सम्झँदा सम्झँदै बिर्सिएका बिपी
२५ भदौ २०८१
•
४ मिनेट पाठ
सम्झँदा सम्झँदै बिर्सिएका बिपी
यतिबेला मुलुक बिपीमय बनेको छ। जन्मजयन्तीका अवसरमा आइतबार बिपीलाई सम्झने काम भएको छ। उनले स्थापना गरेको दल नेपाली कांग्रेस मात्र होइन अन्य दलले समेत उनको महिमा गायन गरेका छन्। उनले जीवनकालमा नपाएको सम्मान अहिले पाएका छन्। उनलाइ आदर्श नेता भन्नेहरू यतिबेला प्रजातान्त्रिक व्यक्ति मात्र छैनन्, साम्यवादीहरूले पनि उनलाई उत्तिकै आफ्नो ठान्छन्।




निश्चित तिथिमितिमा नेताहरूलाई सम्झनु, मुलुक र राष्ट्रवासीका लागि उनीहरूले पुर्‍याएका योगदानको स्मरण गर्नु र पछिल्लो पुस्तालाई यसबारे जानकारी गराउन अनुचित हैन । अझ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका विश्वेश्वरप्रसाद कोइराला त यस्ता गतिविधिका लागि योग्य पात्र नै हुन्। यस्ता पात्र र प्रवृत्तिबारे विभिन्न कार्यक्रममार्फत जानकारी/सूचना हस्तान्तरण गरिएन भने विभिन्न कालखण्डका इतिहास नामेट हुँदै जान्छन्। त्यसैले पनि यो सर्वथा उचित छ।

यतिबेला नेताहरूका तिथिमिति र स्मरणयोग्य दिनलाई दुरूपयोग गर्नेहरू बढी देखिएका छन्। उनीहरूका नाममा आयोजित कार्यक्रममै पनि एकअर्कालाई गालीगलौज गर्ने, दोषारोपण गर्ने र आफू मात्र उनीहरूका अनुयायी दाबी गर्ने अनुचित कार्य हुँदै आएका देखिन्छन्। त्यति मात्र हैन, एउटै व्यक्तिसँग सम्बन्धित कार्यक्रम पनि सोही पार्टीका विभिन्न गुटले पृथक पृथक ठाउँ र ब्यानरमा गर्दै रहेका पनि भेटिन्छन्। यस्ता गतिविधिले नेताको मानमर्दन त हुन्छ नै, साथै स्वार्थ पनि छर्लंगिन्छ।

बिपी मात्र होइन, कोही मदन भण्डारी र जीवराज आश्रितलाई बेचेर खाइरहेका छन् भने जनताको बहुदलीय जनवाद आफ्नै पेवा भएको दाबी गरिरहेका छन्। कोही पुष्पलालको अनन्य भक्तको दाबी गरिरहेका छन्। अनि कोहीचाहिँ मनमोहन र गणेशमानको आधिकारिक उत्तराधिकारी भएको स्वघोषणा गर्नमा व्यस्त छन्। राष्ट्र र जनताका लागि जीवनको बाजी थापेर योगदान गरेका नेता कसैका एकलौटी हुन सक्दैनन्। न त उनीहरू भजाएर स्वार्थ पूर्ति गर्ने कला भएका एकाध मानिसका मात्र कब्जामा सीमित हुन सक्छन्। तर विडम्बना, यतिबेला यस्ता पवित्र र महान् नेताका नाम बेचेर आफ्नो दुनो सोझ्याउने कार्य जारी छ।

यी नेताले इतिहासमा आफ्नो गच्छेअनुसारको योगदान पक्कै गरेका हुन् मुलुक र मुलुकबासीका लागि। यतिबेला चिन्तन गर्नुपर्ने विषयचाहिँ त्यसपछि हामीले के गर्न सक्यौँ भन्नेबारे हो। उनीहरूका नाम जोडेर आयोजना हुने कार्यक्रममा यस्ता विषयमा चिन्तन हुनुपथ्र्यो तर यसबारे फिटिक्कै कोही बोल्न तयार छैन। उनीहरूले गरेका कामको वर्णनले मात्र मुलुक अघि बढ्न सक्दैन। सोझो अर्थमा भन्दा इतिहासजीवी बनेर समृद्धि आउँदैन। इतिहासबाट सिकेर तथा पाठ ग्रहण गरेर अघि बढ्ने मात्र सफलताको शिखरमा पुग्ने हो। अहिले वर्तमान नेताहरूको गुमाइरहेका मुख्य अवसर पनि यही हो।

बिपीले मुलुकमा विपद् पर्दा माटो हातमा लिएर निर्णय गर्न सुझाएका थिए। के आजका नेता यसो गर्न तयार छन् ? उनीहरू यसको मर्म बुझ्न लालायित छन् ? मदन भण्डारीले राजनीति गर्ने इच्छा भए राजालाई श्रीपेच फुकालेर मैदानमा आउन ललकारेका थिए। त्यतिबेलै राजाले नेतृत्व गरेका सामन्तवादलाई चुनौती दिने भण्डारीकै दलका नेताहरू यतिबेला आफैँ राजा बन्ने अभ्यासमा छन्। के उनीहरू ‘मदन–वचन’ को इज्जत जोगाउन सक्षम छन् ? मनमोहनले आफ्नै परिवारका सदस्यलाई समेत नियुक्ति नगरेर पवित्र राखेका प्रधानमन्त्री पदलाई त्यसपछिका यो पदधारीहरूले ग्रहण गर्न सके ? प्रधानमन्त्रीको पद नै अस्वीकार गरेर पदलोलुपतालाई डाँडो कटाएका गणेशमानबाट यस्तै त्याग सिक्न कोही तयार छन् ? यी कुनै पनि प्रश्नको उत्तर हो, छ अर्थात् सकारात्मक आउँदैन आजको परिवेशमा। अनि यस्तो अवस्थामा नेताहरूको स्तुति गाउँदैमा हामी कसरी उनीहरूका अनुयायी हुन सक्छौँ ? बहस यो विषयमा केन्द्रित हुन जरुरी छ।

खासमा महान् र पवित्र नेतालाई स्मरण गर्ने र उनीहरूप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्ने हो भने बढी मूल्यको बुके र माला तस्बिरमा लगाइदिएर हैन, भीड जम्मा गरी महिमामण्डित गरेर मात्र पुग्दैन, भिड र बेलुनको सजावट उच्च तुल्याएर हैन, अनि उनीहरूका नामसँग आफैँलाई तुलना गरेर ‘हामी उस्तै उस्तै हौँ’ भनेर पनि हैन, उनीहरूका विचार अनुशरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ। उनीहरूले कोरिदिएका र देखाइदिएका मार्ग समात्नुपर्छ। उनीहरूमा कायम नैतिकता, इमानदारिता, पारदर्शिता, त्याग र दूरदर्शिता पछ्याउन सक्नुपर्छ। अनि मात्र बिपीदेखि पुष्पलालसम्म सच्चा श्रद्धाञ्जली दिएको ठहर्छ।

श्रद्धाले नेता सम्झेर मात्र हुँदैन तिनका आदर्श पछ्याउन सक्नु पर्छ। लोकलाज यसको पहिलो प्राथमिकता हुने गर्छ। अहिले नेताहरूको सम्झना पनि कर्मकाण्डमा परिणत हुँदै गएको छ। कुर्सीबाहेक सम्पूर्ण कुरालाई भ्रम देख्ने मानसिकता वर्तमान नेताहरूमा झांगिएको छ। एउटै दलभित्र पनि गुट/उपगुट खडा गर्ने र सकेसम्म छिर्की लगाएर पछार्ने खेल जारी नै छ। यस्तो अवस्थाले मुलुक थौँथिलो भइसक्दा पनि नेता हुँ भन्नेमा चेत जाग्न सकेको छैन। त्यसैले यस्तो अवस्था कायमै राखेर नेताहरूका नाममा वर्षको एक दिन÷एक छिन चुहाउने ‘गोहीको आँसु’ले ती महान् नेताको मान हैन, अपमान मात्र हुने पक्का छ। त्यसैले कृपया, सक्छौ राष्ट्र र मुलुकवासीका लागि आफैँ केही गर, सक्दैनौ कम्तीमा पनि ती दिवंगत नेताका पवित्र भावनालाई बिटुल्याउने काम नगर। 
अर्को समाचार
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
१६ पौष २०८१
•
३ मिनेट पाठ
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ।




विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए।

भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिइ आजभन्दा ४६ वर्षअघि स्वदेश फर्किएका हुन्। देशको सार्वभौमसत्ता संरक्षणका लागि बिपीलगायत नेता ज्यान बाजी थापेर स्वदेश फर्किएका थिए।

विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो। सोही वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो।  

आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो। रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप सुरु गरेका थिए। त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेर राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिइ ४९ वर्षअघि आजैका दिन उनलगायत नेता नेपाल फर्किएका हुन्।

विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिने बित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो। विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बिपी कोइरालालाई रिहा गरिएको थियो। यसपछि एक पटक सुन्दरीजल बन्दी गृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो। चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा परिणत गरिएको छ।

सुन्दरीजलको बन्दीगृहमा बसेका बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र  ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेखेका थिए।

बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उनको ‘दोषी चश्मा’ कथा सङ्ग्रह प्रकाशन भएको थियो। कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्त्तकका रूपमा चिनिन्छन्। विसं २०३३  पुस  १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दी गृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको थियो।

दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्।  

कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले यस अवसरमा सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागेको सबुज कृष्ण बानियाँले जानकारी दिए। यस अवसरमा बिपी सङ्ग्रहालयले पनि कार्यक्रम गर्ने जनाएको छ। प्रत्येक वर्ष मनाइने पुस १६ गतेको मेलमिलाप दिवस औपचारिकतामा मात्र केन्द्रित हुन नहुने सरोकार भएकाहरू बताउँछन्।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस