सामाजिक सञ्जालमा साझेदारी
०९ फागुन २०७७
•
५ मिनेट पाठ
सामाजिक सञ्जालमा साझेदारी
अस्ट्रेलियाले गुगल तथा फेसबुक जस्ता विश्वका शक्तिशाली इन्टरनेट कम्पनीले समाचार संस्थाका समाचारलाई आफ्नो प्ल्याटफर्ममा प्रकाशन तथा साझा गर्न व्यापारिक सम्झौता गर्नुपर्ने प्रावधानसहितको कानुनले विश्वकै ध्यान तानेको छ । यो कानुन कार्यन्वयन भएपछि गुगलदेखि फेसबुकसम्मले सम्बन्धित समाचार संस्थासँग छुट्टै सम्झौता नगरी समाचार सामग्री निःशुल्क हिसाबले राख्न पाउने छैनन् । अस्ट्रेलियाको भनाइमा समाचार संस्था रगुगल एवं फेसबुक जस्ता डिजिटल प्ल्याफर्मबीच रहेको शक्ति असन्तुलन सम्बोधन गर्न पनि यस किसिमको कानुन आवश्यक भएको हो ।  




त्यसो त पछिल्लो समय सामाजिक सञ्जालकै कारण समाचार सामग्रीमा केही हदसम्म आमपहुँच भएकै हो । सामाजिक सञ्जालमा पढिने र साझा गरिने समाचारलाई प्रयोगकर्ताले पटक–पटक प्रसार गर्दा समाचार सामग्री भाइरल (व्यापक)बन्ने र यसको प्रभाव पनि उत्तिकै बढ्ने गरेको हो । विशेषगरी फेसबुकको टाइमलाइनमै राखिने यस्ता ‘न्युज फिड’का कारण समाचार साइटको मौलिक लिंकमा लाखौँ प्रयोगकर्ता जोडिने गर्छन् । यस हिसाबले सूचनाको सहज पहुँचका लागि सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका छ । यसैगरी गुगल सर्च इन्जिनमा भण्डारण हुने समाचारको महत्व झनै बढी छ ।

मिडिया हाउसले समाचार उत्पादन गर्न लगानी गर्ने तर फाइदा चाहिँ सामाजिक सञ्जालले बढी लिने भएकाले आर्जित आयको न्यायोचित वितरण हुनुपर्ने माग आफैँमा जायज छ । उत्पादित समाचार सामग्री सामाजिक सञ्जालमा प्रसारण हुँदा प्राप्त हुने आम्दानी सम्बन्धित समाचार संस्था, सामाजिक सञ्जाल र समग्र पत्रकारितको हितमा हुनुपर्छ भन्नु अन्यथा होइन ।  
त्यति हुँदाहुँदै पनि यस्ता समाचार सामग्री अन्य डिजिटल प्ल्याटफर्ममा सेयर गर्दा हुन जाने आम्दानीको बाँडफाँट चाहिँ न्यायोचित नभएको प्रसंग उठ्दै आएको हो । अहिलेसम्म सामाजिक सञ्जालमा कुनै समाचार राख्दा प्राप्त हुने आम्दानीबाट त्यो समाचार उत्पादन गर्ने संस्थाभन्दा पनि डिजिटल सञ्जाल बढी लाभान्वित हुँदै आएका हुन् । हो, यही आम्दानी बाँडफाँटको असन्तुलन सम्बोधन गर्न अस्ट्रेलियाले नयाँ कानुनी व्यवस्थाको खोजी गरेको हो । तर यो नयाँ कानुन आएलगत्तै फेसबुकले प्रतिक्रियात्मक हिसाबले देखाएको अलोकतान्त्रिक व्यवहारको अस्ट्रेलियामा मात्रै नभएर अन्यत्र पनि आलोचना भएको छ । साथै समाचार उत्पादन गर्ने संस्था र सामाजिक सञ्जालबीच आम्दानी बाँडफाँट विषयमा नयाँ बहस पनि सुरु भएको छ ।  

अस्ट्रेलियाले नयाँ कानुन अगाडि बढाएलगत्तै फेसबुकले आफ्नो प्ल्याटफर्ममा अस्ट्रेलियाका प्रयोगकर्ताले कुनै पनि समाचार हेर्न तथा प्रसार गर्न नपाउने बनाएको छ । फेसबुकको कारबाहीपछि अस्टे«लियाबाट फेसबुकमा अस्ट्रेलिया तथा अन्तर्राष्ट्रिय मामलाका समाचार हेर्न र साझा गर्न नपाइने भएको छ । यसैगरी अस्ट्रेलियाबाहिर रहेकाहरू पनि अस्ट्रेलियाका न्युज पेजमा गएर फेसबुकमार्फत समाचार हेर्न र साझा गर्न वञ्चित भएका छन् । अस्ट्रेलियाका कुनै पनि प्रकाशकले आफ्ना सामग्री फेसबुक पेजमा साझा गर्न नपाउने भएका छन् । फेसबुकले देखाएको यो रवैयालाई अस्ट्रेलियाले ‘ससारलाई जोड्ने’ उसको घोषित उद्देश्यविरुद्धको निर्णय भनेको छ ।  

अहिले यो विषय अस्ट्रेलिया र फेसबुकबीच देखिए पनि यसको प्रभाव विश्वव्यापी हुने निश्चित छ । युरोपेली संघ, फ्रान्स र क्यानडाले अस्ट्रेलियाको जस्तो कानुनअनुसार सामाजिक सञ्जालमा समाचार दिन सम्बन्धित समाचार उत्पादकसँग सम्झौता गर्न आवश्यक रहेको संकेत दिइसकेका छन् । फेसबुकले चाहँदा नचाहँदै अस्ट्रेलियामा सो कदम चाल्न बाध्य भएको बताएको छ । प्रजातन्त्रिक समाजका लागि पत्रकारिता महत्वपूर्ण हुने भएकाले अनलाइन उपभोक्ताका लागि लक्षित गरेर समाचार संस्थाहरूका लागि निःशुल्क संयन्त्र(टुल)निर्माण गरेको र फेसबुक न्युज जस्ता नयाँ परियोजना अगाडि बढाएको फेसबुकको दाबी छ । उसले समाचार सामाग्री सेयर गर्न प्रयोग भइरहेका सामाजिक सञ्जालका प्ल्याटफर्म र प्रकाशकबीचको सम्बन्धलाई आधारभूतरूपमा बुझ्ने प्रयास अस्ट्रेलियामा नभएको तथा फेसबुकमा प्रकाशकले स्वेच्छाले आफ्ना समाचार सामग्री राख्ने गरेको दाबी पनि फेसबुकको छ । यस्तै फेसबुकको न्युजफिडमा राखिने समाचारले कुल न्युजफिडको ४ प्रतिशत हिस्सा मात्र लिने गरेको र यसबाट आफूलाई खास व्यापारिक नाफा नहुने तर्क पनि फेसबुकले गर्दै आएको छ ।  

गुगल पनि यो कानुन प्रति खुसी छैन । त्यति हुँदाहुँदै पनि उसले नयाँ नियमअनुसार सिड्नी मनिङ हेराल्ड र द एज प्रकाशन गर्ने कम्पनी नाइन इन्टरटेनमेन्ट कर्पाेरेसनसँग सम्झौता गरिसकेको छ जसका कारण यी समाचार माध्यमका सामग्री गुगलमा उपलब्ध हुनेछन् । यसैगरी गुगलले दि अस्ट्रेलियन, दि डेली टेलिग्राफ र दि हेराल्ड सन प्रकाशनगर्ने कम्पनी रुपर्ट मुर्डाेक न्युज कर्पाेरेसनसँग पनि सम्झौता गरेको छ । गुगलले गरेको यस सम्झौताले विश्वभर यस्तो लाइसेन्स आवश्यक पर्ने व्यवस्था थालनी हुने संभावनालाई बढाइदिएको छ । अस्ट्रेलियाको कानुन प्रभावकारी भएमा यो अरूका लागि पनि एक उदाहरण बन्नेछ ।

त्यस्तै पछिल्लो समय सामाजिक सञ्जाल शक्तिशालीसँगै स्वेच्छाचारी पनि हुँदै गएको यथार्थ हो । पूर्व अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्विटरले आफ्नो सञ्जालमा निषेध गर्नुले पनि सामाजिक सञ्जाल कुन हदसम्म शक्तिशाली हुँदै गएका छन् भन्ने पक्षलाई देखाएको छ । ट्रम्पले ट्विटरमा राखेका सामग्रीबारे प्रश्न गर्न सकिन्छ तर उनलाई सञ्जालमै निषेध गरिनु पनि एक किसिमको अतिवाद हो । यसका साथै सामाजिक सञ्जालमा अनाधिकारिक र प्रायोजित तवरले कसैको चरित्र हत्या गर्ने उद्देश्यले राखिएका मिथ्या समाचार र अन्य सामग्री आउन थालेपछि यसको नियमनको विषय पनि उत्तिकै जोडतोडका साथ उठिरहेको छ ।  

मिडिया हाउसले समाचार उत्पादन गर्न लगानी गर्ने तर फाइदा चाहिँ सामाजिक सञ्जालले बढी लिने भएकाले आर्जित आयको न्यायोचित वितरण हुनुपर्ने माग आफैँमा जायज छ । उत्पादित समाचार सामग्री सामाजिक सञ्जालमा प्रसारण हुँदा प्राप्त हुने आम्दानी सम्बन्धित समाचार संस्था, सामाजिक सञ्जाल र समग्र पत्रकारिताको हितमा हुनुपर्छ भन्नु अन्यथा होइन । नेपालको सन्दर्भमा सूचना प्रविधिसम्बन्धी ऐन २ वर्षदेखि संसद्मा थन्किएको छ । यो अवस्थामा सरोकारवाला पक्षहरूसँग छलफल गर्दै ऐनमा रहेका नियन्त्रणकारी व्यवस्था हटाएर त्यसलाई समग्र सूचना प्रविधि र पत्रकारिता क्षेत्रको विकास गर्ने हिसाबले अघि बढाउन आवश्यक छ ।
अर्को समाचार
एकीकृत समाजवादी जान तम्तयार वामदेव
१९ वैशाख २०८२
•
५ मिनेट पाठ
एकीकृत समाजवादी जान तम्तयार वामदेव
नीति तथा कार्यक्रम प्रस्तुतका लागि शुक्रबार (आज) बसेको दुबै सदनको संयुक्त बैठकमा वामदेव गौतम नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगै बसे। उनीहरू सँगै बसेको फोटोले चर्चासमेत पायो। खासगरी उनीहरू मिल्नुपर्छ भन्ने नेताहरूले फोटो साझेदारी गर्दै 'यही चाहेको' भन्नसमेत भ्याए। एकीकृत समाजवादीकै नेताहरू प्रकाश ज्वाला, मेटमणि चौधरीलगायतले पनि त्यही आशयको स्टाटस राख्दै उक्त फोटो साझेदारी गरेका छन्।




त्यसो त नेपाल-गौतम लामो समययता वामपन्थी आन्दोलनमा सँगै छन्। उनीहरूले एउटै पार्टीमा रहेर लामै समय कामसमेत गरेका छन्। प्रकारान्तरले पछिल्लो समय उनीहरू नेकपा (एमाले)बाट हेलिए। यो दृष्टिकोणबाट हेर्ने हो भने उनीहरूका पीडा फरक छैन। तर, उनीहरू मिलिहाल्न पनि त सकेका छैनन्।

त्यसो त मिल्ने कुरा नभएको होइन, एक वा दुईपटक मात्रै भएको पनि होइन। पटक-पटक भएका छन् तर, उनीहरू मिलिहाल्न सकेकै छैनन्। चार महिना अगाडि मात्रै उनीहरू मिल्ने हल्ला दह्रै थियो। २०८१ को पुसतिर उनीहरूबीच तारान्तार भेटवार्तासमेत हुने गर्थ्यो। उनीहरू एकताका लागि सहमत भएका मात्रै थिएनन्, एकता प्रक्रियासमेत अगाडि बढिसकेको थियो। 

एकता प्रक्रिया अन्तिम चरणमा पुग्न मात्रै के लागेको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीको 'इन्ट्री' भयो। उनले गौतमलाई पार्टीमा बोलाए। 'ढुलमुल' भइरहनेगौतम पुन: एकपटक ढुलमुलिए र एकीकृत समाजवादीसँगको एकता प्रक्रियालाई अपलत्रै पारेर ओलीप्रति आकर्षित भए। तर, ओलीले पछि फुस्सै पारिदिए। वामदेवलाई पार्टीमा ल्याउने भनेर सचिवालय बैठक बोलाएका ओलीले 'पुन:पार्टी नछोड्ने ग्यारेन्टी' खोज्न थाले। दुईपटक पार्टी छाडिसकेका गौतमले कहाँबाट विश्वस्त पार्न सकून् ओलीलाई।

गौतमले ओलीले भाँड्न मात्रै खोजेका रहेछन् भन्ने कुरा जतिबेला थाहा पाए, त्यतिबेला एकीकृत समाजवादी रिसिसकेको थियो। त्यसपछि उसले पनि भन्न थाल्यो कि अब गौतमसँग कुनै सर्त बिना एकता गरिँदैन। यो थाहा पाएपछि गौतम अलमलिए। के गर्ने र के नगर्नेको चक्करमा घुमेका उनले त्यसपछि नेकपा एकता अभियानलाई पार्टीका रूपमा दर्तासमेत गराए, आफ्नै पार्टी अगाडि बढाउने निष्कर्षमा पुगे। तर, पार्टीका अरु नेताहरूले त्यसो नगर्न सुझाव दिए। यसपछि फेरि उनी विरासत र विचार मिल्ने पार्टीसँगकै एकतालाई नै तीव्रता दिने निर्णयमा पुगे। 

वामदेव गौतम र माधव नेपाल।
यहीअनुरूप पछिल्लो दुई सातायता उनले पुन: एकीकृत समाजवादीसँग एकताका लागि प्रस्ताव लगेका छन्। पार्टी एकताका लागि उनी हदैसम्म लचिलो बनिरहेको एकीकृत समाजवादीका नेता दामोदर अर्याल बताउँछन्। 'पछिल्लो १५ दिनयता उहाँले एकताका लागि कुरा झिक्नुभएको छ। संवाद पनि भइरहेको छ। त्यसमा हामी पनि नेगटिभ छैनौँ,' अर्यालले भने।

उसो त एकीकृत समाजवादीलाई पनि गौतम जतिको नेता नभित्र्याउनुपर्ने कुनै कारण नहोला! पछिल्लो निर्वाचनबाट तीन प्रतिशतको थ्रेसहोल्डसमेत कटाउन नसकेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विरासत र विचार मिल्ने नेताहरूलाई समेट्दै जानुपर्ने आवश्यकता रहेको औँल्याउने गरेका छन्। पार्टी कमिटीका बैठकहरूमा पनि उनले यसै भन्ने गरेका छन्।

आज त्यही कुराले 'हिट' गर्‍यो सायदै, संसद्‌मा उनी आफैँले गौतमलाई बोलाएर छेउमै बसाए। गौतमलाई पनि गजबै भयो। नेपालले बोलाउँदा आफूलाई खुसी लागेको उनले नागरिकलाई सुनाए। तपाईंहरू कसरी सँगै बस्न पुग्नुभयो ?भन्ने जिज्ञासामा उनले भने, 'म जाँदै थिएँ, माधवजी अगाडि नै बसिसक्नुभएको रहेछ। उहाँले मलाई बोलाउनुभयो,म गएँबसेँ। कार्यक्रम सुरु भयो। तर, अरु कुराकानी चाहिँ भएनन्। उहाँ र म सँगै बस्ने कुरा त ५०/६० वर्षयता चलिरहेकै कुरा हो।'

'अब ओलीलाई पत्याइन्न'

संसद्‌मा नेपाल-गौतम सँगै बसेको फोटोले सामाजिक सञ्जालमा चर्चा पाएको छ। त्यो फोटोलाई एकीकृत समाजवादीकै नेताहरूले पनि साझेदारी गर्दै एकता चाहेको बताएका छन्।

प्रकाश ज्वाला, मेटमणि चौधरीलगायतका नेताहरूले फेसबूकमा उक्त फोटो साझेदारी गर्दै ढिलोचाँडो एकता हुनु आवश्यक रहेको र हुने बताएका छन्। एकीकृत समाजवादीका नेताहरूले त्यसरी फेसबूकमा फोटो साझेदारी गरेको कुरा बताउँदा गौतम पनि हाँसे र भने, 'एकता त भइहाल्छ नि। साथीहरूसँग कुराकानी भइरहेकै छ। मैले र माधवजीले चाहनेबित्तिकै हामी बस्न सकिहाल्छौँ। हामी चाँडै बस्छौँ।'

वामदेव गौतम र केपी शर्मा ओली।
एमालेबाट अर्को प्रस्ताव आउन सक्छ भन्नेमा उनी सजग छन्। तर, अब त्यहाँबाट आएको प्रस्तावलाई नपत्याउने उनले बताएका छन्। उनी भन्छन्, 'अब त ओलीजीलाई पत्याइन्न। अस्ति पनि अपलत्र पारिदिनुभयो। अब म पत्याउँदिनँ।'

एकीकृत समाजवादीका नेताहरू पनि गौतमलाई एमालेले नलाने बताउँछन्। एक नेता भन्छन्, 'उहाँलाई एमालेले लाँदैन। केपी ओलीलाई अरुको एकता भाँड्न पाए पुगिहाल्छ। उनलाई मान्छे चाहिएकै छैन।' अब गौतम आफ्नै पार्टीमा आउने पक्का भइसकेको ती नेता बताउँछन्।

एकता कि प्रवेश ?

गौतम आफैँ भने एकता भन्छन्। आफूसँग पनि पार्टी नै रहेको उल्लेख गर्दै उनले एकता भन्ने गरेका छन्। एकीकृत समाजवादीसँग पनि उनले पार्टी एकता नै भनेका छन्। 

तर, एकीकृत समाजवादीका नेताहरू भने गौतमले पार्टी प्रवेश गर्ने बताउँछन्। नेता दामोदर अर्याल भन्छन्, 'उहाँसँग पार्टी एकता भन्दा पनि उहाँले हाम्रो पार्टीमा प्रवेश गर्ने हो। उहाँसँग मान्छेनै हुनुहुन्न। केही साथीहरू हुनुभयो भने व्यवस्थापन गर्ने हो। कतिपय साथीहरूलाई केन्द्रीय कमिटीमै पनि ल्याउनुपर्ने हुनसक्छ, ल्याउँछौँ। त्यसमा समस्या नै भएन।'

वामदेव गौतम।
तर, गौतमलाई भने पार्टीको तेस्रो वरीयतामा ल्याउने उनले बताए। 'उहाँका लागि हामीले तेस्रो वरीयता राखेका छौँ। पहिले पनि त्यही थियो, अहिले पनि हाम्रो भनाइ त्यही हो। अध्यक्ष, सम्मानित नेतापछि उहाँ नै हुनुहुन्छ। त्यसपछि मात्रै पार्टीका अरु नेता हुनुहुन्छ,' उनले भने।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस