नीति र नेतृत्व
१२ पौष २०७८
•
४ मिनेट पाठ
नीति र नेतृत्व
प्रमुख दलहरूले यसपालिको हिउँदसँगै नयाँ नेतृत्व पाइसकेका छन्। नेकपा (माओवादी केन्द्र) मा पनि नयाँ नेतृत्व निम्ति आइतबारदेखि राष्ट्रिय सम्मेलन सुरु भइसकेको छ। सबैजसो दलको ताजा नेतृत्व तयार भए पनि तिनमा नीतिगत स्ष्टता छैन।




प्रत्येक दलको आफ्नै पहिचान र नीतिगत स्पष्टता भएमात्र मतदातालाई सहज हुन्छ। यसपछिमात्र सबै दल उस्तै हुन् भन्ने आमआग्रह कम हुन्छ। प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत बीचको भिन्नताको खोजीमा यतिबेला आममतदाता छन्।

आगामी वैशाखमा सम्पन्न गर्ने गरी निर्वाचन आयोगले प्रस्ताव गरेको स्थानीय तह निर्वाचनकै बेलामा दलहरूको पहिचानबारे परीक्षण हुनेछ।  नेपाली कांग्रेसले नेतृत्व महाधिवेशन सम्पन्न गरेको छ। आगामी ६ महिनामा नीति महाधिवेशनसमेत गर्ने योजना बनाएको हुँदा यसले केही न केही आफूलाई भिन्नरूपमा प्रस्तुत गर्नुपर्ने दबाब महसुस गरेको हुनुपर्छ। एमालेले महाधिवेशनअघि पनि एउटा सम्मेलन गरिसकेको छ। एमालेले आफूलाई नीतिगत पक्षमा भिन्न देखाउन कोसिस गरिरहेको देखिन्छ।

तर सरकारमा पुगेर काम गर्दा भने त्यो भिन्नता महसुस भएको छैन। महाधिवेशनपछि नयाँ नेतृत्व प्राप्त गरेको एमालेले आफूलाई आगामी निर्वाचनमा प्रस्तुत गर्न केही भिन्नता देखाउनैपर्ने हुन्छ। यसका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले विकास गर्न खोज्दा आफूलाई सरकारबाट हटाइएको भन्ने दाबी गर्दै आएका छन्। वास्तवमा यही कारणले एमाले सरकारबाट हटेको होइन भन्नेमा सर्वसाधारण जानकार छन्।

यतिबेला नीतिगत परिवर्तनको दबाबमा सबै भन्दा धेरै माओवादी रहेको देखिन्छ। त्यस्तो दबाबको छनक यसका नेताहरूले आफ्ना सार्वजनिक अभिव्यक्तिमार्फत् दिने गरेका छन्। २०६४ को आमनिर्वाचनमा मुलुकको सबै भन्दा ठूलो दलका रूपमा उदाएको माओवादी यतिबेला कांग्रेस र एमालेको बीचमा खुम्चिएको देखिन्छ।

ओलीले एमालेबाहेक अरू कम्युनिस्ट दल नरहेको बताउँदै आएका छन्। कुनैबेला माओवादीले आफूमात्र वामपन्थी दल रहेको बताउँदै आएको हो। आफूले आफैँलाई वामपन्थी घोषणा गर्नु भन्दा तिनका कामबाट नीतिगत स्पष्टता आउँछ।

आजका दिनमा कुनै दलका बारेमा सोच्दा यो कामचाहिँ तिनले गर्न सक्दैनन् भन्ने विश्वास गर्न गाह्रो छ। जसले जे पनि गर्ने र नीतिगत स्पष्टता नहुने भएकै कारण राजनीति अनुमान गर्नै नसक्ने गरी अगाडि बढेको हो। कुनैबेला कर्णालीसम्म फैलिएको नेपाल मजदूर किसान पार्टी (नेमकिपा) अहिले भक्तपुरमै सीमित भएको छ। तैपनि यसले आफूलाई नीतिगत स्पष्टताबाट टाढा लगेको छैन।

यति काम नेमकिपाले गर्दैन भन्ने धारणा सर्वसाधारणले समेत राख्न सक्छन्। अर्थात् नेमकिपाको नीतिबारे कसैलाई पनि अस्पष्टता छैन। नीतिगत हिसाबमा नेमकिपाले आफूलाई एउटा छुट्टै अडान भएको दलका रूपमा स्थापित गरेको छ। शायद, लोभ/पाप गर्न नसक्ने भएकै कारण यो दल खुम्चिँदै गएको हो। सरकारमा नजाने नीति लिएका कारण यसका कर्णालीबाट निर्वाचित सांसद/मन्त्री बन्न पहिल्यै एमालेमा गएका पनि हुन्।

यो सबै स्थिति देखेर पनि नेमकिपाले आफूलाई नीतिगतरूपमा अडिग राखेको हो। त्यसैको प्रतिफलस्वरूप स्थानीय तह जितेका कारण यसले भक्तपुरमा राम्ररी सरकार चलाएको छ। शिक्षा, स्वास्थ्य र नागरिक कल्याणका हिसाबले यसले आफूलाई अग्रणी बनाइरहेको छ।

यस कारण पनि दलमा नीतिगत निष्ठा आवश्यक छ भनिएको हो। वास्तवमा लोकतन्त्रमा विकृति भित्रिनुको कारण दलहरू स्वार्थवश जेका निम्ति पनि तयार हुनु हो। तिनीहरू सिद्धान्तमा अडिग रहने र संविधानको पालनामा आफूलाई उम्दा सावित गर्ने हो भने अहिले देखिएका कैयन् समस्या सजिलै हल हुनेछन्। त्यसले लोकतन्त्रको जरा पनि बलियो बनाउन सक्छ।

माओवादी एउटा भिन्न परिस्थितिमा राष्ट्रिय राजनीतिमा उदाएको हो। अहिलेको स्थितिमा यो दल खुम्चन्छ भन्ने अपेक्षा गरिएको थिएन। तर सर्वसाधारणले सजिलै यो दललाई छाडिदिए। अतः अफूलाई फेरि सक्रिय बनाउने हो भने माओवादीमा नीतिगत स्पष्टता आवश्यक हुन्छ। एमाले दल पहिल्यै छ। त्यस्तै प्रकृतिको अर्को दलको अपेक्षा यहाँ गरिएको होइन।

वास्तवमा माओवादीको कमजोरी नै आफूलाई एमाले बनाउनु हो। अतः यस पटकको महाधिवेशनमा माओवादीले नीतिगत स्पष्टता कायम गर्‍यो भने परिस्थिति फरक हुन सक्छ। १० वर्ष लामो ‘सशस्त्र जनयुद्ध’ गरेर आएको दलले आफूलाई निरन्तर परिवर्तनका निम्ति अग्रसर बनाउन सकेन। यसको अधोगति हुँदै जानुमा यसको नेतृत्व जिम्मेवार छ। नेतृत्वले आफूलाई सुधार गर्ने काम पनि गर्न सकेन।

यस कारण सबैजसो दलले आफ्नो नेतृत्वमा नीतिगत स्पष्टताका निम्ति काम गर्नु आवश्यक छ। त्यतिमात्र होइन, आगामी निर्वाचन र त्यसपछि बन्ने सरकार कस्ता हुन्छन् भन्ने ढाँचा दिन सक्नुपर्छ। दलहरूले विगतमा आफूलाई संघर्षबाट स्थापित गरेका हुन्।

अब तिनले आफूलाई मुलुकको समृद्धिका निम्ति अग्रसर गराउन सक्नुपर्छ। त्यसका निम्ति तिनीहरूले आफूलाई अरू भन्दा भिन्न बनाएर लैजानु उचित हुन्छ। निर्वाचनपछि सरकार बनाउने बेलामा समीकरण आवश्यक भए बनाउन सक्छन्। तर मुलुकका आवश्यक अजेन्डा छाडेर अगाडि बढ्ने होइन। देशलाई सिद्धान्तहीन दल भन्दा नीतिमा अडान राखेर परिवर्तन गराउन तत्पर दलको आवश्यकता छ।
अर्को समाचार
रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु
०६ भदौ २०८३
•
१ मिनेट पाठ
रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, सङ्गठन र नेतृत्व’सम्बन्धी दुईदिने कार्यशाला सुरु भएको छ।




‘रास्वपा कार्यशाला-नीति, सङ्गठन र नेतृत्व, शृङ्खला-१’ नाम दिइएको कार्यशालामा पार्टीको नीति, सङ्गठन सुदृढीकरण, नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रास्वपाका सङ्गठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिए।

आज ‘नेपालको चित्र, हामी कहाँ छौँ?’ शीर्षकमा अनिल चित्रकारले देशको वर्तमान र अवस्था तथा उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावना, सामाजिक लोकतन्त्र र त्यसका आधारबारे प्रस्तुति दिनेछन्।

महामन्त्री विपिनकुमार आचार्यले पार्टीका आधारभूत मूल्य-मान्यता तथा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा, पूर्वसचिव सुरेन्द्र अर्यालले बजेट निर्माणको वैज्ञानिक प्रक्रिया तथा उपसभापति सोविता गौतमले पार्टी र सरकारबीचको अन्तरसम्बन्ध, समस्या र समाधानका उपायबारे प्रस्तुति दिने कार्यक्रम छ।

कार्यशालाको दोस्रो दिन निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको सङ्गठनात्मक संरचना, त्यसको सुदृढीकरण र केन्द्रीय सदस्यहरूको भूमिका तथा सङ्गठन विभाग प्रमुख न्यौपानेले ‘मिडिया र सोसल मिडियाः कसरी प्रयोग गर्ने?’ मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ। 
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ७ सेकेन्ड अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
यो पनि पढौँ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस