दोहोरिएका देउवा
२९ मंसिर २०७८
•
४ मिनेट पाठ
दोहोरिएका देउवा
सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई पुनः पार्टी सत्ताको जिम्मेवारी प्राप्त भएको छ। राजनीतिक दलहरूमा नेतृत्व परिवर्तनका निम्ति आवाज उठिरहेका बेला मुलुककै पुरानो पार्टी कांग्रेसको नेतृत्वमा दोहोरिने अवसर ७६ वर्षीय देउवालाई प्राप्त हुनु आफैँमा रोचक पक्ष हो।




कांग्रेसजनले अझै देउवाको आवश्यकता महसुस गरेका रहेछन् भन्ने बुझ्नुपर्ने हुन्छ। दलको मात्र होइन, सरकारको नेतृत्वमा पनि पटक–पटक पुग्न सक्ने क्षमता देउवाले राख्नुलाई उनको नेतृत्व क्षमताकै खुबीका रूपमा लिनुपर्ने हुन्छ। नेतृत्व परिवर्तनका निम्ति जतिसुकै आवाज उठे पनि त्यसलाई पार्टी पंक्तिले अस्वीकार गर्नुको अर्थ देउवामाथि अझै पत्यार रहेको बुझाउँछ।

कांग्रेस महाधिवेशन यसपटक नेतृत्व प्रतिस्पर्धाका हिसाबले रोचक रहेको छ। घुमाउरो पाराले देउवाले फेरि एकपटक वरिष्ठ नेता रामचन्द्र पौडेललाई दलको नेतृत्व गर्ने अवसरबाट सधैँका निम्ति पाखा पारेका छन्। पहिलो चरणमा देउवासँग प्रतिस्पर्धामा उत्रिएका शेखर कोइरालाले पाएको मत उत्साहजनक थियो।

पहिलो चरणमा देउवाले २ हजार २ सय ५८ मत पाउँदा कोइरालाले १ हजार ७ सय २९ मत पाएका छन्। अरू तीन प्रत्याशी प्रकाशमान सिंह,विमलेन्द्र निधि र कल्याण गुरुङले पाएको मत क्रमशः ३ सय ७१, २ सय ४९ र २० रहेको छ। यही चरणमा विजयी हुन देउवालाई ८२ मत मात्र कम प्राप्त भएको हो।

दोस्रो चरणको मतदानमा विरुद्धमा उठेका कोइरालाबाहेक सबै उम्मेदवारले देउवालाई समर्थन गरी उनको जित सुनिश्चित गरेका छन्। सिंह र निधि दुवै कोइरालालाई सभापति बनाउनुभन्दा देउवाकै नेतृत्व मान्य हुने निष्कर्षमा पुगेको देखिन्छ। दलभित्रका विभिन्न गुटबाट लाभान्वित हुनेमा देउवा छन् भने पौडेलले यसपटक निर्वाचित हुन सक्ने मौका गुमाएका छन्।

देउवाविरोधी सबै खेमा एक ठाउँमा आएका भए पौडेल यसपटक निश्चित रूपमा सभापति बन्न सक्ने देखिएको छ। संस्थापनइतर पक्षमा आफू मात्र उम्मेदवार बन्ने पौडेलको चाहना भए पनि त्यो सम्भव भएन। कोइराला पनि एकजना मात्र उम्मेदवार बनाउन तत्पर भएका हुन्।

खासगरी सिंहको आफैँ उठ्ने रुचिले यसपटकको परिणाम फेरि देउवाको पोल्टामा गएको छ। संस्थापनइतर खेमाका कोइरालालाई जिताउन पौडेलले कुनै अपिल गरेनन्। यसको अर्थ उनी जुनसुकै पक्षले जिते पनि भविष्यमा राष्ट्रपति पदका निम्ति तयार हुन खोजेको देखिएको छ।

देउवाले मत परिणाम आफ्नो पक्षमा पार्न सफल भए पनि उनको विकल्पमा उभिएको संख्या उल्लेख्य छ। यसकारण यी सबैलाई उनले मिलाएर जानुपर्ने चुनौती आगामी दिनमा हुनेछ। गुट, उपगुट सबै दलका निम्ति चुनौती हुन्।

यो स्थिति कांग्रेसमा समेत छ। यति हो,कांग्रेसमा विरोधका स्वर सुन्ने अभ्यास हुनाले अन्य दलमा जस्तो विभाजनको पीडा व्यहोर्नुपर्ला भन्ने छैन। देउवा आफैँले विगतमा कांग्रेस विभाजन गरेका हुन्।

कालान्तरमा कांग्रेसमै मिसिएर यसको नेतृत्व गर्ने अवसर पाएका हुन्। उनलाई पार्टी एक ढिक्का बनाएर निर्वाचनमा जानुपर्ने चुनौती छ। तुलनात्मक रूपमा युवा नेताहरू महाधिवेशनबाट निर्वाचित भएर आउने छन्।

यसअघिका पदाधिकारीले जस्तो उनलाई जसो गरे पनि हुने भनेर छाड्ने छैनन्। दोस्रो चरणको निर्वाचनमा साथ दिएकालाई समेत आगामी दिनमा समेट्दै अगाडि बढ्नुपर्नेछ।

यसअघि एक्लै हिँड्न सक्ने देउवालाई विजयपछि कार्यशैली परिवर्तन गर्नुपर्ने दबाब पर्न सक्नेछ। तर, दलको नेतृत्व पाइसकेपछि एक्लै हिँड्ने बानी सबैजसो नेताको छ। देउवामा पनि त्यस्तो नहोला भन्न सकिन्न।

देउवाले निर्वाचनको मुखमा दिएको सन्देश तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको त्रासबाट मुक्त गराएको र आगामी निर्वाचनमा कांग्रेसलाई संघ, प्रदेश र स्थानीय तहमा विजयी गराउने भन्ने हो। वामपन्थीको नेतृत्वमा यी सबै तहमा सरकार हुँदा कांग्रेसले खेप्नुपरेको चुनौतीप्रति कार्यकर्ता तह जानकार छ।

यस्ता आह्वानले पार्टी पंक्तिलाई आकर्षित गर्नु स्वाभाविक हो। महाधिवेशनबाट नेतृत्वमा आएपछि देउवालाई आगामी निर्वाचनको तयारी गर्न भने सहज हुनेछ। यसका साथै उनलाई अहिलेको गठबन्धनलाई निरन्तरता दिने वा नेकपा (एमाले) सँग मिलेर निर्वाचनमा जाने भन्ने विकल्पमा जान पनि सहज हुनेछ।

देउवाले ओलीका यसअघिका गतिविधिप्रति आलोचनात्मक अभिव्यक्ति दिँदै आएका कारण एमालेसँगै मिलेर अगाडि बढ्न भने सहज हुनेछैन। तैपनि नेपाली राजनीतिमा स्थायी शत्रु र मित्र भन्ने हुँदैन। आवश्यकताअनुसार जो जससँग पनि मिल्न सक्ने अवस्था छ।

आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन देउवामाथि दबाब छ। त्यसका निम्ति उनले सरकारलाई गति दिनुपर्ने अवस्था छ। अहिलेसम्मका कामका आधारमा भने कांग्रेसलाई सहज हुनेछैन। ओलीका अभिव्यक्ति र सरकारको कामका आधारमा आम मतदाता अलमलिने अवस्था आउन सक्छ। त्यो स्थिति चिर्नु र पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनु देउवाका निम्ति चुनौती हो।

अघिल्लो निर्वाचनमा कम्युनिस्टले जिते भने रुन पनि पाइँदैन भनेका देउवाले आम मतदाताको मन जित्न खोजेका हुन्। आगामी निर्वाचनमा पनि यसअघिको सरकारले संविधानविरुद्ध गरेका कामलाई आम मतदातासम्म लैजानुपर्ने हुन्छ। त्यसका निम्ति उनले पार्टीलाई एक ढिक्का नबनाई सुख छैन।

दल आफैंमा विभाजित मानसिकतामा रह्यो भने प्रतिस्पर्धामा उम्दा हुन सजिलो छैन। सुदूर पश्चिमबाट नेपाली राजनीतिमा उदाएका देउवाले दलको नेतृत्व गर्न पाएको सफलता भने लोभलाग्दो छ। यो सफलताका निम्ति देउवालाई बधाई।
अर्को समाचार
देउवालाई दुई तिहाइ
०७ पौष २०७८
•
३ मिनेट पाठ
देउवालाई दुई तिहाइ
नेपाली कांग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाइ बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ।




कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरूको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको हो।

मंगलबार साँझसम्मको मतगणनाअनुसार देउवाइतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र थप शक्तिशाली बनाउने देखाएको छ। पार्टी पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवानिकट नेताको पक्षमा परिणाम देखिएको छ। नौ स्थानका लागि भएको महिला खुलातर्फ देउवाइतर समूहबाट सरिता प्रसाईं मात्र निर्वाचित भएकी छन् भने अन्य आठजना देउवा समूहबाट निर्वाचित भएका छन्।

चार पदका लागि भएको मधेसी महिलामा सबै देउवानिकट निर्वाचित भएका छन्। इतर समूहबाट प्रतिस्पर्धामा उत्रिएकी निवर्तमान केन्द्रीय सदस्य किरण यादव पराजित भएकी छन्। उनलाई पछि पार्दै मधेसी महिला समूहबाट मञ्जुकुमारी यादव, नागिना यादव, मुक्ताकुमारी यादव र मीनाक्षी झा निर्वाचित भएका छन्। मुक्ताकुमारीले अहिलेसम्मको सर्वाधिक मत पाएकी छन्।

त्यस्तै मधेसी समूहका पुरुप पाँचमा देउवाइतर समूहबाट उम्मेदवार बनेका चन्द्रमोहन यादव मात्र निर्वाचित भएका छन्। पूर्वराष्ट्रपति रामवरण यादवका छोरा यादवबाहेक अजय चौरासिया,दिनेशकुमार यादव,महेन्द्रकुमार यादव र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। व्यवसायी चौधरी पछिल्लो समय कांग्रेसमार्फत राजनीतिमा सक्रिय छन्।

मुस्लिम महिला एक जनासहित तीन पदका लागि भएको निर्वाचनमा जाबेदा खातुन जागा,अब्दुल रञ्जाक र अब्दुल सतार निर्वाचित भएका छन्। उनीहरू तीनैजना देउवा समूहबाट उम्मेदवार बनेका हुन्। वाग्मती र प्रदेश १ मा देउवा र इतर समूहबाट एक÷एकजना निर्वाचित भएका छन्। वाग्मतीबाट ध्यानगोविन्द रञ्जित र राजेन्द्र केसी निर्वाचित भएका छन्।

रञ्जित देउवा र केसी नेता प्रकाशमान सिंहनिकट नेता हुन्। प्रदेश १ बाट अमृत अर्याल र राजीव कोइराला निर्वाचित भएका छन्। अर्याल देउवा र कोइराला इतर पक्षबाट उम्मेदवार बनेका थिए।

प्रदेश १ र वाग्मती प्रदेशको महिलातर्फ महिन्द्राकुमारी लिम्बु र उर्मिला नेपाल केसी निर्वाचित भएका छन्। दुवै देउवा समूहबाट उम्मेदवार थिए। कर्णाली प्रदेशबाट देउवा पक्षका दुई नेता निर्वाचित भएका छन्।

निवर्तमान केन्द्रीय सदस्य हृदयराम थानीलाई पछि पार्दै कर्णबहादुर बुढा र राजीवविक्रम शाह निर्वाचित भएका छन्। महिलातर्फ जानकी सिंह निर्वाचित भएकी छन्। त्यस्तै सुदुरपश्चिम प्रदेश महिलमा सुशीला मिश्र भट्ट निर्वाचित भएकी छन्।

गण्डकी प्रदेश पुरुषमा धुब्र वाग्ले र कृष्णचन्द्र नेपाली निर्वाचित भएका छन्। वाग्ले देउवा समूहबाट उम्मेदवार बनेका थिए। गण्डकीबाट सरस्वती तिवारी, थारु खुलातर्फ योगेन्द्र चौधरी, रामजनम चौधरी, कल्पना चौधरी,जीवन राना निर्वाचित भएका छन्। लुम्बिनी प्रदेशबाट एक महिलासहित तीन पदमा चन्द्रबहादुर केसी,देवेन्द्रराज कँडेल र शिला खड्का निर्वाचित भएका छन्। उनीहरू सबै देउवा समूहका हुन्।

खुला ३५ मध्ये २५ केन्द्रीय सदस्यका साथै अपांगता,अल्पसंख्यक खुला र प्रदेश २ बाट एक महिलासहित तीन पदमा पनि देउवा पक्षीय नेताले नै जितेका छन्। बाँकी सात समूहको जारी मतगणनामा पनि देउवा समूहबाट उम्मेदवार बनेका अधिकांश नेताले अग्रता लिएका छन्। बुधबार बिहानसम्म सबै मतपरिणाम आइसक्ने कांग्रेस निर्वाचन समितिले जनाएको छ।

साँझसम्म आएको ९२ पदको परिणाममा सभापति देउवासहित ७३ जनाले जित निकालेका छन् भने इतर पक्षबाट जम्मा १८ नेताले मात्र जितेका छन्। महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माको झुकाव बढी देउवा समूहसँगै रहेको छ। तर शर्मा प्रकाशमान सिंहको समूहमा जोडिएर महामन्त्रीको उम्मेदवार बनेका थिए। उनले आफू कुनै पनि गुटमा नरहेको बताउँदै आएका छन्।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस