मानवपूँजी विकास गर्न राष्ट्रिय जनशक्ति विकास नीति ल्याइँदै
१२ चैत्र २०७९
•
४ मिनेट पाठ
मानवपूँजी विकास गर्न राष्ट्रिय जनशक्ति विकास नीति ल्याइँदै
राज्यलाई आवश्यक विषय तथा क्षेत्रगत जनशक्तिको पहिचान तथा प्रक्षेपणको आधारमा राष्ट्रिय तथा विश्व स्तरीय प्रतिस्पर्धी मावनपूँजी विकास गर्ने लक्ष्यसहित सरकारले राष्ट्रिय जनशक्ति विकास नीति २०७९ ल्याउने तयारी गरेको छ।




शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको जनशक्ति विकास योजना तथा समन्वय शाखाले नीतिको मस्यौदा तयार पारी छलफल गरेको छ।

सोमबार राष्ट्रिय जनशक्ति तथा नीति तर्जुमा उपसमितिको बैठकले मस्यौदामाथि छलफल गरेको छ। हालसम्म राज्यको कुन क्षेत्रमा कति र कस्ता जनशक्ति आवश्यक पर्ने बारे कुनै अध्ययन अनुसन्धान नभएरै जनशक्ति नियुक्ति भइरहेको व्यवस्थाले गर्दा एकातिर सरकारी लगानी खेर गएको छ भने अर्को तर्फ राज्यले भएकै जनशक्तिलाई पनि सदुपयोग गर्न नसकेको कारण एउटा नयाँ राष्ट्रिय जनशक्ति विकास नीतिको आवश्यकता खड्किएको समिति सदस्यहरुको राय थियो।

शिक्षा मन्त्रालयको सहसचिव डा. हरिसम्सालको संयोजककत्वमा गठन भएको ११ सदस्सीय उपसमितिले नीतिको मस्यौदा तयार गर्ने काम गरिरहेको मन्त्रालयमै भेटेका उपसचिव ईश्वरी पोखरेलले जनाए।

उपसचिव पोखरेल उपसमितिका सदस्य सचिव तथा शाखा प्रमुख हुन्। सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुग्दा उपसचिव मस्यौदा अन्तिम चरणमा पुर्‍याई राष्ट्रिय जनशक्ति विकास नीति, तर्जुमा समन्वय समितिमा जति सक्दो छिटो बुझाउने तयारीमा व्यस्त देखिए।

देश संघीयतामा गएसँगै तीनै तह संघ, प्रदेश र स्थानीय निकायमा कुन क्षेत्र, विषयमा कति र कस्ता मानवपूँजी आवश्यक पर्ने बारे सरकारसँग कुनै तथ्याँक नभएको कारण मन्त्रालयबिच समन्वय समेत हुन नकसी कामकारबाहीमा समेत अप्ठ्यारा तथा चुनौतीहरूको सामना गर्नु पर्ने अवस्था रहेको  उपसचिव पोखरेलले अवगत गराए।

उनका अनुसार नीतिको मस्यौदा तयार गर्दा अध्ययन अनुसन्धान गर्ने क्रममा देशमा जनशक्ति, उत्पादन, विकास र प्रयोग क्षेत्र सुनिश्चित नभएकोले कुन विषय क्षेत्र, कुन प्राविधिक क्षेत्रमा के कति जनशक्ति उत्पादन गर्ने र बजारमा खपतको मापदन्ड अभावको चुनौती खेप्नु परेको छ। विषय क्षेत्रगत जनशक्ति विकास प्रयोग र प्रक्षेपण जस्ता कार्य संचालन एकीकृत संयन्त्रको अभावका कारण देशमा स्थापना भएका विश्वविद्यालयहरुले समेत उत्पादन गरेका जनशक्तिहरू शैक्षिक बेरोजगार हुनु पर्ने आवश्था आएको अध्ययनले देखाएको हो।

‘नीति कार्यान्वयनमा आएपछि राष्ट्र निर्माणमा आवश्यक योग्य र दक्ष जनशक्तिको विषय र क्षेत्रगत तथा सीप क्षमता वर्गीकरणसहितको प्रक्षेपण गर्न सकिने मापदन्ड बन्छ ,’ उपसचिव पोखरेलले नागरिकसँगको भेटमा मस्यौदाबारे जानकारी गराउँदै भने ‘नीतिले राष्ट्रिय ,प्रादेशिक र स्थानीय तहको जनशक्ति विकास योजनाकालागि मापदण्ड तयार गर्नुकासाथै राज्यको सामाजिक आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउन सक्ने विषयगत जनशक्ति निर्माणमा संघ, प्रदेश र स्थानीय सरकार तथा श्रम बजार सम्बद्ध निकायबिच समन्वय र सहकार्य गर्छ ।’ उनले थपे ‘नीति मावनपूँजी विकासका १५ वटा लक्ष्यमा काम गर्ने छ भने यसका ५५ वटा रणनीतिहरु तय गरिएका छन्। संघ, प्रदेश तथा स्थानीय तहमा रोजगारीका विषय क्षेत्रहरुको पहिचान गर्नु नै कार्यनीतिको मुख्य उद्देश्य हो।’

विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रमलाई पुनरावलोकन गरी नवप्रवर्तन, अध्ययन र अनुसन्धानसम्बन्धी विषयहरू समावेश गर्ने, सबै तहमा विद्यार्थीद्वारा गरिने परियोजना, प्रवर्तनात्मक तथा अनुसन्धान कार्यलाई उनीहरुको सिकाई मूल्याँकनसँग आबद्ध गर्ने, शिक्षक तालिम, जनशक्ति विकास, पाठ्यक्रमको पुनरावलोकन गरी खोज अनुसन्धान विधिलाई शिक्षक क्षमता विकासको अभिन्न अंगको रुपमा समावेश गर्ने लगायतका एक सय ६१ वटा कार्यनीतिहरु तय गरिएको नागरीकालाई प्राप्त दस्ताबेजमा उल्लेख छ।

राष्ट्रिय जनशक्ति विकास नीति २०७९ को आफ्नो छुटै कानुनी तथा नीतिगत व्यवस्था गरिएको छ। जस अन्तर्गत विधेयक, निर्देशिका, मापदण्ड, कार्यविधि तथा कार्य संचालन दिग्दर्शन बनाउन सकिने व्यवस्था गरिएको दस्तावेजको २४ औं पृष्ठमा उल्लेख छ। साथै सोही दस्ताबेजमा जनशक्ति विकासमा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, संवैधानिक आयोग, निकायसहित सबै सरोकारित सम्बद्ध निकायको जनशक्ति विकासमा साझा सामूहिक सहभागिता रहने व्यवस्था गरिने उल्लेख छ। 

‘कार्यसम्पादन समन्वय गर्न संघीय, प्रादेशिक, जिल्ला, स्थानीय जनशक्ति विकास व्यवस्थापन समितिहरू गठन गरि काम गर्ने व्यवस्था नीतिले गरेको छ,’ सदस्य सचिव पोखरेलले भने ‘नीति कार्यान्वयन भएपछि जनशक्ति विकासको पक्षमा आधिकारिक निकायको अभाव पूर्ति गरी समन्वय गर्न, जोड्न र स्थायी संयन्त्र व्यवस्था गर्न सफल भई प्राविधिक तथा प्राज्ञिक सहजीकरण गर्न सक्छ।’ 

उनले चिन्ता व्यक्त गरे ‘आठ महिना समय खर्चेर तयार पारिएको नीतिको मस्यौदामा मन्त्रालयभित्र योजना आयोग, विश्वविद्यालय अनुदान आयोग, सिटिइभिटि, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, संघीय मामिला मन्त्रालय, सामान्य प्रशासन तथा गृह मन्त्रालयका एक सय ४१ उपसचिव, ६३ अधिकृत सहभागी रही १७ पटक आन्तरिक बैठक बसेर काम गरिएको छ। तर हाल राजनीति अस्थिरतताका कारण यो नीति अगाडि बढ्ने/नबढ्ने बारे ठुलो चिन्ता छ।
अर्को समाचार
मानवपूँजी विकास गर्न राष्ट्रिय जनशक्ति विकास नीति ल्याइँदै
२७ फागुन २०७९
•
४ मिनेट पाठ
मानवपूँजी विकास गर्न राष्ट्रिय जनशक्ति विकास नीति ल्याइँदै
शिक्षा मन्त्रालयका उपसचिव ईश्वरी पोखरेल।
राज्यलाई आवश्यक विषय तथा क्षेत्रगत जनशक्तिको पहिचान तथा प्रक्षेपणको आधारमा राष्ट्रिय तथा विश्व स्तरीय प्रतिस्पर्धी मावनपूँजी विकास गर्ने लक्ष्यसहित सरकारले राष्ट्रिय जनशक्ति विकास नीति २०७९ ल्याउने तयारी गरेको छ।




शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको जनशक्ति विकास योजना तथा समन्वय शाखाले नीतिको मस्यौदा तयार पारी छलफल गरेको छ। सोमबार राष्ट्रिय जनशक्ति तथा नीति तर्जुमा उपसमितिको बैठकले मस्यौदामाथि छलफल गरेको छ।

हालसम्म राज्यको कुन क्षेत्रमा कति र कस्ता जनशक्ति आवश्यक पर्ने बारे कुनै अध्ययन अनुसन्धान नभएरै जनशक्ति नियुक्ति भइरहेको व्यवस्थाले गर्दा एकातिर सरकारी लगानी खेर गएको छ भने अर्को तर्फ राज्यले भएकै जनशक्तिलाई पनि सदुपयोग गर्न नसकेको कारण एउटा नयाँ राष्ट्रिय जनशक्ति विकास नीतिको आवश्यकता खड्किएको समिति सदस्यहरूको राय थियो।

शिक्षा मन्त्रालयको सहसचिव डा. हरिसम्सालको संयोजकत्वमा गठन भएको ११ सदसीय उपसमितिले नीतिको मस्यौदा तयार गर्ने काम गरिरहेको मन्त्रालयमै भेटेका उपसचिव ईश्वरी पोखरेलले जनाए। उपसचिव पोखरेल उपसमितिका सदस्य सचिव तथा शाखा प्रमुख हुन्। सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुग्दा उपसचिव मस्यौदा अन्तिम चरणमा पुर्‍याई राष्ट्रिय जनशक्ति विकास नीति,तर्जुमा समन्वय समितिमा जति सक्दो छिटो बुझाउने तयारीमा व्यस्त देखिए।

देश संघीयतामा गएसँगै तीनै तह संघ, प्रदेश र स्थानीय निकायमा कुन क्षेत्र, विषयमा कति र कस्ता मानवपूँजी आवश्यक पर्ने बारे सरकारसँग कुनै तथ्याङ्क नभएको कारण मन्त्रालयबिच समन्वय समेत हुन नकसी कामकारबाहीमा समेत अप्ठ्यारा तथा चुनौतीहरूको सामना गर्नु पर्ने अवस्था रहेको  उपसचिव पोखरेलले अवगत गराए। उनका अनुसार नीतिको मस्यौदा तयार गर्दा अध्ययन अनुसन्धान गर्ने क्रममा  देशमा जनशक्ति, उत्पादन, विकास र  प्रयोग क्षेत्र सुनिश्चित नभएकोले कुन विषय क्षेत्र, कुन प्राविधिक क्षेत्रमा के कति जनशक्ति उत्पादन गर्ने र बजारमा खपतको मापदण्ड अभावको चुनौती खेप्नु परेको छ।

विषय क्षेत्रगत जनशक्ति विकास प्रयोग र प्रक्षेपण जस्ता कार्य संचालन एकीकृत संयन्त्रको अभावका कारण देशमा स्थापना भएका विश्वविद्यालयहरुले समेत उत्पादन गरेका जनशक्तिहरू शैक्षिक बेरोजगार हुनु पर्ने अवस्था आएको अध्ययनले देखाएको हो।

नीति कार्यान्वयनमा आएपछि राष्ट्र निर्माणमा आवश्यक योग्य र दक्ष जनशक्तिको विषय र क्षेत्रगत तथा सीप क्षमता वर्गीकरण सहितको प्रक्षेपण गर्न सकिने मापदण्ड बन्छ ,’ उपसचिव पोखरेलले नागरिकसँगको भेटमा मस्यौदाबारे जानकारी गराउँदै भने ‘नीतिले राष्ट्रिय ,प्रादेशिक र स्थानीय तहको जनशक्ति विकास योजनाका लागि मापदण्ड तयार गर्नुका साथै राज्यको सामाजिक आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउन सक्ने विषयगत जनशक्ति निर्माणमा संघ, प्रदेश र स्थानीय सरकार तथा श्रम बजार सम्बद्ध निकायबीच समन्वय र सहकार्य गर्छ।

’उनले थपे ‘नीति मावनपूँजी विकासका १५ वटा लक्ष्यमा काम गर्ने छ भने यसका ५५ वटा रणनीतिहरू तय गरिएका छन्। संघ, प्रदेश तथा स्थानीय तहमा रोजगारीका विषय क्षेत्रहरूको पहिचान गर्नु नै कार्यनीतिको मुख्य उद्देश्य हो।’ विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रमलाई पुनरावलोकन गरी नवप्रवर्तन, अध्ययन र अनुसन्धान सम्बन्धी विषयहरू समावेश गर्ने,सबै तहमा विद्यार्थीद्वारा गरिने परियोजना , प्रवर्तनात्मक तथा अनुसन्धान कार्यलाई उनीहरूको सिकाई मूल्याङ्कनसँग आबद्ध गर्ने,शिक्षक तालिम, जनशक्ति विकास, पाठ्यक्रमको पुनरावलोकन गरी खोज अनुसन्धान विधिलाई शिक्षक क्षमता विकासको अभिन्न अंगको रूपमा समावेश गर्ने लगायतका एक सय ६१ वटा कार्यनीतिहरू तय गरिएको नागरिकलाई प्राप्त दस्तावेजमा उल्लेख छ।

राष्ट्रिय जनशक्ति विकास नीति २०७९को आफ्नो छुटै कानुनी तथा नीतिगत व्यवस्था गरिएको छ। जस अन्तर्गत विधेयक, निर्देशिका, मापदण्ड, कार्यविधि तथा कार्य संचालन दिग्दर्शन बनाउन सकिने व्यवस्था गरिएको दस्ताबेजको २४ औं पृष्ठमा उल्लेख छ। साथै सोही दस्ताबेजमा जनशक्ति विकासमा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, संवैधानिक आयोग, निकायसहित सबै सरोकारित सम्बद्ध निकायको जनशक्ति विकासमा साझा सामूहिक सहभागिता रहने व्यवस्था गरिने उल्लेख छ। ‘

कार्यसम्पादन समन्वय गर्न संघीय, प्रादेशिक, जिल्ला, स्थानीय जनशक्ति विकास व्यवस्थापन समितिहरू गठन गरी काम गर्ने व्यवस्था नीतिले गरेको छ,’सदस्य सचिव पोखरेलले भने ‘नीति कार्यान्वयन भएपछि जनशक्ति विकासको पक्षमा आधिकारिक निकायको अभाव पूर्ति गरी समन्वय गर्न, जोड्न र स्थायी संयन्त्र व्यवस्था गर्न सफल भई  प्राविधिक तथा प्राज्ञिक सहजीकरण गर्न सक्छ।’ 

उनले चिन्ता व्यक्त गरे ‘आठ महिना समय खर्चेर तयार पारिएको नीतिको मस्यौदामा मन्त्रालयभित्र योजना आयोग,विश्वविद्यालय अनुदान आयोग, सिटिइभिटि,अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, संघीय मामिला मन्त्रालय, सामान्य प्रशासन तथा गृह मन्त्रालयका एक सय ४१ उपसचिव, ६३ अधिकृत सहभागी रही १७ पटक आन्तरिक बैठक बसेर काम गरिएको छ। तर हाल राजनीति अस्थिरतताका कारण यो नीति अगाडि बढ्ने नबढ्ने बारे ठुलो चिन्ता छ।
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस