चन्दाकै भरमा ठडियो पोखरा बहुमुखी क्याम्पस भवन
१४ मंसिर २०७९
•
३ मिनेट पाठ
चन्दाकै भरमा ठडियो पोखरा बहुमुखी क्याम्पस भवन
पोखरा बहुमुखी क्याम्पसले बनाएको नयाँ भवन । यो भवन चन्दा उठाएकै भरमा तयार भएको छ। तस्बिरः नागरिक
चन्दा उठाएकै भरमा पोखरा बहुमुखी क्याम्पसले सुविधासम्पन्न भवन ठड्याएको छ। क्याम्पस बनाउन करिब पाँचकरोड रुपैयाँ चन्दा उठाइएको थियो। गण्डकी प्रदेशको पहिलो सामुदायिक शिक्षण संस्था भएपनि यो क्याम्पसको आफ्नै भवन थिएन।




स्थापना भएको ३६ वर्षपछि क्याम्पसले पहिलोपटक सुविधासम्पन्न भवन बनाउन सकेको क्याम्पस प्रमुख शिशुकला पराजुलीले बताईन। उनका अनुसार अहिलेसम्म पोखरा–९ नयाँबजारको महेन्द्र माविभित्रै यो क्याम्पस संचालनमा थियो। अब भने पोखरा–९ शान्तिवन बाटिका परिसरमा बनेको नयाँ भवनबाट आगामि दिनका शैक्षिक क्रियाकलाप सुरु हुने उनले बताईन।

क्याम्पस प्रमुख पराजुलीका अनुसार नयाँ भवनमा अपांग तथा प्रविधिमैत्री सुविधा छन्। भवन बनाउन पाँचकरोड रुपैयाँ भन्दा बढि लगानी भएको उनले बताईन। चार रोपनी क्षेत्रफल जग्गामा अहिले क्याम्पसको २३ कोठे पक्की भवन तयार भएको छ। नयाँ भवन प्रवेशको अवसर पारेर बुधबार पञ्चेबाजासहित नगर परिक्रमा गराइएको थियो।  

शिक्षा क्षेत्रमा बढ्दो रुचि र सीमित शैक्षिक संस्थाको कारण विद्यार्थीको चापलाई पृथ्वीनारायण क्याम्पसले थेग्न नसकेपछि पोखरा–१ टुँडीखेलमा २०४४ साल मंसिर १४ गते यो क्याम्पस स्थापना भएको थियो। तत्कालीन नगर पञ्चायत, जिल्ला पञ्चायत, उद्योग वाणिज्य संघ, अञ्चलाधीश कार्यालय, समाज सेवी, शिक्षाप्रेमीको अगुवाइमा क्याम्पस संचालन सुरु भएको थियो।

क्याम्पसले अहिले चारवर्षे स्नातक तहमा मानविकी र व्यवस्थापन संकायमा अध्यापन गराइरहेको छ। क्याम्पस प्रमुख पराजुलीले सहयोगी दातको भरमा क्याम्पसले पूर्णता पाएको बताईन। ‘पोखराका उद्योगी, व्यवसायी सहित सबै क्षेत्रबाट अहिले चन्दा आएको छ,’ उनले भनिन, ‘चन्दाकै भरमा संरचना तयार भएको हो।’
 टुँडीखेलमा सुरु भएको क्याम्पसलाई पूर्वाधार अपुग भएपछि २०५९ मा तत्कालीन महेन्द्र निमावि को हाताभित्र स्थानान्तरण भएको थियो। ‘आफ्नै स्वामित्वमा जग्गा तथा भवनको अभाव हुँदा माग अनुसार थप शैक्षिक कार्यक्रम वृद्धि गर्न सकिएन,’ उनले भनिन, ‘अब अरु विषयमा अध्यापन गराउन योजना बनाएका छौं।’  

नयाँ भवन प्रवेश तथा ३६औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले क्याम्पसले आफ्नै पूर्वाधार नहुँदा दुख पाएको बताए। ‘पोखराकै इतिहास बोकेको क्याम्पसले धेरै दुख खेप्यो,’ मन्त्री थापाले भने, ‘बल्ल क्याम्पसले पूर्णता पाएको छ। अब यसलाई अब्बल बनाउँदै लैजानुपर्छ।’ उनले आगामी दिनमा क्याम्पसलाई आवश्यक सहयोग गर्ने वचन पनि दिए। थापाले क्याम्पसको पाठ्यक्रममा प्रयोगात्मक र समायानुकुल विषय थप गर्न समेत आग्रह गरे।  

क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले क्याम्पस आफ्नै भवन सर्नुमा सम्पूृर्ण पोखरेलीको साथ र सहयोग रहेको बताए। ‘सम्पूर्ण मनकारी संस्था र सहयोगी हातको भरमा यो क्याम्पसले पूर्णता पाएको छ,’ उनले भने, ‘अब पनि यसलाई समुदायकै माया र सहयोग चाहिन्छ।’  

क्याम्पसले सुरुदेखि नै मानविकी र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको थियो। सुरुमा प्रवीणता प्रमाणपत्र तहमा अध्यापन गराएको यो क्याम्पसले २०६० देखि स्नातक तहतर्फ बिबिएस र बिएका कक्षा संचालन गर्दै आएको छ। हाल चारवर्षे बिए र बिबिएसमा यहाँ अध्यापन हुन्छ । क्याम्पसमा अहिले ४ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।  

अध्यक्ष लालचनका अनुसार नयाँ संरचना थप्नका लागि पोखरा महानगरपालिकाका तत्कालिन मेयर मानबहादुर जिसीको कार्यकालमा यो क्याम्पसले जग्गा पाएको थियो। ‘जग्गा त पायौं, तर, भवन बनाउन पैसा थिएन। दाता खोज्नुपर्ने दवाव हामिमा थियो,’ अध्यक्ष लालचनले भने, ‘अरु दाताको मन जित्न सहज होस भनेर भवन बनाउन म आफैले ५० लाख रुपैयाँ दिएर कोष खडा गरेको हुँ। त्यसपछि अरु दाता पनि आकर्षित हुनु भयो। अहिले सबैको सहयोगमा यो कामले गति लिएको हो।’  
अर्को समाचार
छात्रा प्रतियोगिताको उपाधि पश्चिमाञ्चललाई
१० मंसिर २०७९
•
२ मिनेट पाठ
छात्रा प्रतियोगिताको उपाधि पश्चिमाञ्चललाई
उपाधि विजेता पश्चिमाञ्चल मावि। तस्बिरः नागरिक
पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविले पोखरामा भएको कास्की जिल्ला माध्यमिक विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि हात पारेको छ। शनिबार भएको फाइनल खेलमा पोखरा महानगरपालिका–१८ भकुन्डेको शान्त माविलाई सोझो सेटमा पराजित गर्दै पश्चिमाञ्चलले २० हजार रुपैयाँ पुरस्कार सहित उपाधि हात पा¥यो।




पोखरा बहुमुखी क्याम्पसको ३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा सरकारी र निजी गरि १६ वटा विद्यालयले भाग लिएका थिए। ती मध्ये आठ वटा सरकारी र आठवटा निजी विद्यालय प्रतिश्पर्धामा भाग लिएका थिए। शनिबारको फाइलन खेलमा पश्चिमाञ्चलले शान्त माविलाई २५–२३, २५–१४ र २५–२२  को सेटमा पराजित गरेको हो। उपाधि विजेता पश्चिमाञ्चलले २० र उपविजेता शान्त माविले १५ हजार रुपैयाँ पुरस्कार पाए । त्यस्तै उत्कृष्ट हुने खेलाडीले पनि पुरस्कार हात पारे।  

आयोजक पोखरा बहुमुखी क्याम्पसका खेलकुद प्रतियोगिता संयोजक भरतराज अधिकारीका अनुुसार विद्यार्थीलाई खेल क्षेत्रमा सक्रिय बनाउन जिल्लास्तरीय छात्रा भलिवल प्रतियोगिता आयोजना गरिएको हो। ‘गण्डकी प्रदेशमा भलिवल खेलको क्रेज निकै नै बढि छ। महिला भलिबलका पोखरामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता हुँदै आएका छन,’ उनले भने, ‘यस्ता प्रतियोगिताले शैक्षिक क्षेत्रभित्र लुकेका खेलाडीको पहिचान बाहिर आउँछन्।’

क्याम्पस प्रमुख शिशुकला पराजुलीले पहिलोपटक क्याम्पसले जिल्लास्तरीय प्रतियोगिता आयोजना गरेको र आगामि दिनमा पनि यस्तै खेलकुदका गतिविधि गर्दै जाने बताईन। ‘खेलाडीभित्र लुकेको क्षमतालाई बाहिर ल्याउने माध्यमको रुपमा यस्ता प्रतियोगिता हुने गरेका छन,’ उनले भनिन, ‘शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुदमा पनि पहिचान बढाउन विद्यार्थीले यस्तै प्रतियोगिताबाट अवसर पाउँछन। विद्यार्थी भित्र लुकेको क्षमता बाहिर ल्याउनका लागि क्याम्पसले प्रतियोगिताद आयोजना गरेको हो।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस