डढेलो दु:ख
२६ चैत्र २०८१
•
४ मिनेट पाठ
डढेलो दु:ख
काठमाडौँ यतिबेला फेरि अन्तर्राष्ट्रिय ध्यानाकर्षणको केन्द्र बनेको छ। यो कुनै राम्रो काम र बहादुरीका लागि हैन। विश्वमै सबैभन्दा बढी प्रदूषित सहरका रूपमा। यसअघिका सबै रेकर्ड तोडेर आफू प्रदूषणको चाङमा सबैभन्दा माथि उक्लेकामा सम्बन्धित निकायहरू भने खासै चिन्तित देखिँदैनन्। भलै यसको नियन्त्रण उनीहरूको प्रत्यक्ष पहुँचमा किन नहोस्।




यसका विभिन्न कारण छन्। फोहोरमैलाको व्यवस्थित व्यवस्थापन अभाव, बालीहरूका बोट र जरा बाल्ने काम, प्लटिङ र विकास निर्माणका बहानामा निस्किएका धुलो, धुवाँको न्यूनीकरणमा ध्यान नदिनु आदि। यी सबै कारण तुवाँलो कडारूपमा जम्नाले काठमाडौँले यस्तो दुर्नाम पाएको हो। उसै त कचौरा जस्तो आकारमा रहेको काठमाडौँमा कुनै चिज छिरिसकेपछि त्यसको निष्काशन कठिन हुने गर्छ, त्यसमाथि फोहोरजन्य पदार्थका गहुँगा कणहरूसमेत बोकेका चिजबिज झन् गहिरिएर बस्ने हुँदा तिनलाई हटाउन सहज छैन।

यही अवस्थाबीच मुलुकभरका जंगलमा लागेका डढेलोले ‘आगोमा घ्यु’ थप्ने काम गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नै दिएको जानकारीअनुसार पनि नेपालमा यतिखेर अढाइ सयभन्दा बढी स्थानमा डढेलो लागिरहेकाले यसको आकार र प्रभाव थाहा पाउन कुनै आइतबार कुर्न पर्दैन। जसको धुवाले पनि काठमाडौँ र अन्य उपत्यका हुँदै सिंगै नेपाललाई बदनाम गराउन भूमिका निर्वाह गरिरहेको छ।

हुन त डढेलो नेपालको सन्दर्भमा नयाँ विषय भने हैन। प्रत्येक वर्ष वर्षायाम सुरु हुनुअघि नै अग्ला डाँडाकाँडामा देखिने डढेलो धेरैका लागि सामान्य हुनु स्वाभाविक हो। यस्तो डढेलो कहिलेकाहीँ स्वत: लाग्ने भए पनि धेरैजसो घटनामा भने मानिसकै हात छ। जंगलमा आगो लगाउँदा पातपतिंगर बल्ने र पानी तथा हावाले आफ्नो खेतबारीमा ल्याउने भएकाले त्यसले मलको काम गर्ने बुझाइले डढेलो लगाउनेहरू प्रशस्तै भेटिएका छन्।

त्यसबाहेक वन सफा गर्ने नाममा, डढेलो लगाएपछि त्यसले मलको काम गर्ने र गाईवस्तुका लागि राम्रो घाँस पलाउने सोचमा तथा कतिपय अवस्थामा डढेलोले खाएका काठ/दाउरा संकलन गर्न पाइने लोभमा समेत यस्तो कार्य भइरहेको छ। त्यति मात्र हैन, डढेलोलाई बहाना बनाएर वनका बहुमूल्य काठ तथा जडीबुटीजन्य पदार्थहरूको तस्करी गर्ने सोचसमेत डढेलो लगाउनुको एक मुख्य कारण भेटिएको छ। त्यसैले नेपालका डाँडाकाँडा बल्नुमा धेरै दोष मानवकै भएकामा कुनै शंका छैन। 

यसले एकातिर जलवायु परिवर्तनका कारण हुने असरहरूलाई तीव्र बनाउँछ भने अर्कोतिर अक्सिजन प्रदान गर्ने रुख बिरुवा नासिनाले मानव स्वास्थ्यमा प्रत्यक्ष हानि पुग्छ। त्यसैले वनमा आश्रित दुर्लभ तथा सामान्य वन्यजन्तु र पन्छीहरूसमेत अनाहकमा मर्छन्। अबौँ रुपैयाँको जडीबुटी नाश हुन्छ भने मानव बस्तीहरूसमेत क्रमश: असुरक्षित हुँदै जान्छन्। यी बहुआयामिक असरबाहेक धुवा र खरानीका कारण प्रदूषण बढ्ने र यसले मानवलाई प्रत्यक्ष असर तुल्याउने छँदैछ। त्यसैले डढेलो हेर्दा वनका रुख मात्र बलेको देखिए पनि यो खासमा मानव पुस्ताकै लागि जोखिमको संकेत भएकामा शंका छैन।

आफूलाई फाइदा पुगोस् भनेर लगाइएको डढेलो नियन्त्रण गर्न नसकी नजिकैका बस्तीहरूसमेत ध्वस्त भएका धेरै घटना छन्। २०८१ साउनदेखि फागुनसम्मको मधेस प्रदेशको मात्र तथ्यांक हेर्ने हो भने पनि यसको भयाबह अवस्था थाहा पाउन सकिन्छ। जस्तो यो अवधिमा यहाँका एक हजार तीन सय ६१ परिवार आगलागीबाट प्रभावित भएका थिए भने २८ करोड पाँच लाख आठ हजार चार सय रूपैयाँ बराबरको सम्पत्ति क्षति भएको थियो। १२ जनाको त मृत्यु नै भयो भने ६७ जना घाइते भएका थिए। यो त एउटा प्रदेशको मात्र तथ्यांक भयो। आगलागीका कारण हुने क्षतिको समग्र हिसाब गर्ने हो भने त्यसले जसलाई पनि जिब्रो टोक्न बाध्य पार्छ।

मुख्य कुरा डढेलो रोक्न विशेषगरी वन वरपरका बासिन्दालाई नै प्रशिक्षित गर्नुपर्छ। सञ्चार माध्यम र विभिन्न भेला तथा प्रशिक्षणमार्फत यस्तो कार्य गर्न नहुने र गरेमा हुने अपुरणीय क्षतिबारे बताउनुपर्छ। कसैले जानाजान डढेलो लगाएमा हुने कानुनी सजायबारे पनि बताउनुपर्छ। सजाय कम छ र स्थानीयले वास्ता नगर्नेखालको छ भने त्यसलाई पनि समयानुकूल कडा बनाउन पहल गर्नुपर्छ। मुख्य कुरा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण डढेलोको संख्या मात्र गनेर बस्ने संस्थामा सीमित हुनुहुँदैन। यसलाई जति सक्रिय बनाउन सक्यो डढेलो नियन्त्रणका कार्य त्यति नै प्रभावकारी हुन सक्छ।

विपद् व्यवस्थापनको काम संविधानले आफूलाई सुम्पेको भए पनि यो कार्य एकाधबाहेकले मात्र स्थानीय निकायको प्राथमिकतामा परेको देखिँदैन। आफ्नो क्षेत्रमा कस्तो खालका विपद् आउने सम्भावना छ र त्यसलाई रोकथाम तथा नियन्त्रण गर्न के के प्रक्रिया, विधि र स्रोत परिचालन गर्नुपर्छ भन्ने मुख्य जानकार स्थानीय बासिन्दा हुन्छन्। यस्तो अवस्थामा स्थानीय समस्याको समाधान उनीहरूबाट मात्र सबैभन्दा प्रभावकारी ढंगले हुन सक्छ। 

विडम्बना, यो वास्तविकता नबुझेकै कारण होला, स्थानीय सरकारहरू आफ्नो विपद्सम्बन्धी अधिकारप्रति बेखबर छन् तर सबै दोषचाहिँ संघीय सरकारलाई लगाएर आफू भने ‘पानीमुनिको ओभानो’ बन्ने प्रयत्नमा छन्। त्यसैले स्थानीय तहका पदाधिकारीलाई उनीहरूको विपद्सम्बन्धी अधिकार र कर्तव्य सम्झाएर त्यसलाई कार्यान्वयनमा ल्याउन सकेमा डढेलोको संख्या र आकार पक्कै पनि न्यून तुल्याउन सकिन्छ। 
अर्को समाचार
डढेलो
०५ मंसिर २०७७
•
४ मिनेट पाठ
डढेलो

देवकी केसी

फूलमैयाँ फूलजस्तै कोमल र सुुन्दर थिइन् । फूलमैयाँको मन पनि फूलजस्तै कोमल थियो । अग्नि साक्षी राख्दै फूलमैयाँलाई गोरेले जीवनसाथी बनाएको थियो । फूलमैयाँले पनि जीवनसाथीसंग जीवनका निकै रंगीन सपनाहरू बुनेकी थिइन् ।




तर अफसोच विहे गरेको चार वर्ष बितिसक्दा  पनि फूलमैयाँ आमा बन्न नसक्दा समाजले फूलमैयामाथि बाँझीको दोष थुपारेर फूलमैयाँको कोमल मनलाई छियाछिया पारेको थियो  । समाजले मात्र कहाँ हो र सुखदुख संगै काट्ने बाचा गरेर जसलाई आफ्नो जीवन सुम्पेकी थिई फूलमैयाँले उसैबाट पनि बाँझी र अलच्छिनाको नामले तिरस्कृत हुँदा फूलमैयाँको कोमल मन सहनै नसक्ने गरी दुख्थ्यो ।

फूलमैयाँलाई देख्दा पनि कुसाइत पर्यो भन्दै घृणा गर्ने त्यो समाजमा आफ्नै लोग्नेले पनि घृणा गर्दा फूलमैयाँ नितान्त एक्लो महसुस गर्दथी आफूलाई । सन्तान नहुनुमा फूलमैयाँ मात्र दोषी थिई या गोरे पनि विनाजाँचबुझ फूलमैयाको थाप्लोमा दोष थुपारेर उनको कोमल मनमा वाण रोप्ने कोसिस गरे सबैले । पुरुषलाई सर्वश्रेष्ठ मान्ने समाजमा गोरे किन बाँझो हुन्थ्यो र ? समाजको अघिल्तिर आफ्नो पुरुषत्वको धाक लगाउन गोरेले फूलमैयाँमाथि सौता हाल्यो । फूलमैयाँले समाज र लोग्नेको घृणा त सहेकै थिई । अब सौता पनि थपियो ।

फूलमैयाँका दुखका साथी कोही नभए पनि उनको दुख भुल्ने एउटै साथी थियो चुरोट । र उनका असल सन्तान थिए गोठका गाई – बाख्रा । अनि प्रायः हरियो भइरहने चउर उनको दुख बिसाउने चौतारो । सधै हरिया घाँस  तान्न तँछाडमछाड गरिरहने तिनै गाईबाख्रासंग फूलमैयाँले आँसुका मूल बगाउँदै धेरै पटक आफ्नो दुख पोखेकी थिई । फूलमैयाँको दुख मान्छेले त बुझ्न सकेनन् विचरा ! त्यो पशुले कसरी पो बुझोस् ?

एकदिन त्यहीँ चउरमा फूलमैयाँ आफ्नो दुखको साथी चुरोटसंग भुलेर सानो हुँदै गएको त्यो आफ्नो साथीलाई आफ्नै पछाडितिर मिल्काइन् । घरको वेदनाले एकोहोरो भएर पिरोलिएको उनको मन आफ्नो दुखको साथी निभे वा ननिभेतर्फ होस नै पुगेन । त्यो आफ्नो दुखको साथी चैत्रको हुरीले उग्र भएर डढेलो बनी आफ्नै शरीरमा ताण्डव नृत्य गर्न थालेपछि पो फूलमैयाँको सात्तो उड्यो । सुक्दै गएका घाँसहरू, साथ दिने बेइमानी बतास भएपछि आफ्नो दुख भुलाउने साथीको तागतसंग फूलमैयाँको के नै सामथ्र्य चल्थ्यो र ?

जसोतसो  सबैको सहयोगबाट उनको शरीरमा लागेको डढेलो त नियन्त्रण गरियो तर फूलमैयाँको शरीरको पीडामा कमी हुन सकेन । फूलमैयाँलाई जसोतसो अस्पताल त लगियो तर संसार हेर्ने उनको जोडी नयन सधैंका  लागि बन्द भइसकेका थिए ।

वास्तवमा एकपल्ट त डढेलो सबैको जीवनमा लाग्थ्यो मृत्युपश्चात । मृत्युपश्चात लमतन्न परेको शरीरमा आफ्नैले एक रत्ति पनि डर नमानी आगो झोसेर डढेलो लगाउँछन् र त्यो कोमल शरीरको अस्तित्वलाई खरानी बनाउँछन् । जसरी डढेलोले सुन्दर मानव बस्ती र प्राकृतिक छटालाई कालो बनाइदिन्छ । जिउँदो हुँदा डढेलो शब्द सुन्नासाथ शरीरमा काँडा उम्रन थाल्छ । तर वास्तविकता त्यहीं हो संसारलाई मात लगाउने  सुन्दरता पनि मृत्युपश्चात डढेलाले कोइलामा परिणत गराइदिन्छ ।

सबैलाई मोहित पार्ने फूलमैयाँको त्यो सुन्दर शरीरमा पनि फूलमैयाँको दाहसंस्कार गर्ने सन्तान नभएर के भो र ? गोरेल नै लोग्ने भएको नाताले यो समाजको अघिल्तिर फूलमैयाँको लमतन्न शरीरमा डढेलो लगाएर खरानी बनायो ।

फूलमैयाँको शरीर त खरानी बनेर क्षितिजपारि अस्तायो । फूलमैयाँका भौतिक संसारका दुख समाजले बाँझी उपनाम दिएर गरेका घृणा सबै विलीन भयो । फूलमैयाँको सौतालाई मुटुको काँडो दैवले पाखो लगाइदिएकाले खुसीको भेलबाढी नै आयो । समाजले बाँझीको पोइ भनेर बद्नाम गर्ने डरबाट बचेकोमा गोरे निकै खुसी भयो । फूलमैयाँको मृत्युमा दुखभन्दा पनि आफूमाथि समाजले बाँझीको पोइ भनेर आफूमाथि लगाइदिएको उपनामप्रति दुखित गोरे फूलमैयाँको दर्दनाक मृत्युप्रति पनि खासै दुखी भएन ।

समयको चक्रसंगै फेरि फूलमैयाँलाई डढेलाले खाएको चउरमा घाँसहरू हरिया भए । त्यसै गरी गाईबाख्राहरू तँछाडमछाड गर्दै घाँस लुछ्न थाले । फूलमैयाँले मृत्युअघि नै डढेलोको सामना गरेको त्यो चउरमा वर्षातले अझ हरियाली थपेको थियो । तर, बाँझीको उपनामले डढेलोभन्दा बढी पोलेको फूलमैयाँको आत्मा अझै पनि त्यहीं चउरमा आएर त्यो विचरा !  पशुहरूसंग दुख पोख्दै भौतारिरहन्थ्यो ।

हिजो  फूलमैयाँको  नाउँ जोडेर  गोरेमाथि थुप्रिएको बाँझो शब्दको बर्षात मेटाउन आफूजस्तै एक अबला नारीमाथि सौता बनेर भित्रिन आएकी फूलमैयाँको सौता आज त्यहीं चउरमा त्यसैगरी विचरा ! ती गाई बाख्राहरूसंग आफूमाथि पनि समाजले थुपारेको बाँझीको उपनाम र घृणाबारे दुखेसो पोखिरहेकी थिइन् । फूलमैयाँलाई जस्तै बाँझी भनेर गोरेले उनलाई पनि त्यस्तै घृणा गर्न थालेको थियो । आफूमाथि लागेको बाँझोको दाग मेटाइदिने एउटा सुन्दर तरुनीको खोजीमा गोरे भौतारिरहेको थियो भने यता फूलमैयाँकी सौता आफूमाथि लागेको बाँझीको उपनामले दुखित हुँदै मरेकी आफ्नो सौता फूलमैयाँलाई झलझली सम्झिन थालेकी थिइन् ।                                                          
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस