‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्दै कामपा
०८ वैशाख २०८०
•
२ मिनेट पाठ
‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्दै कामपा
यही शैक्षिकसत्र देखि काठमाडौँ महानगरपालिकाले ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।अब विद्यार्थीले शुक्रबार किताब बोकेर विद्यालय जाँदैनन्।नियमित समयमै विद्यालय जान्छन् तर अन्य अतिरिक्त क्रियाकलाप गरेर व्यावहारिक ज्ञान लिएर घर फर्कन्छन्।कक्षा सञ्चालन सुरु भएसँगै प्रत्येक सामुदायिक विद्यालयले उक्त कार्यक्रम लागू गर्ने कामपाको भनाइ छ।अहिले विद्यालयमा धमाधम भर्ना अभियान सञ्चालन भइरहेको छ।




कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि कामपाको प्रत्येक सामुदायिक विद्यालयलाई पत्राचार गरिसकेको छ।यसअघि केही विद्यालयले शुक्रबार १ बजे पछि मात्रै केही अतिरिक्त क्रियाकलाप गर्ने गरेका थिए।यसलाई पूरा दिन र सबै शुक्रबार किताबको ज्ञानभन्दा केही फरक कार्यकम गर्न लागिएको हो।विद्यार्थी भाइबहिनीका लागि जीवनोपयोगी, जिन्दगी पढ्ने शिक्षा दिन खोजिएको महानगरले बताएको छ।

अब हरेक शुक्रबार १० देखि ४ बजेसम्म नै अतिरिक्त कार्यक्रम सञ्चालन हुन्छ।सुरुआती चरणमा सामुदायिक विद्यालयमा मात्रै कार्यक्रम सञ्चालन भए पनि आगामी वर्षदेखि निजी विद्यालयमा पनि विस्तार गरिने कामपाको तयारी छ।कार्यक्रम सञ्चालन गर्न कामपाले प्रत्येक माध्यमिक विद्यालयलाई रु एक लाखका दरले बजेट वितरण गरिसकेको छ।‘आगामी वर्ष बढाएर कम्तीमा रु दुई लाख बचाउने तयारी छ’, प्रमुख सुवेदीले भने।

आज ‘हाफटाइम’ अघि सम्बन्धित कक्षामा अध्ययन गराइने सम्बन्धित किताबसँग आधारीत रहेर अतिरिक्त क्रियाकलाप हाजिरी जवाफ, कविता लेखन र वाचन, निबन्ध लेखन र वाचनलगायत समूहगत छलफलका क्रियाकलाप गर्दैै रमाउँदै कार्यक्रम सञ्चालन गरिनेछ।

प्रमुख सुवेदीले भने, ‘क्रियाकलाप थप महत्वपूर्ण हुन्छ जुन सीपसँग सम्बन्धित छन् जहाँ खाना पकाउने, व्यक्तिगत र घर सरसफाइका भाषण गर्ने कलासहित अन्य व्यावहारिक ज्ञानका विषय यसमा समावेश गरिन्छ ।’ कार्यतालिका बनाएर शुक्रबार नै खेतबारीको स्थलगत अवलोकन पनि गराइनेछ।उक्त कार्यक्रम कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीलाई सञ्चालन गरिन्छ।

कामपामा ८९ सामुदायिक विद्यालय छन्।त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन्।ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन्।त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन्।
अर्को समाचार
बुक फ्रि फ्राइडेलाई अझ सशक्त बनाउन शिक्षकलाई आग्रह
२५ असार २०८०
•
१ मिनेट पाठ
बुक फ्रि फ्राइडेलाई अझ सशक्त बनाउन शिक्षकलाई आग्रह
काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महानगरपालिकाद्वारा सञ्चालित बुक फ्रि फ्राइडेका दिन विद्यार्थीहरूलाई नयाँ नयाँ सीप, काठमाडौंको कला संस्कृति, चाडपर्व, परम्परागत कार्य जस्ता कुराहरू सिकाउन सामुदायिक विद्यालयका नेपालभाषा प्रशिक्षण सहायकहरूलाई आग्रह गरेकी छन्।




काठमाडौं महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा स्थानीय भाषाको माध्यमबाट स्थानीय विषयको पठनपाठन शुरु भइसकेपछि बालबालिकाहरूले काठमाडौंलाई अझ नजिकबाट बुझ्ने र काठमाडौंप्रति अपनत्वको भावना जागृत हुने पनि उनले बताइन्।

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महानगरपालिकाद्वारा सञ्चालित बुक फ्रि फ्राइडेका दिन विद्यार्थीहरूलाई नयाँ नयाँ सीप, काठमाडौंको कला संस्कृति, चाडपर्व, परम्परागत कार्य जस्ता कुराहरू सिकाउन सामुदायिक विद्यालयका नेपालभाषा प्रशिक्षण सहायकहरूलाई आग्रह गरेकी छन्।
काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयहरूमा स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसीके’ पढाउने प्रशिक्षण सहायक (शिक्षक) हरूका लागि आयोजित पाँचदिने पुनर्ताजगी तालिमको समारोह कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन्।

तालिम काठमाडौं महानगरपालिकाका लागि नेवाः स्यनामि दबू नेपालमण्डलले सञ्चालन गरेको हो। कार्यक्रममा प्रमुख प्रशिक्षक वरुण प्रसाद वैद्य, शिक्षा समितिका सदस्य गुजेश्वरी श्रेष्ठ, प्रशिक्षार्थी नितु डंगोलले पनि मन्तव्य राखेका थिए।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस