एसइईको फलामे ढोका पार गर्न चाहन्छन् आमाहरू
१६ चैत्र २०७९
•
२ मिनेट पाठ
एसइईको फलामे ढोका पार गर्न चाहन्छन् आमाहरू
म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलाकी ५७ बर्षिया राधादेवी पुनले शुक्रबारदेखि सुरु हुने माध्यमिक परीक्षा (एसइई) को तयारीमा व्यस्त छिन्।




अक्षर, अंक लेख्न, पढ्न र चिन्न नसकेका कारण धेरै ठक्कर पाएपछि उज्यालो वैकल्पिक विद्यालयमा कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय जान सुरु गरेकी राधादेवीले एसइईका लागि दिनरात मेहनत गरेकी छन्।

राधादेवीजस्तै ५० वर्ष डिलकुमारी पुर्जाले पनि एसइईको पर्खाल पार गरी उच्च शिक्षासम्मको पढाई पूरा गर्ने लक्ष्य सहित परीक्षाको तयारीमा कुनै कमी छैन।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा चैत १७ देखि सुरु गर्ने गरी तालिका सार्वजनिक गरेसँगै राधाकुमारी र दिलकुमारी जस्तै विद्यालयमा अध्ययनरत ९ जना आमाहरूको दैनिकी नै परिवर्तन भएको छ। ३७ बर्षिया इन्द्रामती फगामी, ३५ बर्षकी संगिता छिनाल, ५४ बर्षकी तुलकमारी मल्ल केसी, ३९ वर्ष धनकुमारी विक, ४० बर्षकी रामदेवी पुन, ४९ बर्षकी विष्णुकुमारी गुरुङ र २८ बर्षकी पूजा छन्त्यालले नियमित तथा अतिरिक्त कक्षा नै लिएर परीक्षामा सफल हुन जुटेका छन्।

एसइई परीक्षाका बारेमा रहेको डर र अन्योल हटाएर विद्यार्थीमा आत्मबल बढाउन नियमित अभ्यास, अनुभव आदानप्रदान र विगतमा एसइई उत्तीर्ण भएका आमाहरूले समेत थप सल्लाह सुझाव दिएपछि परीक्षार्थीमा उत्साह थपिएको छ।

बुधबार एक समारोहकाबिच विद्यालय संचालक समितिले एसइईमा सहभागी हुने ९ जना आमाहरूलाई परीक्षाको सफलता शुभकामना दिँदै बिदाइ कार्यक्रम गरेको थियो।

कार्यक्रममा बोल्दै संचालक समितिका कार्यवाहक अध्यक्ष राजेश शाक्यले निरन्तर मेहनत, शिक्षकले दिएको समय र परीक्षार्थीको सक्रियताले एसइई परीक्षा राम्रो नतिजा ल्याउनेमा आशाबादी रहेको बताए। सीमित स्रोत र साधनका बाबजुद शिक्षकको सक्रियताले समेत विद्यार्थीमा ऊर्जा थपिएको बताए।

बिदाइ कार्यक्रममा विद्यालयमा अक्षर चिन्नेदेखि एसइईसम्मको तयारीमा धेरै सहयोग मिलेको परीक्षार्थी विष्णु गुरुङले बताईन्।

'पढाई जस्तो ठूलो कुरा केही रहेनछ, त्यही भएर एसइईसम्म आइपुगेका छौ, यो परीक्षामा उत्तीर्ण  हुने गरी मेहनत गरिरहेका छौ’ गुरुङले भनिन्।
बेनी सामुदायिक विद्यालय अन्तरगत बि.स २०७३ सालमा स्थापना भएको उज्यालो वैकल्पिक विद्यालय मंगलघाटस्थित सामाजिक विकास कार्यालय रहेको भवनको भुइँतलाबाट पठनपाठन संचालन गरिँदै आएको छ।

पढ्ने धोकालाई उमेर छेक्दैन भन्ने उदाहरण एसइई परीक्षामा सहभागी भएका आमाहरूले पुष्टि गरेका छन्। 

औपचारिक शिक्षाबाट वञ्चित आमाहरूले नेपाली विषयसहित अंग्रेजी, गणित विषय पढ्दै, लेख्दै र कम्प्युटर पनि चलाउन सिकिरहेका छन्। विद्यालय सञ्चालन गर्न गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईले आर्थिक रुपमा सहयोग उपलब्ध गराएको विद्यालय संचालक समितिका कोषाध्यक्ष विनय श्रेष्ठले बताए। 
अर्को समाचार
एसइई अनुगमनमा पुगेका सिडियोले निरीक्षकले नै जब चिट चोराइरहेको भेटे...
१९ चैत्र २०८०
•
२ मिनेट पाठ
एसइई अनुगमनमा पुगेका सिडियोले निरीक्षकले नै जब चिट चोराइरहेको भेटे...
राप्तीसोनारी गाउँपालिका–१, लौकीस्थित सिद्धेश्वर महादेव माध्यमिक विद्यालयमा आइतबार माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन भइरहेको थियो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी नेतृत्वको टोली अकस्मात उक्त विद्यालयमा एसइई निरीक्षणका लागि पुग्यो। जतिबेला, परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन खटिएका निरीक्षक नै परीक्षार्थीलाई चिट चोराइरहेका थिए।




त्यो पनि एउटा परीक्षा कोठामा होइन। दुईवटा परीक्षा कोठामा निरीक्षकले नै चिट चोराइ रहेका थिए। आफ्नो पदीय कर्तव्य पूरा नगरी जिम्मेवारी र दायित्व निर्वाह नगरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी माझीले तत्कालै दुवै जना निरीक्षकलाई निष्कासन गरेका छन्।

निरीक्षक सविता कसेरा र दीर्गराज बजगाईँलाई परीक्षा केन्द्रबाट निष्कासन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए। उनले परीक्षालाई स्वच्छ र मर्यादित तुल्याउन केन्द्राध्यक्ष र निरीक्षकलाई यसतर्फ सचेत, जिम्मेवार र जबाफदेही रहन अनुरोध गरेका छन्।

‘हामी अकस्मात् परीक्षा केन्द्रहरूको निरीक्षण गर्न पुगेका थियौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी माझीले भने, ‘निरीक्षक विद्यार्थीसँगै उभिनु भएको थियो। विद्यार्थीले चिट चोर्दा पनि खोस्नु भएन।’ विद्यार्थीले सारिरहेको चिट निरीक्षक आफैँले दिएको हुन सक्ने भन्दै उनले भने, ‘विद्यार्थीलाई नै चिट निरीक्षकले दिएको हुनुपर्छ। नत्र भने किन निरीक्षकले उक्त चिट खोस्नु भएन।’ यस विषयमा सोध्दा उक्त चिट आफूले नदेखेको निरीक्षक कसेरा बजगाईँले प्रतिक्रिया दिए पनि उक्त प्रतिक्रिया चित्त बुझ्दो नभएको उनको भनाइ छ।

यो वर्ष बाँकेमा नौ हजार दुई सय ९३ जना एसइईमा सहभागी छन्। एसइईमा चार हजार सात सय ६३ छात्र र चार हजार पाँच सय ३० जना छात्रा परीक्षामा सहभागी भएका शिक्षा समन्वय इकाई कार्यालयले जनाएको छ । बाँकेमा ३४ वटा परीक्षा केन्द्र छन्।
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २९ सेकेन्ड अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस