उच्च शिक्षामा विद्यार्थी बढे
१५ जेष्ठ २०८३
•
१ मिनेट पाठ
उच्च शिक्षामा विद्यार्थी बढे
उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्यामा १० दशमलव ९ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/८१ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या ६ लाख ७२ हजार ४८९ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा १० दशमलव ९ प्रतिशतले बढेर सात लाख ४५ हजार ७७० पुगेको हो।




आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार उच्च शिक्षा अध्ययनरत कुल विद्यार्थीमध्ये व्यवस्थापन संकायमा सबैभन्दा बढी ५०.५ प्रतिशत छन् भने कृषिमा सबैभन्दा कम ०.१५ प्रतिशत छन्। व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्रमा अध्ययनरत विद्यार्थी करिब ८० प्रतिशत छन्।

केन्द्रीय र प्रादेशिक विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विदेशी सम्बन्धनमा नेपालमा सञ्चालित क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत आंगिकमा ४७ दशमलव ९ र सम्बन्धन प्राप्तमा २७ दशमलव ४ प्रतिशत गरी कुल ७५.३ प्रतिशत छन्। अन्य विश्वविद्यालय र कार्यक्रममा २४.१ प्रतिशत विद्यार्थी छन्।

सरकारी लगानीका हिसाबले त्रिभुवन विश्वविद्यालयमा ६७.५ प्रतिशत र अन्य विश्वविद्यालय र कार्यक्रममा ३२.५ प्रतिशत लगानी छ । हाल मुलुकमा २०८२ फागुनसम्म १५ केन्द्रीय र ६ प्रादेशिक गरी २१ विश्वविद्यालय तथा संघअन्तर्गत ६ र प्रदेशअन्तर्गत दुई गरी आठ स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्। संघीयअन्तर्गत १२ केन्द्रीय विश्वविद्यालय र प्रदेशअन्तर्गत ६ विश्वविद्यालय पूर्ण रूपमा सञ्चालन छन्। तीन वटा केन्द्रीय विश्वविद्यालय हालसम्म सञ्चालन हुन सकेको छैन।
अर्को समाचार
शिक्षामा लगानी बढे पनि रोकिएन विद्यार्थी बिदेसिने क्रम
०७ साउन २०८०
•
५ मिनेट पाठ
शिक्षामा लगानी बढे पनि रोकिएन विद्यार्थी बिदेसिने क्रम
पछिल्ला १२ वर्षमा शिक्षा क्षेत्रमा १४ खर्ब ९१ अर्ब रूपैयाँ लगानी गरेको सरकार स्वदेशी शिक्षामा विद्यार्थीलाई आश्वस्त बनाउन र टिकाउन भने असफल देखिएको छ। विद्यालय शिक्षा अर्थात् कक्षा १२ पास हुनासाथ उच्च शिक्षा अध्ययनका लागि बर्सेनि सयौं विद्यार्थी बिदेसिने गरेका छन्। विदेशमा गएर उच्च शिक्षा अध्ययनका लागि आर्थिक वर्ष २०६५/६६ देखि २०७७/७८ सम्म ४ लाख १६ हजार ३६४ जनाले एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) लिएका छन्। त्यस्तै आव २०७८/७९ र २०७९/८० सालमा एनओसी लिनेको संख्या २ लाख २७ हजार ७८० छ।




सरकारले सबैका लागि शिक्षा कार्यक्रम अन्तर्गत २०६९ सालयता विशेषगरी विद्यालय शिक्षामा सबैको पहुँच बढाउने लक्ष्यसाथ बर्सेनि बजेट बढाउँदै लगेको छ। सरकारले कक्षा ८ सम्म अर्थात् आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा (कक्षा ९ देखि १२) निःशुल्क गरेको छ। निःशुल्क शिक्षाअन्तर्गत विद्यालय तहका बालबालिकाले  पाठ्यपुस्तक, शिक्षण शुल्क, परीक्षा शुल्क, खाजा, शैक्षिक सामग्रीलगायत निःशुल्क पाउने कानुनी व्यवस्था छ। सामुदायिक विद्यालयका शिक्षकको तलबलगायत सुविधा सबै राज्यले बेहोरेको छ। तर पनि विद्यार्थी किन स्वदेशमा टिक्न सक्दैनन् भन्ने त ? यो अहिलेको सबैभन्दा ठुलो चुनौतीको विषय भएको विज्ञहरू बताउँछन्।

शिक्षामा बर्सेनि बजेट बढ्दै गए पनि विद्यार्थी कक्षा १२ पासपछि विदेशमै उड्न रुचाउनुको मुख्य कारण रोजगारीको अवसर नै भएको शिक्षाविद् विद्यानाथ कोइरालाको बुझाइ छ। आव २०७४/७५ सम्म शिक्षामा ९९ अर्ब बजेट थियो भने आव २०७५/७६ देखि खर्ब नाघ्न थालेको हो। शिक्षामा गुणस्तरीय सुधार गर्नकै लागि आव २०७५/७६ देखि राज्यले शिक्षामा १ खर्ब ३४ अर्ब बजेट विनियोजन गरेको थियो। तर आव २०७४/७५ र २०७५/७६ मा सबैभन्दा बढीले एनओसी लिए। अर्थात् आव २०७४/७५ सालमा ५८ हजार ७५८ र २०७५/७६ मा ६३ हजार २५९ ले एनओसी लिए। गत १३ वर्षको तथ्यांक हेर्दा सबैभन्दा धेरै एनओसी यी दुई वर्षमा लिइएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव एवं नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) महाशाखा प्रमुखका अनुसार आव २०६५/६६ देखि २०७७/७८ सम्म १३ वर्षमा कुल ४ लाख १६ हजार ३०० भन्दा बढी विद्यार्थीले १०३ देशमा उच्च शिक्षा अध्ययनका लागि मन्त्रालयबाट एनओसी लिएका थिए। तर हालको अवस्थामा एक वर्षमै १ लाखभन्दा बढी संख्यामा विद्यार्थीले एनओसी लिने अवस्था रहेको महाशाखा प्रमुख वासुदेव वस्तीले बताए। एनओसी लिनेमा ८० प्रतिशत विद्यार्थीहरू कक्षा १२ पासपछिकै रहेको उनले बताए। आव २०७६/७७ मा कुल ३४ हजार ९४ ले एनओसी लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ। यसैगरी आव २०७७/७८ मा कुल २७ हजार ९७८ ले मन्त्रालयबाट एनओसी लिएको तथ्यांक छ।

एनओसी महाशाखा प्रमुख वस्तीका अनुसार नेपालमा कलेज सञ्चाकहरूकै शैक्षिक परामर्श संस्था छ। कतिपयले विदेशमै कलेज र कन्सल्टेन्सी खोलेका छन्। सरकारले शिक्षामा विद्यालय तह पुरै निःशुल्क गरे पनि देशलाई योगदान दिने बखत विद्यार्थी बिदेसिनु राज्यको हितमा नरहेको उनको धारणा छ।

आव २०७८/७९ मा १ लाख १७ हजार ५६३ ले एनओसी लिएका थिए भने आव २०७९/८० भित्र कुल ७० देशका लागि १ लाख १० हजार २१७ ले एनओसी लिएको मन्त्रालयको तथ्यांक छ।

शिक्षाविद् कोइरालाका अनुसार सरकारले गाउँगाउँसम्म अहिले बिजुली, बत्ती र बाटो, पानीलगायत पूर्वाधार पुर्‍याए पनि अवसर सिर्जना गर्न नसकेका कारण ग्रामीणबाट सहरतिर र सहरबाट विदेशतिर युवाहरू अवसरकै खोजीमा विदेशतिर फुर्र उड्ने गरेका हुन्।

‘स्वदेशमा डिग्री लिए तर रोजगार छैन। अब समस्या शिक्षामा हो कि रोजगारीमा ? हामीकहाँ बेरोजगार उत्पादन गर्ने शिक्षा होइन रोजगार पो दिन सकेनन् यो ठुलो समस्या हो,’ उनले भने, ‘१३ वर्षमै १५ खर्ब लगानी गरेर पनि सरकारले विद्यार्थीलाई स्वदेशमै टिकाउन सकेन। कक्षा १२ पासदेखि विश्वविद्यालयसम्मका विद्यार्थी विदेशै जान चाहन्छन्, किनभने उनीहरूका लागि सरकारले पनि रोजागार दिन र सिर्जना गर्न सकेनन्।’ 
पढाइ अनुसारको गराई विद्यार्थीले नपाएपछि बिदेसिन बाध्य भएका हु्न्। ‘सीपमूलक शिक्षा दिए पनि अहिले प्राविधिक शिक्षामा विद्यार्थी सबैतिर घट्नुको मुख्य कारण पनि रोजगारीको अवसर स्वदेशमा नदेखेरै हो,’ शिक्षाविद् कोइरालाले भने, ‘कुन उद्योगलाई कुन तहको कति जनशक्ति चाहिने भन्ने बारे योजना आयोग र उद्योगी–व्यवसायीहरूसँग समन्वय गरी अध्ययन गरी सोहीअनुसार रोजगारीको अवसर स्वदेशमै छ भन्ने देखाउन सकिएन। युवालाई स्वदेशमा अवसर नदिएसम्म राज्यले जतिसुकै तहसम्म निःशुल्क र अनिवार्य शिक्षामा लगानी बढाए पनि शिक्षामा लगानीको उपलब्धि हँुदैन। बालुवामा पानी हालेजस्तै हो।’

एनओसी महाशाखा प्रमुख वस्तीका अनुसार नेपालमा कलेज सञ्चाकहरूकै शैक्षिक परामर्श संस्था छ। कतिपयले विदेशमै कलेज र कन्सल्टेन्सी खोलेका छन्। सरकारले शिक्षामा विद्यालय तह पुरै निःशुल्क गरे पनि देशलाई योगदान दिने बखत विद्यार्थी बिदेसिनु राज्यको हितमा नरहेको उनको धारणा छ। 

‘हाम्रो शाखामा एनओसी लिन आउने ८० प्रतिशत विद्यार्थी कक्षा १२ पास नै हुन्छन्। थोरै मात्र स्नातकमाथिका आउँछन्,’ वस्तीले भने, ‘राज्यले विद्यालय शिक्षामा खर्बौं लगानी गरेर तयार पारेका युवा विद्यार्थीहरू देशलाई योगदान दिने बखतै विदेश उड्नु समग्र राज्य विकासका लागि चुनौती हो। अब राज्यका नीति निर्माताहरूले समेत शिक्षालाई रोजगार र अवसरसँग जोडेर कसरी अगाडि बढ्नेबारे पुनः सोच्ने समय आएको छ।’ 
उनले हाल बर्सेनि लाखको हाराहारीमा एनओसी जारी गरिनुलाई स्वदेशका लागि अगामी वर्षहरूमा चुनौती थपिँदै जाने अवस्था सिर्जना हुने अवगत गराए।

राष्ट्रिय योजना आयोगको पूर्वसदस्य एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति सुनिलबाबु श्रेष्ठका अनुसार नेपालको शिक्षा विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने नै छ तर अध्ययनपछि स्वदेशमै रोजगारको अवसर छ भन्ने प्रत्याभूति राज्यले विद्यार्थी र अभिभावकलाई दिलाउन नसकेका कारण युवा विद्यार्थीहरू स्वदेशमा अडिन मुस्किल परेको हो। 

‘समस्या हाम्रो शिक्षामा होइन समस्या त राज्यले बनाउने योजनामा हो। मानव संसाधन उचित व्यवस्थापनका लागि योजनाबद्ध विकास स्पष्ट नै छैन,’ योजना आयोगका पूर्वसदस्यसमेत रहेका श्रेष्ठले नागरिकसँग भने, ‘कुन क्षेत्रमा कति जनशक्ति आवश्यक छ। त्यसअनुसार निजी क्षेत्र, उद्योग व्यवसाय तथा राज्यसँग स्पष्ट आँकडा छैन।’ 
त्यसले गर्दा राज्यले अभिभावक र विद्यार्थीलाई स्वदेशमै अवसर भन्नेबारे विश्वास दिलाउन चुकेको उनले बताए।

‘हाम्रा विद्यार्थी विद्यालय तहदेखि नै विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अब्बल छन्। त्यही भएर विश्वबजारमा बिकेका छन्। यसमा कुनै सन्देह छैन। तर राज्य उनीहरूलाई स्वदेशमै अड्याउन र अवसर छ भन्ने विश्वास दिलाउन चुकेको छ,’ पूर्वउपकुलपति श्रेष्ठले भने। 
आफू योजना आयोगको सदस्य हुँदा यसबारे पटकपटक आवाज उठाउँदै आएको समेत उनले बताए। ‘१६औं योजनामा आँकडासहितको स्पष्ट मानव संसाधान व्यवस्थापनबारे योजना बनाउन छलफल भएको छ,’ उनी भन्छन्, ‘तथ्यांकमा आधारित भएर जनशक्ति उत्पादन र व्यवस्थापन भए मात्र उच्चस्तरीय जनशक्ति राज्यले उत्पादन गर्न सक्छ।’
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले  समन्वय गर्ने
राजनीति
Clock १० सेकेन्ड अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले  समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस