छिटो न्याय सुनिश्चित न्याय
२२ चैत्र २०७८
•
५ मिनेट पाठ
छिटो न्याय सुनिश्चित न्याय
न्यायिक क्षेत्रमा एउटा चर्चित भनाइ छ– न्याय ढिलो दिनु भनेको नदिनु बराबर हो। हाम्रा न्यायालयमा मुद्दाको चाप बढ्दै जाँदा नागरिकले न्यायका निम्ति वर्षौँ कुर्नुपर्ने अवस्था छ। अन्तहीन प्रतीक्षाले एकातिर न्यायप्रति आशा मार्छ भने अर्कोतिर आमनागरिकलाई विधिको शासनप्रति विश्वस्त बनाउँदैन।




अहिले न्याय खोज्ने आममानिसले यही ढिलाइका कारण दुःख पाइरहेका छन्। यसले न्यायिक शासनको संविधानप्रदत्त अधिकारलाई कुण्ठित गर्छ। यसो हुँदा न्याय क्षेत्रप्रति मात्र होइन, समग्र राजनीतिक व्यवस्थाप्रति अविश्वासको कारक पनि बन्न पुग्छ। कुनै पनि शासन त्यतिबेला सफल हुन्छ जतिबेला न्यायमा नागरिकको पहुँच सहज हुन्छ।

यतिबेला सर्वोच्चमा २५ हजारभन्दा बढी मुद्दा छन्। देशभरिका अदालतमा ३ लाखभन्दा बढी मुद्दा छन्। यी मुद्दासँग जोडिएका धेरै मानिस निर्णयको प्रतीक्षामा हुन्छन्। यी मुद्दा टुंगिएपछि आफ्नो व्यवहार मिलाउन तिनीहरू पर्खेर बसे पनि काम सम्पन्न हुँदैन। भानुभक्तकालीन समयजस्तो ‘भोलि–भोलि’ भन्दै समय व्यतित हुन्छ।

न्याय क्षेत्रमा यस्ता समस्याको पहिचान भए पनि सुधारका निम्ति बेलाबेलामा पहल हुने गरेका हुन्। त्यसले मूर्त रूप लिन भने समय लागेको छ। बल्ल अहिले आएर सरकारले सर्वोच्च अदालतमा मुद्दाको चाप घटाएर जिल्ला र उच्च अदालतबाटै टुंग्याउने गरी कानुनी व्यवस्था गर्न लागेको छ। यस्तो कानुनी व्यवस्थाले स्वाभाविकरूपमा आमनागरिकलाई आश्वस्त तुल्याउँछ।

न्याय निरूपण निम्ति तोकिएका विभिन्न अदालत र न्यायाधीकरणहरूको जिम्मेवारी प्रष्ट हुने र सबै मुद्दा सर्वोच्च अदालतमा नपुग्ने व्यवस्था हुने हो भने स्वाभाविकरूपमा न्याय सम्पादन सहज हुन्छ। अहिले सर्वोच्चमा प्रतिइजलास ३ हजार ३ सय ४७ मुद्दा पर्छन्। उच्च अदालतमा प्रतिइजलास ७ सय ६ र जिल्ला अदालतमा ७ सय ४३ थान मुद्दा छन्।

उच्च र जिल्ला अदालतको तुलनामा सर्वोच्चमा करिब पाँच गुणा बढी मुद्दा हुनु आफैँमा कार्यबोझ हो। न्यायको खोजीमा रहने नागरिकका निम्ति जिल्ला होस् वा उच्च, जहाँबाट पनि ढुक्क हुन सक्ने वातावरण आवश्यक छ। तल्ला अदालतमा न्याय निस्पादन उम्दा नहुने र माथिल्लामा मात्र हुने भन्ने पनि होइन। न्याय खोज्ने व्यक्तिलाई यतिमा ढुक्क गराउन सके मुद्दा सर्वोच्चमा थुप्रिने स्थिति हुँदैन।

यसका लागि राजस्व न्यायाधिकरण ऐन, सर्वोच्च अदालत ऐन, न्याय प्रशासन ऐन, प्रशासकीय अदालत ऐन र विशेष प्रचलित ऐनमा संशोधनको तयारी सरकारले गरेको छ। यसले सर्वोच्चमा मुद्दाको चाङ नलाग्ने स्थिति आउँछ। त्यसैगरी राजस्व न्यायाधिकरणको फैसला अन्तिम हुने र सर्वोच्चमा पुनरावेदन नलाग्ने स्थिति संशोधनपछि आउनेछ।

सर्वोच्चमा वैकल्पिक कानुनी व्यवस्था नभएका रिट निवेदन मात्रै दर्ता गर्न पाइने व्यवस्था भएपछि स्वाभाविकरूपमा मुद्दा संख्या घट्छ। अहिले जस्तोसुकै मुद्दा सर्वोच्च अदालतमा पुग्न पाउँछ। कर्मचारी सरुवा, बढुवा, खोसुवा जस्ता विषय सिधै सर्वोच्चमा पुग्छन्। यस्ता मुद्दामा व्यवस्था भएको वैकल्पिक कानुनी व्यवस्था सक्रिय बनाउने हो भने सर्वोच्चमा पुग्नै पर्दैन।

प्रस्तावित व्यवस्थाअनुसार ७ वर्षभन्दा कम कैद र ५० लाख रुपियाँभन्दा कम बिगो भएको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने छैन। उच्च अदालतका तीन न्यायाधीशलाई निस्सा प्रदानको निर्णय गर्न सक्ने अधिकार दिँदा दोहोर्‍याइ पाउँ भन्नु मुद्दा ६० प्रतिशत कम हुनेछ। छिटोछरितो न्याय तल्ला अदालतबाटै प्राप्त हुन थालेपछि स्वाभाविकरूपमा सर्वोच्चमा मुद्दाको चाप कम गर्न मद्दत पुग्नेछ।

सर्वोच्चमा दोहोर्‍याइ पाउँ भन्ने विषयका मुद्दा ८ हजार १ सय ३९ थान रहेबाट पनि यो संख्या घटाउन सहज हुने देखिएको छ। उच्च अदातलले हेर्ने कतिपय मुद्दा जिल्ला अदालतमा जाने भएपछि स्वाभाविकरूपमा यस्ता मुद्दा सिधै सर्वोच्चमा पुनरावलोकनका निम्ति जाने छैनन्। त्यसैगरी विभिन्न विशेष ऐनले व्यवस्था गरेका अदालतको अधिकार क्षेत्र जिल्ला अदालतमा पुगेपछि सहजै यस्ता मुद्दामा सुनुवाइ सहज हुन्छ।

कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले गठन गरेको अध्ययन समितिले दिएको सिफारिसका आधारमा न्याय क्षेत्रमा यस्ता सुधारका काम प्रस्तावित गरिएको छ। समितिले मन्त्री दिलेन्द्रप्रसाद बडुलाई आइतबार दिएको अध्ययन प्रतिवेदनका आधारमा प्रस्तावित यस्तो व्यवस्थालाई मुद्दाको चाप घटाउने सहज उपायका रूपमा ग्रहण गरिएको छ।

मुलुकको न्याय प्रणालीलाई छिटोछरितो, मितव्ययी, सर्वसुलभ, अनुमानयोग्य, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउने धारणा मन्त्री बडुले व्यक्त गरेका छन्। न्याय क्षेत्रको अहिलेको समस्या यही हो। न्याय प्रणाली छिटोछरितो, मितव्ययी, सर्वसुलभ हुन सकेको छैन। कानुन र प्रमाणका आधारमा गरिने न्याय सम्पादनसमेत अनुमानयोग्य नहुँदा समस्या उत्पन्न हुने हो। यसमा सुधार गर्दै अगाडि बढ्न सक्दा मात्र संविधानले परिकल्पना गरेको कानुनी शासन प्राप्ति सम्भव हुन्छ।

नागरिकले वर्षौँदेखि न्यायको पर्खाइमा रहनुपरेको तीतो यथार्थ सरकार र न्याय क्षेत्रले मनन गर्नु खुसीको कुरा हो। नागरिकले अन्याय परेको महसुस गर्दा अपिल गर्नसक्ने अधिकारलाई भने सुनिश्चित गर्नुपर्छ। मुद्दालाई तल्ला अदातलमा लगेर सर्वोच्चमा चाप घटाउनु उचित रणनीति हो। यससँगै इजलासको व्यवस्थापन प्रभावकारी हुनुपर्छ। मुद्दा बेलैमा फछ्र्यौट नभई चाप बढ्नुको कारण इजलास व्यवस्थापन अभाव हो। त्यसैगरी न्यायाधीशको क्षमता विकास पनि सँगसँगै हुनुपर्छ।

क्षमतावान न्यायाधीशले न्याय सम्पादन छिटो गर्न सक्छन्। यस्ता कैयन् न्यायाधीश प्रणालीभित्र नदेखिएका होइनन्, जसले धेरै मुद्दा फछ्र्यौट गरेका छन्। त्यसैले न्यायाधीश नियुक्ति प्रक्रियाबाटै ध्यान पुग्नुपर्छ। मुद्दामा बहस गर्दा एकै जना कानुन व्यवसायीले दिन बिताइदिएको पनि देखिन्छ। यस्तो अवस्थामा जति छिटो मुद्दा टुंग्याउने भन्ने रणनीति भए पनि सम्भव हुँदैन। कानुनमा सुधार र व्यवस्थापनमा चुस्तपन पनि सर्वोच्चमा मुद्दाको चाप कम गर्न उत्तिकै आवश्यक छ। समयानुकूल सुधार गरी सुलभ सुनिश्चित न्यायका निम्ति क्रियाशील हुनु अहिलेको आवश्यकता हो।
अर्को समाचार
गुणस्तरीय न्याय सम्पादन मुख्य जिम्मेवारी : प्रधानन्यायाधीश कार्की
०१ असार २०८०
•
२ मिनेट पाठ
गुणस्तरीय न्याय सम्पादन मुख्य जिम्मेवारी : प्रधानन्यायाधीश कार्की
फाईल तस्बिर
नवनियुक्त  प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले स्वच्छ, निष्पक्ष, छिटो छरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताएका छन । संसदीय सुनुवाइ समितिमा प्रस्तुत भएका कार्कीले आफ्नो कार्ययोजनामा न्याय प्रशासनलाई प्रभावकारी बनाउने जिम्मेवारीप्रति त्यतिकै सजग र संवेदनशील रहने पनि स्पष्ट गरे।




प्रधानन्यायाधीश कार्कीले भनेका छन, ‘सबैका लागि न्याय सुनिश्चित गर्ने मुख्य जिम्मेवारीप्रति त्यतिकै प्रतिबद्ध रहनेछु । प्रस्तुत कार्ययोजनाबाट न्यायिक सुशासन र  न्यायपालिकाप्रतिको आस्था एवं विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने ठानेको छु ।’

विसं २०१५ भदौ २५ गते ओखलढुङ्गाको माम्खामा जन्मेका प्रधानन्यायाधीश कार्कीले विसं २०३९ मा त्रिभुवन विश्वविद्यालयबाट कानुन सङ्कायमा स्नातक गरेका हुन । लामो समयसम्म वकालत पेसामा रही आफ्नो छवि बनाएका उनले  विसं २०६९ मा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका थिए । सोही वर्ष कार्की नेपाल बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका थिए। विसं २०७१ मा नेपाल सरकारको महान्यायाधिवक्ता पदमा नियुक्त भएका उनले नेपाल बार काउन्सिल र नोटरी पब्लिक काउन्सिलको अध्यक्ष  भएका थिए ।विसं २०७२ मा सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा प्रवेश गरेका कार्कीले न्याय सेवा परिषद् र न्यायसेवा आयोगको सदस्य भई काम गरेको अनुभव छ ।

संवैधानिक परिषद्ले उनलाई गत वैशाख २५ गते नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्दै संसदीय सुनुवाइ गर्न सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको थियो । समितिले आज उनको कार्ययोजना र उनीविरुद्ध प्राप्त उजुरीमाथिको छलफल र प्रश्नोत्तरपछि प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो । समितिको निर्णयपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त उनले आजै पद तथा गोपनीयताको शपथ लिइ सकेका छन ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस