आन्तरिक पर्यटनको प्रवर्द्धन
२६ फागुन २०७७
•
४ मिनेट पाठ
आन्तरिक पर्यटनको प्रवर्द्धन
कोरोना संक्रमणले मुलुकको समग्र क्षेत्रमा प्रभाव पारे पनि पर्यटन क्षेत्रलाई धेरै नै असर गरेको छ भने यो क्षेत्र अहिलेसम्म पनि उठ्न सकेको छैन । पछिल्लो समय कोरोना संक्रमणको दरमा कमी आएसँगै आन्तरिकरूपमा पर्यटन क्षेत्रमा थोरै चहलपहल भए पनि त्यो अझै पनि न्यून नै छ । अर्काेतिर पर्यटन क्षेत्रले विदेशी पाहुनाको अनुहार देख्न नपाएको त वर्ष दिन भइसकेको छ । चाहे यसअघि स्थापित भइसकेका पर्यटन व्यवसायी हुन् वा यो क्षेत्रमा लाग्दै गरेका नयाँ व्यवसायी नै किन नहोउन्, कोरोना संक्रमणका कारण सबै प्रभावित भएका छन् । बैंकहरूबाट लिएका ऋण तिर्ने कुरा त परै जाओस्, सामान्य सञ्चालन खर्च बेहोर्नसमेत उनीहरूलाई अप्ठ्यारो पर्न थालिसकेको छ । अझ भर्खरै यो व्यवसायमा हात हालेकाहरू झनै मर्कामा परेका छन् । विशेषगरी पर्यटन वर्षलाई आधार बनाउँदै व्यवसायीहरूले पछिल्लो समय यो क्षेत्रमा आक्रामक ढंगले लगानी बढाएकै हुन् । एकातिर कोरोना संक्रमणले पर्यटन वर्ष नै रद्ध गर्नुपर्ने अवस्था आयो भने अर्काेतिर पर्यटन क्षेत्र सामान्य हिसाबले समेत अघि बढ्न सकेन । यसले गर्दा व्यवसायीहरूको लगानी नै डुब्ने खतरा पनि उत्तिकै छ ।  




राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको पर्यटन क्षेत्र यति धेरै अप्ठ्यारोमा पर्दा सरकारले मद्दत गर्नुपर्ने हो । तर सरकारले समग्र अर्थतन्त्रलाई उकास्ने गरी नै राहतको प्याकेज ल्याउनुपर्ने हो । त्यसो त सरकारले राहतका केही कार्यक्रम नल्याएको पनि होइन तर ती कार्यक्रम पर्याप्त छैनन् । त्यसमाथि सरकारले कोरोना संक्रमणका कारण भएको समग्र क्षतिको आकलन गरी ती क्षेत्र सुधारका लागि त्यसैअनुरूप कार्यक्रमहरू ल्याउनुपर्ने हो । तर सरकारले समग्र क्षतिको सूक्ष्म हिसाबले आकलन गरेको देखिँदैन । त्यसमाथि कोरोनाले पुर्‍याएको क्षतिका आधारमा विभिन्न क्षेत्रहरू वर्गीकरण गर्नुपर्ने हो । र, त्यही आधारमा ती क्षेत्र उकास्नका लागि अलग–अलग किसिमका राहतका कार्यक्रमहरू ल्याउनुपर्ने हो । तर, सरकारले त्यसतर्फ पर्याप्त ध्यान दिएको देखिँदैन । 

पर्यटन क्षेत्रलाई उकास्न पोखराका पर्यटन व्यवसायीहरूले सुरु गरेको ‘जाउँ है पोखरा’ अभियान अन्य सहरका व्यवसायीहरूका लागि पनि अनुकरणीय हुन सक्छ । यसका साथै सरकारले पनि पर्यटन व्यवसायीहरूको यो अभियानलाई टेवा पुग्ने गरी कार्यक्रमहरू ल्याउन जरुरी छ । त्यसो भयो भने पर्यटन क्षेत्रले केही हदसम्म भए पनि राहत महसुस गर्न सक्छ । 
कोरोनाले पुर्‍याएको क्षतिका आधारमा हेर्ने हो भने पर्यटन क्षेत्र अति प्रभावित समूहमा पर्ने कुरामा कुनै शंका छैन । त्यसैले पनि पर्यटन क्षेत्र सुधारका लागि सरकारले विशेष कार्यक्रम ल्याउने कुरामा व्यवसायी आशावादी नभएका पनि होइनन् । तर सरकारबाट त्यस किसिमको कार्यक्रम नआएपछि व्यवसायी आफैँले विभिन्न किसिमका प्रयास सुरु गरेका छन् । यसैको परिणामस्वरूप व्यवसायीहरूले तत्कालको अवस्थामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने किसिमका कार्यक्रमहरू ल्याउन थालेका छन् । स्वदेशी एवं आन्तरिक पर्यटककै भरमा अहिले आफ्नो व्यवसाय सञ्चालनका लागि ढोका मात्रै खोल्न सकेका व्यवसायीहरू यसलाई अलि बढाएर व्यवसाय टिकाउने तयारीमा लागेका छन् । त्यस्तै रणनीतिअन्तर्गत पोखराका पर्यटन व्यवसायीहरूले ‘जाउँ है पोखरा’ अभियानमार्फत आन्तरिक पाहुनालाई पोखरा बोलाउन विभिन्न सहरमा प्रवद्र्धनात्मक अभियान चलााएका छन् । त्यसो त अझै केही समय तेस्रो मुलुकका पाहुना आउने सम्भावना कम भएकाले त्यो बेलासम्म आन्तरिक पर्यटनकै भरमा व्यवसाय धान्नुपर्ने अवस्था आएकाले पनि व्यवसायीहरूले यस किसिमका अभियान थालेका हुन् । पश्चिमाञ्चल होटल संघले यसपटक पश्चिम नेपालका विभिन्न सहरमा प्रवद्र्धन अभियान थालेको हो । स्थानीय व्यवसायीसँग सहकार्य गर्दै आन्तरिक पर्यटकलाई पोखरा बोलाउने योजना पनि व्यवसायीले अघि सारेका छन् ।  

व्यवसायीहरूले ‘जाउँ है पोखरा’ अभियान यसपटक पश्चिम नेपालको नेपालगन्ज, बर्दिया, धनगढी र महेन्द्रनगर सहरमा गर्न लागेका हुन् । गत मंसिरको अन्तिममा उनीहरूले पूर्वी नेपालका सहरमा यस्तै अभियान चलाएका थिए । त्यो अभियानले पूर्वका पाहुना पोखरा आउन थालेपछि व्यवसायी उत्साहित भएका हुन् । र, त्यसैअनुसार अभियानलाई विभिन्न स्थानमा बढाएका हुन् । त्यसो त आन्तरिक पर्यटकलाई समेत केही अप्ठ्यारो भए पनि अहिले जुन हिसाबले स्वदेशी पाहुना आएका छन्, त्यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित देखिएका हुन् । यस्ता प्रवद्र्धनात्मक कार्यक्रममार्फत आन्तरिक मात्र नभई क्रस बोर्डर पर्यटनमार्फत पनि लाभ लिन सकिने उपाय व्यवसायीहरूले खोजिरहेका छन् । भारतीय पाहुना मात्र भित्र्याउन सके पनि धेरै लाभ लिन सकिने व्यवसायीहरूको ठम्याइ छ । तर नेपाल–भारत नाका नखुल्दा भारतीय पर्यटक आउन नपाएकाले व्यवसायीहरूले नाका खुलाउने विषयमा पनि दबाब दिन थालेका छन् । जे होस्, अहिले आन्तरिक पर्यटनमा आएको चहलपहल बढाउन सकिए पनि यो क्षेत्रका लागि ठूलो भरथेग हुन्छ ।  

त्यसो त यसअघि पनि बेलाबखत आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै व्यवसायीहरूले आफ्नो व्यवसाय थेगेकै हुन् । विगतमा माओवादी सशस्त्र द्वन्द्वकालमा विदेशी पर्यटक आगमनमा कमी आएपछि पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमहरू ल्याएका थिए । उतिबेला पनि पोखराका पर्यटन व्यवसायीले यसैगरी ‘जाउँ है पोखरा’ अभियान चलाएका थिए । अहिले फेरि कोरोना महामारीले व्यवसायमा संकट ल्याएपछि पोखराका पर्यटन व्यवसायीहरूले फेरि आन्तरिक पर्यटकको साथ खोजेका छन् । पर्यटन क्षेत्र उकास्न पोखराका पर्यटन व्यवसायीहरूले सुरु गरेका ‘जाउँ है पोखरा’ अभियान अन्य सहरका व्यवसायीहरूका लागि पनि अनुकरणीय हुन सक्छ । यसका साथै सरकारले पनि पर्यटन व्यवसायीहरूको यो अभियानलाई टेवा पुग्ने गरी कार्यक्रमहरू ल्याउन जरुरी छ । त्यसो भयो भने पर्यटन क्षेत्रले केही हदसम्म भए पनि राहत महसुस गर्न सक्छ । त्यसैले पनि पर्यटन क्षेत्र उकास्ने अभियानमा सरकारको ध्यान जाओस् ।
अर्को समाचार
स्वास्थ्य, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनका लागि ‘राईड टु कोसी’
१६ फागुन २०८१
•
२ मिनेट पाठ
स्वास्थ्य, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनका लागि ‘राईड टु कोसी’
राईट टु कोसी अभियानको झलक । तस्विरः महेश्वर ।
आन्तरिक पर्यटनको प्रवर्द्धन र विकास, प्रदूषणमुक्त वातावरण र स्वास्थ्य जीवन शैलीको उद्देश्यका साथ स्थानीय युवाहरुले ‘राईड टु कोसी’ अभियान सञ्चालन गरेका छन् । अभियान अन्तर्गत सदरमुकाम गाईघाटबाट शुक्रबार ३ सय साइकल यात्री युवाहरू २ दिने साइकल यात्रामा निस्केका छन् ।




‘स्वास्थ्यका लागि साइकल, एकताका लागि सवारी’ भन्ने नाराका साथ स्थानीय युवाहरुले थालेको अभियान गाईघाटदेखि विभिन्न मदन भण्डारी लोकमार्ग हुँदै विभिन्न ठाउँ पार गरेर उदयपुर र सुनसरी  सीमा सप्त नदी पुगेर फर्कनेछ । कार्यक्रम आयोजक जिल्ला साइकल सङ्घ उदयपुरका अनुसार यात्रीहरूले जिल्लाको विभिन्न पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्नुका साथै वातावरण प्रदूषणमुक्त गर्ने उद्देश्य पनि अभियानले लिएको छ ।

शुक्रबार बिहान गाईघाट बजार परिक्रमा गरिसकेपछि स्थानीय लोकतान्त्रिक चोक (पिपलचोक)मा आयोजित एक कार्यक्रमका बिच त्रियुगा नगरप्रमुख वसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले साइकल यात्रीहरूलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेर अभियानकर्मीलाई बिदा गरे । मेयर बस्नेत र उपमेयर राईले यात्रीहरूलाई बिदा गर्दै आन्तरिक पर्यटनमा वृद्धि गर्न तथा पर्यटकलाई जिल्ला भित्र्याउन यस्ता कार्यक्रमको महत्त्वपूर्ण भूमिका हुने भन्दै सफलताको कामना गरे ।

अभियन्ता समूहले उदयपुरका विभिन्न पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्नुका साथै वातावरण स्वच्छ राख्न तथा जलवायु परिवर्तनमा असर हुन नदिने सन्देशमूलक गतिविधिहरू गर्ने साइकल यात्रा गर्ने जनाएको छ ।

सदरमुकामबाट छुटेको अभियन्ता साइकल यात्री समूह मदन भण्डारी लोकमार्ग हुँदै बहेडवास्थित निजामती पार्क, बहेडवा थारु होमस्टे, चौदण्डीगढी मुकाम बेलटार, बसाहा बँदेलपानी, बेलका नगरपालिका प्रवेशद्वार देउराली हुँदै सुपाडे, रामपुर बजार र सेतीखोला कटेर मैनामैनीको पर्यटकीय तथा धार्मिक स्थल रङ्गमहल, टङ्केला गुफा, सोमबारे कोठु भएर चतारा पुग्ने छ ।

शुक्रबार चतारामै बास बस्ने टोली शनिवार फर्कँदा विभिन्न ठाउँ हुँदै त्रियुगा नगरपालिका ३ भुल्केस्थित नेपाली सेनाको १८ नं. बाहिनी अड्डालाई अन्तिम गन्तव्य बनाउनेछ । अभियान यात्रा अड्डामै आएर  समापन गर्ने कार्यक्रम तय भएको साइकल सङ्घले जनाएको छ।

अभियान टोलीमा संलग्न अगुवा साईकलयात्री भूपाल राउतका अनुसार टोलीमा १५ वर्षीय बालकदेखि ५० सम्मका सहभागी छन् । २ सय ३४ साइकल राईडर तथा ६६ स्वयंसेवक गरी ३ सय जना यात्रा टोलीमा सहभागी रहेको उनले बताए । अभियान सञ्चालन गर्न कुनै कार्यालय, सङ्घ संस्था वा व्यक्तिसँग चन्दा सहयोग नलिई आफ्नै खर्च र पहलमा गर्ने गरेको राउतले बताए ।

अर्का अगुवा साइकल यात्री जितेन्द्र रोईलाले भने ‘स्वच्छ वातावरण, स्वास्थ्य जीवन शैली र सभ्य समाज निर्माणका लागि युवाहरू आफै जुट्नुपर्छ भन्ने सन्देश दिन हामी आफ्नै खर्च र पहलमा अभियान चलाउँदै आएका छौँ ।’ अभियानले जिल्लाको आन्तरिक पर्यटन प्रवर्द्धन त गर्छ नै, सँगसँगै ध्वनि र वातावरण प्रदूषण घटाउन र स्वास्थ्य तन्दुरुस्तीमा पनि साइकल यात्राको महत्त्व भावी पुस्तालाई दर्साउन मद्दत पुग्ने अभियन्ताको ठम्याई छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस