आरोपित मन्त्रीमाथि अपरिहार्य अनुसन्धान
२३ कार्तिक २०८१
•
३ मिनेट पाठ
आरोपित मन्त्रीमाथि अपरिहार्य अनुसन्धान
कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीजस्तो विषयसँग जोडिएपछि विवादित बन्न पुगेका छन्। यही विवादका कारण उनले मन्त्री पदबाट राजीनामा दिनु परेको छ। त्यति मात्र हैन, यतिबेला उनको छवि र प्रतिष्ठामाथि कानुनी र नैतिकलगायत विभिन्न कोणबाट प्रश्न उठिरहेका छन्। उनकै कारण मुलुकको प्रतिष्ठामाथि लागेको दाग त पखालिन समय लाग्ने छ। प्रदेश मन्त्रीको जिम्मेवारीमा रहेका व्यक्तिले समेत कीर्ते कागज प्रयोग र शंकास्पद व्यक्तिसँग संगत गरेको देखिनु आफैंमा चिन्ताको विषय हो।




टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने कल्चर एट होम कार्यक्रममा सहभागी हुन भनेर उनी कात्तिक १३ गते जापानतर्फ लागेका थिए। विडम्बना, उनी कार्यक्रममा सहभागी हुनु त कता हो कता, उल्टै विमानस्थलबाटै फिर्ता हुनुपरेको छ। उनीमाथि ४८ घण्टासम्म विमानस्थलमै केरकार गरिएको छ। प्रदेश मन्त्रीलाई मित्र मुलुकको विमानस्थलले अवाञ्छित व्यक्तिका रूपमा ठाडै फर्काउनु भनेको तिनको मात्र होइन देशकै बेइज्जत हो। तिनका कारण अरू यथार्थ उद्देश्य राखेर जापान जानेमाथि पनि भविष्यमा शंका उत्पन्न हुन सक्ने गरी विश्वासको संकट सिर्जना गर्न उनी उद्यत भएका छन्। कारणतर्फ प्रवेश गर्दा उनीसँग सोही कार्यक्रममा सहभागी हुने भनेर गएका अनिता तिमल्सिना, जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा न कार्यक्रम, न मन्त्रालयसँग नै सम्बन्धित थिए । त्यसैले जापानको अध्यागमनले यो भ्रमाण ‘शंकास्पद’ ठहर्‍यायो। अर्थात् मन्त्रीका पछि लागेर जो जो जापान छिर्न चाहन्थे, ती उतै लुकेर बस्ने अनुमान लगायो उसले। यही शंकास्पद भ्रमण उचित नठानेर फर्काइदिएपछि प्रहरीले केहीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ।

प्रदेश मन्त्री अधिकारीले आफूलाई मानव तस्करको गिरोहले प्रयोग गर्न खोजेको र त्यो थाहा पाएपछि आफू कार्यक्रममा सहभागी नभई विमानस्थलबाटै फर्किएको बयान सार्वजनिक गरेका छन्। पहिलो कुरा त मन्त्रीको भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्छ। जबकि उनी नियमविपरित वा स्वीकृत नगराई गएका थिए। दोस्रो, जापानले फर्काइदिएपछि पनि आफैँ फर्किएको भनेर उनले जुन झुट बयान दिए, त्यसबाट पनि यिनको नियतमाथि थप शंका गर्ने ठाउँ सिर्जना भएको छ। उनलाई जापान जान मोरङको रतुवामाई नगरपालिका बस्ने गोपाल गौतमले चाँजोपाँचो र खर्चसमेत मिलाइदिएको जानकारीमा आएको छ। पहिलो, मन्त्री सहभागी हुने कार्यक्रमबारे जानकारी राख्नबाट उनी चुकेका छन्। दोस्रो, जसले कार्यक्रम र खर्चसमेत मिलाइदिन्छ, त्यहाँ उसको केही स्वार्थ हुन्छ कि हुन्न ? यो पाटोमा उनले सोच्न सकेनन्। सकेसम्म यस्तो पदमा भएका व्यक्तिले स्वार्थको द्वन्द्वबाट आफूलाई जोगाउनु पर्ने जिम्मेवारी पनि हुन्छ। तेस्रो, उनको नियत सफा थियो भने स्वीकृति लिएर मात्र जानुपर्ने नियम किन मिचे ? जबकि उनी कानुन व्यवसायीसमेत भएकाले यसबारेमा पूर्णतः अज्ञान थिए भनेर पत्याउन मुस्किल छ।

पछिल्लो समय, नेपाली राजनीतिकर्मीहरू आफ्नो स्वार्थ र धनदौलतका लागि जे पनि गर्न अग्रसर हुने गरेका देखिँदै आएको छ। पदमा पुगेका बेला अर्थात् मौकामा चौका हान्नुपर्छ, अहिले नगरे कहिले गर्ने भन्ने मनोदशाको सिकार उनीहरू त भएका छन्, यसको मूल्य मुलुकले समेत लगातार चुकाउनुपरेको छ। अधिकारी एक पछिल्ला प्रतिनिधि पात्र मात्र हुन्, यसअघि पनि थुप्रै यस्ता घटना मुलुकले बेहोरिसकेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकलाई दीर्घकालसम्म सताइरहने छ। यस्तो संवेदनशील मुद्दामा समेत जालसाजी गर्ने व्यक्तिहरू फेला परेका छन्।

पद र पहुँचले जिम्मेवारीको भावना पनि बढाउनुपर्छ। तर, यस्तै ठाउँमा पुगेका व्यक्तिले कानुन पालना गरेका छैनन्। आफूलाई फाइदा हुने भए जस्तोसुकै अपराध गर्न पनि पछि नपर्ने प्रवृत्ति मौलाइरहेको छ। जसले बेइमानी गरेको छ, राष्ट्रप्रति नै घात गरेको छ, अन्तर्राष्ट्रिय स्तरमा मुलुकको शिर निहुराउने काम गरेको छ, त्यस्ता व्यक्तिलाई ‘राजीनामा’ को उपचारले चित्त बुझाइनु हुन्न। कानुनी उपचारमै तान्नुपर्छ। त्यसो भए मात्र पछिल्ला दिनमा यस्ता हर्कतको साइत कुरेर बसेकाहरूलाई ‘उचित पाठ’ मिल्छ।  
अर्को समाचार
स्पेन प्रकरण: मानव तस्करीको आशंकापछि सिआइबीले अनुसन्धान थाल्यो
३१ असार २०८२
•
१ मिनेट पाठ
स्पेन प्रकरण: मानव तस्करीको आशंकापछि सिआइबीले अनुसन्धान थाल्यो
स्पेनमा सम्पन्न संयुक्त राष्ट्रसंघीय सम्मेलनमा असम्बन्धित व्यक्तिलाई पठाएर मानव तस्करी गरेको गिरोहमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले अनुसन्धान थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएको उक्त कार्यक्रममा विभिन्न गैह्र सरकारी संस्थामार्फत असम्बन्धित व्यक्ति त्यहाँ पठाइएको आरोप छ। 




सोही विषयमा छानबिन गर्न सिआइबीले प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा ६ जनाको छानबिन छानबिन समिति बनाएको छ। समितिमा प्रहरीकै मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसमेत सदस्य छन्। 

‘यो विषय आयो, त्यसैले यसमा अध्ययन गर्न उहाँहरूलाई जिम्मा दिएका छौँ,’ ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) चन्द्र कुबेर खापुङले भने, ‘यस्ता कुरा आउँदा ब्युरोको चासो रहने नै भयो।’ 

स्पेनको सेभियामा संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त, चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ जुन ३० देखि जुलाई २ सम्म चलेको थियो। प्रधानमन्त्री ओली पनि सहभागी भएको उक्त कार्यक्रममा सुरुमा प्रधानमन्त्रीकै प्रतिनिधिमण्डलमा गएका व्यक्तिहरू नेपाल नफर्किएको आरोप लागेको थियो। 

तर पछिल्लो समय मानव तस्करीमा संलग्न गिरोहले विभिन्न एनजिओका सिफारिसका आधारमा त्यहाँ मानिस पठाएर मानव तस्करी गरेका समाचार आइरहेका छन्। 

यही विषयमा सोमबार गृहमन्त्री रमेश लेखकले सुरक्षा अधिकारीहरूलाई बोलाएर चासो व्यक्त गरेका थिए। जसमा प्रहरी महानिरीक्षक दीपक थापा, सिआइबी प्रमुख खापुङ, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अधिकारीहरू सहभागी थिए।

त्यही बैठकले यो प्रकरणबारे प्रहरीले छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। सोही निष्कर्षपछि सिआइबीले अनुसन्धान थालेको जनाएको छ। 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस