बलात्कारको भयाबह स्थिति
०१ चैत्र २०७८
•
४ मिनेट पाठ
बलात्कारको भयाबह स्थिति
केहीयता सार्वजनिक भएका बलात्कारका घटनाले थप चिन्ता बढाएको छ। विशेषगरी बालिका र किशोरीमाथि भइरहेका बलात्कार र हत्याका घटनाले समाजमा बढ्दो क्रूरता उजागर गरिरहेको छ।




एकातिर, मुलुकले अत्याधुनिक कानुनी व्यवस्था अवलम्बन गरेको छ अर्कोतिर बालिका, किशोरी र महिलामाथि हुने दुर्व्यवहारका घटनामा कमी पनि आएको छैन। कानुन जतिसुकै सशक्त बनाए पनि यस्ता घटनामा कमी नआउनु भनेको चिन्ताको विषय हो। नेपालमा दैनिक बलात्कारका सातवटा घटना हुने गरेको एक अनुमान छ। यसले स्थिति भयाबह हुँदै गरेको संकेत गर्छ। यसले महिला तथा बालिका असुरक्षित हुँदै गएको सन्देश दिएको छ।

बलात्कारका घटना बढ्दै जानु भनेको समाजमा भयको वातावरण बन्नु पनि हो। यसले महिला, बालिका तथा किशोरीमाथि मानसिक दबाब मात्र हुँदैन, समाजमा प्रगति गर्दै अगाडि बढ्ने बाटो पनि अवरुद्ध हुन्छ। त्यसैले सबैले सहजरूपमा काममा जान र इज्जतको जीवन जिउन सक्ने बनाउन बलात्कारजस्ता मानव समाजलाई कलुषित तुल्याउने घटनामा कमी आउनुपर्छ।

त्यसका निम्ति अब कुनै एउटा पक्षले मात्र काम गरेर नपुग्ने अवस्था आएको छ। बलात्कारका घटना प्रत्येक दिन सार्वजनिक हुँदा पनि त्यसका विरुद्ध ठोस अभियान नचलाउने हो भने स्थिति अरू गम्भीर हुन सक्छ।

अचेल बलात्कारसम्बन्धी घटनाको समाचार पढ्न वा हेर्न पनि नसकिने स्थिति आइरहेको छ। यी घटना अत्यन्त अमानवीय किसिमका छन्। हालै मोरङको सुन्दरहरैँचा–७ का २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरीले १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको घटना मुटु कमाउने गरी डरलाग्दो छ।

परिपक्व उमेरमा पुगिसकेका युवा यस्तो अपराध गर्न नडराउनु आफैँमा भयाबह स्थिति हो। तिनले बालिकालाई फकाएर लगी सामूहिक बलात्कार गरेका हुन्। यो एउटा उदाहरण हो। बलात्कारीहरूको निशानामा अबोध बालिकाहरू पर्न थाल्नु आफैँमा डरलाग्दो अवस्था हो।

बलात्कारका घटना बढिरहेको स्थिति हेर्दा कोही पनि सुरक्षित नरहेको प्रष्ट हुन्छ। प्रायः बलात्कारका घटनामा आफ्नै निकटका व्यक्ति, नातेदार आदिसमेत संलग्न देखिएका छन्। कुनै अपरिचित वा पराइ व्यक्तिबाट मात्र होइन, आफ्नै निकट व्यक्तिबाट समेत जोगिनुपर्ने अवस्था आउनु भनेको अकल्पनीय अवस्था हो।

यस्तो अवस्था बढ्दै जाने हो भने भविष्यमा यसले हाम्रो मुलुकको बदनामी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत हुन्छ। केहीअघि भारतमा भएका लगातारका बलात्कार काण्डले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बदनाम हुनुपरेको हो। निर्भया बलात्कार काण्डपछि अहिले महिला तथा बालिकाको सुरक्षाका निम्ति निर्भया स्क्वाड नै सक्रिय बनाइएको छ।

हामीकहाँ तुलनात्मकरूपमा महिलालाई सार्वजनिक स्थानमा कम समस्या पर्ने गरेको हो। यहाँ रात÷साँझ काममा जाँदा पनि सहज वातावरण रहेको ठान्ने गरिएकामा अहिले धेरै असजिलो अवस्था आउन थालेको छ। राजधानी काठमाडौँमै भएका केही व्यापक चर्चाका बलात्कार काण्डले पनि यही तथ्य उजागर गरेको हो। अझ यस्ता काण्ड मिलाउन प्रहरी, प्रशासन र प्रभावशाली व्यक्तिहरू सक्रिय हुने गरेका पनि देखिएको हो। यस्ता अपराधका घटनामा प्रहरीले उच्च संवेदनशीलताका साथ अनुसन्धान र कारबाही अगाडि बढाउनुपर्ने आवश्यकता छ। त्यसो हुने हो भने दोषी उम्कन पाउँदैन। यस्तो अपराध गर्नुअघि डर मान्ने पनि बढ्छन्।

अपराधमा अज्ञानताको मात्र भूमिका हुँदैन। कारबाही प्रक्रिया सशक्त र छिटो भयो भने यसले समाजमा चेतना फैलाउँछ। यस्तो अपराध गरेको खण्डमा कसैले बचाउन सक्दैन भन्ने भावना फैलिनु आवश्यक छ। त्यसैले बलात्कार काण्डमा कारबाही प्रक्रिया छिटो हुनुपर्छ। अहिले पनि बलात्कारीले भन्दा पीडितले बढ्ता चिन्ता गर्नुपर्ने अवस्था विद्यमान छ। इज्जत बलात्कारीको जान्छ, पीडितको होइन भन्ने मान्यता विकास गर्ने र कडाइका साथ यस्ता मुद्दालाई निक्र्योलमा पुर्‍याउने परिपाटी अहिले आवश्यक भइसकेको छ।

पहिलेभन्दा अहिले बलात्कारका घटना बढ्नुमा उजुरी गर्ने बढेका पनि हुन सक्छन्। पहिलेजस्तो चूप लागेर बस्ने वा मिलाउने भन्ने कुरा केही कम भएका हुन सक्छन्। तैपनि निर्मला पन्त हत्या तथा बलात्कारजस्ता मुद्दाका दोषी अझै फेला नपर्दा अपराधीहरूको मनोबल बढ्न सक्छ। तर, अपराध कुनै न कुनै रूपमा एक दिन सार्वजनिक हुन्छ नै।

हालै एक किशोरी कलाकारको बलात्कार मुद्दाले जागरणको अर्को पाटो थपेको छ। कम उमेरका बालिकालाई कानुनले संरक्षण दिएको र तिनीसँग सहमतिको सम्बन्ध पनि बलात्कार मानिन्छ भन्ने धेरैलाई जानकारी गराउन सफल भएको छ।

कानुनी अज्ञानता क्षम्य हुन सक्दैन। महिला दुर्व्यवहार र बलात्कारका घटनालाई सशक्त ढंगले कारबाही गर्ने परिपाटी विकास गर्नु आवश्यक छ। त्यसका निम्ति प्रहरी र अनुसन्धान अधिकारीहरूलाई निपूर्ण तुल्याउनु उचित हुन्छ। त्यसैगरी उजुरी प्रक्रियालाई सहज तुल्याउनुपर्छ। बलात्कारको उजुरी गर्न जाने पीडितले पटक–पटक त्यही घटनालाई सम्झाउँदै झन् पीडित हुने अवस्था कम हुनुपर्छ।

कुनै पनि घटनामा कारबाही गराउन सक्नु भनेको भोलि अर्को त्यस्तै घटना हुन नदिनु पनि हो। कतिपय घटनामा पटके अपराधी सरिक भएका देखिन्छ। सुन्दरहरैचामा भएको बलात्कार काण्डमा संलग्न एउटा अभियुक्त २ वर्षे बालिका अपहरण तथा बन्धक आरोपमा पक्राउ गरी मुद्दा चलिरहेको व्यक्ति हो।

अपराधमा संलग्न यस्ता व्यक्तिले फेरि पनि अपराध गर्न सक्छन् भनेर वरिपरिका बासिन्दालाई सजग गराउने परिपाटी हुनु आवश्यक छ। यस्ता अपराधी बस्ने ठाउँमा संकेत वा चिह्न राख्ने चलन कतिपय ठाउँमा हुन्छ। उनीहरू सजाय भोगिसकेर आए पनि समाज सतर्क हुने व्यवस्था गर्नुपर्छ। समाजमा अपराधका घटना कम गराउन कानुनी सचेततामात्र होइन, बालिका तथा किशोरीको रक्षा गर्ने सावधानीका उपायबारे पनि जानकार गराउनु आवश्यक छ।
अर्को समाचार
बन्दाबन्दीकोे समयमा १ सय ९ बलात्कारका घटना
११ असार २०७७
•
२ मिनेट पाठ
बन्दाबन्दीकोे समयमा १ सय ९ बलात्कारका घटना
बन्दाबन्दीको समयमा मुलुकभर १ सय ९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् । बन्दाबन्दीको समयमा ७ सय ३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका हुन् । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुमध्ये सबैभन्दा बढी ४७ प्रतिशत (६४ जना) छिमेकी रहेका छन् ।




महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले बन्दाबन्दीको करिब तीन महिनाको अवधिमा गरेको अभिलेखीकरणअनुसार आठ सामूहिक बलात्कार र नौ बैवाहिक बलात्कारसम्बन्धी घटनासमेत रहेका छन् । यसैगरी १२ प्रतिशत (१७ जना) परिवारका सदस्य, नौ जना प्रेमी ठानिएको व्यक्ति, तीन घटना सेवाप्रदायक, तीन शिक्षक र ३१ जना अञ्जान व्यक्तिबाट बलात्कारका घट्ना भएको पाइएको ओरेकका वरिष्ठ कार्यक्रम संयोजक संजिता तिम्सिनाले जानकारी दिइन् ।  

ओरेकले यही असार ५ गतेसम्म ५७ जिल्लाबाट ७३० जना महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण गरेको जनाएको छ । जसमध्ये ४२४ घरेलु हिंसा, १०९ बलात्कार, ७४ सामाजिक हिंसा, ३१ आत्महत्या, २७ यौन दुव्र्यवहार, २५ बलात्कारको प्रयास, १६ हत्या, ११ साइबर अपराध, चार हत्या वा आत्महत्या पुष्टि हुन बाँकी, चार हत्याको प्रयास, तीन मानव बेचविखन, दुई आत्महत्याको प्रयाससँग सम्बन्धित घटनाहरु रहेका छन् ।  

ओरेकद्वारा सञ्चालन गरिएको तीन वटा हटलाइन, मनोविमर्शकर्ता, महिला मानवाधिकार रक्षक, साझेदार महिला सामुदायिक सङ्घसंसस्थाबाट यी घटनाहरु अभिलेखीकरण गरिएको उनले बताइन् । यीमध्ये ८७ घटना सञ्चारमाध्यमबाट सङ्कलन गरिएका हुन् । समाजमा महिलाप्रति रहेको असमान दृष्टिकोण र व्यवहारको कारण महिलाको शरीर जसले, जसरी र जुन बेला पनि प्रयोग गर्न सक्छ भन्ने गलत सोचका कारण हिंसाका घट्नामा कमी नआएको वरिष्ठ कार्यक्रम संयोजक तिम्सिनाको भनाइ छ ।  

बलात्कार जस्तो निकृष्ट मानवाधिकार हनन्का घटनामा पनि पीडित परिवारले घटना दर्ता गर्न सङ्घर्ष गर्नुपर्ने स्थिति रहेको, प्रभावितलाई समाजमा हेर्ने दृष्टिकोण र गरिने व्यवहार पनि अमानवीय र  निन्दनीय रहेको ओरेकले जनाएको छ । बन्दाबन्दीको यस अवधिमा संस्थासँग आवद्ध मनोविमर्शकर्ताले फोन र सामाजिक दूरी कायम गरी व्यक्तिगत भेटघाटका माध्यमबाट कोभिड–१९ को त्रासका कारण उत्पन्न मनोसामाजिक समस्याबाट प्रभावित ५६९ र ६३६ हिंसा प्रभावित÷प्रभावितको परिवारका सदस्य गरी एक हजार २०५ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ । 
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस