत्थानशील जनताको साथ पाएको देश नेपाललाई हाम्रा राजनीतिक दलका नेता, प्रशासनतन्त्र ‘दुर्घटनाको देश’ अर्थात् ‘असफल राष्ट्र’ बनाउने दिशामा छन्। एक त देशमा माथि उल्लेख गरिएका दुर्घटनाहरू तारन्तार भइरहेका छन्, अर्कातिर देशको जर्जर अर्थतन्त्रले युवालाई जतिसक्दो चाँडो देश छाड्ने बनाइरहेको छ। युवाविहीन देशमा न विकास सम्भव हुन्छ न विद्रोह। वृद्ध शीर्ष नेताहरू त्यही अविकास र एक हिसाबको मुर्दाशान्तिमा गठबन्धनको दाउ खेलिरहेका छन्। तर सहनुको पनि हद हुन्छ, सीमा हुन्छ। देश र जनताका अहं मुद्दालाई आलटाल गरेर सधैं सत्तालाई नै केन्द्रमा राख्ने घृणित खेल अब पनि जारी राख्ने हो भने मुलुकमा ‘राजनीतिक दुर्घटना’ हुनबाट कसैले रोक्न सक्दैन, जसको घानमा कमसेकम प्रमुख शीर्ष तीन दलको नेतृत्व पर्नेछन्। सुध्रने समय घर्किनुअघि नै बँच्ने मेलो खोज्न सके युगले सम्मान दिनेछ, नत्र इतिहासले कलंकित पात्रका रूपमा परिभाषित गर्ने पक्का छ। 
अर्को समाचार
राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए देश दुर्घटनामा जान्छ: महासचिव गुरुङ
११ फागुन २०७९
•
१ मिनेट पाठ
राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए देश दुर्घटनामा जान्छ: महासचिव गुरुङ
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जाने बताएका छन्।




रफ्त सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले देशलाई दुर्घटनाको बाटोमा जानबाट रोक्न पनि सहमतिको प्रयास जारी रहेको बताएका हुन्।

उनले भने, 'प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाउन सक्ने दलहरूले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउनुपर्छ, राष्ट्रपतिको सवालमा दलहरू ‘कोलिसन’ मा जान हुँदैन, राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल विदेशीको क्रिडास्थल बन्दै दुर्घटनाको बाटोतर्फ जान्छ, त्यसैले सहमतिको प्रयास जारी छ।'

सर्वमान्य, संविधानको रक्षक र गणतन्त्रको संरक्षकका साथै राष्ट्रिय स्वाधीनताको रक्षक बन्न सक्ने, सबै दलको साझा व्यक्तित्वलाई राष्ट्रपतिमा चयन गर्नुपर्नेमा गुरुङले जोड दिए।

महासचिव गुरुङले देशमा बढ्दो राजनीतिक अस्वस्थ प्रतिस्पर्धा र दलहरूको निषेधको राजनीतिले निरन्तरता पाए देश अफगानिस्तान र युक्रेन बन्ने भन्दै निषेधको राजनीति नभई सहमतिको राजनीतिलाई निरन्तरता दिनुपर्ने औँल्याए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतको पूर्णपाठ न आउँदै गृह मन्त्रालय माग्नुले पनि संविधान उल्लङ्घन गर्ने काम भएको महासचिव गुरुङको भनाइ थियो।

पूर्वराजा ज्ञानेन्द्रले संविधानको उल्लङ्घन गर्दै बाहिर ल्याएको वक्तव्यतर्फ सरकारको ध्यान जान नसक्नु र सरकारमै बसेको एक समूहले ढिला चाँडो गणतन्त्र उल्टाउने भन्दै दिएको अभिव्यक्तितर्फ समयमै ध्यान दिनुपर्ने उनले बताए।
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ६ सेकेन्ड अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस