बिजुली विश्वास
२० असोज २०८१
•
४ मिनेट पाठ
बिजुली विश्वास
बाढीपहिरोको विपद्बाट दुई सय ३९ नागरिकको ज्यान गएको शोककै बीच देशले एउटा सुखद समाचार आत्मसात् गर्ने अवसर पाएको छ। र, समाचार बिजुलीले दिएको छ। नेपाल पहिलोपटक तेस्रो देशमा बिजुली निर्यात गर्ने भएको छ। नेपालबाट भारत हुँदै बाङ्लादेश विद्युत् निर्यात गर्न १७ असोजमा नेपाल, भारत र बाङ्लादेशका तीन कम्पनीबीच पाँच वर्षका लागि विद्युत् बिक्री सम्झौता भएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बाङ्लादेशकी वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री तथा जलस्रोतमन्त्री सयदा रिजवाना हसनको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण, बाङ्लादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी विद्युत् व्यापार निगमबीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता भएको हो।




यो सम्झौताअनुसार नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बाङ्लादेश निर्यात गर्नेछ। नेपालबाट भारतको मुजफ्फरपुर बेहरमपुर हुँदै बाङ्लादेशको भेडामारा प्रसारण लाइनबाट विद्युत् आपूर्ति हुनेछ। चार सय केभीको यो प्रसारण लाइनबाट वार्षिक १४ करोड ४० लाख युनिट विद्युत् बाङ्लादेश निर्यात हुने प्राधिकरणले जनाएको छ। अहिलेका लागि २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्यात गरिने भएको छ। नेपालले प्रतियुनिट करिब आठ रूपैयाँ ६४ पैसाका दरले बाङ्लादेशलाई विद्युत् बेच्ने भएको छ। भारतको प्रसारण लाइन प्रयोग गरेबापतको शुल्क भने बाङ्लादेशले नै तिनुपर्नेछ।

नेपालले यसअघि छिमेकी भारतलाई बिजुली निर्यात गर्दै आएको थियो। नेपालले पहिलोपटक २०७८ सालमा ३९ मेगावाट बिजुली भारत निर्यात गरेको थियो।

२०८० पुसमा नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएसँगै नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई बिक्री गर्ने कानुनी आधार तयार भएको थियो। दुई देशबीच गएको भदौमा मध्यकालीन विद्युत् बिक्री सम्झौता भएसँगै थप दुई सय ५१ मेगावाट बिजुली निर्यातमा भारतले मन्जुरी दिएसँगै नेपालबाट कुल नौ सय ४१ मेगावाट बिजुली निर्यातको सहमति भइसकेको छ।

भारतसँगै बाङ्लादेशमा बिजुली निर्यातको यो सम्झौतालाई नेपाली अधिकारीहरूले दक्षिण एसियामा क्षेत्रीय ऊर्जा व्यापारको ढोका खोलिएको अर्थमा व्याख्या गरेका छन्। पहिले भारतबाट बिजुली आयात गर्ने नेपाल बिस्तारै भारतसँग विद्युत् व्यापार गर्न थालेको र अहिले तेस्रो देशमा विद्युत् व्यापार गर्न सक्षम हुनुलाई ठुलो उपलब्धिका रूपमा लिनुपर्ने बताएका छन्। भारतकै बिजुलीको भर परिरहनुपर्ने वर्षौंको विगत र दशकअघिको मात्र लोडसेडिङ दशकको कहाली मात्र सम्झिने हो भने पनि यो परिघटना नेपालीका लागि एउटा छलाङ भनेर ढुक्कले भन्न सकिन्छ। 

बिजुलीकै कारण सम्भव यो त्रिदेशीय सम्झौताले नेपाल र भारत, नेपाल र बाङ्लादेश, भारत र बाङ्लादेशबीचमै पनि क्षेत्रीय समझदारी, समभाव र सहकार्यका नयाँ क्षितिज खोलिने कुरामा आशावादी हुन सकिन्छ। संशयलाई चिर्दै नेपाल र बाङ्लादेशको विद्युत् व्यापारमा उदार देखिएको भारतको यस्तै कूटनीतिक पहलको अपेक्षामा नेपाल छ र रहिरहनेछ। समृद्ध नेपाल नै आर्थिक विश्वशक्ति बन्न उद्यत भारतका लागि असल मित्र बन्न सक्छ भन्नेमा उसमा कुनै भ्रम हुनुहुन्न।

यतिबेला बिजुली नेपाली अर्थतन्त्रका लागि मात्र होइन, नेपालीजनकै आत्मविश्वासको नयाँ स्रोत बन्न पुगेको छ। खाडीलगायत विभिन्न मुलुकमा जनशक्ति निर्यात गरेर र विप्रेषण भित्र्याएर अर्थतन्त्र धानिरहेको देशका लागि आफ्नै प्राकृतिक स्रोतबाट निसृत बिजुली छिमेकी मुलुकहरूलाई बिक्री गर्नु र पैसा आर्जन गर्नु आफैंमा चानचुने उत्प्रेरणा होइन। तर, यसका एक होइन, अनेक चुनौती पनि छन्, जसबारे आज नभए पनि भोलि त गम्भीर हुनैपर्छ। पहिलो त नदी प्रणालीमा आधारित हाम्रा जलविद्युत् आयोजना जलवायु परिवर्तनका कारण कम संकटमा छैनन्।

विपद्बाट जलविद्युत् आयोजनामै पर्ने संकटसँगै गत साताको बाढीपहिरोले मात्र एक हजार मेगावाटभन्दा बढी विद्युत् प्रसारण लाइनमा क्षति पुर्‍याएको समाचार आएकै हुन्। जलविद्युत् आयोजना निर्माणका क्रममा नदीमा पानी नछाडिने, वातावरणीय विनाशका पक्षलाई बेवास्ता गरिने, स्थानीय रहनसहन र ज्ञानलाई भोलि हुने भौतिक समृद्धिका आख्यानहरूले निषेध गर्नेलगायतका अनेक प्रवृत्ति छन्, जसले यस्ता आशंकाहरू लाई मलजल गरिररहेका छन्।

अर्को भाष्य ‘कसको समृद्धि ?’ भन्ने पनि हो। यो भाष्यले भन्छ, ‘बिजुली बेचेर त सरकार धनी हुन्छ, नेपाल विद्युत् प्राधिकरण धनी हुन्छ, सरकारका आसेपासे व्यापारी र केही बिचौलिया धनी र शक्तिशाली हुन्छन्, जनतालाई चाहिँ के हुन्छ ?’ हामीलाई के थाहा छ भने अहिलेका हाम्रा सरकारहरू कुत असुल्ने अर्थनीतिबाट सञ्चालित छन्, जहाँ जनतालाई सेवासुविधा होइन, दोहन प्राथमिकतामा पर्छ। यो ‘बिजुली समृद्धि’ले कतै यो शोषणलाई अझ व्यापक बनाउने त होइन ? यसको उत्तर खोज्ने हो भने फेरि पनि देशमै उद्योगधन्दा खोल्ने, भएकालाई सहुलियत र प्रश्रय दिनेतर्फ लाग्नुपर्छ। 

खाडी जाने नागरिकलाई देशमै रोजगारी सिर्जना हुने वातावरण निर्माण गरिनुपर्छ। बिजुली बेचेर आएको अर्बौं रकमलाई देशभित्रै उत्पादनशील काममा लगाउनुपर्छ। भौतिक पूर्वाधार बनाउने तर मानवीय पुँजी बनाउन बिर्सने हो भने विकास दीर्घकालीन हुन सक्तैन भन्ने तथ्यलाई बोध गर्नुपर्छ। नत्र हामी परनिर्भरताको चंगुलमा झन्झन् फस्दै जानेछौं। चिन्तन गर्नुपर्ने पक्ष धेरै छन् तर अहिलेका लागि बाङ्लादेशलाई बिजुली बेच्न सक्नु नेपालीका लागि एउटा दुर्लभ सुसमाचार हो। बिजुलीले दिएको यो अवसरलाई समग्र देशकै जीवनमा उपयोग गर्न सक्नु सही अर्थमा बिजुली विश्वास हो।
अर्को समाचार
नेपालको बिजुली भारत र बङ्गलादेशको बजारमा पुग्‍छ: प्रधानमन्त्री
२३ फागुन २०७९
•
२ मिनेट पाठ
नेपालको बिजुली भारत र बङ्गलादेशको बजारमा पुग्‍छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने विश्वास व्यक्त गरेका छन्।




सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले हालै मात्र नेपाल र भारतका ऊर्जा सचिवहरूको संयुक्त बैठकले नेपालको बिजुली निर्यातका लागि थप मार्ग प्रशस्त गरेको सन्दर्भ जोड्दै मुलुकको व्यापार घाटा घटाउनका लागि ऊर्जाको निकासी नै उपयुक्त माध्यम बन्ने बताए।

आर्थिक विकास र व्यापार घाटा घटाउनका लागि उपयुक्त माध्यमका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र जस्तोसुकै समस्या समाधान गर्ने उनको प्रतिबद्धता थियो।

साहस ऊर्जासँग जोडिएका सबै सङ्घ संस्थालाई सरकारको तर्फबाट बधाई एवं धन्यवाद दिँदै प्रधानमन्त्रीले ऐतिहासिक रेकर्ड बनाएकामा साहस ऊर्जालाई थप आयोजना निर्माणका लागि आग्रह गरे। उनले साहस ऊर्जाको प्रयासले आगामी दिनमा निजी क्षेत्रलाई थप आयोजना निर्माणका लागि उच्च मनोबल प्रदान गरेको तथा नयाँ आयाम खडा गरेकामा प्रसन्नता व्यक्त गरे।

प्रकृतिले दिएको अपार जलस्रोतको उपयोग गरेर मात्रै मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि लैजान सकिने प्रधानमन्त्रीको भनाइ छ। आफू पहिलो पटक प्रधानमन्त्री बन्दा ठूला र रणनीतिक महत्त्वका परियोजना सुरु गर्नुपर्छ भन्ने घोषणा गरेको स्मरण गर्दै उनले क्रमशः ती आयोजना अगाडि बढेको र त्यसले मुलुकको आकांक्षालाई पूरा गर्ने बताए।

दोस्रो पटक प्रधानमन्त्री बन्दा आफूले व्यावहारिक तथा प्राविधिकरूपमा लोडसेडिङको अन्त्य गरेको प्रधानमन्त्रीले पुनः स्मरण गरे। सबै तह र तप्काबाट दृढ इच्छाशक्तिका साथ देश बनाउने प्रतिबद्धता व्यक्त गरियो भने त्यसबाट सकारात्मक प्रभाव पर्ने, व्यापार घाटा घटाउनका लागि पनि बिजुली बिक्री नै उपयुक्त माध्यम बन्ने उनको भनाइ छ।

भारतीय बजारमा मात्रै नभई, बङ्गलादेशमा समेत बिजुली बिक्री गर्न सक्ने वातावरण क्रमशः बनेको प्रधानमन्त्रीले बताए।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस