कोभिड खोप क्रियाशीलता
१८ फागुन २०७७
•
५ मिनेट पाठ
कोभिड खोप क्रियाशीलता
गत माघ १४ देखि सुरु गरिएको पहिलो चरणअन्तर्गत नेपालमा गत सातासम्म ४ लाख ३० हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । विश्वका १०० भन्दा बढी राष्ट्रले खोप अभियान सुरु नै नगरेको अवस्थामा संक्रमणको हिसाबले उच्च जोखिममा रहेका १ दशमलव ४८ प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराइएको छ । यो आफैँमा ठूलो उपलब्धि हो । तर आमजनतासम्म खोपको पहुँच छोटो समयमै पुर्‍याउन सकेमा मात्र महामारी नियन्त्रण प्रयासले सार्थकता पाउँछ । कोरोना महामारीले नेपालसहित विश्वको सामाजिक जीवन र अर्थतन्त्रलाई नराम्ररी गिजोलेको परिप्रेक्ष्यमा खोपले समग्रतामा मानव जीवनलाई पुरानै लयमा फर्काउन सहयोग गर्ने विश्वास गरिएको छ । विश्वव्यापीरूपमा २५ लाख भन्दा बढी मानिसको ज्यान लिइसकेको यो भाइरसले आइतबारसम्म नेपालमा २७ सय ७४जनाको ज्यान लिएको छ ।  




कोरोना उपचारमा निश्चित औषधि अझैसम्म बन्न सकेको छैन तर यो महामारी नियन्त्रणका लागि केही खोप प्रयोगमा आइसकेका छन् र दर्जनौँ देशमा खोप लगाउन  सुरु गरिएको छ । यसअघि सामान्यतया कुनै पनि खोप विकास गर्न ५–७ वर्ष लाग्ने गरेकामा कोभिड–१९ को खोप १ वर्षमै विकास हुन सकेको छ । यसलाई वैज्ञानिक चमत्कार नै मानिएको छ ।  

भारत सरकारले माघ पहिलो साता उपलब्ध गराएको १० लाख डोज खोपका कारण नेपाल खोप अभियान सुरु गर्न सफल भएको हो । नेपालले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको र भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटद्वारा निर्माण गरेको कोभिसिल्ड खोप लगाउन सुरु गरेको हो । भारत सरकारको अनुदानबाट सुरु भएको खोपलाई निरन्तरता दिन सरकारले सोही खोपको थप २० लाख डोज खरिद गरिसकेको छ र खरिद गरिएको १० लाख खोप नेपाल आइसकेको छ ।  

खोप सुरुवात भएसँगै यो अभियान आगामी दिनमा कसरी अगाडि बढ्छ भन्नेमा सबैको जिज्ञासा छ । विश्व स्वास्थ्य संंगठनले समेत नेपालले गरेको खोप अभियानको तयारी र व्यवस्थापनको प्रशंसा गरेको छ । विशेषगरी लक्षित वर्गको पहिचान, स्वास्थ्यकर्मीलाई तालिम, कुनै प्रतिकूल असर देखिएमा त्यसको निदान गर्ने तयारी,  भ्याक्सिन राख्न कोल्ड चेनको व्यवस्थालगायत विषयमा नेपालले गरेको कार्य प्रशंसनीय रहेको विश्व स्वास्थ्य संगठनको भनाइ छ । यो अत्यन्त खुसीको कुरा हो । १८ वर्षमुनिका बाहेक २ करोड जनसंख्यालाई खोप आवश्यक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यो हिसाबले पनि नेपाललाई ४ करोड डोज खोप आवश्यक छ । हालसम्म नेपालले सुनिश्चित गरेको ३० लाख डोज मात्र हो । विश्व स्वास्थ्य संंगठनको अगुवाइमा स्थापना भएको कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध हुने भनिएको २२ लाख डोजसमेत जोड्दा नेपालले कुल ५२ लाख डोज खोपको जोहो गर्न सक्ने देखिएको छ । नेपालमा कुल ४ करोड डोजको आवश्यकता रहेको परिप्रेक्ष्यमा  यो अत्यन्त न्यून आपूर्ति हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले थप ५० लाख खोप भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाबाटै खरिद गरी ल्याउने तयारी भइरहेको आइतबार बताएका छन् । योजनाअनुरूप उक्त मात्रमा खोप उपलब्ध हुन सकेमा यो पनि खुसीको खबर हो ।  

खोप मागको तुलनामा आपूर्ति न्यून छ । यसको माग विश्वमै उच्च छ । सीमित उत्पादन क्षमताका कारण सन् २०२१ भर विश्वव्यापीरूपमा खोपको अभाव रहने देखिएको छ । अर्काेतिर खोप उत्पादनमा केही सीमित राष्ट्रको वर्चस्व रहेकाले उनीहरू खोप आपूर्तिलाई आफ्नो शक्ति तथा प्रभाव बिस्तारको कूटनीतिक संमाधानका रूपमा प्रयोग गर्न उद्यत देखिएका छन् । यसले खोपलाई एउटा राजनीतिक सामग्रीका रूपमा विकास गरिरहेको छ । विश्व स्वास्थ्य संंगठनलगायतका बहुपक्षीय निकायले खोपको न्यायसंगत खरिद र वितरणलाई प्रमुखता दिँदै बहुपक्षीय दृष्टिकोण राख्नुपर्ने बताउँदै आएका छन् । तर धनी राष्ट्रले खोप खरिदमा सोझै खोप उत्पादक कम्पनी र राष्ट्रसँग ठूलो स्तरमा द्विपक्षीय सम्झौताहरू गरेका छन् । यसले ‘जसको शक्ति उसकै भक्ति’ भने जस्तो स्थिति सिर्जना भइ खोपको न्यायोचित वितरणमा प्रश्न उठेको छ ।  

नेपाल सरकारले चाँडै खोप अभियान सुरु गरेर चारैतिर प्रशंसा बटुलेको छ । आगामी दिनमा समग्र जनसंख्यालाई समयमै खोप उपलब्ध गराउन सक्यो भने यसले समग्र अर्थतन्त्रमै सकारात्मक प्रभाव पर्छ । यसले हाम्रो पर्यटन क्षेत्रलाई सहजरूपमा खुला गर्न र आमआर्थिक जीवनलाई सहज बनाउन मद्दत पुग्नेछ । अहिले खोपको  दौडमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको नेतृत्वमा नेपालले हासिल गरेको उपलब्धिले समग्रमा सरकारकै साख बढाएको छ । यो गति निरन्तर हुन सक्यो भने पूरै नेपालीलाई खोप लगाउन सक्ने स्थिति हासिल हुन सक्छ ।  

यसै सिलसिलामा सरकारले जोखिममा रहेका वर्गलाई निःशुल्क खोप उपलब्ध गराएपछि खोप आपूर्तिका लागि निजी क्षेत्रलाई पनि संलग्न गराउने योजना अगडि सारेको छ । खरिद मूल्य तथा अन्य खर्चसमेत जोड्दा पर्न आउने कुल मूल्यमा केही प्रतिशतसम्म बढाएर निजी क्षेत्रले सर्वसाधारणलाई खोप उपलब्ध गराउन सक्ने गरी अनुमति दिन सरकारले गृहकार्य अगाडि बढाएको छ । सरकारले प्राथमिकतामा नपरेका तर अहिल्यै खोप लिन आवश्यक भएका व्यक्तिका लागि निजी क्षेत्रबाट खोप दिने तयारी गरेको बताएको छ । निजी क्षेत्र कोभिड–१९ विरुद्धको खोप सेवामा सहभागी हुन निश्चित सरकारी प्रक्रिया पूरा गर्नुपर्नेछ । प्रक्रिया पूरा गरेपछि मात्र सरकारले तोकेका अस्पताल तथा केन्द्रबाट खोप दिइनेछ । निजी क्षेत्रले खोप सेवा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति लिनुपर्ने, खोप दिने केन्द्र दर्ता हुनुपर्ने, सरकारको सर्तअनुसार खोप भण्डारण स्थल हुनुपर्ने, सरकारले तोकेको शुल्कमा मात्र खोप दिनुपर्नेलगायतका सर्त राखिएको छ । प्राथमिकतामा परेका ४० प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराइसकेपछि मात्र निजी क्षेत्रले अनुमति पाउने सरकारी अधिकारीको कथन छ । विश्व इतिहासमै सबैभन्दा ठूलो खोप अभियान मानिएको कोरोना खोप नेपालका लागि पनि सबैभन्दा ठूलो अभियान हो । त्यसका लागि सरकारले निजी क्षेत्रलाई पनि सहभागी गराउन खोज्नु राम्रो हो । छिमेकी मुलुक भारतले पनि निजी क्षेत्रलाई सहभागी गराइसकेको छ ।  

हालसम्म नेपालले अनुमति दिएको खोप भारतको सेरम इन्स्टिच्युट र चीनको सिनोफर्मद्वारा उत्पादित खोप हो । विश्वमा अन्य खोपको पनि द्रुततर हिसाबले विकास भइरहेको परिप्रेक्ष्यमा नेपाललाई सुहाउने अन्य खोपको संभावनको खोजी उत्तिकै महत्वपूर्ण हुन्छ । समग्रमा खोप कूटनीतिलाई अझ प्रभावकारीरूपमा अगाडि बढाउन आवश्यक छ । खोप अभियानमा निजी क्षेत्रको सहभागिता नेपालका लागि त्यति धेरै अनुभव भएको विषय होइन । त्यस हिसाबले पनि खोप अभियानमा निजी क्षेत्रको सहभागिता गराउँदा सरकारले प्रभावकारी अनुगमनको व्यवस्था गर्नुपर्छ । यो मुनाफा भन्दा पनि जनस्वास्थ्यको विषय र आमजन सरोकारको विषय रहेकाले यसमा चनाखो हुन उत्तिकै आवश्यक छ । निजी क्षेत्रलाई पनि यसमा सेवाभावले सरिक हुन प्रेरित गर्नुपर्छ ।
अर्को समाचार
कागबेनीको चेतावनी
३२ साउन २०८०
•
३ मिनेट पाठ
कागबेनीको चेतावनी
हिमालपारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका ४ मा गत साउन २८ आइतबार राति आएको बाढी र यसले गरेको ठूलो क्षतिले सबैको ध्यान तानेको छ। धार्मिक तथा पर्यटकीय महत्वको कागबेनी, सामान्य खोलामा आएको बाढीले बगर बनेको छ। कैयन् घर नष्ट भएका छन्। समयमै माथिल्लो भेगका बासिन्दाले खबर गरेका कारण मानविय क्षति नभए पनि पनि करोडौँको आर्थिक क्षति भएको छ। आर्थिक मात्र होइन, यसले गैरआर्थिक क्षति पनि गरेको छ। वर्षौँदेखि बाँचेको थातथलोबाट स्थानीय विस्थापित भएका छन्। धर्मशाला र मन्दिरसमेत बाढीले बगाएको छ।




मुक्तिनाथ क्षेत्रबाट बगेर आउने कागखोलामा यति धेरै स्तरको बाढी आउने र गाउँ बगर बन्न सक्ने अनुमान कसैले गरेका थिएनन्। स्थानीयबासीका लागि पनि यो असामान्य घटना थियो। तर, पछिल्ला केही वर्षमा हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा ठूलो स्तरमा वर्षा र बाढीका घटना बढेका छन्। वर्षा छाया क्षेत्र (रेनस्याडो एरिया) मानिने यहाँ सरदर भन्दा धेरै वर्षा हुन थालेको छ र यसअघि असामान्य मानिएको घटना सामान्य हुन् थालेका छन्। आइतबार कागखोलाको माथिल्लो तटीय क्षेत्रमा पहिरोले खोला थुनिएर पानी जम्मा भई ताल बनेको र यो फुट्दा एक्कासि गेग्रान बहाव भई लेदोसहितको बाढीले यो नोक्सान गरेको सरकारी तर्क छ।

जलवायुजन्य हानि तथा नोक्सानीसम्बन्धी राष्ट्रिय ढाँचा–२०२१’ले नेपालमा जलवायु परिवर्तनजन्य जोखिमलाई आत्मसात गरेर क्लाइमेट स्मार्ट विकास र जलवायु उत्थानशीलतालाई महŒव दिएको छ। तर, यो नीतिगत व्यवस्थाको कार्यान्वयन अत्यन्त कमजोर छ। 
कागबेनीसँगै किन यस्ता घटना बढ्न थाले भन्ने विषयमा कारण खोजी हुन थाल्नु स्वाभाविक हो। विज्ञबीच विषयमा मतैक्य नरहे पनि अधिकांशले यो जलवायु परिवर्तनका कारण सिर्जित घटना हुन सक्ने बताएका छन्। दुई वर्षअघि मुस्ताङको छिमेकी जिल्ला मनाङमा आएको भीषण वर्षा र बाढीले ठूलो क्षति गरेको थियो। यस्ता विषम मौसमी घटनाको निरन्तरतामा जलवायु संकट कारक रहेको विज्ञ मान्छन्। बाढी आउनुअघि त्यो क्षेत्रमा सरदर भन्दा बढी २५ मिलिमिटर पानी परेको थियो। घना वर्षालाई मुस्ताङको फुसफुसे माटोले थेग्न नसक्ने र पानी पर्दा यो बगेर जाने र यसले प्रवाह गर्ने गेग्रानले तल्लो तटमा अधिक क्षति गर्ने विज्ञको ठहर छ।

विश्व तापमान बढ्दै जाँदा यसले पृथ्वीको प्राकृतिक प्रणालीलाई बिथोलेको छ। भीषण वर्षा, खडेरी, जंगली आगो, पहिरो तथा डुवानका घटना बढ्दो क्रममा छन्। विज्ञले वायुमण्डलमा तातोपना बढ्दा यसले मनसुनी हावालाई हिमालपारिसम्म धकेल्दा यसप्रकारको अतिवृष्टि हुने तर्क गरेका छन्। औद्योगिक क्रान्तिअघिको तुलनामा पृथ्वीको तापक्रम १.२ डिग्रीले बढिसकेको छ। यसको प्रभाव नेपालको हिमाली क्षेत्रमा झन् बढी परेको छ। हिमनदीमा हिउ ह्वात्तै घटेको छ, हिमताल बिष्फोटको खतरमा छन्। यसले आगामी दिनमा बाढी, पहिरो र डुबानका घटना झन् बढ्ने प्रष्ट छ।

नेपाल सरकारले जारी गरेको ‘जलवायुजन्य हानि तथा नोक्सानीसम्बन्धी राष्ट्रिय ढाँचा–२०२१’ ले नेपालमा जलवायु परिवर्तनजन्य जोखिमलाई आत्मसात गरेर क्लाइमेट स्मार्ट विकास र जलवायु उत्थानशीलतालाई महत्व दिएको छ। तर, यो नीतिगत व्यवस्थाको कार्यान्वयन अत्यन्त कमजोर छ। यो विषयमा तीनै तहका सरकार तथा नागरिक समाज सचेत र सजग हुन नसक्दा कागबेनी जस्ता घटनाको पुनरावृत्ति हुने देखिन्छ। त्यसैले भविष्यमा आउने यस्ता संकट सम्बोधन गर्न, संकट पर्दाको अवस्थामा प्रभावकारी अनुकूलन र प्रतिकार्य क्षमताको विकासमा कुनै कसर बाँकी राख्नु हँुदैन। यसो गरेमा मात्र विपद्ले गर्ने भौतिक तथा मानवीय क्षति न्यूनीकरण गर्न सकिन्छ।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २६ सेकेन्ड अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
यो पनि पढौँ
अदालतको अवमूल्यन अमान्य
अदालतको अवमूल्यन अमान्य
नागरिक नागरिक • · ३१ साउन २०८० · ३ मिनेट पाठ
अस्पतालको अस्वस्थता
नागरिक नागरिक • · १९ साउन २०८० · ४ मिनेट पाठ
दलाल पुँजीवादको दलदल
नागरिक नागरिक • · १६ माघ २०७८ · ५ मिनेट पाठ
छुवाछूतको कलंक
छुवाछूतको कलंक
नागरिक नागरिक • · ३० साउन २०८० · ३ मिनेट पाठ
उड्डयनका उबडखाबड
नागरिक नागरिक • · १० असार २०७९ · ४ मिनेट पाठ
प्रधानन्यायाधीशमाथि प्रश्न
नागरिक नागरिक • · ०७ कार्तिक २०७८ · ५ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस