सरकारका अक्षम एक वर्ष
३० असार २०७९
•
५ मिनेट पाठ
सरकारका अक्षम एक वर्ष
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले बुधबार एक वर्ष पूरा गरेको छ। यो सरकारले एक वर्षमा गरेका सकारात्मक काम कम र नकारात्मक बढी छन्। वास्तवमा यसले मुलुकको अर्थतन्त्रदेखि लोकतन्त्रसम्मलाई गम्भीर असर पार्ने गतिविधि गरिरहेको छ। नकारात्मक कामका कारण यो सरकारले आफ्ना पूर्ववर्ती खड्गप्रसाद शर्मा ओलीको सरकारका बेलामै जस्तै अनियमितताको अनेकन डरलाग्दा काण्ड गराइरहेको छ। गत वैशाख ३० गते स्थानीय तह निर्वाचन सम्पन्न गराउनु यो सरकारको सकारात्मक काम हो। त्यसैगरी आगामी संघीय र प्रादेशिक संसद्को निर्वाचन गराउने तयारीमा पनि यो लागेको छ। तर मुलुकको दैनिक शासन/प्रशासनका कारण भने फेरि पूर्वसरकारको झझल्को आउन थालेको छ।




स्वाभाविकरूपमा संविधानअनुसार निर्वाचन गराउनुपर्ने दायित्व सरकारको हो। त्यो जसरी पनि हुन्छ। पछिल्ला दिनमा यो सरकारसँग जोडिएका आर्थिक अनुशासनहीनताका कार्यले गम्भीर समस्या सिर्जना गर्ने देखिँदैछ। नेपाली कांग्रेसलाई उदार र पारदर्शी शासनमा विश्वास गर्ने दलका रूपमा लिने गरिएको हो। प्रधानमन्त्री देउवाको कामका कारण भने यसमा विश्वास गर्न कठिन छ। मुलुकले झण्डै डेढ अर्ब रुपियाँको हतियार नेपाल प्रहरीलाई खरिद गर्न थालेको छ। यस विषयमा मन्त्रिपरिषद्ले निर्णय गरे पनि सरकारले सार्वजनिकरूपमा यसलाई प्रस्तुत गर्नु आवश्यक ठानेन। सरकारको प्रवक्ताका रूपमा समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णय नियमितरूपमा सार्वजनिक गर्दै आएका छन्। तर नेपाल प्रहरीलाई हतियार किन्ने निर्णय गरेको विषयमा सार्वजनिक जानकारी दिनु्पर्ने आवश्यकता किन महसुस भएन ? यसको अर्थ हो– आमनागरिकको विरोध आउनेजस्ता विषय भए लुकाएरै कार्यान्वयन गर्न यो सरकार पनि उत्तिकै चालु छ।

गठबन्धनमा सामेल नेकपा (माओवादी केन्द्र), एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) लगायतका दलले पनि सकारात्मक प्रभाव दिन सकेका छैनन्। सरकारमा भएका कामले समग्रमा सुशासनको प्रत्याभूति दिन सकेको छैन। 
देउवा सरकारका निम्ति स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्टरेस्ट) हुने काम गर्नु अनौठो होइन। प्रधानमन्त्री देउवाकै एकाघरका परिवार सदस्यको संलग्नतामा भइरहेका व्यापार/व्यवसाय पनि अहिले जानकारीमा आएका छन्। त्यस्ता व्यवसायलाई लाभ पुग्ने गरी सरकारको नीतिगत तहमा निर्णय पनि भएका छन्। वास्तवमा उमेर पुगेका परिवारका अन्य सदस्यलाई प्रधानमन्त्री निवासमा बास दिनु नै उचित होइन। कम्तीमा मुलुकको शासन/प्रशासनसँग उनीहरू टाढा रहनु आवश्यक छ। अहिलेको सरकार प्रमुखका दम्पतीदेखि परिवारका अन्य सदस्यको समेत संलग्नतामा अनेकन सेटिङ हुने गरेका चर्चा छन्। यस्तो स्थिति आउन नदिन प्रधानमन्त्री देउवाको तर्फबाट के पहल भएको छ ? आफूलाई अनियमितताबाट टाढा रहेको देखाउन देउवा अक्षम देखिएका छन्। वास्तवमा उनी तत्कालीन राजा ज्ञानेन्द्रबाट सत्ताच्युत हुँदासमेत अक्षमको आरोप लागेका व्यक्ति हुन्। त्यो बेला उनीमाथि नियतबस यस्तो आरोप लागेको ठान्ने हो भने पनि अहिलेको कामबाट त्यही परिस्थिति देखिँदैछ।

मुलुकको आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गैरजिम्मेवार व्यवहार यो सरकारका तर्फबाट प्रदर्शन भएको छ। बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएर व्यापारिक गृहलाई आर्थिक लाभ पुर्‍याउने काम यो सरकारले गरेको छ। त्यही विषय विस्तारित हुँदै जाँदा यसका अर्थमन्त्री जनार्दन शर्मा राजीनामा गरी अलग्गिएका छन्। त्यस अनधिकृत कार्यबारे अनुसन्धान गर्न संसदीय छानबिन समितिले बल्ल काम थालेको छ। गत वर्ष पुरक बजेट ल्याउँदा पनि गैरजिम्मेवार ढंगले तत्कालीन अर्थमन्त्री शर्माले काम गरेका थिए। यी असामान्य व्यवहारले यो सरकार आर्थिक अनियमिततामा चुर्लुम्म डुबेको छ। यसले अन्ततः अहिलेको राजनीतिक प्रणाली र व्यवस्थाप्रति नै आमवितृष्णा हुने परिस्थिति सिर्जना गरिरहेको छ।

तत्कालीन प्रधानमन्त्री ओलीले एकपछि अर्को गरी दुईपटक प्रतिनिधिसभा विघटन मात्र गराएनन्, आफूमा शक्ति केन्द्रित गरी अधिनायकवादी हुने सोच राखेको महसुस भएको हो। साढे तीन वर्ष एकछत्र सरकार चलाएपछि उनीमाथि दम्भ बढ्नु स्वाभाविक थियो। त्योबेला सार्वजनिक भएका भ्रष्टाचार काण्डको ढाकछोप गर्न ओली चुकेनन्। तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा जोडिएको ७० करोड रुपियाँको कमिसन काण्ड सार्वजनिक भए पनि त्यसमा कुनै छानबिन भएन। बरु यसको पनि ढाकछोप भयो। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी कानुन बनाउने तयारी पनि ओली सरकारले गर्‍यो। यी यावत् परिस्थितिबाट जोगिन त्यो सरकारबाट मुलुकले मुक्ति पाउनुपर्ने माग भएको हो।

वाम वर्चस्वको सरकार स्थापनापछि तत्काल सत्तामा पुग्ने कुनै स्थितिमा नरहेका देउवालाई अवसर प्राप्त भएको हो। यसपटक सरकारमा पुगेपछि देउवाले विगतका कलंक मेट्दै कांग्रेसलाई पनि पूर्ववत् सुदृढ स्थितिमा पुर्‍याउने विश्वास पार्टी पंक्तिमा समेत रहेको हो। तर देउवाले यसरी काम बिगार्दै लगेका छन् जसले कांग्रेसलाई फेरि पछि पार्ने अवस्था आउँदैछ। उनले ओली सरकारबाट भएका काम सच्याएनन्। प्रेस विरोधी कानुन फिर्ता लिने वा नयाँ बनाउनेतिर ध्यान दिएनन्। प्रधानमन्त्री मातहत लगेका राजस्व अनुसन्धान, राष्ट्रिय अनुसन्धानलगायतका संस्थालाई पूर्ववत् फर्काउनुपर्ने आवश्यकतासमेत उनले महसुस गरेनन्। बरु शक्तिको केन्द्रीकरणबाट प्राप्त हुने लाभमै रमाउने प्रवृत्ति अहिले देखिएको छ।

निर्वाचन आउन अब पाँच महिना मात्र बाँकी छ। यो अवधिमा पनि अहिलेको शासन/प्रशासनमा सुधार ल्याउने गरी देउवाबाट काम हुने विश्वास छैन। गठबन्धनमा सामेल नेकपा (माओवादी केन्द्र), एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) लगायतका दलले पनि सकारात्मक प्रभाव दिन सकेका छैनन्। सरकारमा भएका कामले समग्रमा सुशासनको प्रत्याभूति दिन सकेको छैन। अनियमितताले चौतर्फी गाँजेको छ। यो सरकारले पनि मुलुकमा भ्रष्टाचाररहित शासन दिन सकेन भन्ने आमविश्वास छ। विकास निर्माणले गति लिन सकेको छैन। यो स्थितिमा सरकारको बितेको एक वर्षको सही सदुपयोग हुन नसकेको भन्ने आधार प्रशस्त स्थापित भएका छन्।  
अर्को समाचार
प्रतिपक्षसँग सल्लाह नगरी काम गरेको भन्दै प्रधानमन्त्री देउवासँग एमाले अध्यक्ष ओलीको आपत्ति
०८ भदौ २०७९
•
१ मिनेट पाठ
प्रतिपक्षसँग सल्लाह नगरी काम गरेको भन्दै प्रधानमन्त्री देउवासँग एमाले अध्यक्ष ओलीको आपत्ति
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारले प्रमुख प्रतिपक्ष दलसँग कुनैपनि सल्लाह नगरी एकलौटी ढंगले काम गरिरहेको भन्दै आपत्ति जनाएका छन्।  




अध्यक्ष ओली बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेटन उपाध्यक्षद्धय सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेललाई लिएर बालुवाटार पुगेका थिए।  

झण्डै दुई घण्टा लामो वार्ता पछि उनीहरु त्यहाँबाट बाहिरिएका थिए। बाहिरिने क्रममा एमाले उपाध्यक्ष सुवास नेम्वाङले सरकारले एकलौटी ढंगले विधेयकहरु ल्याएको प्रति प्रधानमन्त्री देउवासँग आपत्ति जनाएको जानकारी दिए।  

‘हामीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य, निरुपण तथा मेलमिलाप आयोग विधेयक, नागरिकता विधेयक ल्याउँदा हामीसँग कुनैपनि परामर्श गरिएन। यही बिषयमा आपत्ति रह्यो’, उनले भने।  

नेम्वाङका अनुसार ओलीले गठबन्धन गरेर गएपनि निषेधको राजनीति नगर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए। ‘अध्यक्षले स्वच्छ प्रतिस्पर्धा गर्नुहोस, अपवित्र गठबन्धन नगर्नुहोस र निषेधको राजनीति पनि नर्गुहोस भन्नुभएको छ’, उनले भने।  

अध्यक्ष ओलीलले महँगी बढेको तर्फ पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५० सेकेन्ड अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस